Friday, August 4, 2017

अध्याय १: पुनर्वास संस्था (Chapter 1: The Resettlement Agency)

पुनर्वास संस्था भनेको हो ?
पुनर्वास संस्थाहरूले अमेरिकी सरकारसँग मिलेर वर्षेनि विश्वभरका हजारौं शरणार्थीहरूलाई पुनर्स्थापित गर्छन् । तपाईंको पुनर्वास संस्थाले तपाईं पुनर्स्थापित भएको शुरूका केहि महिनाहरूमा तपाईंका लागि खानेबस्ने जस्ता आधारभूत आवश्यकता र समुदायमा घुलमिल हुने सेवासुविधाहरू दिलाउँछन् ।
What Is A Resettlement Agency?
Resettlement agencies work with the United States government to resettle thousands of refugees a year from all over the world. Your resettlement agency will make sure during your first months that you receive the services you need to live and join your new community.
――― ―――
तपाईं र पुनर्वास संस्था
तपाईंको स्थानिय पुनर्वास संस्थाको जिम्मेवारी के हो र पुनर्वासका लागि तपाईंका जिम्मेवारी के के हुन् भन्ने चाहिं तपाईंले बुझ्न आवश्यक हुन्छ । अमेरिका आइपुगेपछि पुनर्वास संस्थाका एक कर्मचारी, तपाईंकै परिवारका एक सदस्य वा तपाईंले चिनेको कसैले तपाईंलाई विमानस्थलमा स्वागत गर्नुहुनेछ ।
You and the Resettlement Agency
It is important for you to understand what your local resettlement agency is responsible for and what you are responsible for in your resettlement. Upon arriving in the United States, a staff person from the resettlement agency, a family member, or other person you know will pick you up at the airport.
――― ―――
पुनर्वास संस्थाले उपलब्ध गराउने छन्:
अमेरिका आएपछि कम्तिमा ३० दिनका लागि बस्न एक सुरक्षित तथा सफा घरको व्यवस्था गर्छन् । बसोबासको व्यवस्था अल्पकालिन वा दीर्घकालिन हुन्छ । अल्पकालिन भन्नाले स्वयंसेवी परिवारका साथ वा नातेदारका साथ बस्ने व्यवस्था र दीर्घकालिन बन्दोबस्त भन्नाले तपाईंको आफ्नै अपार्टमेन्टको व्यवस्था हुनसक्छ ।
अत्यावश्यक फर्निचरको व्यवस्था: यसमा सोफा, टेबुल, कुर्सीहरू र बिछ्यौनाहरू संलग्न हुन्छन् । फर्निचरहरू नयाँ वा पुराना हुनसक्छन् ।
अमेरिका आएपछि खानाको बन्दोबस्त ।
खाद्यटिकट (फूड स्ट्याम्प) सेवा, मेडिकेड, सोसल सेक्युरिटी कार्ड पाउन र योग्यता पुगेकालाई सेलेक्टिभ सर्भिसमा नाम दर्ता गर्न सहायता ।
स्वास्थ्योपचारमा सहायता: डाक्टरकहाँ जान र खोपको व्यवस्था ।
पर्याप्त लुगाहरूको बन्दोबस्त । लुगाहरू नयाँ वा दान गरिएका हुन सक्छन् ।
तपाईंका नानीहरूलाई स्कूल भर्ना गर्न सहायता ।
रोजगारसम्बन्धी परिचय दिने प्रशिक्षण तथा सहायता, जस्तो: जागिरका लागि आवेदन दिन सहयोग ।
केहि रकमको व्यवस्था । उक्त रकम एकपटक मात्र भुक्तान हुनसक्छ ।
वासस्थान, यातायात, शिक्षा, रकम व्यवस्थापन, अधिकार र सांस्कृतिक समायोजनबारे अतिरिक्त तालिम ।
The Agency will provide:
• Safe and clean housing for no less than thirty days after you arrive in the United States. This may be a short-term situation, such as living with a volunteer family or a relative, or long-term, such as your own apartment.
• Essential furniture. This includes a couch, table, chairs, and beds. Furniture may be either new or used.
• Food when you first arrive.
• Assistance applying for the Food Stamp program, Medicaid, your social security card, and selective service (if appropriate).
• Assistance getting health care, seeing a doctor, and getting immunizations.
• Assistance getting adequate clothing. Clothing may be new or donated.
• Help enrolling your children in school.
• Employment orientation and support, such as helping you fill out job applications.
• A limited amount of cash. This may only be a onetime payment.
• Additional orientation on housing, transportation, education, health, money management, rights, and cultural adjustment.
――― ―――
सोसल सेक्युरिटी कार्ड
पुनर्वास संस्थाका सहायताले तपाईं र परिवारका प्रत्येक सदस्यले सोसल सेक्युरिटी नम्बर लेखिएको सोसल सेक्युरिटी कार्ड पाउनुहुन्छ । यसमा लेखिएको नम्बर र कार्ड दुवै महत्त्वपूर्ण हुन्छ । त्यो नम्बर तपाईंको जीवनभर काम लाग्ने नम्बर हो । प्रत्येक व्यक्तिको सोसल सेक्युरिटी नम्बर फरक हुन्छ । एकअर्कासँग पटक्कै मिल्दैन । यो कार्ड जागिर पाउन, बैंकमा खाता खोल्न, अपार्टमेन्ट भाडामा लिन र अरू धेरै पटक चाहिन्छ । यो कार्ड हराउनु हुन्न । परिवारका सबैको कार्ड सुरक्षित ठाउँमा राखिदिनुहोस् । यो कार्ड अनावश्यक रूपमा कसैलाई नदिनुहोस् । आफ्नो सोसल सेक्युरिटी नम्बर कन्ठ गर्नुहोस् । यो नम्बर स्वास्थ्य सेवा वा अरू धेरै सरकारी सेवासुविधाहरू पाउन भरिने फारममा लेख्नु पर्छ ।
Social Security Card
With the help of your resettlement agency, you and each member of your family will receive a Social Security number printed on a Social Security card. The numbers and cards are very important. Your number will identify you for your life. No other person will have the same number. You will need your card to obtain a job, to open a bank account, to rent an apartment, and for many other things. Do not lose your card. Keep all of your family’s cards in a safe place. Do not give your Social Security card to anyone else. Memorize your number. You will need to write it on many forms to receive health care and many government services.
