आय–व्ययको अनुमान
तपाईं आफ्नो आम्दानी
के गर्नुहुन्छ ?
कति खर्च गर्नुहुन्छ र कति बचाउनुहुन्छ ? नगद व्यवस्थापन कसरी गर्ने र खर्च के केमा गर्नुपर्छ वा गरिन्छ भनेर एकपटक सिक्नुभयो
भने बचत गर्न सजिलो हुन्छ । तपाईंको आवश्यकताका आधारमा रकम खर्चने र बचत गर्ने योजनालाई
बजेट (आय–व्यय) भनिन्छ । मासिक बजेट तयार पार्नाले तपाईंलाई प्रत्येक महिना
कसरी खर्च गर्नुपर्छ भन्ने स्पष्ट हुन्छ ।
एउटा कागजमा परिवारका
सबै सदस्यको मासिक आम्दानी लेख्नुहोस् । त्यो आम्दानीमा कामवापतको ज्याला/तलब,
फुड ट्याम्प, ट्यानफ (खाँचो परेका
परिवारलाई अस्थायी सहायता,
टेम्पाररी एसिस्टेन्स फर निडी फेमिलिज) र अन्य सरकारी सहायता/सुविधाहरू पर्छन् । त्यसैसँग महिनाभर कुन कुन कामका लागि कति खर्च लाग्छ लेख्नुहोस्
। खर्चमा घरभाडा,
बिजुली, घर तताउने तापको शुल्क, खाद्यान्न,
लत्ताकपडा, बस भाडा, कारको मासिक ऋण,
कारलाई ग्यास, औषधी, टेलिफोन,
केबुल टिभी, अन्तर्राष्ट्रिय आप्रवास
संगठन (आइओएम) को यात्रा–ऋण आदि पर्छन् । यी वस्तु र सुविधा तपाईंका आवश्यकता हुन्, तपाईंका इच्छा होइनन् । आफ्नो कूल आम्दानी र कूल खर्च तुलना गर्नुहोस् । तपाईंको
खर्चभन्दा आम्दानी बढी भयो भने तपाईं बचाउन सक्नुहुन्छ वा आफूले चाहेको केहि सामान
किन्न सक्नुहुन्छ ।
Creating
A Budget
What
do you do with your money? How much do you spend and save? Once you learn how
to manage money and track spending, saving money will be easier. A budget
is a plan for spending and saving money based on your goals. Creating a monthly
budget will help you see how you spend your money each month.
On
a piece of paper, write down each of your family’s sources of income for a
month. These may include wages from jobs, food stamps, TANF, and other public
assistance. Next write down each of the things you will spend money on during
the month. These may include, rent, electricity, heat, food, clothing, bus
fares, car loans, gasoline for a car, medicine, telephone, cable TV, repaying
the IOM travel loan, etc. These expenses should be only the things you need, not
things you want. Compare the total of income and the total of expenses. The
amount of income that is greater than your expenses can be saved or can be used
to buy some things that you want.
――― ᴥ ᴥ
―――
खर्चको बाडफाँड
बजेटलाई आधार मानेर
तपाईं प्रत्येक महिना गर्ने खर्चको अनुमान गर्न सक्नु हुन्छ । अनि किफायती पसलमा सरसामान
किन्ने वा कम बिजुली चलाउने जस्ता आनीबानी फेर्नेबारे सोच्नुहोस् । भविष्यका लागि प्रत्येक
महिना केहि आम्दानी बचत गर्ने कोशिश गर्नुहोस् । यस्तो बचत पढाई खर्च, कार वा घर किन्न अथवा आपतकालिन अवस्थामा प्रयोग गर्नुहोस् । मानिसहरू काम गर्न
नसक्ने भएपछि बुढेसकालमा सुखसँग बाँच्नका लागि पनि यस्ता बचत प्रयोग गर्छन् । बचतका
लागि बैंक खातामा पैसा राख्न थाल्नुहोस् ।
Using
Your Budget
Using
your budget, you can see what you spend money on every month. Think about how
you might change your spending by shopping at cheaper stores or using less
electricity, for example. Try to set aside some money every month for your
financial future. Use these savings to pay for school, to buy a car or house,
or in an emergency. People also use savings to live comfortably when they are
too old to work. To start saving, save money in a bank account.
