तपाईंको घर वा अपार्टमेन्ट
तपाईं र तपाईंको परिवारका
लागि स्वच्छ,
सफा र सस्तो (आम्दानीअनुसारको) आवास महत्त्वपूर्ण हुन्छ । आफू
बस्ने घर वा अपार्टमेन्टलाई सफा र राम्रो अवस्थामा राख्नु तपाईंको जिम्मेवारी हो ।
Your
Home
A
safe, clean, and affordable home for you and your family is very important. It
is your responsibility to keep your apartment clean and in good condition.
――― ᴥ ᴥ
―――
घरसम्बन्धी शब्दहरू
टेन्यान्ट (किरायादार/भाडावाल): अरूको कुनै घर वा अपार्टमेन्टमा बसेवापत रकम तिर्ने व्यक्ति वा व्यक्तिहरूलाई
किरायादार भनिन्छ। तपाईं किरायादार हुनुहुन्छ ।
ल्यान्डलोर्ड (घरबेटी/घरपट्टि): घर वा अपार्टमन्टको मालिक (घरबेटी) हो । उहाँले तपाईंलाई भाडा तिर्ने गरी कुनै
ठाउँ उपलब्ध गराएको हुन्छ । उहाँ तपाई बसेको घरको मालिक (घरबेटी) हुनुहुन्छ ।
लिज (करार/सम्झौता): यो किरायादार र घरबेटीबीच गरिने कानुनी कागज हो । किरायादारले
यस्तो कागजमा सहि गरेपछि महिना–महिनामा भाडा तिर्नुपर्छ
र त्यसमा लेखिएको अवधिभर मात्र त्यस घरमा बस्न मिल्छ ।
सेक्युरिटी डिपोजिट (धरौटी): धरौटीवापत केहि रकम किरायादारले
घरबेटीलाई तिरेको हुन्छ । किरायादार बसेकै बेला केहि टुटफुट भए वा भत्के/बिग्रे यहि रकमबाट मर्मत गरिन्छ । कहिलेकाहि घरभाडाबापत रकम तिर्न बाँकी रहे पनि
यहि रकमबाट भुक्तान गरिन्छ ।
Housing
Terms
A
tenant is the person or persons paying money to live in the apartment or
house. You are a tenant.
A
landlord is the person who owns the apartment or house, rents the space
to you, and is in charge of the building.
A
lease is a legal document between a tenant and a landlord. When the
tenant signs a lease he or she agrees to pay a monthly rent and live in the
apartment for a certain period of time.
A
security deposit is money the tenant pays the landlord. This money
covers damages that may occur while the tenant is renting or covers any unpaid
rent the tenant owes the landlord.
――― ᴥ ᴥ
―――
बस्नु/सर्नुअघि
तपाई कुनै अपार्टमेन्टमा
बस्नु वा सर्नुअघि तपाईं वा तपाईंका केस मेनेजरले घरबेटीसँग उक्त अपार्टमेन्टको चोटा–कोठा हेर्नुपर्नेछ । बिग्रे/भत्केको भए, मर्मत गर्नुपर्ने ठाउँ वा वस्तु फेला पार्नुहुनेछ । यसले तपाईंलाई सर्ने बेलामा
धरौटी फिर्ता गर्न मद्दत गर्छ ।
Before
Moving/Start Living
Before
you move in, you or your case manager should walk through the apartment with
your landlord to identify any damage or things that need fixing. This will help
you get your security deposit back when you move out.