――― ―――
तपाईंको जिम्मेवारी
तपाईं र तपाईंको परिवारलाई सफल बनाउन अमेरिकामा गर्नुपर्ने धेरै काम हुन्छन् । यस्ता काम याद राख्नु निकै अनिवार्य हुन्छ । ती काममध्ये घरभाडा र बिलहरू प्रत्येक महिना तिर्नुपर्ने हुन्छ । तपाईं अरूका घरमा बसेवापतको रकम, घरभाडा हो । बिलहरूमा बिजुली, पानी, टलिफोन, ग्याँस र अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) को यात्राखर्चको ऋण पर्छन् ।
Your Responsibilities
There are many things that are important for you and your family to do to succeed in the United States. These are very important things to remember. Pay your rent and bills every month. Your rent pays for your housing. Your bills may include paying for electricity, water, telephone, gas, and IOM travel loan.
――― ―――
अंग्रेजी कक्षाहरू
अंग्रेजी कक्षाहरू लिनुहोस् । आप्रवास संस्थाले तपाईंलाई कक्षामा भर्ना गर्न मद्दत गर्छन् । स्थानिय समुदायहरूले यस्ता कक्षा दिनका कुनै समयमा पनि व्यवस्था गर्न सक्छन् । आप्रवास संस्थाले तपाईंको समयसँग मिल्ने अंग्रेजी कक्षा पत्तालगाउन मद्दत गर्छन् । राम्रो जागिर पाउन र समुदायमा घुलमिल हुन सजिलो हुने भएकाले अंग्रेजी सिक्न जरूरी हुन्छ ।
English Classes
Take English classes. The resettlement agency can help you enroll in classes. Classes in local communities are offered at various times of day. The resettlement agency will do its best to help you find classes that fit your schedule. Learning English is important because it will help you get a better job and communicate more easily with people in your community.
――― ―――
रोजगारी
तपाईंले जागिर खान आवश्यक हुन्छ । काम गरेपछि तपाईंले घरभाडा र बिलहरू तिर्नु हुन्छ, खानेकुरा र कपडा किन्नुहुन्छ । एकातिर पुनर्वास संस्थाले दिने सहायता सिमित हुन्छ भने अर्कातिर सरकारी सुविधा तपाईं र तपाईंको परिवारका लागि कम हुनसक्छ । जागिर खायो भने आत्मनिर्भर हुन मद्दत हुन्छ, अनि शिप र अनुभव पनि हासिल हुन्छ ।
Employment
You will need to work. Working is necessary so you can pay your rent and bills, and buy food and clothes. Assistance from the resettlement agency is limited and public benefits may not provide enough for what you and your family need. Having a job will help you be self-sufficient and gain skills and experience.
――― ―――
ठिक समयमा
जागिरका लागि कसैलाई भेट्न र जागिरमा जहिले पनि ठिक समयमा पुग्नुहोस् । अमेरिकामा समयमा पुग्न निकै जरूरी हुन्छ । अबेला गर्नु राम्रो मानिदैन । काममा ढिलो पुग्नु भयो भने तपाईंका हाकिम रिसाउँछन् र यसले गर्दा तपाईंको जागिर जान सक्छ । स्वास्थ्य परीक्षणका लागि तपाईं डाक्टरकहाँ ढिलो पुग्नुभयो भने डाक्टरले तपाईंलाई नजाँच्न सक्नुहुन्छ । अर्कपटक जाँच्नका लागि उहाँसँग समय मिलाउन निकै गाह्रो हुन्छ ।
Being on Time
Arrive to appointments and work ON TIME. In the United States, being on time is very important. If you arrive late to work, your boss will not be happy and it could cause you to lose your job. If you are late to a doctor’s appointment, your appointment may be canceled and it may be hard to reschedule it.
――― ―――
शिक्षा
तपाईंले छोराछोरी स्कूल पठाउनु पर्छ । अमेरिकामा कानुनअनुसार नानीहरू स्कूल जानै पर्छ । नानीहरू समयमा स्कूल पुग्नैपर्छ । नानी स्कूल पुग्न ढिलो वा गयल हुने भए स्कूलमा खबर गरेर ढिलो हुनु वा नजानुको कारण खुलस्त पार्नुहोस् । स्कूलबाट पठाइएका सबै सूचना पढनुहोस् । त्यस्ता सूचना पढ्न जान्नु हुन्न वा बुझ्नु भएन भने अरू कसैलाई पढ्न अनुरोध गर्नुहोस् ।
Education
Make sure your children attend school. In the United States, all girls and boys are required by law to go to school. Children must arrive at school on time. Call the school to explain if your children are going to be late or absent. Read all notices sent to you by the school. Get assistance if you cannot read them or do not understand them.
――― ―――
आत्मनिर्भर
काम गर्दा आत्मनिर्भर हुन र आफ्ना आवश्यकता पुरा गर्न सकिन्छ । आत्मनिर्भर हुनु भनेको सरकार, पुनर्वास संस्था, स्वयंसेवकहरू वा अरू व्यक्तिमाथि भर नपर्नु हो । जस्तो: तपाईंले काम गर्नुभयो भने आफूलाई खाद्यान्न र लत्ताकपडा किन्न सक्नुहुन्छ ।
Self-Sufficiency
Work towards being independent and providing for yourself. Being independent means not relying on the government, the resettlement agency, volunteers, or other people for assistance. For example, when you have a job, you can buy your own food and clothing.
