नयाँ भूमीमा परम्परागत संस्कार
नेपालीभाषी भूटानी
समुदायले गर्दै आएका आफ्ना परम्परागत जन्म, विवाह र मृत्युका संस्कारहरू अमेरिकामा पनि त्यसरी नै जारी राख्न सकिन्छ । यहाँको
राज्यको कानुनअनुसार ती संस्कारमा थोरै संशोधन आवश्यक छ । यहाँ केहि थप कानुनी आवश्यकताहरू
पनि पुरा गर्नुपर्छ ।
आफ्ना पारिवारिक संस्कारहरूमा
अमेरिकीमा जन्मेका साथी,
छिमेकी वा सहकर्मीहरूलाई बोलाउने गर्नुहोस् । यस्ता अवसरहरू
नै उहाँहरूलाई आफ्ना संस्कारहरूसँग परिचित गराउने उत्तम तरिका हुन् ।
Traditional Ceremonies in a New Land
Most ways that Nepali-speaking Bhutanese
have traditionally marked births, marriages, and deaths can be continued
unchanged in the U.S. There are a few aspects of traditional ceremonies that
will need to be altered to comply with the laws of your state. There are also additional
legal requirements that you will need to meet.
Inviting a few native-born American friends,
neighbors, or co-workers to your family celebrations can be a good way to
introduce them to your culture.
――― ᴥ ᴥ
―――
जन्म
शिशुको जन्मले जुनसुकै
संस्कार भएका परिवारमा पनि अद्भूत खुसी ल्याउँछ । गर्भवती र गर्भको शिशुका लागि अमेरिकामा
मुख्य रूपमा ‘बेबी सावर’
नामको संस्कार गरिन्छ । कहिलेकाहिं ‘बेबी सावर’
शिशु जन्मेपछि गरे पनि अधिकांश यो संस्कार शिशुको जन्मभन्दा
केहिअघि नै गरिन्छ । आमन्त्रितहरूले आमा र शिशुलाई उपहार दिन्छन् ।
अमेरिकामा तपाईं आफ्नो
चलनअनुसार बच्चाको जन्म भएकोमा खुसी मनाउने काम गर्न स्वतन्त्र हुनुहुन्छ ।
अमेरिकामा धेरै शिशुहरू
अस्पतालमा जन्मन्छन् भने केहि मात्र सुडेनीको सहायतामा घरमा जन्मन्छन् ।
Births
The birth of a new baby to a family is a
wonderful joyful event in all cultures. Often in America a relative or close
friend will host a baby shower for the soon-to-be mother and unborn
baby. Sometimes the baby shower will be after the baby is born, but usually it
is before. Guests give presents to the mother for her or for her baby.
In the U.S. you are free to celebrate the
birth of a child according to your own culture.
Most births in the U.S. take place in a
hospital although some births may take place at home with a midwife in
attendance.