――― ᴥ ᴥ
―――
अपार्टमेन्टको रेखदेख
कम्तिमा हप्ताको एकदिन
आफ्नो अपार्टमेन्ट भ्याकुम क्लिनरले सफा गर्नुहोस् । कार्पेट नओछ्याइएको भुईंलाई कुचो
र लूँडोले सफा गर्नुहोस् । केहि पोखिए तुरून्त साबुन र पानीले सफा गरिहाल्नुहोस् ।
कार्पेट र भुईं: कार्पेट र भुईं सफा राख्न आफ्नो अपार्टमेन्टभित्र
पस्दा जुत्ता बाहिरै खोल्ने गर्नुहोस् । आफ्नो अपार्टमेन्ट सफा राख्नाले किरा (उडुस)
र मुसा आउँदैनन् । यसबाट तपाईंको परिवार स्वस्थ रहन्छ भने अर्को ठाउँमा सर्दा धरौटी
फिर्ता पाइन्छ ।
बाथरूमको सरसफाई: बाथरूम साताको एकपटक सफा
गर्नैपर्छ । बाथरूम भन्नाले यसको भुईं, ट्वाइलेटका भित्र–बाहिर हात–मुख धुन भाँडो (सिङ्क),
नुहाउने डुँड (बाथटब) र शावर भन्ने बुझिन्छ । ढल टालिदिन सक्ने
कपाल वा अन्य यस्ता वस्तु पानीसँग नबगाउनुहोस् । बाथटब र सिङ्कमा लुगा नधुनु होला ।
यसो गर्दा बाहिर पानी पोखिन सक्छ र भुईं चिप्लो हुन्छ ।
ट्वाइलेटका समस्याहरू: ट्वाइलेटको भित्री भाग सफा
गर्न बुरूस प्रयोग गर्नुहोस् । ट्वाइलेट सफा गर्ने बुरूस अरू ठाउँ सफा गर्न प्रयोग
नगर्नुहोस् । नछुने (महिनावारी) भएकी महिलाले लगाउने स्यानिटरी टावल, खानेकुरा वा धेरै ट्वाइलेट पेपर ट्वाइलेटमा नफ्याँक्नुहोस् । यस्ता वस्तु फ्लस
(पानी बगाउने) नगर्नुहोस् । ट्वाइलेट भरियो वा टालियो भने घरबेटीलाई खबर गर्नुहोस्
।
पानी चुहिए र पोखिए: सावरको पानी बाहिर आउन नदिन
बाथटबमा पर्दा (सावर कर्टेन) हाल्नुहोस् । भुईंको पानी सधैं सफा गर्नुहोस् । पानीबाहिर
आउन नदिनुहोस् किनभने यसले भुँई चिप्लो हुन्छ र भुँईमा प्रयोग भएको काठ वा अन्य वस्तु
पानीले सडाउँछ ।
Maintaining
Your Apartment
At
least once a week, clean your apartment with a vacuum cleaner. Use a broom and
mop to clean floors that do not have carpet. Clean up spills with soap and
water immediately.
Carpets
and Floors:
Remove shoes when you enter your apartment to help keep the carpets and floors
clean. Keeping your apartment clean will help prevent attracting bugs and mice.
It will also help your family stay healthy and help you get your security
deposit back when you move out.
Cleaning
the Bathroom
: The bathroom must be cleaned weekly. This includes the floor, the inside and
outside of the toilet, sink, and bathtub and/or shower. Do not allow hair or
other items to go down the drain or the drain may get clogged. Do not use the
bathtub or sink to wash clothes because water will spill onto the floor.
Toilet
Problems:
Use a brush to clean inside the toilet. Do not use the toilet brush for
anything else. Never flush female sanitary products, food, or large amounts of
toilet paper down the toilet. If the toilet overflows, call your landlord
immediately.
Water
Leaks and Spills :
Keep the shower curtain inside the bathtub and always clean up water on the
floor. Do not allow water to escape onto the floor because it can cause
flooding and water damage.
――― ᴥ ᴥ
―――
भान्सा
तपाईको अपार्टमेन्टमा
सफा राख्नुपर्ने महत्वपूर्ण क्षेत्र भनेको भान्सा हो । भान्सामा धेरै उपकरणहरू हुन्छन्
। तीमध्ये कुनै तपाईंका लागि नयाँ हुनसक्छन् ।
Kitchen
An
important area of your apartment to keep clean is the kitchen. The kitchen has
many appliances, some that may be new to you.