――― ―――
अध्यागमन कानुनको पालना गर्नु
अध्यागमन कानुनअन्तर्गत रहनुहोस् । अमेरिकामा एक वर्ष बसेपछि तपाईंले कानुनी रूपमा स्थायी बासिन्दाका रूपमा रहन (वा ग्रिन कार्ड’) का लागि होमल्याण्ड सेक्युरिटी विभागमा आवेदन दिनुपर्छ । भविष्यमा अमेरिकी नागरिकता प्राप्त गर्नका लागि अध्यागमन कानुनका पालना गर्नु अनिवार्य हुन्छ । आफ्ना कागजातहरू र प्रमाणपत्रहरूको जतन गर्नुहोस् । यस्ता दस्तावजहरू सुरक्षित राख्नुहोस् र हराउनु भयो भने आप्रवास संस्थालाई तुरून्त खबर गर्नुहोस् ।
Adjustment of Status
Adjust your immigration status. After you have lived in the United States for one year, you need to apply for an adjustment of status to legal permanent resident (or “green card”) with the Department of Homeland Security. Adjusting your immigration status is an important step to becoming a U.S. citizen in the future. Take care of all your papers and documents. Keep them in a safe place and let your resettlement agency know immediately if you lose them.
――― ―――
कागजपत्र
सबै कागजपत्रहरू जतन गर्नुहोस् । ती कागजपत्रहरू महत्त्वपूर्ण हुन्छन् । त्यसैले मिलाएर राख्नुहोस । सुरक्षित राख्नुहोस् । त्यस्ता कागजपत्रहरू घरभाडा लिंदा घरबेटी र तपाईबीचको सम्झौतापत्र, खोप लगाएका प्रमाणहरू, औषधापचारका कागजपत्र, आइ९४ कार्ड, फोटोसहितको परिचयपत्र तथा फुड ट्याम्पको सूचना र मडिकेड पाउन योग्य ठहराइएको कागज आदि हुन् । यस्ता कागजपत्र हराए भने पुनर्वास संस्थालाई तत्काल जानकारी दिनुहोस् ।
Documents
Take care of all of your documents and paperwork. Keep your important papers organized and in a safe place. These include your apartment lease, immunization records, medical reports, I-94 card, photo ID, and notices of food stamp and Medicaid eligibility. Let your resettlement agency know immediately if your lose any of them.
――― ―――
पुनर्स्थापनाका लागि बधाई !
अमेरिकामा बस्दै जाँदा सजिलो महसुस गर्न समय लाग्छ । शरणार्थीका रूपमा तपाईं यति टाढा आइसक्नुभएको छ र नयाँ देशमा बसाईं सर्ने हिम्मत देखाउनु भइसकेको छ । अमेरिकामा सफल हुन तपाईंसँग आत्मबल छ । नयाँ ठाउँमा सफल हुन सक्नुहोस् र जीवनयापन सजिलै गर्न सक्नुहोस् हाम्रो शुभकामना छ ।
Congratulations on your resettlement!
As hard as it may be at times to adjust to living in the United States, as a refugee you have already come far and shown a lot of courage to move to a new country. You have the resilience and strength to succeed in the United States. We wish you the best of luck in moving forward and making a life for you and your family in your new community.

अध्याय २: आवास (Chapter 2: Housing)

तपाईंको घर वा अपार्टमेन्ट
तपाईं र तपाईंको परिवारका लागि स्वच्छ, सफा र सस्तो (आम्दानीअनुसारको) आवास महत्त्वपूर्ण हुन्छ । आफू बस्ने घर वा अपार्टमेन्टलाई सफा र राम्रो अवस्थामा राख्नु तपाईंको जिम्मेवारी हो ।
Your Home
A safe, clean, and affordable home for you and your family is very important. It is your responsibility to keep your apartment clean and in good condition.
――― ―――
घरसम्बन्धी शब्दहरू
टेन्यान्ट (किरायादार/भाडावाल): अरूको कुनै घर वा अपार्टमेन्टमा बसेवापत रकम तिर्ने व्यक्ति वा व्यक्तिहरूलाई किरायादार भनिन्छ। तपाईं किरायादार हुनुहुन्छ ।
ल्यान्डलोर्ड (घरबेटी/घरपट्टि): घर वा अपार्टमन्टको मालिक (घरबेटी) हो । उहाँले तपाईंलाई भाडा तिर्ने गरी कुनै ठाउँ उपलब्ध गराएको हुन्छ । उहाँ तपाई बसेको घरको मालिक (घरबेटी) हुनुहुन्छ ।
लिज (करार/सम्झौता): यो किरायादार र घरबेटीबीच गरिने कानुनी कागज हो । किरायादारले यस्तो कागजमा सहि गरेपछि महिनामहिनामा भाडा तिर्नुपर्छ र त्यसमा लेखिएको अवधिभर मात्र त्यस घरमा बस्न मिल्छ ।
सेक्युरिटी डिपोजिट (धरौटी): धरौटीवापत केहि रकम किरायादारले घरबेटीलाई तिरेको हुन्छ । किरायादार बसेकै बेला केहि टुटफुट भए वा भत्के/बिग्रे यहि रकमबाट मर्मत गरिन्छ । कहिलेकाहि घरभाडाबापत रकम तिर्न बाँकी रहे पनि यहि रकमबाट भुक्तान गरिन्छ ।
Housing Terms
A tenant is the person or persons paying money to live in the apartment or house. You are a tenant.
A landlord is the person who owns the apartment or house, rents the space to you, and is in charge of the building.
A lease is a legal document between a tenant and a landlord. When the tenant signs a lease he or she agrees to pay a monthly rent and live in the apartment for a certain period of time.
A security deposit is money the tenant pays the landlord. This money covers damages that may occur while the tenant is renting or covers any unpaid rent the tenant owes the landlord.
