परिवार नियोजन
केहि दम्पतिहरू कहिले सन्तान जन्माउने भनेर योजना बनाउँछन् ।
परिवार नियोजन भनेको आफू कहिले गर्भवती हुने र कति सन्तान जन्माउने भनी नियन्त्रण गर्ने
उपाय हो । श्रीमान–श्रीमतीले आपसमा छलफल गरेर सन्तानबारे यस्ता
निर्णय गर्नुपर्छ । तपाईंलाई आफ्नो धार्मिक आस्थाका आधारमा विशेष प्रकारको परिवार नियोजनको
तरिका अपनाउनु पर्छ भने आफूले मान्दै आएका आस्थाहरूबारे सल्लाह लिनुपर्छ । तपाईं आफ्नो
आस्थाअनुसार गर्न चाहनुहुन्छ भने तपाईंलाई जन्मनिरोधका त्यस्ता निश्चित प्रकारको उत्पादन
प्रयोग गर्न तपाईं स्वतन्त्र हुनुहुन्छ । जन्मनिरोधका उपायहरूले पुरुष वा महिलालाई
बाँझो बनाउँदैन, यसले गर्भवती कहिले हुने भन्ने मात्र नियन्त्रण
गर्छ ।
Family
Planning
Some
couples plan when they want to have children. Family planning is a way to
control when you get pregnant and how many children you want to have. The man
and woman should decide after talking about it together. If your religious
faith offers specific guidance on family planning, you should consult your own
faith practices. If you choose to do so, you have the right to use certain
products called birth control. The use of birth control does not make you
infertile or barren, it just controls when you get pregnant.
――― ᴥ ᴥ
―――
गर्भनिरोधका उपायहरू
यदि तपाईं जन्म–नियन्त्रण
गर्न चाहनुहुन्छ भने तपाईंका लागि कुन प्रकारको साधन उपयुक्त हुन्छ भनेर चिकित्सकसँग
सल्लाह लिन जरुरी हुन्छ । गर्भनिरोध गर्न पुरुषका लागि कन्डम, महिलाका लागि कन्डम, खाने गर्भनिरोध, खोप (सुई), डायफ्राम र जनेन्द्रीयमा राख्ने उपकरणहरू
(आइयुडी) जस्ता धेरै साधन वा सुविधाहरू पाइन्छन् । गर्भाधान रोक्न गर्भ बस्ने समयमा
तपाईं शारीरिक सम्पर्क नगरी बस्न सक्नुहुन्छ । अमेरिकामा गर्भनिरोधहरू चल्तीमा छन्
र निकै सुरक्षित छन् । तर कुनै पनि साधन वा उपायलाई गर्भनिरोधको रामवाण मानिदैन । तपाईंलाई
सन्तान जन्माउन मनलाग्यो भने प्रयोग गरिरहेको गर्भनिरोध तत्काल बन्द गर्न सक्नुहुन्छ
।
Birth
Control Options
If
you choose birth control, it is important to talk to your doctor about the type
of birth control that may be right for you. There are many birth control
options, including male condoms, female condoms, oral contraceptives, shots,
diaphragms, and intrauterine devices (IUD). You can also choose to avoid sexual
intercourse during the part of your cycle when you could become pregnant. In
the United States, birth control is widely used and very safe. However, no
method of birth control is completely guaranteed to prevent pregnancy. You can
stop using birth control if you want to have children.
――― ᴥ ᴥ
―――
गर्भनिरोधका साधन पाउने ठाउँ
गर्भनिरोधका विभिन्न साधन वा सुविधाहरू चिकित्सकको कार्यालय, फार्मेसी, क्लिनिक वा स्टोरहरूमा पाइन्छन्
। कहिलेकाहिं यस्ता साधन वा सुविधाका लागि चिकित्सकले लेखिदिएको कागज चाहिनसक्छ । यस्ता
साधन वा सुविधाअनुसार मूल्य फरक हुन सक्छन् । यदि तपाईंले औषधोपचारका लागि मेडिकल–बिमा गर्नुभएको छ भने त्यहि बिमाले औषधोपचारमा लाग्ने खर्च धान्न सक्छ । औषधोपचारमा
लाग्ने खर्च र पाउने सुविधाबारे के कसो गर्दा राम्रो हुन्छ भनेर चिकित्सकसँग सल्लाह
गर्नुहोस् ।
Getting
Birth Control
You
can get birth control from the doctor’s office, pharmacy, clinic, or store.