――― ᴥ ᴥ
―――
भान्साका उपकरण
स्टोभ र ओभन (चुल्हो): जब स्टोभमा भाँडा राखेर
खाना पकाउनुहुन्छ,
सधैं कम वा मध्यम खालको तातो पकाउन शुरू गर्नुहोस् र अनि विस्तारै
चाहिने तातो घटि वा बढि मिलाउनुहोस् । सबभन्दा धेरै तातोमा खाना पकाउनु भयो भने भाँडो
वा खानेकुरा डढ्न सक्छ । ओभनमा खाना पकाउन, वा मासु वा पाउरोटी
पकाउनु पर्दा तापक्रम ३५० देखि ४०० डिग्री फहरेनहाइट राख्नुहोस् । ‘ब्राइल’
संकेतमा खाना पकाउन ज्वाला प्रयोग हुन्छ । यो निकै तातो हुन्छ
र खाना चाँडो डढ्छ । तपाईंको चुल्हो ग्याँसबाट चल्ने छ भने यो राम्ररी बलेको छ वा छैन
ख्याल गर्नुहोला । यदि ग्याँस राम्ररी नबलेको र कुहिएको अण्डा वस्तो गन्हाएको छ भने
अरूको सहायता लिनुहोस् ।
स्टोभ र ओभनको सरसफाई: ओभन र स्टोभमा पोखिएका खानेकुरा
सेलाउनसाथ सफा गरिहाल्नुहोस् । स्टोभ दिनहुँ सफा गर्नुहोस् । पोखिएका वा डढेका खानेकुरा
र चिल्लो खतरानाक हुन्छन् । एक त नराम्रो गन्हाउँछन्, अनि यसैका कारण किरा,
मूसा र छुचुन्द्रा आउँछन् ।
रेफ्रिजिरेटर/फ्रिजर: खानेकुरा चिसो र ताजा राख्न तपाईको भान्सामा एउटा रेफ्रिजिरेटर
हुन्छ । यसमा दूध,
तरकारी, दही, मासु र अण्डा राख्नुहोस् । फ्रिजर चाहिं रेफ्रिजिरेटरको एउटा भाग हो, जो अझ चिसो हुन्छ,
जसमा पानी जमेर बरफ बन्छ । जमाइएको अवस्थामै किनिएका खानेकुरा
फ्रिजरमा राख्नुहोस् । यदि तपाईंले यसमा मासु राख्नु भयो भने त्यो जम्छ र कडा हुन्छ
। यसलाई धरै समयका लागि राख्न सकिन्छ। पकाएका खानेकुरा बट्टामा वा पोको पारेर राख्नुपर्छ
। पहिला जे खानेकुरा ल्याएर राखेको हो, पहिला त्यहि खानु, पकाउनु वा प्रयोग गर्नुपर्छ । झोल खानेकुरा पोखिए, सफा गरिहाल्नुपर्छ ।
डिसवासर (भाँडा माझ्ने उपकरण): डिसवासरले काँटा–चम्चा र भाँडावर्तनमा भएका किटाणुहरूलाई मार्छ । यसले भाँडा माझ्दैन वा टाँस्सिएको
खाना सफा गर्दैन । डिसवासरमा भाँडावर्तन हाल्नुअघि थाल–कचौरामा छाडिएका खाना जहिले पनि फोहोर हाल्ने वर्तनमा हाल्नुहोस् र भाँडा पखाल्नुहोस्
। डिसवासरका लागि मात्र भनिएको साबुन यसमा प्रयोग गर्नुहोस् । हात वा लुगा धुन बनाइएका
झोल–साबुन डिसवासरमा पटक्कै प्रयोग नगर्नुहोस् ।
सिंक र फोहोर व्यवस्थापन: भान्सामा हुने केहि सिंकमा
सड्नेसक्ने फोहोर फ्याँक्ने व्यवस्था (गार्बेज डिस्पोजल) गरिएको हुन्छ । यो बिजुलीले
चल्ने हुन्छ । यसबाट भित्र गएको खानाको फोहोर टुक्रिन्छ र पाइप हुँदै जान्छ । सिंकसँगै
खोल्ने र बन्द गर्ने स्विच हुन्छ । पानी बगिरहेका बेलामात्र यो गार्बेज डिस्पोजल खोल्नुहोला
। गार्बेज डिस्पोजलमा धातु,
हाड,
अण्डाका बोक्रा, फलफूलका बीज, प्याज,
सेलरी वा खानाबाहेक अन्यत्रबाट आएका वस्तु नहाल्नुहोला । गार्बेज
डिस्पोजल टालियो भने पानी भरिएर सिंकसम्म आइपुग्छ । डिस्पोजलभित्र हात नहाल्नुहोला, चोट लाग्छ । यदि भान्साको सिंकको गार्बेज डिस्पोजल बिजुलीले चल्दैन भने यसमा कुनै
फोहोर पनि हाल्नु हुँदैन ।
Kitchen
Appliances
Stove
& Oven:
When cooking food on top of the stove, always begin on low or medium heat and
then adjust. If you begin on high heat, you may burn the food or pan. To use
the oven to cook food, or bake meat or bread, place the dial on 350 to 400
degrees Fahrenheit. The “broil” setting uses flames to cook food. It becomes
very hot and can quickly burn your food. If you have a gas stove or oven, be
sure that the flame lights right away. If you smell an odor like rotten eggs,
turn off the gas immediately and seek help.