――― ᴥ ᴥ
―――
जन्मदर्ताको प्रमाणपत्र
बच्चाको जन्मदर्ताको
पहिलो प्रमाणपत्र डाक्टर,
अस्पताल वा सुडेनीले दिन्छन् । त्यसपछि बच्चाको जन्मदर्ता तपाईं
बस्दै आएको राज्यस्थित सरकारी कार्यालयमा गर्नुपर्छ ।
बच्चा जन्मने बित्तिकै
दिइने पहिलो जन्मदर्ता प्रमाणपत्रमा बच्चाको नाम लेख्नुपर्छ । आफ्नो संस्कारअनुसार
नाम राख्ने कर्म बच्चाको जन्मपछि गरिने भए पनि बच्चालाई पछिसम्म बोलाउने नाम उसको जन्मभन्दा
पहिले तयार पारेर राखेको हुनुपर्छ । बच्चाको जन्मदर्ताको प्रमाणपत्रमा लेखिएको नाम
नै उसको कानुनी (आधिकारिक) हुन्छ ।
जन्मनेबित्तिकै दिइएको
प्रमाणपत्रपछि सरकारी कार्यालयमा दर्ता गरेपछि सो कार्यालयले औपचारिक जन्मदर्ता प्रमाणपत्र
दिन्छ । यो प्रमाणपत्रमा बच्चाको नाम, उसको जन्ममिति, आमाबाबुको नाम र अन्य जानकारी समावेश हुन्छ । अमेरिकामा जन्मेको शिशु स्वतः अमेरिकी
नागरिक हुने भएकाले यो जन्मदर्ताको प्रमाणपत्र निकै महङ्खवपूर्ण हुन्छ ।
यो जन्मदर्ताको प्रमाणपत्रले
नै उ अमेरिकी नागरिक हो भन्ने प्रमाण दिन्छ । कुनै बेला त्यहि बच्चा अमेरिकामा जन्मेको
हो भनी प्रमाणित गर्नुपर्ने भयो भने तपाईंले जन्मदर्ताको प्रमाणपत्र देखाउनुपर्छ र
यसको प्रतिलिपि पेश गर्नुपर्छ । बच्चा ठूलो भएपछि उसको नाम मतदाता–सूचीमा दर्ता गर्न वा अमेरिकी पासपोर्ट (राहदानी) पाउन उसको जन्मदर्ताको प्रमाणपत्र
नै चाहिन्छ ।
Birth Certificate
The birth of a child must be certified by a
doctor, hospital, or midwife and then be registered with an office in the state
where you live.
The baby’s name must be written on the birth
certificate at the time of birth. For this reason, even if you are planning to
have the traditional name-giving ceremony shortly after the baby’s birth, you
must have the baby’s name selected and ready before the time of birth. Whatever
name goes on the birth certificate will be the legal name of the child.
After the birth is registered, you will be
able to get an official government birth certificate that will include the name
of the child, the date of birth, the name of the parents, and other
information. This birth certificate is very important because every child born
in the U.S. is automatically a citizen of the U.S.
The birth certificate will be evidence that
the child is a citizen. There will be situations where you need to show
evidence that the child is born in the U.S. and you will need a copy of the
birth certificate. When the child is an adult, the child will need the birth
certificate to register to vote or to get a U.S. passport.
――― ᴥ ᴥ
―――
पास्नी
तपाईंको संस्कृतिअनुसार
बच्चाको पास्नी गर्ने जस्तो संस्कार अमेरिकी संस्कृतिमा छैन । त्यसो भए पनि तपाईंले
भूटान वा नेपालमा गरेजस्तो तरिकाले यहाँ पास्नी गर्न सक्नुहुन्छ ।
Rice Feeding Ceremony
In American culture there is no equivalent
of the rice feeding ceremony. However, you are free to celebrate this as you
would in Bhutan or in Nepal.
――― ᴥ ᴥ
―――
विवाह
विवाह हरेक समुदायमा
फरक तरिकाले गरिन्छ । विवाह सबै संस्कृतिको महङ्खवपूर्ण पारिवारिक संस्कार हो । अमेरिकामा
हिन्दू,
ईसाई, मुस्लिम, यहुदी,
र अन्य कुनै आस्थाको भए पनि आफ्नो संस्कारअनुसार विवाह गर्न
सकिन्छ ।
जन्मजस्तै विवाह पनि
सरकारी कार्यालयमा दर्ता गर्नुपर्छ । विवाह दर्ता गर्ने प्रक्रिया राज्यपिच्छे फरक
भए पनि यसका केहि स्वरूप उस्तै हुन्छन् । आफू बस्ने राज्यमा विवाह–दर्ता प्रक्रिया कस्तो छ बुझ्नुहोस् ।
Marriages
Marriages are important family events in all
cultures although the wedding ceremonies that celebrate them vary widely.
People from Hindu, Christian, Muslim, Jewish, and other faiths in America are
free to celebrate marriages according to their own traditions.
Marriages, like births, must be registered with
the government. While this process may be different in each state of the U.S., some
aspects are common. You should determine the specific details in your state.