Sometimes you need a prescription to buy birth control. Each birth control
product has a different price. If you have medical insurance, it might cover
the expenses. Talk to your doctor about finding assistance for the costs.
――― ᴥ ᴥ
―――
गर्भावस्था
महिलाको जीवनमा गर्भावस्था निकै महत्त्वपूर्ण हुन्छ । यस्तो
बेलामा नियमित स्वास्थ्य–परीक्षण गर्नुहोस्, प्रसव
अवस्था र प्रसूतिका लागि तयार हुनुहोस् । यसका लागि आफ्नो श्रीमान र डाक्टरसँग तारतम्य
मिलाउनुपर्छ । यस्तो बेलाका लागि परिवार, इष्टमित्र र स्वास्थ्यसेवकबाट
सर–सहायताका लागि आग्रह गर्नुहोस् ।
Pregnancy
Pregnancy
is a special time in a woman’s life. While pregnant, get regular prenatal
health care and prepare for labor and delivery with your partner and doctor.
Ask for help from family, friends, and health care professionals during this
time.
――― ᴥ ᴥ
―――
गर्भावस्थामा स्याहार
तपाईं आफू गर्भवती भए जस्तो लाग्यो भने घरमै जाँच गर्न सक्नुहुन्छ
। यस्तो जाँच गर्ने साधन खुद्रा पसल वा फार्मेसीमा पाउन सक्नुहुन्छ । गर्भवती जाँच
गर्दा ‘हो’ (पोजिटिभ) आयो भने
आफ्नो नियमित जाँच गरिरहेका चिकित्सकलाई तुरुन्त सम्पर्क गरी स्वास्थ्य–परीक्षणका लागि समय मिलाउनुहोस् । गर्भावस्थामा गरिने स्याहार–सुसार संभव भएसम्म चाँडो शुरु गर्नुपर्छ । गर्भावस्थामा गरिने स्याहार–सुसार भन्नाले गर्भवती र उनको गर्भको शिशुको स्याहार–सुसार हो । तपाईं यसपटकभन्दा पहिले नै गर्भवती भइसकेकी भए पनि गर्भावस्थामा
गरिने स्याहार–सुसार निकै महत्त्वपूर्ण हुन्छ । अमेरिकामा धेरैजसो
गर्भवती महिलाहरूले डाक्टरको हेरचाह पाउँछन् । यस्तो अवस्थामा हेरचाह गर्ने डाक्टरलाई
अब्स्ट्रेटिसन वा गाइनेकलोजिस्ट (ओबी/जिवाईएन) भनिन्छ । बच्चाबच्ची
अस्पतालमा जन्माइन्छन् । बच्चाबच्ची जन्माउने व्यवस्था पनि अस्पतालमा मिलाइएको हुन्छ
। डाक्टरसँग नियमित जचाउँनाले कुनै पनि स्वास्थ्यसम्बन्धी समस्या देखिनासाथ तुरुन्त
त्यसको उपचार गरिन्छ ।
Prenatal
Care
If
you think you are pregnant, you can take an at-home pregnancy test. You can buy
these at a grocery store or pharmacy. If the result is positive, schedule an
appointment with your regular doctor right away. You should begin prenatal
care as soon as possible. Prenatal care is health care for the pregnant
woman and for her unborn child. Prenatal care is very important, even if you
have been pregnant before. In the United States, most women get prenatal care
through a doctor known as an obstetrician/ gynecologist (or OB/GYN), and give
birth at a hospital. Doctors can find and treat health problems early when they
see you regularly.