Cleaning
the Oven and Stove:
Clean any spilled food in the oven and on the stove as soon as they have
cooled. Clean your stove daily. Spilled or burned food and grease are
dangerous. They smell bad and attract bugs, rats, and mice.
Refrigerator/Freezer: Your kitchen has a
refrigerator to keep food cold and fresh. Keep milk, vegetables, yogurt, meat,
and eggs in the refrigerator. The freezer is the part of the refrigerator that
is much colder and freezes water to ice. Keep in the freezer any foods that are
already frozen when you buy them. If you put meat in the freezer, it will
become hard and frozen and you can keep it longer. Cooked food should be kept
after wrapping tightly. Use the First In, First Out (FIFO) method while using.
Clean the spills as soon as possible.
Dishwasher: A dishwasher kills
germs on dishes and silverware. It does not scrub dishes or take the place of a
garbage disposal. Always put food scraps into the garbage and rinse the dishes
before putting them into the dishwasher. You must use a special soap designed
for the dishwasher. Never use liquid hand soap or laundry detergent in the
dishwasher.
Sink
and Garbage Disposal:
Some kitchen sinks have electric garbage disposals that shred food waste so it
can pass through the plumbing. There is an on/off switch next to the sink. You
should only turn the garbage disposal on when the water is on. Never put metal,
bones, egg shells, fruit pits, onions, celery, or non-food items down the
garbage disposal. If your garbage disposal becomes stuck, water may back up in
the sink. Never put your hands inside the disposal or you may injure yourself.
If your kitchen sink does not have an electric garbage disposal, do not put
garbage down the drain.
――― ᴥ ᴥ
―――
भान्साको डिल
अंग्रेजीमा ‘काउन्टर टप’
भनेको चुल्हो वा सिंकमा जोडिएको सतह (खाली डिल) हो । चुल्होको
खाली डिलमा तातो भाँडो सिधैं नराख्नुहोस् । डिल डढ्न नदिन तातो भाँडो राख्न बनाइएका
प्याड वा भाँडोका लागि बनाइएका तौलिया प्रयोग गर्नुहोस् ।
Counter
Tops
Never
put a hot pan directly on a counter top. Use a hot pad or dish towel under the
hot pan to avoid burning the counter.