――― ᴥ ᴥ
―――
बिल भुक्तानी
तपाईंले प्रत्येक
महिना घरभाडा,
घरेलु प्रयोजनका सुविधाहरूको शुल्क र अन्य बिलहरू तिर्नुपर्छ
। घरेलु प्रयोजनका सुविधा भन्नाले घर तताउने ताप–शुल्क,
बिजुली, टेलिफोन, केबुल र एयर–कन्डिसन बुझिन्छ । यस्ता सुविधाहरूको शुल्क ज्यादै महँगो हुनसक्छ । कुनै अपार्टमेन्टमा
घरेलु प्रयोजनका सुविधाहरूका लागि तिर्ने पैसा घरभाडामै जोडिएको हुन्छ । तपाईंले कुन
कुन घरेलु प्रयोजनका सुविधाका लागि पैसा तिर्नुपर्छ भनेर घरबेटीसँग सोध्नुपर्छ र बुझ्नुपर्छ
।
Paying
Your Bills
You
must pay your rent, utilities, and other bills on time every month. Utilities
usually include heat, electricity, telephone, cable, and air conditioning.
Utilities can be very expensive. The amount of rent for some apartments may
include some utilities. You should ask your landlord and understand what
utilities you must pay.
――― ᴥ ᴥ
―――
ऊर्जा र पैसाको बचत
घर तताउने फर्नेस, हिटर वा एयर–कन्डिसनर चलिरहेको छ भने ढोका र झ्यालहरू बन्द राख्नुहोस् । थर्मोस्टेट नामको उपकरणले
तपाईंको अपार्टमेन्टको तापक्रम कम–बेसी गर्छ । जाडोमा थर्मोस्टेटलाई
६५ देखि ७० डिग्रीबीचमा मिलाएर राख्नुपर्छ । गर्मीमा तपाईंको अपार्टमेन्टमा एयर–कन्डिसन छ भने थर्मोस्टेटलाई ७० देखि ७५ डिग्रीबीचमा मिलाउनु पर्छ । आफू घरबाहिर
जाँदा बलेका बत्ती निभाउनु होस्, यसबाट बिजुलीको पैसा कम गर्न
सकिन्छ । यस्तो होशियारी अपनाउनु भयो भने घरेलु प्रयोजनका सुविधाको खर्च कम हुन्छ ।
Conserve
Energy and Save Money
If
the furnace, heater, or air conditioner is running, keep the windows and doors
closed. The thermostat controls the temperature in your apartment. In the
winter, the thermostat should be set between 65 and 70 degrees. In the summer,
if you have air conditioning, it should be set between 70 and 75 degrees. Turn
off the lights when you leave your apartment to save money on electricity. When
you do these things, your utility bills will lower.
――― ᴥ ᴥ
―――
सहुलियतमा किनमेल
खाना र अन्य वस्तुको
मूल्य स्टोरपिच्छे फरक हुनसक्छन् । खरिददारीमा निस्कँदा कम मूल्यमा चामल, दूध,
दालहरू जस्ता खाद्यान्न कहाँ पाइन्छ भन्ने तपाईंले पत्ता लगाउनु
पर्छ । धेरै मानिसहरू धेरै महँगा सामान किन्नुको सट्टा मूल्यमा छुट पाइने कुपन चलाएर
र सुपरमार्कटकै चिन्ह–अंकित सामान किनेर खाद्यान्नको खर्च घटाउँछन् । कहिलेकाहिं कृषकको बजारमा सहुलियतमा
ताजा खाद्यान्न पाइन्छन् । थ्रिफ्ट शप (बचत दोकान) ले सफा तर प्रयोग गरिएका लुगा, फर्निचर र घरायशी सामान नयाँ किनेभन्दा सस्तोमा बेच्छन् । आफ्नै घर–आँगनमा यार्ड सेल र गराज सेल राखेर मानिसहरूले आफूले चलाएका सामान धेरै सस्तोमा
बेच्छन् । यार्ड सेल र गराज सेल हुने सूचना बाटो आसपास टाँसिएका वा सूची बनाएर पत्रिकामा
छापिएका हुन्छन् ।
Save
Money Shopping
Prices for food any other items can be
different at different stores. As you shop, you should discover where you can
get rice, milk, and lentils for your meals at the lowest cost. Many people
reduce their food costs by using discount coupons and purchasing supermarket
store brands instead of more expensive items. Sometimes a farmer’s market will
have fresh food at a fair price. Thrift shops sell clean used clothing,
furniture, and household items at much lower prices than similar new items. Yard
sales and garage sales are where people sell used items from their homes at
very low prices. You may find signs for them in your neighborhood or they may
be listed in a newspaper.
――― ᴥ ᴥ
―――
बैंकको प्रयोग किन गर्ने ?
• सुरक्षा: बैंकमा राखेको पैसा आगो, दूर्घटना र चोरीबाट
सुरक्षित हुन्छ ।
• सस्तो: अरू तरिकाभन्दा बैंकबाट चेक साटेर पैसा लिन, बिलहरू तिर्न वा अरूलाई पैसा दिन सस्तो हुन्छ ।
• सुविधा: बिल भुक्तान गर्न, चेक साट्न र पैसा
के कस्तो काममा प्रयोग भइरहेको छ भन्ने थाहा हुन्छ ।
• भविष्यका
लागि आर्थिक: भविष्यका लागि चाहिने पैसा बचत हुनुका साथै
तपाईंको उपयोगी आर्थिक विवरण तयार हुन्छ ।
Why
Use a Bank?