――― ―――
बस्नु/सर्नुअघि
तपाई कुनै अपार्टमेन्टमा बस्नु वा सर्नुअघि तपाईं वा तपाईंका केस मेनेजरले घरबेटीसँग उक्त अपार्टमेन्टको चोटाकोठा हेर्नुपर्नेछ । बिग्रे/भत्केको भए, मर्मत गर्नुपर्ने ठाउँ वा वस्तु फेला पार्नुहुनेछ । यसले तपाईंलाई सर्ने बेलामा धरौटी फिर्ता गर्न मद्दत गर्छ ।
Before Moving/Start Living
Before you move in, you or your case manager should walk through the apartment with your landlord to identify any damage or things that need fixing. This will help you get your security deposit back when you move out.
――― ―――
अपार्टमेन्टको रेखदेख
कम्तिमा हप्ताको एकदिन आफ्नो अपार्टमेन्ट भ्याकुम क्लिनरले सफा गर्नुहोस् । कार्पेट नओछ्याइएको भुईंलाई कुचो र लूँडोले सफा गर्नुहोस् । केहि पोखिए तुरून्त साबुन र पानीले सफा गरिहाल्नुहोस् ।
कार्पेट र भुईं: कार्पेट र भुईं सफा राख्न आफ्नो अपार्टमेन्टभित्र पस्दा जुत्ता बाहिरै खोल्ने गर्नुहोस् । आफ्नो अपार्टमेन्ट सफा राख्नाले किरा (उडुस) र मुसा आउँदैनन् । यसबाट तपाईंको परिवार स्वस्थ रहन्छ भने अर्को ठाउँमा सर्दा धरौटी फिर्ता पाइन्छ ।
बाथरूमको सरसफाई: बाथरूम साताको एकपटक सफा गर्नैपर्छ । बाथरूम भन्नाले यसको भुईं, ट्वाइलेटका भित्रबाहिर हातमुख धुन भाँडो (सिङ्क), नुहाउने डुँड (बाथटब) र शावर भन्ने बुझिन्छ । ढल टालिदिन सक्ने कपाल वा अन्य यस्ता वस्तु पानीसँग नबगाउनुहोस् । बाथटब र सिङ्कमा लुगा नधुनु होला । यसो गर्दा बाहिर पानी पोखिन सक्छ र भुईं चिप्लो हुन्छ ।
ट्वाइलेटका समस्याहरू: ट्वाइलेटको भित्री भाग सफा गर्न बुरूस प्रयोग गर्नुहोस् । ट्वाइलेट सफा गर्ने बुरूस अरू ठाउँ सफा गर्न प्रयोग नगर्नुहोस् । नछुने (महिनावारी) भएकी महिलाले लगाउने स्यानिटरी टावल, खानेकुरा वा धेरै ट्वाइलेट पेपर ट्वाइलेटमा नफ्याँक्नुहोस् । यस्ता वस्तु फ्लस (पानी बगाउने) नगर्नुहोस् । ट्वाइलेट भरियो वा टालियो भने घरबेटीलाई खबर गर्नुहोस् ।
पानी चुहिए र पोखिए: सावरको पानी बाहिर आउन नदिन बाथटबमा पर्दा (सावर कर्टेन) हाल्नुहोस् । भुईंको पानी सधैं सफा गर्नुहोस् । पानीबाहिर आउन नदिनुहोस् किनभने यसले भुँई चिप्लो हुन्छ र भुँईमा प्रयोग भएको काठ वा अन्य वस्तु पानीले सडाउँछ ।
Maintaining Your Apartment
At least once a week, clean your apartment with a vacuum cleaner. Use a broom and mop to clean floors that do not have carpet. Clean up spills with soap and water immediately.
Carpets and Floors: Remove shoes when you enter your apartment to help keep the carpets and floors clean. Keeping your apartment clean will help prevent attracting bugs and mice. It will also help your family stay healthy and help you get your security deposit back when you move out.
Cleaning the Bathroom : The bathroom must be cleaned weekly. This includes the floor, the inside and outside of the toilet, sink, and bathtub and/or shower. Do not allow hair or other items to go down the drain or the drain may get clogged. Do not use the bathtub or sink to wash clothes because water will spill onto the floor.
Toilet Problems: Use a brush to clean inside the toilet. Do not use the toilet brush for anything else. Never flush female sanitary products, food, or large amounts of toilet paper down the toilet. If the toilet overflows, call your landlord immediately.
Water Leaks and Spills : Keep the shower curtain inside the bathtub and always clean up water on the floor. Do not allow water to escape onto the floor because it can cause flooding and water damage.
――― ―――
भान्सा
तपाईको अपार्टमेन्टमा सफा राख्नुपर्ने महत्वपूर्ण क्षेत्र भनेको भान्सा हो । भान्सामा धेरै उपकरणहरू हुन्छन् । तीमध्ये कुनै तपाईंका लागि नयाँ हुनसक्छन् ।
Kitchen
An important area of your apartment to keep clean is the kitchen. The kitchen has many appliances, some that may be new to you.