――― ᴥ ᴥ
―――
गर्भावस्थामा चिकित्सकलाई भेट्दा
गर्भावस्थामा आफ्नो स्वास्थ्य–परीक्षणका लागि चिकित्सककहाँ जाँदा उहाँले:
•
तपाईंको आफ्नो र परिवारको पुरानो स्वास्थ्य विवरणबारे बताउनुहोस
भन्नुहुन्छ ।
• तपाईंको कम्मरभन्दा तल र तिघ्रामाथिका अंगहरू
तथा संभावित क्यान्सर जाँच्न गरिने परिक्षण ‘पाप स्मियर’
लगायत पुरै शरीरको जाँच गर्नुहुन्छ ।
• ल्याब (प्रयोगशाला) मा पठाएर जाँच्नका लागि
रगत र पिसाब लिनुहुन्छ ।
• रक्तचाप, उचाइ र तौल नाप्नुहुन्छ
।
• बच्चा जन्मने मितिबारे लेखाजोखा गर्नुहुन्छ
।
• बच्चाको मुटुको धडकन जाँच्नुहुन्छ ।
Prenatal
Visits with Doctor
During
prenatal visits, the doctor will:
•
Ask for personal and family health history.
•
Do a complete physical exam, including a pelvic exam and pap smear (test to
detect possible cancer).
•
Take blood and urine.
•
Check blood pressure, height, and weight.
•
Calculate the due date, a date near which the baby will be born.
• Check the baby’s heart rate.
――― ᴥ ᴥ
―――
खान हुने र नहुने खाना
• ‘आइरन’सहित पर्याप्त पोषक
तत्त्वहरू खानुहोस् । आइरनले गर्भमा रहेको शिशुलाई पर्याप्त अक्सिजन दिलाउन मद्दत गर्छ
।
• फलफूल, तरकारी,
सग्लो अन्न तथा क्याल्सियमको मात्रा बढी भएका खानेकुरा र कम जम्ने चिल्लोसहित
सन्तुलित खाना खानुहोस् ।
• कफि, चिया र हल्का पेय
जस्ता क्याफिन मिसाइएका झोल कम पिउनुहोस् ।
Dos
and Don’ts – Food
•
Get enough nutrients, including iron, which helps your baby get oxygen.
•
Eat a balanced diet including fruits, vegetables, whole grains, and foods high
in calcium and low in saturated fat.
•
Do not drink large amounts of caffeinated beverages such as coffee, tea, and
soft drinks.
――― ᴥ ᴥ
―――
पालना गर्ने जीवनशैली
• गर्भवती अवस्थामा धूमपान नगर्नुहोस्,
रक्सी नपिउनुहोस् वा अवैध लागूऔषध प्रयोग नगर्नुहोस् ।
• निकै तातो पानीमा डुबुल्की नमार्नुहोस् वा ननुहाउनुहोस्
।
• प्रशस्त समय सुत्नुहोस् र धपेडी नगर्नुहोस्
।
• हप्ताको पाँच दिन दिनहुँ ३० मिनेट (आधा घण्टा)
हल्का व्यायाम गर्नुहोस् ।
• किटनाशक (विषादी), सरसफाई
गर्ने झोल, लिड (शिशा), मर्करी (पारो) र
घर रंगाउने रंग जस्ता रसायन आदिबाट टाढै बस्नुहोस् ।
Dos
and Don’ts - Lifestyle
•
DO NOT SMOKE, DRINK ALCOHOL, OR USE ILLEGAL DRUGS DURING PREGNANCY.
•
Do not take very hot baths.
•
Sleep well and avoid stress.
•
Exercise moderately for 30 minutes five days a week.
• Avoid chemicals like insecticides,
cleaning supplies, lead, mercury, and paint.