――― ᴥ ᴥ
―――
विवाह अनुमति–पत्र
विवाह एउटा प्रक्रिया
हो, यो प्रक्रियाको पहिलो खुड्किलोमा सामान्यतः विवाह अनुमति–पत्र (म्यारिज लाइसेन्स) लिनु पर्छ । यो लाइसेन्स विवाह गर्न बाटो खोल्ने कानुनी
कागज हो । उक्त अनुमति–पत्र पाउनका लागि तपाईंले स्थानिय शहर, नगर वा काउन्टी कार्यालयमा
आवेदन दिनुपर्छ । तपाईंले बिहे गर्नुअघि म्यारिज लाइसेन्स लिएको हुनुपर्छ । आवेदन दिंदा
आफ्नो फोटोसहितको परिचय–पत्र (फोटो आइडी) वा तपाईं को हो भनी चिनाउने, कहाँ बस्नुहुन्छ भन्ने प्रमाण पेश गर्नुका साथै शुल्क तिर्नुपर्छ । आवेदनमा अन्य
केहि थप जानकारी चाहिनसक्छ ।
म्यारिज लाइसेन्स
लिएपछि तपाईं आफ्ना परम्पराअनुसार विवाह गर्न सक्नुहुन्छ । विवाह पूरोहित वा अन्य कुनै
आधिकारिक व्यक्तिको उपस्थितिमा गर्न सक्नुहुन्छ । त्यस्ता आधिकारिक व्यक्तिहरूमा राज्यले
तोकेका व्यक्ति वा ‘जस्टिस–अफ–द–पिस’
ओहदाका व्यक्ति पनि हुन सक्छन् ।
Marriage License
Generally, the first step to getting married
is to obtain a marriage license. This is the legal document that allows you to
marry. Generally you can apply for the license at a town, city, or county
office. You should get your marriage license in advance of the wedding. You
will need to show a photo ID or other proof of who you are, where you live, and
pay a fee. There may be other requirements as well.
After you have your marriage license, your
wedding may be performed by a priest or other official of your religion, by a
justice-of-the-peace, or by other persons given authority to perform marriages
by your state.
――― ᴥ ᴥ
―――
विवाह–दर्ताको प्रमाणपत्र
विवाह गरिदिने व्यक्तिले
विवाह–दर्ताको फारम भरिदिनुपर्छ । तोकिएका ठाउँहरूमा हस्ताक्षर गरेको यो महङ्खवपूर्ण
कागज विवाह घटना दर्ता गर्ने सरोकार कार्यालयमा पठाउनुपर्छ । त्यहाँ तपाईंको विवाह
आधिकारिक रूपमा दर्ता हुन्छ । सबैजसो ठाउँमा विवाह–दर्ताका लागि शुल्क तिर्नुपर्छ ।
अमेरिकामा बिहे गरेपछि
तपाईंका धेरै कानुनी,
आर्थिक र करसम्बन्धी सुविधा तथा जिम्मेवारी बढ्छन् । कुनै–कुनै बेला तपाईं कानुनी रूपमा विवाहित हो भनेर प्रमाण पेश गर्नुपर्यो भने विवाह–दर्ता प्रमाणपत्र देखाउनुपर्छ
।
Marriage Certificate
The person who performs the wedding ceremony
must complete a marriage certificate. This important certificate, with all
necessary signatures, must be delivered to the appropriate government office so
that the marriage can be officially recorded. In most communities you will need
to pay an additional fee.
Being married has many legal, financial, and
tax benefits and responsibilities in the U.S. You must have a marriage
certificate if you are asked to prove that you have been legally married.