――― ―――
भान्साका उपकरण
स्टोभ र ओभन (चुल्हो): जब स्टोभमा भाँडा राखेर खाना पकाउनुहुन्छ, सधैं कम वा मध्यम खालको तातो पकाउन शुरू गर्नुहोस् र अनि विस्तारै चाहिने तातो घटि वा बढि मिलाउनुहोस् । सबभन्दा धेरै तातोमा खाना पकाउनु भयो भने भाँडो वा खानेकुरा डढ्न सक्छ । ओभनमा खाना पकाउन, वा मासु वा पाउरोटी पकाउनु पर्दा तापक्रम ३५० देखि ४०० डिग्री फहरेनहाइट राख्नुहोस् । ब्राइलसंकेतमा खाना पकाउन ज्वाला प्रयोग हुन्छ । यो निकै तातो हुन्छ र खाना चाँडो डढ्छ । तपाईंको चुल्हो ग्याँसबाट चल्ने छ भने यो राम्ररी बलेको छ वा छैन ख्याल गर्नुहोला । यदि ग्याँस राम्ररी नबलेको र कुहिएको अण्डा वस्तो गन्हाएको छ भने अरूको सहायता लिनुहोस् ।
स्टोभ र ओभनको सरसफाई: ओभन र स्टोभमा पोखिएका खानेकुरा सेलाउनसाथ सफा गरिहाल्नुहोस् । स्टोभ दिनहुँ सफा गर्नुहोस् । पोखिएका वा डढेका खानेकुरा र चिल्लो खतरानाक हुन्छन् । एक त नराम्रो गन्हाउँछन्, अनि यसैका कारण किरा, मूसा र छुचुन्द्रा आउँछन् ।
रेफ्रिजिरेटर/फ्रिजर: खानेकुरा चिसो र ताजा राख्न तपाईको भान्सामा एउटा रेफ्रिजिरेटर हुन्छ । यसमा दूध, तरकारी, दही, मासु र अण्डा राख्नुहोस् । फ्रिजर चाहिं रेफ्रिजिरेटरको एउटा भाग हो, जो अझ चिसो हुन्छ, जसमा पानी जमेर बरफ बन्छ । जमाइएको अवस्थामै किनिएका खानेकुरा फ्रिजरमा राख्नुहोस् । यदि तपाईंले यसमा मासु राख्नु भयो भने त्यो जम्छ र कडा हुन्छ । यसलाई धरै समयका लागि राख्न सकिन्छ। पकाएका खानेकुरा बट्टामा वा पोको पारेर राख्नुपर्छ । पहिला जे खानेकुरा ल्याएर राखेको हो, पहिला त्यहि खानु, पकाउनु वा प्रयोग गर्नुपर्छ । झोल खानेकुरा पोखिए, सफा गरिहाल्नुपर्छ ।
डिसवासर (भाँडा माझ्ने उपकरण): डिसवासरले काँटाचम्चा र भाँडावर्तनमा भएका किटाणुहरूलाई मार्छ । यसले भाँडा माझ्दैन वा टाँस्सिएको खाना सफा गर्दैन । डिसवासरमा भाँडावर्तन हाल्नुअघि थालकचौरामा छाडिएका खाना जहिले पनि फोहोर हाल्ने वर्तनमा हाल्नुहोस् र भाँडा पखाल्नुहोस् । डिसवासरका लागि मात्र भनिएको साबुन यसमा प्रयोग गर्नुहोस् । हात वा लुगा धुन बनाइएका झोलसाबुन डिसवासरमा पटक्कै प्रयोग नगर्नुहोस् ।
सिंक र फोहोर व्यवस्थापन: भान्सामा हुने केहि सिंकमा सड्नेसक्ने फोहोर फ्याँक्ने व्यवस्था (गार्बेज डिस्पोजल) गरिएको हुन्छ । यो बिजुलीले चल्ने हुन्छ । यसबाट भित्र गएको खानाको फोहोर टुक्रिन्छ र पाइप हुँदै जान्छ । सिंकसँगै खोल्ने र बन्द गर्ने स्विच हुन्छ । पानी बगिरहेका बेलामात्र यो गार्बेज डिस्पोजल खोल्नुहोला । गार्बेज डिस्पोजलमा धातु, हाड, अण्डाका बोक्रा, फलफूलका बीज, प्याज, सेलरी वा खानाबाहेक अन्यत्रबाट आएका वस्तु नहाल्नुहोला । गार्बेज डिस्पोजल टालियो भने पानी भरिएर सिंकसम्म आइपुग्छ । डिस्पोजलभित्र हात नहाल्नुहोला, चोट लाग्छ । यदि भान्साको सिंकको गार्बेज डिस्पोजल बिजुलीले चल्दैन भने यसमा कुनै फोहोर पनि हाल्नु हुँदैन ।
Kitchen Appliances
Stove & Oven: When cooking food on top of the stove, always begin on low or medium heat and then adjust. If you begin on high heat, you may burn the food or pan. To use the oven to cook food, or bake meat or bread, place the dial on 350 to 400 degrees Fahrenheit. The “broil” setting uses flames to cook food. It becomes very hot and can quickly burn your food. If you have a gas stove or oven, be sure that the flame lights right away. If you smell an odor like rotten eggs, turn off the gas immediately and seek help.
Cleaning the Oven and Stove: Clean any spilled food in the oven and on the stove as soon as they have cooled. Clean your stove daily. Spilled or burned food and grease are dangerous. They smell bad and attract bugs, rats, and mice.
Refrigerator/Freezer: Your kitchen has a refrigerator to keep food cold and fresh. Keep milk, vegetables, yogurt, meat, and eggs in the refrigerator. The freezer is the part of the refrigerator that is much colder and freezes water to ice. Keep in the freezer any foods that are already frozen when you buy them. If you put meat in the freezer, it will become hard and frozen and you can keep it longer. Cooked food should be kept after wrapping tightly. Use the First In, First Out (FIFO) method while using. Clean the spills as soon as possible.
Dishwasher: A dishwasher kills germs on dishes and silverware. It does not scrub dishes or take the place of a garbage disposal. Always put food scraps into the garbage and rinse the dishes before putting them into the dishwasher. You must use a special soap designed for the dishwasher. Never use liquid hand soap or laundry detergent in the dishwasher.
Sink and Garbage Disposal: Some kitchen sinks have electric garbage disposals that shred food waste so it can pass through the plumbing. There is an on/off switch next to the sink. You should only turn the garbage disposal on when the water is on. Never put metal, bones, egg shells, fruit pits, onions, celery, or non-food items down the garbage disposal. If your garbage disposal becomes stuck, water may back up in the sink. Never put your hands inside the disposal or you may injure yourself. If your kitchen sink does not have an electric garbage disposal, do not put garbage down the drain.