•
Safety: In a bank, money is safe from fire, accidents, and theft.
•
Cost: Cashing checks, paying bills, and sending money to someone is
usually less expensive at a bank than at other kinds of businesses.
•
Convenience: It is easy to pay bills, cash checks, and track your money.
•
Financial Future: Banks help you save for the future and provide useful
financial records.
――― ᴥ ᴥ
―――
बैंक खाताहरू
बैंक खाता भएपछि तपाईंको
पैसा सुरक्षित हुन्छ । पैसा चलाउन सजिलो हुन्छ । मुख्यतयाः दुई खाले बैंक खाताहरू हुन्छन्:
चल्ती र बचत । तपाईंले एक चल्ती र एक बचत खाता खोल्न सक्नुहुन्छ ।
चल्ती खाता (चेकिङ अकाउन्ट) खासगरी बिल भुक्तान गर्न
प्रयोग गरिन्छ किनभने यो खाताबाट भजाउनु अरू चल्ती नगद कारोवारहरूबाट भजाउनुभन्दा सस्तो
हुन्छ । तपाईले आफ्नो खातामा नगद जम्मा गर्नु भयो भने त्यो निक्षेप (डिपोजिट)
हो । तपाईले आफ्नो खाताबाट नगद निकाल्नु भयो भने त्यो भुक्तानी (विदड्रल) हो
। तपाईंको खातामा रहेको रकमलाई मौज्दात (ब्यालेन्स) भनिन्छ । नगद झिक्न वा बिल
भुक्तान गर्न चेक काट्नुहोस्, त्यसपछि बैंकले तपाईंको खाताबाट
रकम भुक्तान गर्छ । तर चेक काट्दा आफूले भुक्तान गर्न पुग्ने रकम खातामा हुनुपर्छ ।
बचत खाता (सेभिङ अकाउन्ट) चल्ती खाताभन्दा फरक खालको
खाता हो । बचत खातामा राखिएको नगदले ब्याज कमाउँछ । खातामा नगद राखेवापत बैंकले
दिने रकम ब्याज हो । उदाहरणका लागि तपाईंले आफ्नो बचत खातामा एक सय डलर राख्नुभयो भने
एक वर्षपछि दुई डलर ब्याज पाउन सक्नुहुन्छ । बचत खातामा नगद जम्मा गर्नुहोस् । उक्त
रकम भविष्यमा काम लाग्छ र आइपर्दा काम लाग्ने पैसा खातामा जम्मा हुन्छ ।
Bank
Accounts
With
a bank account, your money is protected and still easy to use. There are two
main types of bank accounts: checking and savings. You can have one of each
kind.
A
checking account is mainly used to pay bills because it is cheaper than
using other check cashing businesses. A deposit is when you put money
put into your account. A withdrawal is when you take money out of the
account.. The total amount in the account is the balance. To withdraw
money or pay bills, write a check so your bank will pay money from your
account. Make sure there is enough money in your account to pay the check
amount.
A
savings account is different from a checking account. Money in savings
accounts earns interest. Interest is money the bank pays you for keeping
your money there. For example, if you put $100 in a savings account, after a
year you might earn $2 in interest. Try to put some money in a savings account
each month so you can use it in the future and have money saved for
emergencies.
――― ᴥ ᴥ
―――
बैंक खाता खोल्ने
बैंक खाता खोल्न आफ्ना
लागि सजिलो बैंक रोज्नुहोस् । काम गर्ने ठाउँ वा घरनजिकै बैंक भए आफूलाई खाँचो पर्दा
जान सजिलो हुन्छ । बैंक खाता खोल्नुअघि बैंकका कर्मचारीसँग यस्ता कुरा बुझ्न सकिन्छ:
• के तपाईंको
बैंकमा बचत र चल्ती खाताहरू खोल्दा बिना शुल्क खोल्न पाइन्छ ?
• खाता खोल्दा
न्युनतम रकम कति चाहिन्छ ?
• खातामा कतिभन्दा
कम रकम हुने गरी पैसा निकाल्नु हुँदैन ?
• एक महिनामा
कतिवटा चेकसम्म काटेर दिन सक्छु ?
• एक महिनामा
मैले कतिपटकसम्म पैसा निकाल्न सक्छु ?