――― ᴥ ᴥ
―――
मृत्यु
परिवारको कुनै एक
सदस्य वा साथीभाईको मृत्यु हुनु सबैका लागि दुःखद घटना हो । विभिन्न धर्म या संस्कृतिमा
काजक्रिया तथा संस्करण गर्ने तरिका र समयमा पनि भिन्नता पाइन्छ । अमेरिकी कानुन पालन
गर्न मृत्युसम्बन्धी हिन्दू संस्कारका केहि परम्परागत विधिहरूमा परिवर्तन गर्न आवश्यक
हुन्छ ।
अमेरिकामा धेरैजसो
मानिसको मृत्यु अस्पताल (वा धर्मशाला/हस्पस् होम) मा हुन्छ, जहाँ डाक्टरहरू र नर्सहरू हुन्छन् । अस्पतालमा आफ्नो नातेदारको अन्तिम अवस्था छ
भने डाक्टर तथा नर्सहरूसँग आफूले कस्तो अन्तिम संस्कार गर्ने हो भनेर बताउनुपर्छ र
उहाँहरूको अनुमति लिनुपर्छ । तपाईंले प्रकट गरेको मर्मप्रति उनीहरूले सहानुभूति देखाउनेछन्
।
कसैको मृत्यु घरमा
भयो भने प्रहरीलाई खबर गर्नुपर्छ । प्रहरीले मृत्युबारे जानकारी लिन्छन् । प्रहरीले
त्यो सामान्य मृत्यु हो र हत्या आदि होइन भन्ने ठहर गर्नुपर्छ ।
Deaths
The death of a family member or close friend
is a difficult time for everyone. Different religions and cultures have
different ways to give time for mourning and remembrance. Important aspects of
traditional Hindu ceremonies surrounding death must be modified to comply with
American law.
Most deaths in America occur in hospitals
(or hospice homes) where doctors and nurses are present. If your loved one is
nearing death in a hospital, you should talk with the doctors and nurses about
rituals you wish to perform and obtain their permission. They will usually be
very understanding.
When a person dies at home, the police must
be called. The police need to investigate to make sure that the death was a
natural death and not the result of a crime.
――― ᴥ ᴥ
―――
मृत्युदर्ताको प्रमाणपत्र
कसैको मृत्यु भएका
बेला अस्पताल वा घरमा हेरचाह गरेका डाक्टरले हस्ताक्षरसहितको मृत्युको प्रमाणपत्र दिनुहुन्छ
। उक्त प्रमाणपत्रमा मृत्युको समय, अवस्था र, कारण लेखिएको हुन्छ । शवलाई दाहसंस्कार गर्नुअघि यो प्रमाणपत्र लिएको हुनुपर्छ
। मृत्युको कानुनी प्रमाणपत्र परिवारका सदस्यले तत्काल लिनुपर्छ । यो प्रमाणपत्र बिमा
दाबी गर्दा पेश गर्न चाहिन सक्छ । कुनै राज्यमा दाहसंस्कारका लागि केहि सार्वजनिक सहायताअन्तर्गत
आर्थिक सहयोग पाइन्छ । यो सहायता पाउन पनि उक्त प्रमाणपत्रले मद्दत गर्नसक्छ ।
Death Certificate
A doctor who had been caring for the person
at the time of death, whether at home or in a hospital, must sign a death
certificate that states the time, circumstances, and reason for the death. This
certificate is necessary before the body can be legally disposed of. It is
important for the immediate family to obtain copies of the official death
certificate. The certificate may be used to file insurance claims. In some
states the death certificate may assist in obtaining some public assistance in
paying for cremation or burial.
――― ᴥ ᴥ
―――
घाट (सद्गत गृह)
अमेरिकामा दाहसंस्कार
गर्ने अधिकार–प्राप्त सद्गत गृह (फ्युनरल होम) हुन्छन् । अमेरिकाका धेरै फ्युनरल होमहरूलाई हिन्दू
संस्कार कस्तो हुन्छ भन्ने थाहा नहुनसक्छ । पुनर्वास संस्था वा भूटानी समुदायसम्बन्धी
संस्थाहरूले दाहसंस्कारका लागि नजिकैको फ्युनरल होम खोज्न मद्दत गर्छन् । फ्युनरल होमले
दाहसंस्कार गरेवापत पैसा लिन्छन् । दाहसंस्कार र सानो क्रिया–कर्मका लागि केहि हजार डलर लाग्न सक्छ । यो खर्च तपाईंको स्वास्थ्य–बिमा (हेल्थ इन्स्योरेन्स) वा मेडिकेडले बेहोर्दैन ।
Funeral Home
Funeral rites are organized through a
licensed funeral home. Many funeral homes in America may be unfamiliar
with Hindu funeral rites. Your resettlement agency or Bhutanese community
organization will be able to suggest a funeral home that will best help you
make arrangements in your town or city. Funeral homes charge for their
services. The cost for cremation and a small ceremony may be few thousand
dollars. These costs are not covered by health insurance or Medicaid.