――― ᴥ ᴥ
―――
फोहोर
सड्ने फोहोर: सड्ने फोहोर आफ्नो अपार्टमन्टमा भएको
फोहोर हाल्ने भाँडोमा फाल्नुहोस् । फोहोर फाल्ने भाँडोभित्र प्लास्टिकको थैलो हालेपछि
मात्र त्यसमा फोहोर फ्याँक्नुहोस् । फोहोरको थैलो दिनहुँ घरबाहिर लानुहोस् र ठूलो फोहोर
हाल्ने भाँडोमा फ्याँक्नुहोस् । यसो गर्दा मुसा र किरा भित्र आउनबाट रोकिन्छन् । फोहोरलाई
अपार्टमेन्टको करिडरमा कहिल्यै नछाड्नुहोस् ।
नसड्ने फोहोर: नसड्ने फोहोरहरू जस्तै-
पुराना कागज, कागजका बाकस, बोतल र डब्बाहरूलाई तोकिएको भाँडा वा ठाउँमा राख्नुपर्छ । नगरपालिकाले यस्ता घरायशी
फोहोर निश्चित दिन र समयमा उठाउने गर्छ । आफ्नो अपार्टमन्टका मालिकले फोहोर कहिले र
कहाँ लानुपर्छ भनी बताउनु हुनेछ ।
पुनःप्रयोग: धेरैजसो शहरमा फोहोरका प्रकारका आधारमा
छुट्याएर फरक भाँडोमा राख्ने गरिन्छ । सामान्यतयाः प्लास्टिकका बोतल, एलुमिनियमका डब्बाहरू,
शिशा, कागज र धातुहरूलाई खानाबाट
आएका फोहोरभन्दा छुट्टै राखिन्छ। तपाईको घरबेटीले आफ्ना समुदायमा के गर्नुपर्छ भन्ने
सिकाउनु हुनेछ । पुनःप्रयोग–विधिले यस्ता वस्तुलाई फेरि
काममा ल्याउँछ र वातावरणको रक्षा गर्छ ।
Garbage,
Trash & Recycling
Garbage: Place garbage in
the garbage bins in your apartment. Line garbage bins with plastic garbage
bags. Take the garbage out of your apartment every day to a garbage can or
dumpster to prevent attracting bugs and mice. Never leave garbage in the
hallway of the apartment building.
Trash: Trash such as old papers, boxes,
bottles, and cans should also be placed in designated containers or locations. Usually
there is a certain day and time when the city will take the trash away. Your
landlord should tell you where and when to put your trash and garbage outside
for pickup.
Recycling: Many cities require
trash to be separated by type and be placed in special containers. Usually
plastic bottles, aluminum cans, glass containers, paper, and metal are
separated from wet food garbage. Your landlord can tell you what you must do in
your community. Recycling helps the country reuse some of these materials and
protects the environment.
――― ᴥ ᴥ
―――
उडुस
उडुस साना किराहरू
हुन् । यीनीहरू ताजा रगत चुसेर बाँच्छन् । यीनीहरू उड्दैनन, कुददैनन् वा उफ्रदैनन् । उडुस धेरैजसो विस्तरा, म्याट्रेस (गद्दावाल डसना), सिरानी, गीला कुर्सी र सोफामा लुक्छन् । बिहान उठ्दा छालामा कतै सानो दाग देख्नुभयो भने
यो उडुसले टोकेको हुनसक्छ । विस्तरामा कतै साना थोप्ला जस्ता देखिए भने यी उडुस हुनसक्छन्
। त्यसैले बाटोछेउमा राखिएका पुराना म्याट्रेस, तयारी सिरक (ब्ल्यान्केट), सिरानी वा अन्य ओछ्यानमा चाहिने वस्तुहरू नउठाउनुहोला । त्यस्ता वस्तु घर नल्याउनुहोला
। एकपटक उडुस तपाईंको अपार्टमन्ट वा घरमा आए भने यीनलाई पुरै निर्मुल पार्न निकै कठिन
हुन्छ । उडुसका समस्या आएमा घरबेटीलाई भन्नुहोस् ।
Bed
Bugs
Bed
bugs are tiny insects and they feed on fresh blood. They do not fly, hop, or
jump. They often live in bedding, mattresses, pillows, and soft chairs and
couches. If you find small bites on your skin in the morning, it may be from bed
bugs. If you see tiny dark spots on your bedding you may have bed bugs. Never
bring used mattresses, blankets, pillows, or other used bedding into your home.
Once bed bugs are in your apartment, they are very difficult to get rid of.
Tell your landlord immediately.