――― ᴥ ᴥ
―――
आर्थिक सहायता र मेडिकल बिमा
धेरैजसो राज्यमा औषधोपचार बिमा नगरिएका व्यक्तिहरूलाई गर्भावस्था, प्रसूति सेवा र प्रसूतिपछिको स्याहारका लागि ‘मेडिकेड’ नामक सरकारी सुविधामार्फत् आर्थिक–सहायता गरिन्छ । महिला, शिशु तथा बालबालिका (डब्लुआइसि)
नामक कार्यक्रम पोषण कार्यक्रम हो । यो कार्यक्रमले गर्भवती, प्रसूतिपछि र बच्चालाई स्तनपान गराउने आमाका लागि तथा पाँच वर्षमुनिका बालबालिकालाई
पोषण तथा आर्थिक आवश्यकताको खाँचो टार्न कुपन उपलब्ध गराउँछ । यस्तो कार्यक्रम राज्यपिच्छे
फरक हुन्छन् । त्यसैले सरकारी सुविधा दिने कार्यालय वा पुनर्वास संस्थामा सम्पर्क गरी
आफू उक्त सुविधाहरू पाउन योग्य भए/नभएको र सुविधा पाउनका लागि
निवेदन दिने तरिकाबारे जानकारी लिनुहोस् ।
Financial
Assistance and Medical Insurance
In
most states, Medicaid pays for some or all of prenatal care, delivery services,
and post-partum care for those people who do not have private health insurance.
The Women, Infants, and Children (WIC) program is a nutrition program that
offers coupons for specific foods to pregnant, post-partum, and breastfeeding
women; and children under five with nutritional and financial need. States’
programs differ, so contact your social services office or resettlement agency
for information on eligibility and the application process.
――― ᴥ ᴥ
―――
प्रसूतिका लागि तयारी
प्रसूतिका लागि श्रीमान र चिकित्सक वा नर्सको सहयोगमा ‘जन्म–योजना’ (बर्थ प्लान)
तयार पार्नुहोस् । यस्तो योजना प्रसव (प्रसूतिअघिको अवस्था) र प्रसूति तयारीको निर्णय
गर्ने एक उपाय हो । यस्तो योजनामा आफूले चाहेको दोभाषेको सम्पर्क जानकारी, प्रसूति–कक्षमा जान मिल्ने नातेदार वा इष्टमित्रहरूका
नाम र दुखाई बढे आफ्ना लागि के गर्न चाहनु हुन्छ भन्ने पनि खुलाएर लेखिदिनुहोस् । शिशुको
जन्मबारे गर्न मिल्ने वा गर्न नमिल्ने खालका तपाईंका कुनै धार्मिक वा सांस्कृतिक आस्थाहरू
छन् वा त्यस्तो समयमा कुनै खास खानेकुरा खानु हुन्न भन्ने छ भने त्यो पनि उक्त योजनामा
समावेश गरिदिनुहोस् । तपाईंका अरू बच्चा छन् र तपाईं अस्पताल जाँदा वा प्रसव अवस्थामा
रहँदा उनको हेरचाह कसले गर्ने हो, त्यो पनि उक्त योजनामा खुलाइदिनुहोस्
। बच्चा जन्मेपछि उनलाई नियमित देखाउने चिकित्सक (जसलाई पिडिअट्रिसन भनिन्छ) को हो,
उहाँको नाम योजनामा लेखिदिएको हुनुपर्छ । उक्त ‘जन्म–योजना’ चिकित्सक र आफूले बच्चा
जन्माउने अस्पताललाई दिनुहोस् । सबै निर्णयहरू अगाडी नै गर्नुभयो भने प्रसव र प्रसूतिमा
हुने वा गरिने सबै काम सजिला तथा तनावमुक्त हुन्छन् ।
Preparing
for Delivery
Make
a birth plan with your partner and doctor or nurse-midwife. This is a
tool used to communicate decisions about labor and delivery. Include contact
information of preferred interpreters, a list of people allowed in the delivery
room, and pain management choices. If you have religious or cultural beliefs
around birth or don’t eat certain foods, include this in your birth plan. If
you have other children, decide who will take care of them when you are in
labor and go to the hospital. You should decide who will be your child’s doctor
(called a pediatrician) after the birth and that name should be in your birth
plan. Share your birth plan with your doctor and with the hospital where your
delivery will take place. Making decisions beforehand will make everything
easier and less stressful during the labor and the delivery process.
――― ᴥ ᴥ
―――
अस्पताल पुग्ने कसरी ?