――― ―――
भान्साको डिल
अंग्रेजीमा काउन्टर टपभनेको चुल्हो वा सिंकमा जोडिएको सतह (खाली डिल) हो । चुल्होको खाली डिलमा तातो भाँडो सिधैं नराख्नुहोस् । डिल डढ्न नदिन तातो भाँडो राख्न बनाइएका प्याड वा भाँडोका लागि बनाइएका तौलिया प्रयोग गर्नुहोस् ।
Counter Tops
Never put a hot pan directly on a counter top. Use a hot pad or dish towel under the hot pan to avoid burning the counter.
――― ―――
फोहोर
सड्ने फोहोर: सड्ने फोहोर आफ्नो अपार्टमन्टमा भएको फोहोर हाल्ने भाँडोमा फाल्नुहोस् । फोहोर फाल्ने भाँडोभित्र प्लास्टिकको थैलो हालेपछि मात्र त्यसमा फोहोर फ्याँक्नुहोस् । फोहोरको थैलो दिनहुँ घरबाहिर लानुहोस् र ठूलो फोहोर हाल्ने भाँडोमा फ्याँक्नुहोस् । यसो गर्दा मुसा र किरा भित्र आउनबाट रोकिन्छन् । फोहोरलाई अपार्टमेन्टको करिडरमा कहिल्यै नछाड्नुहोस् ।
नसड्ने फोहोर: नसड्ने फोहोरहरू जस्तै- पुराना कागज, कागजका बाकस, बोतल र डब्बाहरूलाई तोकिएको भाँडा वा ठाउँमा राख्नुपर्छ । नगरपालिकाले यस्ता घरायशी फोहोर निश्चित दिन र समयमा उठाउने गर्छ । आफ्नो अपार्टमन्टका मालिकले फोहोर कहिले र कहाँ लानुपर्छ भनी बताउनु हुनेछ ।
पुनःप्रयोग: धेरैजसो शहरमा फोहोरका प्रकारका आधारमा छुट्याएर फरक भाँडोमा राख्ने गरिन्छ । सामान्यतयाः प्लास्टिकका बोतल, एलुमिनियमका डब्बाहरू, शिशा, कागज र धातुहरूलाई खानाबाट आएका फोहोरभन्दा छुट्टै राखिन्छ। तपाईको घरबेटीले आफ्ना समुदायमा के गर्नुपर्छ भन्ने सिकाउनु हुनेछ । पुनःप्रयोगविधिले यस्ता वस्तुलाई फेरि काममा ल्याउँछ र वातावरणको रक्षा गर्छ ।
Garbage, Trash & Recycling
Garbage: Place garbage in the garbage bins in your apartment. Line garbage bins with plastic garbage bags. Take the garbage out of your apartment every day to a garbage can or dumpster to prevent attracting bugs and mice. Never leave garbage in the hallway of the apartment building.
Trash: Trash such as old papers, boxes, bottles, and cans should also be placed in designated containers or locations. Usually there is a certain day and time when the city will take the trash away. Your landlord should tell you where and when to put your trash and garbage outside for pickup.
Recycling: Many cities require trash to be separated by type and be placed in special containers. Usually plastic bottles, aluminum cans, glass containers, paper, and metal are separated from wet food garbage. Your landlord can tell you what you must do in your community. Recycling helps the country reuse some of these materials and protects the environment.
――― ―――
उडुस
उडुस साना किराहरू हुन् । यीनीहरू ताजा रगत चुसेर बाँच्छन् । यीनीहरू उड्दैनन, कुददैनन् वा उफ्रदैनन् । उडुस धेरैजसो विस्तरा, म्याट्रेस (गद्दावाल डसना), सिरानी, गीला कुर्सी र सोफामा लुक्छन् । बिहान उठ्दा छालामा कतै सानो दाग देख्नुभयो भने यो उडुसले टोकेको हुनसक्छ । विस्तरामा कतै साना थोप्ला जस्ता देखिए भने यी उडुस हुनसक्छन् । त्यसैले बाटोछेउमा राखिएका पुराना म्याट्रेस, तयारी सिरक (ब्ल्यान्केट), सिरानी वा अन्य ओछ्यानमा चाहिने वस्तुहरू नउठाउनुहोला । त्यस्ता वस्तु घर नल्याउनुहोला । एकपटक उडुस तपाईंको अपार्टमन्ट वा घरमा आए भने यीनलाई पुरै निर्मुल पार्न निकै कठिन हुन्छ । उडुसका समस्या आएमा घरबेटीलाई भन्नुहोस् ।
Bed Bugs
Bed bugs are tiny insects and they feed on fresh blood. They do not fly, hop, or jump. They often live in bedding, mattresses, pillows, and soft chairs and couches. If you find small bites on your skin in the morning, it may be from bed bugs. If you see tiny dark spots on your bedding you may have bed bugs. Never bring used mattresses, blankets, pillows, or other used bedding into your home. Once bed bugs are in your apartment, they are very difficult to get rid of. Tell your landlord immediately.