――― ᴥ ᴥ
―――
घरभाडामा बस्नेका अधिकार र जिम्मेवारी
भेदभाव: घरभाडामा लिन खोज्दा तपाईंलाई जाति वा रंग, तपाईं आएको देश,
तपाईले मान्ने धर्म, तपाईंको लिङ्ग, शारीरिक अपाङ्गता,
तपाईंको पारिवारिक अवस्था, जस्तै: तपाई विवाहित हो वा होइन आदि आधारमा घरबेटीले भिन्न व्यवहार गरे यस्तो भेदभाव
अमेरिकी कानुनविरूद्ध हुन्छ । तपाईंले आफूलाई उचित ढङ्गबाट व्यवहार नभएको पाउनु भयो
भने यस्ता घटनाहरू कहिले भयो र त्यसबेला के के भयो लिखित रूपमा राख्नुपर्छ । प्रत्येक
राज्य वा काउन्टीमा यस्तो भेदभावबारे मद्दत गर्ने ‘फेयर हाउजिङ’
कार्यालय हुन्छ ।
अनुरोध: तपाईको अपार्टमेन्टमा मर्मत गर्नुपर्यो भने घरबेटीले तपाईंको अनुरोध लिखित रूपमा
माग्छन् । घरबेटीबाट मर्मत अनुरोध फारम मागेर आफ्नो अनुरोध लेख्नुहोस् । तपाईंलाई किरा, मुसा,
छुचुन्द्रा र पानी निकास आदिको समस्या भए तुरून्त घरबेटीलाई
खबर गर्नुहोस् ।
भोगचलनको नियम: कुनै एक अपार्टमेन्टमा बस्ने मानिसको
संख्या निश्चित रहने नियम हुन्छ । यस्तो नियम–पालना गर्नु र घरमा बस्दै
आएका मानिसको संख्याबारे घरबेटीलाई जानकारी दिनु तपाईको दायित्व हो । तपाईले नियम–पालना नगरेको खण्डमा घरबेटीले तपाईलाई ‘घर खाली गर’ भन्न सक्छन् ।
Housing
Rights & Responsibilities
Discrimination: It is against the
law for a landlord to treat you differently because of your color, nationality,
caste, religion, disability, sex, or marital status. If you feel you are being
treated unfairly, you should keep a record of what has happened. There is a
“fair housing” office in each state or county that can try to help you.
Request: Landlords often
require a written request before they will make repairs in your apartment. Use
a repair request form from your landlord to write this request. Inform your
landlord immediately if you are having problems with bugs, rats, mice, or
plumbing.
Occupancy
Rule: There
are rules on how many people are allowed to live in an apartment. It is your
responsibility to follow the rules and let your landlord know how many people
are living in your home. The landlord can tell you to leave your home if you do
not follow this rule.
――― ᴥ ᴥ
―――
घर सर्दा
समय पुरा गर्नुहोस्: करारमा तोकिएको समयसम्म अपार्टमेन्ट/घरमा बस्नु महत्त्वपूर्ण हुन्छ । कुनै घर वा अपार्टमेन्टमा कम्तिमा एक वर्ष बस्न
करारमा समय–सिमा तोकिन्छ । आफू सर्नुभन्दा एक महिना पहिले घरबेटीलाई घर सर्ने लिखित–सूचना दिनुहोस् । करार–अवधिको अन्त्यमा,
यदि तपाईं बस्दा केहि नभत्के/नबिग्रेको र भाडावापतको सबै रकम चुक्ता भएको भए घरबेटीलाई बुझाएको धरौटी फिर्ता
पाउनुहुन्छ ।
ठेगाना बदली: नयाँ घर/अपार्टमन्टमा सरेपछि धेरैजनालाई जानकारी दिनुपर्छ । तपाई अमेरिकाको नागरिक भइसक्नु
भएको छैन भने ‘युएससिआइएस’
लाई ‘एआर– ११’
नामक फारम भरेर आफू ठाउँ सरेको जानकारी अनिवार्य रूपमा दिनैपर्छ
। हुलाक कार्यालयको ‘ठेगाना परिवर्तनसम्बन्धी फारम’ पूरा भर्नुपर्नेछ
। यो फारम नजिकैको हुलाक कार्यालय गएर वा इन्टरनेटमा भर्न सकिन्छ । त्यसपछि हुलाकले
तपाईंको नयाँ ठेगानामा पत्र ल्याउँछ ।
मासिक बिल पठाउने
कार्यालयहरू जस्तै: बिजुली,
पानी, ग्याँस, टेलिफोन,
सेलफोन, टेलिभिजनको केबुल/डिस सेवा दिने कम्पनी आदि । आफ्नो ठेगाना फेरिएको जानकारी तपाईले काम गर्ने ठाउँ/कार्यालय,
बैंक, डाक्टरको कार्यालय र नानी–बाबुहरू पढ्ने स्कूलमा पनि दिनुपर्छ ।
फर्निचर: नयाँ अपार्टमेन्टमा सर्दा आफ्ना फर्निचर लैजानुपर्छ । घरबेटीका
फर्निचर वा अन्य उपकरण छाड्नुपर्छ । आफ्ना पुराना फर्निचर त्यसै छाड्नुहुन्न । ती फर्निचर
पन्छाउन लाग्ने खर्च घरबेटिले लिन्छन् ।
Moving
Out
Complete
your lease:
It is important to complete your lease. Most leases ask that you agree to live
in the apartment or house for twelve months. Give your landlord a month’s
notice in writing before moving out. At the end of the lease, the landlord will
return the security deposit only if the apartment is in good condition and if
the rental payments are current.