शिशु जन्मने समय भएको छ र प्रसव अवस्था शुरु भएको हो वा होइन
भन्नेमा तपाईं अझै अनिश्चित भए चिकित्सकलाई फोन गर्नुहोस वा सिधैं अस्पताल जानुहोस्
। धेरै महिला प्रसव अवस्था पुगेको अनुभव गर्छन्, वास्तवमा
त्यस्तो अवस्था आएकै हुँदैन । त्यस्तो अवस्था आए, संकोच नमान्नुहोस्
। तपाईंलाई प्रसव अवस्था भए, अस्पताल जानुहोस् । त्यहाँ गएर भर्ना
हुनुहोस् । भर्ना हुनु भनेको तपाईं अस्पतालमा गर्भवतीका रुपमा दर्ता हुनु हो । यहि
समयमा अस्पतालका कर्मचारीले तपाईंको स्वास्थ्य–बिमासम्बन्धी जानकारी
खोज्छन् ।
Going
to the Hospital
If
you are ever unsure if you’re going into labor, call your doctor or go to the
hospital. Many women go into “false labor”, believing they are in labor when
they really are not. Do not be embarrassed if this happens to you. When you are
in labor and go to the hospital, you need to go through admissions. This
registers you as a patient in the hospital. Hospital staff will also collect
your health insurance information at this time.
――― ᴥ ᴥ
―――
अस्पतालमा के हुन्छ ?
तपाईंलाई स्वास्थ्यसम्बन्धी कुनै अप्ठ्यारा छैनन् भने अस्पताल
भर्ना भएपछि प्रसूति–कक्षमा लगिन्छ । उक्त कक्षमा तपाईंका लागि एउटा
विस्तरा र तपाईंका साथ जानुभएका श्रीमान वा अन्य सहयोगी बस्नका लागि एउटा कुर्सी हुन्छ
। एकजना चिकित्सकले तपाईं र शिशुलाई प्रसवमा के भइरहेछ भनेर निगरानी गर्नु हुनेछ ।
प्रसव अवस्था लम्बिन सक्छ । केहि महिलालाई निकै दुख्छ । यस्तो दुखाइ कम गर्न औषधीका
लागि तपाईंले चिकित्सकसँग अनुरोध गर्न सक्नुहुन्छ । धेरैजसो शिशु आमाको जनेन्द्रिय
हुँदै बाहिर निस्कन्छन् । यो स्वभाविक जन्म हो । कहिलेकाहिं गर्भवती हुँदा अरू समस्या
छन् भने चिकित्सकले बच्चा जन्माउन शल्यक्रिया (अपरेसन) गर्ने निर्णय पनि गर्न सक्नुहुन्छ
। यस्तो शल्यक्रियालाई ‘सिजेरियन सेक्सन’ (छोटकरीमा ‘सि–सेक्सन’) पनि भनिन्छ । शल्यक्रिया गर्दा तपाईंको पेंट चिरिन्छ र त्यहि चिरिएको भागबाट
शिशुलाई बाहिर निकालिन्छ । शल्यक्रियाबाट बच्चा जन्माउने आमालाई पुरै सन्चो हुन केहि
समय लाग्छ र उहाँलाई घरमा अलि बढी नै स्याहारसुसार जरुरी हुन्छ । अस्पताल छाडेपछि शिशुलाई
स्वास्थ्य परीक्षण गर्ने चिकित्सक (बालचिकित्सक) को हुन्छ भन्ने तपाईंले निर्णय गर्नुपर्छ
र अस्पतालबाट शिशुलाई घर ल्याउनुअघि उनको नाम पनि अस्पतालका कर्मचारीलाई टिपाउनु पर्छ
।
At
the Hospital
Once you are admitted to the hospital, if you have no
complications, you will be taken to a labor and delivery room. There will be a
bed for you and a chair where your partner or other support person can sit. A
doctor will monitor you and your baby to see how you are both tolerating labor.
Labor can be very long and painful for some women, and you can request medicine
to help with the pain. Usually, the baby will be borne by natural vaginal
birth. Sometimes, however, if you have a high-risk pregnancy, your doctor might
decide to perform a cesarean section (also called a c-section) where the baby
will be removed through an incision that will be made in your abdomen. Women who have had a c-section require a longer
recovery period and extra support at home after the birth. Make sure you tell
the hospital staffs the name of the doctor (pediatrician) who will care for
your baby after you leave the hospital.