――― ―――
घरभाडामा बस्नेका अधिकार र जिम्मेवारी
भेदभाव: घरभाडामा लिन खोज्दा तपाईंलाई जाति वा रंग, तपाईं आएको देश, तपाईले मान्ने धर्म, तपाईंको लिङ्ग, शारीरिक अपाङ्गता, तपाईंको पारिवारिक अवस्था, जस्तै: तपाई विवाहित हो वा होइन आदि आधारमा घरबेटीले भिन्न व्यवहार गरे यस्तो भेदभाव अमेरिकी कानुनविरूद्ध हुन्छ । तपाईंले आफूलाई उचित ढङ्गबाट व्यवहार नभएको पाउनु भयो भने यस्ता घटनाहरू कहिले भयो र त्यसबेला के के भयो लिखित रूपमा राख्नुपर्छ । प्रत्येक राज्य वा काउन्टीमा यस्तो भेदभावबारे मद्दत गर्ने फेयर हाउजिङकार्यालय हुन्छ ।
अनुरोध: तपाईको अपार्टमेन्टमा मर्मत गर्नुपर्‍यो भने घरबेटीले तपाईंको अनुरोध लिखित रूपमा माग्छन् । घरबेटीबाट मर्मत अनुरोध फारम मागेर आफ्नो अनुरोध लेख्नुहोस् । तपाईंलाई किरा, मुसा, छुचुन्द्रा र पानी निकास आदिको समस्या भए तुरून्त घरबेटीलाई खबर गर्नुहोस् ।
भोगचलनको नियम: कुनै एक अपार्टमेन्टमा बस्ने मानिसको संख्या निश्चित रहने नियम हुन्छ । यस्तो नियमपालना गर्नु र घरमा बस्दै आएका मानिसको संख्याबारे घरबेटीलाई जानकारी दिनु तपाईको दायित्व हो । तपाईले नियमपालना नगरेको खण्डमा घरबेटीले तपाईलाई घर खाली गरभन्न सक्छन् ।
Housing Rights & Responsibilities
Discrimination: It is against the law for a landlord to treat you differently because of your color, nationality, caste, religion, disability, sex, or marital status. If you feel you are being treated unfairly, you should keep a record of what has happened. There is a “fair housing” office in each state or county that can try to help you.
Request: Landlords often require a written request before they will make repairs in your apartment. Use a repair request form from your landlord to write this request. Inform your landlord immediately if you are having problems with bugs, rats, mice, or plumbing.
Occupancy Rule: There are rules on how many people are allowed to live in an apartment. It is your responsibility to follow the rules and let your landlord know how many people are living in your home. The landlord can tell you to leave your home if you do not follow this rule.
――― ―――
घर सर्दा
समय पुरा गर्नुहोस्: करारमा तोकिएको समयसम्म अपार्टमेन्ट/घरमा बस्नु महत्त्वपूर्ण हुन्छ । कुनै घर वा अपार्टमेन्टमा कम्तिमा एक वर्ष बस्न करारमा समयसिमा तोकिन्छ । आफू सर्नुभन्दा एक महिना पहिले घरबेटीलाई घर सर्ने लिखितसूचना दिनुहोस् । करारअवधिको अन्त्यमा, यदि तपाईं बस्दा केहि नभत्के/नबिग्रेको र भाडावापतको सबै रकम चुक्ता भएको भए घरबेटीलाई बुझाएको धरौटी फिर्ता पाउनुहुन्छ ।
ठेगाना बदली: नयाँ घर/अपार्टमन्टमा सरेपछि धेरैजनालाई जानकारी दिनुपर्छ । तपाई अमेरिकाको नागरिक भइसक्नु भएको छैन भने युएससिआइएसलाई एआर११नामक फारम भरेर आफू ठाउँ सरेको जानकारी अनिवार्य रूपमा दिनैपर्छ । हुलाक कार्यालयको ठेगाना परिवर्तनसम्बन्धी फारमपूरा भर्नुपर्नेछ । यो फारम नजिकैको हुलाक कार्यालय गएर वा इन्टरनेटमा भर्न सकिन्छ । त्यसपछि हुलाकले तपाईंको नयाँ ठेगानामा पत्र ल्याउँछ ।
मासिक बिल पठाउने कार्यालयहरू जस्तै: बिजुली, पानी, ग्याँस, टेलिफोन, सेलफोन, टेलिभिजनको केबुल/डिस सेवा दिने कम्पनी आदि । आफ्नो ठेगाना फेरिएको जानकारी तपाईले काम गर्ने ठाउँ/कार्यालय, बैंक, डाक्टरको कार्यालय र नानीबाबुहरू पढ्ने स्कूलमा पनि दिनुपर्छ ।
फर्निचर: नयाँ अपार्टमेन्टमा सर्दा आफ्ना फर्निचर लैजानुपर्छ । घरबेटीका फर्निचर वा अन्य उपकरण छाड्नुपर्छ । आफ्ना पुराना फर्निचर त्यसै छाड्नुहुन्न । ती फर्निचर पन्छाउन लाग्ने खर्च घरबेटिले लिन्छन् ।
Moving Out
Complete your lease: It is important to complete your lease. Most leases ask that you agree to live in the apartment or house for twelve months. Give your landlord a month’s notice in writing before moving out. At the end of the lease, the landlord will return the security deposit only if the apartment is in good condition and if the rental payments are current.
Change of Address: When you move to a new apartment, you should inform many people. If you are not yet a citizen of the US, you must inform the USCIS of your change of address on form AR-11. You should also complete a form to change your address with the post office. You can do that at the nearest post office or on the internet. The post office will deliver your mail to the new address. You should also change your address with any company that sends you a monthly bill: electric, water, gas, telephone, cell phone, cable TV etc. You should also report your new address to your employer, bank, doctors’ offices, and children's schools.
Furniture: When you move to a new apartment you should take the furniture that you own. You must leave any furniture or appliances that belong to the landlord. If you leave any old or broken furniture that you do not want, the landlord may charge you a fee to take it away.