Change of Address: When you move to a
new apartment, you should inform many people. If you are not yet a citizen of
the US, you must inform the USCIS of your change of address on form AR-11. You
should also complete a form to change your address with the post office. You can
do that at the nearest post office or on the internet. The post office will
deliver your mail to the new address. You should also change your address with
any company that sends you a monthly bill: electric, water, gas, telephone,
cell phone, cable TV etc. You should also report your new address to your
employer, bank, doctors’ offices, and children's schools.
Furniture: When you move to a
new apartment you should take the furniture that you own. You must leave any
furniture or appliances that belong to the landlord. If you leave any old or
broken furniture that you do not want, the landlord may charge you a fee to
take it away.
――― ᴥ ᴥ
―――
घरमा तातो–चिसोको प्रबन्ध
तपाईंका अपार्टमेन्टमा
जाडाका लागि हिटर हुन्छ । ताप उत्पादन गर्न बिजुली वा फर्नेसको प्रयोग गरिन्छ, जसले तातो हावा वा तातो पानी अपार्टमेन्टका कोठाहरूमा पठाउँछ । तातो कम–बेसी गर्न एउटा थर्मास्टेट राखिएको हुन्छ । जाडोमा तापक्रम ६५ देखि ७२ डिग्री फहरेनहाइट
राख्नुहोस् । जति बढी तातोका लागि थमास्टेट राख्यो, त्यति नै तातोका लागि पैसा तिनुपर्छ । तपाईका अपार्टमेन्टमा एयर–कन्डिसन पनि हुनसक्छ,
जसलाई कहिलेकाहि ‘एसी’ भनिन्छ,
यसको प्रयोग गर्मीमा हुन्छ । यसमा तापक्रम ७२ दखि ८० डिग्री
फहरेनहाइट राख्नुहोस् । एसीमा जति कम तापक्रम राख्नुहुन्छ, पैसा त्यति नै बढी तिर्नुपर्छ ।
Heating
& Air Conditioning
Your apartment has a heater for use during
cold weather. The heat may come from electricity or from a furnace that sends
hot air or hot water to the rooms in the apartment. There should be a
thermostat that lets you set the temperature for your apartment. In the winter
you should set it between 65 and 72 degrees. The higher you set the
temperature, the more the heat will cost. Your apartment may also have air
conditioning, sometimes called AC, for use during hot weather. You should set
its temperature between 72 and 80 degrees. The lower you set the AC
temperature, the more it will cost.