――― ᴥ ᴥ
―――
नवजात शिशुलाई घरमा स्वागत
समय उपयुक्त भएपछि चिकित्सकले तपाईं र नवजात शिशुलाई घर जान
दिनुहुन्छ । सामान्यतः यो समय एक वा दुई दिनमा नै हुन्छ । विशेष औषधोपचार गर्न आवश्यक
ठहर्याइएका नानीलाई अस्पतालमा राखिन्छ । त्यस्तो अवस्थामा नानीहरूलाई उपचार गरिने
कक्ष ‘नवजातका लागि गहन स्याहार कक्ष’ (एनआइसियु) मा राख्न सकिन्छ । त्यस्तो अवस्थामा अस्पतालमै राख्ने समय अलि धेरै
दिनको हुन सक्छ । नवजात शिशुलाई घर ल्याउँदा नानीका लागि चाहिने कार–सिटको बन्दोबस्त छ वा छैन पक्का गर्नुहोस् ।
Taking
Your Baby Home
The
doctor will discharge you and your baby from the hospital when the time is
right. Usually this is within one or two days. New babies who need extra
medical attention, however, may be admitted to the neonatal intensive care unit
(NICU) and stay in the hospital longer. Make sure you have a properly installed
car seat to bring your baby home in.
――― ᴥ ᴥ
―――
घरमा के गर्ने ?
शिशुलाई समय दिनुपर्छ । उनैसँग बस्नुहोस् । उनको स्याहारका लागि
चिकित्सकले सल्लाह दिनुभएको छ भने उहाँको सल्लाहअनुसार काम गर्नुहोस् । तपाईं वा शिशुबारे
केहि सोध्नुपर्यो वा दुईमध्ये कसैलाई केहि असामान्य भए जस्तो लाग्यो भने चिकित्सकलाई
फोन गर्नुहोस् । चिकित्सक पनि तपाईं र तपाईंको शिशुलाई स्वास्थ्य–परीक्षण आएको राम्रो मान्नुहुन्छ । बच्चाको परीक्षणका लागि बच्चाकै
चिकित्सक वा पारिवारिक चिकित्सकलाई भेट्ने समय मिलाउनुहोस् । त्यस भेटमा नियमित परीक्षणका
लागि तारतम्य मिलाउनुपर्छ ।
गर्भवती वा भर्खर शिशु जन्माएकी महिलालाई न्यास्रो, खिन्नता, चिढ चिढ्याइ वा निद्रा कचपच हुने
खालका समस्या हुनु एकदम असामान्य अवस्था हो । त्यस्ता समस्याले आफ्नो वा नानीहरूको
स्याहारसुसारमा प्रभाव पर्छ । यस्ता बेलामा महिलाले आफैंलाई वा सन्तानहरूलाई पीडा दिन
सक्छिन् । तपाईंलाई यस्ता समस्याले सताएको अनुभव भयो भने तुरुन्त चिकित्सकलाई खबर गर्नुहोस्
। यस्ता समस्याहरू समाधान गर्ने उपचारहरू (उपायहरू) छन् । उपचारपछि तपाईं फेरि आराम
महसुस गर्नु हुन्छ ।
At
Home
Spend
time with your baby, and follow any instructions the doctor gave you on how to
take care of him or her. If you have any questions or suspect that something is
not normal with you or your baby, call your doctor. He or she will also want to
see you and your baby for a follow-up visit. Make an appointment with your
baby’s pediatrician (doctor for kids) or family doctor to establish regular
care for your baby.
It is not unusual for women who are pregnant
or have had a baby recently to experience sadness, depression, anger, or sleep
problems that affect their ability to care for themselves or their children.
Sometimes they even have feelings about hurting themselves or their babies. If
you have any of those feelings, call your doctor right away. There is treatment
for these feelings and you will feel better again.
No comments:
Post a Comment