खाता खोल्न बैंक जानुहोस्
। बैंकका कर्मचारीलाई आफूले कस्तो खाता खोल्न चाहेको भन्नुहोस् । उहाँले तपाईंसँग तपाईंको
सोसल सेक्युरिटी कार्ड र फोटोसहितको परिचय–पत्र (जस्तो: गाडी–चालक अनुमति–पत्र वा ग्रिन कार्ड) माग्नु हुनेछ । उहाँले तपाईंको जन्म–मिति,
घरको ठेगाना, र टेलिफोन नम्बर जस्ता
व्यक्तिगत जानकारी पनि माग्नु हुनेछ । खाता खोल्न बैंक जाँदा खाता खोल्न पुग्ने पर्याप्त
रकम बोकेर जानुहोस् । खाता खोल्न सामान्यतः ५० वा १०० डलर चाहिन्छ ।
Opening
a Bank Account
To
open a bank account, pick the bank that best meets your needs. It should be a
bank near your home or your work so you can go there easily when you need to. Here
are some questions to ask the bank worker before you open an account:
•
Are there free checking and savings accounts?
•
Do I need a minimum deposit to open an account?
•
Is there a minimum balance required?
•
How many checks can I write each month?
• How many withdrawals can I make each
month?
Go
to the bank you choose and tell a bank worker what kind of account you want.
The worker will ask to see your Social Security card and a photo ID card (like
a driver’s license or Green Card). The worker will also ask for personal
information, including your date of birth, home address, and telephone number.
Take enough money to deposit to open the account, usually $50 or $100.
――― ᴥ ᴥ
―――
बैंक खाता शुल्क
धेरै बैंकहरूले विभिन्न
सेवा र विषयका लागि शुल्क लिन्छन् । तपाईंले यस्ता शुल्कबारे कुरा बुझ्नु भएन भने बैंकका
कर्मचारीलाई सोध्नुहोस् । तपाईंको खातामा मौज्दात रकम निकै कम भएमा बैंकले मासिक सेवा
शुल्क लिन सक्छन् । यस्तो शुल्क कम लिने बैंकमा खाता खोल्नुहोस् । बचत खाताबाट एक महिनामा
निश्चित पटक मात्र नगद निकाल्न मिल्छ । बैंकले तोकेकोभन्दा बढी पटक नगद निकाल्नु भयो
भने तपाईंले अतिरिक्त शुल्क तिर्नुपर्छ । खातामा मौज्दातभन्दा बढी रकम निकाल्दा तपाईंले
तिर्नुपर्ने शुल्क चेकहरू फिर्ता हुँदा वा बढी पैसा निकालेवापतको शुल्क हो । उदाहरण:
तपाईंको खातामा ७५ डलरमात्र छ र तपाईंले एक सय डलरको चेक काट्नुभयो भने तपाईंले धेरै
शुल्क तिर्नुपर्छ ।
Bank
Account Fees
Many
banks charge you money (fees) for different services or issues. Ask a bank
worker if you do not understand any fees. A bank might charge you a monthly
service charge for having an account if the balance is too small. Use a bank
with a low service charge. There may be a limit to the number of withdrawals
you can make each month from a savings account. You will have to pay a fee if
you take out money more times than allowed. Bounced or overdraft check fees are
fees charged for taking out more money than you have in your account. For
example, if you write a check for $100, but you only have $75 in your account,
you will be charged a large fee.
――― ᴥ ᴥ
―――
मासिक बैंक–विवरण
तपाईंको बैंकले तपाईंलाई
प्रत्येक महिना विवरण पठाउँछ । उक्त विवरणमा कहिले–कहिले खातामा कति नगद जम्मा गरियो र कहिले कहिले खाताबाट कति नगद निकालियो भन्ने
लेखिएको हुन्छ । उक्त पत्रले महिनाको अन्त्यमा तपाईंको खातामा कति मौज्दात छ र के के
शुल्क लगाइयो भन्ने पनि देखाउँछ । प्रत्येक महिना आएको उक्त विवरण तपाईले सुरक्षित
राख्नुपर्छ । तपाईंसँग सबै खर्च पुग्ने गरी रकम छ भने फुड स्ट्याम्प, ट्यानफ,
सप्लिमेन्टल सेक्युरिटी इन्कम (एसएसआइ) र पब्लिक हाउजिङ जस्ता
केहि सामुदायिक सहायता कार्यक्रमहरूले तपाईंलाई सुविधा उपलब्ध गराइँदैनन् । तपाईंसँग
आफ्नो बैंक खातामा कति नगद छ भन्ने देखाउन उक्त विवरणहरू त्यस्तो सहायता दिने कार्यालयमा
बुझाउनुपर्छ ।
Monthly
Statements
Your bank will send you a statement
each month. The statement is a report that shows the date and amount of each
deposit made into your account and the date and amount of each withdrawal from
the account. It will also show the balance at the end of each month and any
fees that have been charged. You should save each monthly statement. Some
public assistance programs such as food stamps, TANF, SSI, and public housing
will not provide benefits if you have enough money to pay for all of your
expenses. They will require you submit copies of your bank statements to show
how much money you have in the bank.