――― ᴥ ᴥ
―――
दाहसंस्कार
मृत्यु भएको २४ घण्टाभित्र
दाहसंस्कार गर्ने परम्परा धान्न प्राय संभव हुँदैन । तपाईंले २४ घण्टाभित्र दाहसंस्कार
गर्ने परम्परा छ भनेर स्पष्ट अनुरोध गर्नुभयो भने फ्युनरल होमले संस्कार र सानो क्रिया-कर्म सकेसम्म चाँडो गर्न कोशिश गर्छन् । कानुनी प्रक्रिया र
समय–तालिकाअनुसार अन्तिमसंस्कार क्रमसँगै गर्नुपर्ने हुनाले फ्युनरल होमले हाम्रो समयअनुसार
काम गर्न सक्दैनन् ।
अमेरिकामा कहिं पनि
दाहसंस्कार खुला ठाउँमा गर्न मिल्दैन । यस्तो संस्कार विशेष बन्दोबस्त भएका फ्युनरल
होममा मात्र गरिन्छ । संस्कारपछि फ्युनरल होमले शवको केहि शेष उपयुक्त भाँडोमा राखेर
परिवारका सदस्यलाई दिन्छन् ।
Cremation
The tradition of cremation within 24 hours
of death is often not possible. If you make a clear request, the funeral home
will try to schedule a ceremony and cremation as quickly as possible. But they
are constrained by the law and by other funerals that they already have
scheduled in their facility.
In almost all communities in the U.S. cremation
it is not possible to cremate a body in the open air. Cremation of a body in
America is done in a special facility operated by a funeral home. The funeral
home will provide the family with the remaining ashes in an appropriate
container.
――― ᴥ ᴥ
―――
क्रिया–कर्म (शोक मनाउने समय)
हिन्दू परम्पराअनुसार
शोक परेका घर वा मन्दिरमा १३ दिनको क्रिया–कर्म गर्न सकिन्छ । धेरैजसो
अमेरिकी रोजगारदाताले शोक परेका परिवारका सदस्यलाई कामबाट एक वा दुई दिन मात्र ‘घर बिदा’
दिन्छन् । ती रोजगारदाताले तपाईं बिदापछि काम फर्कनुहुन्छ भन्ने
आशा गर्छन् । कुनै रोजगारदाताले बचत बिदाबाट मिलाएर तपाईंलाई चाहिए जति छुट्टि दिन
सक्छन् । यदि तपाईंको नजिकैको कोहि नातेदारको अवस्था नाजुक छ र उहाँ अन्तिम अवस्थामा
हुनुहुन्छ भने आफूले गर्नुपर्ने कर्म र चाहिने समय–अवधीबारे सुपरभाइजरलाई बताउनुहोस् । सुपरभाइजर र तपाईंबीच बिदाबारे सहमति होस्, हुन सके तलबी बिदासहित काममा फर्कने समय टुंगो लगाएर बिदा बस्नुहोस् ।
Mourning Period
The 13 day Hindu mourning period can be
observed and necessary rites can take place at the home of the deceased person
or in a temple. Most American employers will give only one or two days of paid
“family leave” to workers at the time of a death of a close family member. They
will expect you to return to work after those days. Some employers may agree to
let a worker take unused vacation leave to extend the time away from work. If a
relative is very sick and may die, you should explain to your supervisor that
you may soon have a death in your family and may require time off for the
mourning period. You and your supervisor should both agree when you will return
to work and whether you will be paid for any time off.
No comments:
Post a Comment