――― ―――
घरमा तातोचिसोको प्रबन्ध
तपाईंका अपार्टमेन्टमा जाडाका लागि हिटर हुन्छ । ताप उत्पादन गर्न बिजुली वा फर्नेसको प्रयोग गरिन्छ, जसले तातो हावा वा तातो पानी अपार्टमेन्टका कोठाहरूमा पठाउँछ । तातो कमबेसी गर्न एउटा थर्मास्टेट राखिएको हुन्छ । जाडोमा तापक्रम ६५ देखि ७२ डिग्री फहरेनहाइट राख्नुहोस् । जति बढी तातोका लागि थमास्टेट राख्यो, त्यति नै तातोका लागि पैसा तिनुपर्छ । तपाईका अपार्टमेन्टमा एयरकन्डिसन पनि हुनसक्छ, जसलाई कहिलेकाहि एसीभनिन्छ, यसको प्रयोग गर्मीमा हुन्छ । यसमा तापक्रम ७२ दखि ८० डिग्री फहरेनहाइट राख्नुहोस् । एसीमा जति कम तापक्रम राख्नुहुन्छ, पैसा त्यति नै बढी तिर्नुपर्छ ।
Heating & Air Conditioning
Your apartment has a heater for use during cold weather. The heat may come from electricity or from a furnace that sends hot air or hot water to the rooms in the apartment. There should be a thermostat that lets you set the temperature for your apartment. In the winter you should set it between 65 and 72 degrees. The higher you set the temperature, the more the heat will cost. Your apartment may also have air conditioning, sometimes called AC, for use during hot weather. You should set its temperature between 72 and 80 degrees. The lower you set the AC temperature, the more it will cost.
――― ―――
आगोबाट सुरक्षा
धुँवासुचक यन्त्र: यो यन्त्रले तपाईंका घरमा धुँवा आएको थाहा पाउँछ र संभावित आगलागीको सूचना दिन्छ । यसले ठूलो स्वरमा सिटी बजाउँदै तपाईं र तपाईंका परिवारलाई धुँवाको सूचना दिएर सावधान गर्छ । यस्ता यन्त्र पर्खाल वा सिलिङमा जडान गरिएका हुन्छन् ।
घरबेटीले तपाई बस्ने अपार्टमन्टमा यस्ता धुँवासुचक यन्त्र उपलब्ध गराइदिनुपर्छ । यस्ता यन्त्र सधैं चालू अवस्थामा हुनुपर्छ किनभने यदि आगो लाग्न लाग्यो भने यसले सावधानी गर्छ र ज्यान बचाउन मद्दत गर्छ । आवश्यक पर्दा यसमा ब्याट्रि फेर्ने काम चाहिं तपाईको जिम्मेवारी हो ।
यस्ता सबै यन्त्रहरू महिनाको एकपटक जाँच्नुहोस् । यसको जाँच गर्न, यसका अगाडीको बटन थिच्नुहोस् । यदि यसले सिटी वा संकेतको घन्टी दिएन भने ब्याट्री वा यन्त्र नै तत्काल फेर्ने बेला भएको हुन्छ । यो यन्त्र खोलेर नराख्नुहोला वा यसबाट ब्याट्री नझिक्नुहोला । यसलाई प्लास्टिक आदिले नढाक्नुहोला ।
आगलागिबाट बच्न ढोका: कुनै अपार्टमेन्टमा मूलढोकाबाट छिरेपछि कोठाहरूमा जाने ठाउँ वा भर्‍याङको टुप्पो र फेदमा धातुको एउटा ढोका हुनसक्छ । यस्ता ढोकाले बिल्डिङको एउटा अपार्टमन्टबाट अर्का अपार्टमन्टमा आगो फैलन दिंदैन । यस्ता ढोका बन्द छन् भने मात्र आगलागीमा काम गर्छन् । तपाईं र तपाईंको परिवारको सुरक्षाका लागि यी ढाका कहिल्यै खुला नछाडौं । खुला दखियो भने बन्द गरिहालौं ।
अग्निसुचक यन्त्र: यो यन्त्र आगो लागेको सूचना दिने घण्टी हो । यो यन्त्र मूलढोकाबाट छिरेपछि कोठाहरूमा जाने ठाउँ वा कुनै अर्को सजिलो ठाउँमा जडान गरिएको हुनसक्छ । यस्ता यन्त्र सामान्यतः राता रंगका हुन्छन् र सबै भाडावालाले बजाउन सक्ने ठाउँमा राखिएका हुन्छन् । आगलागी भएको अवस्थामा मात्र यो यन्त्र बजाएर अरू भाडावाला छरछिमेकीलाई र आगो निभाउने विभाग (अग्निनियन्त्रण विभाग) लाई खबर गर्नुहोला ।
आगो निभाउने उपकरण: यी उपकरणले आगो निभाउन वा आगोनियन्त्रण गर्छन् । घरबेटीसँग यो उपकरण प्रयोग गर्ने तरिका सिक्नुहोस् । यस्ता उपकरण अपार्टमेन्ट वा घरका कुन कुन ठाउँमा राखिएका छन्, ख्याल गर्नुहोस् ।
Fire Safety
Smoke Alarms/smoke detector: A smoke alarm is a device that detects smoke and a possible fire in your home. It will beep loudly to alert you and your family if there is smoke or fire. Smoke alarms are usually mounted on a wall or ceiling. Landlords must provide a smoke alarm in your apartment. The smoke alarm must always be working because if there is a fire, it can alert you and save your life. You are responsible for replacing batteries in your smoke alarm when needed. All smoke alarms should be tested once a month. To test it, touch the small “test” button on the front. If it does not make a beep or alarm sound, the batteries or alarm should be replaced immediately. Never take the smoke alarm down permanently or leave the battery out of it. Don't cover it.
Fire Doors: Some apartment buildings may have metal doors in the hallways or at the top and bottom of stairs. These doors help prevent a fire that might start in one apartment from spreading to other apartments in the building. But they only help if they are kept closed. For the safety of you and your family, never leave fire doors open. If you find one open, close it.
Fire Alarms: An apartment building might have a fire alarm in the hallway or other convenient location. These are usually painted red and placed where tenants can sound the alarm. Use the alarm only when there is a fire and you want to let other tenants know that there is a fire and to call the fire department.
Fire Extinguishers: A fire extinguisher is a device used to put out or control fires. Ask your landlord to show you how to use a fire extinguisher. Know where the fire extinguishers are in your apartment or building.