――― ᴥ ᴥ
―――
खातामा सिधैं तलब जम्मा
धेरैजसो रोजगारदाताले
तपाईंको तलब बैंक–खातामा सिधै जम्मा गर्न चाहन्छन् । यसो गर्दा आफूले चेक बुझेर खातामा जम्मा गर्नु
वा नगद साट्नुभन्दा सुरक्षित हुन्छ । तपाईंको समय बच्छ । यदि रोजगारदाताले तपाईंको
बैंक–खातामा तलब जम्मा गरिदिन्छन् भने उनले खातामा कति रकम जम्मा गरियो भन्ने स्पष्ट
लेखिएको भुक्तान रसिद (पे स्टब) दिन्छन् ।
Direct
Deposit
Many employers are willing to deposit your
pay directly into your bank account. This may save you time and be safer than
being given a pay check that you have to take to your bank to deposit or cash.
If your employer does this, they will still give you a pay stub that
shows how much money was deposited into your account.
――― ᴥ ᴥ
―――
डेबिट कार्ड
तपाईंको खाता भएको
बैंकले तपाईंलाई एउटा डेबिट कार्ड उपलब्ध गराउन सक्छ । धेरै स्टोरमा सामान किन्दा
यो कार्ड प्रयोग गर्न सक्नुहुन्छ । डेबिट कार्डबाट तपाईंले खर्च गर्दै जानुभयो भने
तपाईंको चल्ती खाताबाट रकम झिकिन्छ । तपाईंको खातामा भएको रकमभन्दा बढी रकम कहिल्यै
खर्च नगर्नुहोला ।
Debit
Card
Your bank may provide you with a debit
card. You can use it in many stores to buy things. Money you spend with
your debit card is automatically taken out of your checking account. Do not
spend more money than you have in your account.
――― ᴥ ᴥ
―――
एटिएम
एटिएमको पूरा अर्थ 'अटोमेटिक टेलर मशिन' हो । नगद निकाल्नुपर्दा तपाईंले आफ्नो डेबिट कार्डलाई एटिएमका रूपमा प्रयोग गर्न
सक्नुहुन्छ । कुनै एटिएम कार्डहरू चलाएर नगद जम्मा गर्न र आफ्नो खातामा कति पैसा बाँकी
छ भनी जाँच्न सकिन्छ । एटिएम प्रयोग गरेको शुल्क लाग्न सक्छ । तपाईंको खाता भएको बैंकले
राखेको एटिएम मशिनबाट पैसा निकाल्यो भने शुल्क कम हुन्छ । एटिएम प्रयोग गर्दा कार्ड
छिराउने प्वालमा छिराउनुहोस् र त्यसपछि मशिनले दिएको निर्देशनअनुसार गर्दै जानुहोस्
। यहाँ आफ्नो पिन (व्यक्तिगत पहिचान नम्बर) टाइप गर्नुपर्छ । आफ्नो पिन कसैलाई नभन्नुहोस्
। आफूले राख्ने वा बोक्ने कुनै कागजमा आफ्नो पिन कहिल्यै नलेख्नुहोस् । यदि कसैले तपाईंको
पिन थाहा पायो र तपाईंको डेबिट कार्ड चो¥यो भने तपाईंको खातामा भएको
सबै रकम चोरिन सक्छ ।
ATM
ATM is short for “Automatic Teller Machine.”
You can use your debit card in an ATM to get cash. Some ATMs allow you to
deposit money and check your balance. It can cost money to use an ATM, but one
with your bank’s name on it is usually cheaper to use than others. To use an
ATM, put your debit card in the card slot follow the instructions, and type
your personal identification number (PIN). Never tell anyone your PIN. Never
write your PIN on paper that you keep with you. If someone else knows your PIN
and steals your debit card they may be able to steal all the money you have in
the bank account.
――― ᴥ ᴥ
―――
ऋणहरू
महँगा सरसामान खरिदारीका
लागि बैंकहरूले ऋण पनि दिन्छन् । यस्तो ऋणवापत तपाईंले निश्चित अवधिका लागि ऋण पाउनुहुन्छ
। यसरी तपाईंले लिएको ऋणको सावाँ र ब्याज तिर्नुपर्छ । ऋण लिन हस्ताक्षर गर्नुभन्दा
पहिले ऋण कसरी तिर्ने,
तोकिएको समय गुज्रेमा के गर्ने, ब्याज कति बुझाउनुपर्छ,
र अन्य नियमहरू तपाईंले राम्ररी बुझेको हुनुपर्छ । यस्ता विषयमा
केहि सोध्न मन लागे बैंकका कर्मचारी वा तपाईंको पुनस्र्थापनामा सहयोग गर्ने संस्थाले
खटाएका ‘केस वर्कर’
सँग सोध्नुहोस् ।
Loans
Banks
also give loans for big purchases. With a loan, you borrow an amount of money
for a certain period of time. You must pay back the money and interest for
borrowing it. Make sure you understand how to repay the loan, when payments are
due, the amount of interest you will pay, and any other rules before you sign.