――― ᴥ ᴥ
―――
आगोबाट सुरक्षा
धुँवासुचक यन्त्र: यो यन्त्रले तपाईंका घरमा
धुँवा आएको थाहा पाउँछ र संभावित आगलागीको सूचना दिन्छ । यसले ठूलो स्वरमा सिटी बजाउँदै
तपाईं र तपाईंका परिवारलाई धुँवाको सूचना दिएर सावधान गर्छ । यस्ता यन्त्र पर्खाल वा
सिलिङमा जडान गरिएका हुन्छन् ।
घरबेटीले तपाई बस्ने
अपार्टमन्टमा यस्ता धुँवासुचक यन्त्र उपलब्ध गराइदिनुपर्छ । यस्ता यन्त्र सधैं चालू
अवस्थामा हुनुपर्छ किनभने यदि आगो लाग्न लाग्यो भने यसले सावधानी गर्छ र ज्यान बचाउन
मद्दत गर्छ । आवश्यक पर्दा यसमा ब्याट्रि फेर्ने काम चाहिं तपाईको जिम्मेवारी हो ।
यस्ता सबै यन्त्रहरू
महिनाको एकपटक जाँच्नुहोस् । यसको जाँच गर्न, यसका अगाडीको बटन
थिच्नुहोस् । यदि यसले सिटी वा संकेतको घन्टी दिएन भने ब्याट्री वा यन्त्र नै तत्काल
फेर्ने बेला भएको हुन्छ । यो यन्त्र खोलेर नराख्नुहोला वा यसबाट ब्याट्री नझिक्नुहोला
। यसलाई प्लास्टिक आदिले नढाक्नुहोला ।
आगलागिबाट बच्न ढोका: कुनै अपार्टमेन्टमा मूलढोकाबाट
छिरेपछि कोठाहरूमा जाने ठाउँ वा भर्याङको टुप्पो र फेदमा धातुको एउटा ढोका हुनसक्छ । यस्ता ढोकाले बिल्डिङको एउटा अपार्टमन्टबाट
अर्का अपार्टमन्टमा आगो फैलन दिंदैन । यस्ता ढोका बन्द छन् भने मात्र आगलागीमा काम
गर्छन् । तपाईं र तपाईंको परिवारको सुरक्षाका लागि यी ढाका कहिल्यै खुला नछाडौं । खुला
दखियो भने बन्द गरिहालौं ।
अग्निसुचक यन्त्र: यो यन्त्र आगो लागेको सूचना
दिने घण्टी हो । यो यन्त्र मूलढोकाबाट छिरेपछि कोठाहरूमा जाने ठाउँ वा कुनै अर्को सजिलो
ठाउँमा जडान गरिएको हुनसक्छ । यस्ता यन्त्र सामान्यतः राता रंगका हुन्छन् र सबै भाडावालाले
बजाउन सक्ने ठाउँमा राखिएका हुन्छन् । आगलागी भएको अवस्थामा मात्र यो यन्त्र बजाएर
अरू भाडावाला छरछिमेकीलाई र आगो निभाउने विभाग (अग्नि–नियन्त्रण विभाग) लाई खबर गर्नुहोला ।
आगो निभाउने उपकरण: यी उपकरणले आगो निभाउन वा
आगो–नियन्त्रण गर्छन् । घरबेटीसँग यो उपकरण प्रयोग गर्ने तरिका सिक्नुहोस् । यस्ता
उपकरण अपार्टमेन्ट वा घरका कुन कुन ठाउँमा राखिएका छन्, ख्याल गर्नुहोस् ।
Fire
Safety
Smoke
Alarms/smoke detector: A smoke alarm is a device that detects smoke and a
possible fire in your home. It will beep loudly to alert you and your family if
there is smoke or fire. Smoke alarms are usually mounted on a wall or ceiling.
Landlords must provide a smoke alarm in your apartment. The smoke alarm must
always be working because if there is a fire, it can alert you and save your
life. You are responsible for replacing batteries in your smoke alarm when
needed. All smoke alarms should be tested once a month. To test it, touch the
small “test” button on the front. If it does not make a beep or alarm sound,
the batteries or alarm should be replaced immediately. Never take the smoke
alarm down permanently or leave the battery out of it. Don't cover it.
Fire Doors: Some apartment
buildings may have metal doors in the hallways or at the top and bottom of stairs.
These doors help prevent a fire that might start in one apartment from
spreading to other apartments in the building. But they only help if they are
kept closed. For the safety of you and your family, never leave fire doors
open. If you find one open, close it.
Fire Alarms: An apartment
building might have a fire alarm in the hallway or other convenient location.
These are usually painted red and placed where tenants can sound the alarm. Use
the alarm only when there is a fire and you want to let other tenants know that
there is a fire and to call the fire department.
Fire Extinguishers: A
fire extinguisher is a device used to put out or control fires. Ask your
landlord to show you how to use a fire extinguisher. Know where the fire
extinguishers are in your apartment or building.
No comments:
Post a Comment