Ask a bank employee or caseworker if you have questions.
――― ᴥ ᴥ
―――
अन्तर्राष्ट्रिय आप्रवास संगठनको यात्रा ऋण
तपाईंले तिर्छु भनी
मन्जुरी दिएको एउटा ऋण त तपाईंलाई लागिसकेको छ, त्यो तपाईंलाई अमेरिका
ल्याउनका लागि हवाईजहाज भाडावापत तिरिएको यात्रा–ऋण हो । तपाईं अमेरिका आएको केहि महिनापछि यात्रा ऋणको पहिलो बिल आउँछ । तपाईंको
ऋण पुरै चुक्ता नभएसम्म प्रत्येक महिना तपाईंले तपाईंको यात्रा ऋण भू्क्तानी गर्नु
पर्छ । ऋण तिर्नाले तपाईंले आफ्नो दायित्व के हो भनेर बुझेको स्पष्ट हुन्छ र कार वा
अन्य धेरै मूल्यका वस्तुहरूको खरिदमा बैंकबाट ऋण चाहनु भयो भने ऋण लिन सजिलो हुन्छ
।
IOM
Travel Loan
You
already have one loan you have agreed to repay, the IOM travel loan for the
airfare that brought you to the America. A few months after you arrive you will
receive the first bill for your travel loan. You need to make a payment each
month until it is repaid. Paying the loan back will prove you understand your
responsibility and will make it easier when you want a bank loan to pay for a
car or other large purchase.
――― ᴥ ᴥ
―――
क्रेडिट युनियनहरू
क्रेडिट युनियन पनि
बैंक जस्तै आर्थिक कारोवार गर्ने संस्था हो, तर यसका सदस्यहरू
नै मालिक हुनुका साथै एक सहकारी संस्थाका रूपमा चलाएको हुन्छ । यसको सदस्यता पाउन शुरूमा
तपाईंले निवेदन दिनुपर्छ । तपाईं सदस्य भएपछि उक्त संस्थामा चल्ती खाता, बचत खाता खोल्न पाउनुहुन्छ वा ऋणका लागि निवेदन दिन सक्नुहुन्छ । अन्य ठूला व्यावसायिक
बैंकभन्दा क्रेडिट युनियनको बचत खाताका ब्याज दर बढी हुन्छ वा कार किन्न ऋण लिने ऋणको
ब्याजदर अलि कम हुन्छ । तपाईंको बसोबास वा काम गर्ने ठाउँनजिक कुनै क्रेडिट युनियन
छ वा तपाईं सदस्य हुन योग्य हुनुहुन्छ भने त्यसबारे बुझ्नु फाइदाजनक हुन्छ ।
Credit
Unions
A credit union is like a bank, but
it is owned by its members like a cooperative. First you must apply to be a
member. Once you are a member, you can open a checking account, savings
account, or apply for a loan. Credit unions may have better rates for savings
accounts or car loans than commercial banks. It is a good idea to see if there
is a credit union near your home or work and if you are eligible to become a
member.
――― ᴥ ᴥ
―――
व्यक्तिगत विकास खाता (आइडिए)
आइडिए न्युन आय भएका
परिवारहरूलाई सहायता गर्न सक्ने एउटा विशेष बचत खाता हो । यसबाट तपाईंलाई कार किन्न, छोराछोरीको पढाइ खर्च,
घर किन्न, वा यद्यपी साना व्यवसाय शुरू
गर्न मद्दत गर्छ । आइडिएमा बचत गरेको एक–एक डलरले बचतअनुरूप प्रतिफल
र बचतका लागि प्रोत्साहन दुवै दिन्छ । आइडिएको स्थापना सामुदायिक संस्थाहरूले बैंक
र क्रेडिट युनियनहरूसँग मिलेर गर्छन् । तपाईले आफ्नो आइडिए (खाता) खोल्न आफ्नो समुदायको
कुन संस्थाले मद्दत गर्छ भनेर सोध्नुपर्छ । खाता खुलेपछि तपाईले प्रत्येक महिना नगद
जम्मा गर्नुहुन्छ र तपाईले जम्मा गरेको रकमसँग अन्य स्रोतहरूबाट त्यति नै रकम तपाईंको
खातामा मिलान गरिन्छ । उदाहरण: यदि तपाईंले खातामा प्रत्येक महिना २०० डलर जम्मा गर्नुभयो
भने त्यसमा थप २०० वा ४०० डलर राखिदिइन्छ । आइडिए (खाता) भएका कारण रकम व्यवस्थापनसम्बन्धी
धेरैजसो तालिममा तपाईले पनि भाग लिनुपर्छ ।
Individual
Development Account (IDA)
An IDA is a special savings account
for low income families that may help you to buy a car, to pay for a child’s
education, to buy a home, or even to start a small business. For every dollar
saved in an IDA, savers receive a corresponding match which serves as both a
reward and an incentive to save. IDA’s are set up by community agencies in
cooperation with banks and credit unions. You should ask what agency in your
community will help you set up an IDA. After your IDA is set up, up, you put
money into the IDA every month and that money is matched from other sources.
For example, if you put in $200 per month, an additional $200 or $400 may be
placed in the account for you. Usually you must also participate in a training
program regarding money management to have an IDA account.
――― ᴥ ᴥ
―――
करहरू
स्थानिय, राज्य र संघीय (राष्ट्रिय) करहरू तिर्नुहोस् । कर भन्नाले स्थानिय, राज्य र संघीय सरकारहरूलाई अमेरिकामा बस्ने नागरिकले तिर्ने वा तिरेको पैसा हो
। चुक्ता करको रकम राष्ट्रको सुरक्षा, शिक्षा, सडकहरू र राजमार्गमा खर्च हुन्छ । तपाईंको आम्दानी छ भने कर–फिर्ता (ट्याक्स रिटर्न) का लागि फारम भर्नुहोस् वा अरू कुनै कर भए तिर्नुहोस्
। कर तिर्न कानुनले अनिवार्य गरेको छ । तपाईंलाई फाइदा पुग्ने यस्ता विषय र संभावित
आम्दानीबारे पुनर्वासमा सहयोग गर्ने संस्थाले खटाएका ‘केस–वर्कर’सँग सोध्नुहोस् ।
Taxes
Pay
local, state, and federal taxes. Taxes are money paid to the local, state, and
federal governments by people living in the United States. Taxes pay for
services such as keeping our country safe, education, and roads and highways.
If you earn an income, you will need to file a tax return and pay any taxes you
owe. This is required by law. Ask your caseworker for more information on any
of these topics and possible credits you can earn.
――― ᴥ ᴥ
―――
क्रेडिट
कारजस्ता महँगा साधन
किन्नुपर्दा ऋण लिनुपर्ने हुन सक्छ । तपाईंले ऋण लिएर बेलामा तिर्नुभएको छ भने बैंकले
तपाईंलाई ऋण दिन्छ । बाँकी लिएर बेलामा तिर्नुलाई असल–क्रेडिट भनिन्छ । असल–क्रेडिट भन्नाले तपाईंलाई
ऋण दियो भने तपाईले समयमा तिर्नुहुन्छ र, खराब–क्रेडिट भन्नाले तपाईंले समयमा तिर्नुहुन्न भन्ने बैंकले बुझ्न सक्छन् । क्रेडिट–अंक (क्रेडिट स्कोर) तपाईले ऋण लिएर बेलामा तिरेको
स्पष्ट पार्ने अंक हो । त्यसैले अन्तर्राष्ट्रिय आप्रवास संगठनको यात्रा–ऋण जति सक्नुहुन्छ त्यति र अरू ऋण समयमा तिरेर असल–क्रेडिट बनाउनुहोस् ।
Credit
To
buy something expensive, like a car, you might need to borrow money through a
loan to pay for it. A bank will give you a loan if you have good credit.
Good credit means that banks think you will pay back money you borrow, and bad
credit means they think you might not. Your credit score is a number
that shows how good your credit is. Build good credit by paying, on time, at
least the minimum amount due on your IOM loan and any other loan payments.
――― ᴥ ᴥ
―――
क्रेडिट विवरण
तपाईंको क्रेडिट
विवरणले तपाईंको क्रेडिट–इतिहास (तपाईंले बाँकी लिएर
बेलामा तिरेको विवरण) छर्लङ पार्छ । बैंकहरू, घरबेटीहरू, रोजगारदाताहरू र अरूले तपाईंसँग काम गर्ने बेलामा तपाईंको क्रेडिट–इतिहास बुझ्न सक्छन् । तपाईंले इक्विफ्याक्स, एक्स्पेरियन र ट्रान्सयुनियन जस्ता संस्थाबाट निशुःल्क क्रेडिट विवरण पाउनुहुन्छ
। त्यहाँबाट प्राप्त विवरणलाई राम्ररी जाँच्नुहोस् । उक्त विवरणमा त्रुटि भएको हुनसक्छ
। त्रुटि फेला प¥यो भने उक्त संस्थालाई सूचना दिन सक्नुहुन्छ ।
Credit
Report
Your
credit report describes your credit history. Banks, landlords,
employers, and others may check your report to determine if they want to work
with you. You can get a free credit report each year from Equifax, Experian,
and TransUnion. Check your report every year to make sure it is correct. If
there is a mistake, write to the credit reporting agency.
――― ᴥ ᴥ
―――
क्रेडिट कार्ड
क्रेडिट कार्डको सहायताले
तपाईं अहिले केहि सामान किन्नुहुन्छ, अनि केहि हप्तामा
मात्र पैसा तिर्नु हुन्छ । यो कार्डं पाउन तपाईले:
• आफ्नो जन्म–मिति र घरको ठेगाना जस्ता जानकारी दिनुपर्छ ।
• आफ्नो नियमित
आम्दानी (जस्तो: काम गरेका ठाउँबाट पाएको चेक भुक्तानको प्रमाण) भएको देखाउनुपर्छ ।
• आफूले समयमा
पैसा तिरेको प्रमाण हुनुपर्छ ।
क्रेडिट कार्ड लिनुअघि
यस्तो कार्डबारे सबै जानकारी पढ्नुहोस् । कुनै कार्डमा धेरै खालका शुल्क तिर्नुपर्ने
हुन्छ ।
एउटा क्रेडिट कार्डबाट
उधारोमा कारोवार गर्न सिमा तोकिएको हुन्छ । तोकेभन्दा बढी उधारो लिन मिल्दैन । यदि
कुनै कार्डबाट एक हजार डलरमात्र खर्च गर्न पाइन्छ भनिएको छ भने तपाईले एक हजारभन्दा
बढीका सामान किन्न मिल्दैन । कार्ड प्रयोग गरेर उधारोमा कति खर्च गर्न पाइन्छ भन्ने
जान्नका लागि कार्डको पछाडी लेखिएको टेलिफोन नम्बरमा फोन गरेर जानकारी लिनुहोस् ।
क्रेडिट कार्ड चलाउँदा
होशियारी अपनाउनु भयो भने तपाईंले बाँकी लिएर बेलामा तिरेको विवरण तयार हुन्छ, त्यसैले:
• महिनाभर
खर्च गर्न मिल्छ भनि तोकिएको रकम मात्र खर्च गर्नुहोस् ।
• तोकिएको
समयभित्र बिल भुक्तान गर्नुहोस् ।
• आफूसँग भए
जति मात्र रकम खर्च गर्नुहोस् । बिल तिर्ने रकम आफूसँग सधैं हुनुपर्छ ।
Credit
Card
Credit
cards let you buy something then pay for it a few weeks later. To get one, you
will need to:
•
Give information such as birth date and home address
•
Show proof of regular income (for example, your paycheck stubs)
• Have good credit
Read
all the information about a credit card before you decide to get one. Some
cards have many fees.
A
credit card has a credit limit, the maximum amount of money you can spend with
it. If the credit limit is $1,000, you cannot use that card to buy things that
total more than $1,000. Learn the credit limit by telephoning the number on the
back of the card.
If
you are careful with your credit card, you will build good credit.
•
Always use less than your credit limit.
•
Pay your bill before the due date.
•
Don’t spend more money than you have. Always have enough money to pay your
bill.
――― ᴥ ᴥ
―――
अमेरिकी मुद्रा
प्रत्येक अमेरिकी
सिक्काका नाम छन् । सबभन्दा सानो सिक्का एक सेन्टको हुन्छ, यसलाई पेनी भनिन्छ । पाँच सेन्टको सिक्कालाई निकल भनिन्छ । दश सेन्टको सिक्कालाई
डायम भनिन्छ । पच्चिस सेन्टको सिक्कालाई क्वार्टर भनिन्छ । त्यस्तै ५० सेन्ट र एक डलरका
पनि सिक्का पाइन्छन् । ५० सेन्ट र एक डलरका सिक्का कमै पाइन्छन् र तपाईले नदेख्न पनि
सक्नुहुन्छ । एक,
दुई,
पाँच, दश, बीस,
पचास र सय डलरका कागजी नोटहरू हुन्छन् । कागजी नोटलाई ‘बिल’
भन्ने चलन छ, जस्तो: एक डलर बिल, दुई डलर बिल,
पाँच डलर बिल आदि । डलरलाई बोलीचोलीका भाषामा ‘बक’
पनि भनेको सुनिन्छ ।
American Money
Each American coin has a name. The 1 cent coin is
called a “penny.” The 5 cent coin is called a “nickel.” The 10 cent coin is
called a “dime.” The 25 cent coin is called a “quarter.” There are also 50 cent
and one dollar coins, but they are not used often and you may never see them. Paper
money is called a "bill". There are paper money of one dollar, two
dollar, five dollar, ten dollar, twenty dollar, fifty dollar and one hundred
dollar bills. In slang, a dollar is also called a "buck".
No comments:
Post a Comment