अमेरिकामा स्वास्थ्य सेवाहरू
अमेरिकामा आफ्नो स्वास्थ्यको ख्याल गर्नु र स्वास्थ्य सुविधा व्यवस्था कस्तो छ
भनेर जान्नु निकै महत्त्वपूर्ण हुन्छ । अमेरिकामा स्वास्थ्य सेवाहरू निःशुल्क छैन र
धेरै महँगो पर्न सक्छ ।
Health Services in the United States
It is important to take care of your health
and understand how the health care system works in the United States. Health
services in the United States are not free and can be very expensive.
――― ᴥ ᴥ ―――
वैज्ञानिक विधिहरू
अमेरिकाका स्वास्थ्य सुविधा व्यवस्था स्वास्थ्य विज्ञानमा आधारित छ । डाक्टरहरूले
तपाईंलाई कस्तो छ भनेर सोध्छन्, तर उनीहरूले स्वास्थ्यसम्बन्धी
अरू जानकारी पनि पाउँछन् । उनीहरूले तपाईंको तौल लिन सक्छन् । तपाईंको शरीरको तापक्रम
नाप्न र रक्तचाप हेर्न सक्छन् । तपाईंको रगतको नमुना वा पिसाब नमुना लिन सक्छन् । ती
नमुनाहरू प्रयोगशालामा परीक्षण गरिन्छन् । उनीहरूले तपाईंको एक्स-रे लिएर वा शरीरको अन्य कुनै प्रकारको स्क्यान गरेर ल्याउनुहोस् पनि भन्छन् । यस्ता
सबै परीक्षणहरूका परिणामहरू हेरेर उनीहरूले तपाईं कस्तो उपचार गर्ने वा बिमारबाट कसरी
बचाउने भन्ने निर्णय गर्छन् ।
Scientific Methods
The U.S. health care system is based on
health sciences. Doctors will ask you how you feel but they will get other
information too. They may weigh you on a scale. They may take your temperature
and measure your blood pressure. They may take a blood sample or a urine sample
and have those tested in a laboratory. They may order an x-ray or other type of
body scan. The results of all of these help the doctor decide how to treat you
or prevent an illness.
――― ᴥ ᴥ ―――
प्रारम्भिक स्वास्थ्य जाँच
अमेरिका आइपुगे लगत्तै पुनर्वास संस्थाले तपाईं र परिवारको स्वास्थ्य परीक्षणको
बन्दोबस्त मिलाउँछ । अमेरिकी स्वास्थ्य सुविधा व्यवस्थासँग तपाईंको यो पहिलो साक्षात्कार
हुनेछ । यो परीक्षणले तपाईं वा बालबच्चालाई कुनै स्वास्थ्य समस्या छ वा छैन भन्ने पत्तालगाउँछ
। स्कूल जानुभन्दा पहिले बालबच्चालाई केहि अनिवार्य खोपहरू दिइन्छ । यी खोपले उनीहरूलाई
बिरामी हुनबाट रोक्छन् ।
First Health Screening
Shortly after you arrive in the U.S., your
resettlement agency will arrange a health screening for you and your family
members. This will be your first contact with the American health care system.
This screening will identify any health problems that you may have or that your
children may have. Children will be given immunizations (shots) that are
required before they can attend an American school. These shots prevent
illness.
――― ᴥ ᴥ ―――
निजी स्वास्थ्य बिमा
अमेरिकामा स्वास्थ्य सेवा महँगो छ । सिद्धान्त रूपमा आफूले पाएको स्वास्थ्य सुविधावापत
शुल्क तिर्न व्यक्ति-व्यक्ति जिम्मेवार हुन्छन् । धेरैजसो मानिस स्वास्थ्य बिमा कार्यक्रममा भर पर्छन्
। धेरै रोजगारदाताले आफूकहाँ काम गर्ने व्यक्तिको स्वास्थ्य बिमा गरिदिन्छन् । बिमावापत
तिरेको पैसा तलबबाट कटौती गरिन्छ र त्यस कटौती रकममा रोजगारदाताले केहि थपेर मासिक
बिमा रकम जम्मा गरिदिन्छन् । एउटा परिवारका लागि स्वास्थ्य बिमा गर्दा महिनाको एक हजार
डलरभन्दा बढी लाग्न सक्छ ।
बिमीत व्यक्ति बिरामी भएमा स्वास्थ्योपचारको सबै खर्च या खर्चको केहि रकम बिमा
कम्पनिले बेहोर्छ ।
Private Health Insurance
Health care in the U.S. is expensive. In
principle, individuals are responsible for paying for health services they
receive. Most people rely on health insurance programs. Many employers provide
their employees a health insurance program. Money is deducted from the
employee’s paycheck and, together with additional money contributed by the
employer, is used to pay the monthly cost of health insurance. A health
insurance policy for a family may cost more than $1,000 per month.
If an insured person becomes sick, the health
insurance company covers all or a part of the medical bills.
――― ᴥ ᴥ ―――
स्वास्थ्य रेखदेखमा सरकारी सहायता
स्वास्थ्य सेवा महँगो भएकाले वृद्ध, केहि अपांग व्यक्ति, न्युन आय भएका परिवारको स्वास्थ्योपचारमा सहायता गर्न सरकारसँग मेडिकेयर र मेडिकेड
नामक कार्यक्रम छन् ।
Government Assistance for Health Care
Because costs are so high, the government
has programs called Medicare and Medicaid to assist older people, some disabled
persons, and low-income families.
――― ᴥ ᴥ ―――
मेडिकेयर
मेडिकेयर संघीय स्वास्थ्य बिमा सुविधा हो । यसले बुढापाका र अपांगलाई स्वास्थ्योपचारमा
सहायता गर्छ । यो सुविधा पाउने व्यक्ति ६५ वर्ष वा सोभन्दा बढी उमेरको हुनुपर्छ । तर
सबै ६५ वर्ष वा सोभन्दा बढीको व्यक्ति यो सुविधाका लागि योग्य हुँदैन । अमेरिकामा कम्तिमा
दश वर्ष काम गरेको र रोजगार भएका बेला मेडिकेयर कर बुझाएको हुनुपर्छ । दश वर्ष रोजगार
भएकै हुनुपर्ने भएकाले ६५ वर्ष वा सोभन्दा बढी उमेरका शरणार्थीले प्रायःजसो मेडिकेयर
सुविधा पाउँदैनन् ।
Medicare
Medicare is a
federal health insurance program for elderly and disabled individuals. Persons
who are 65 years old or older are eligible for Medicare if they have worked at
least ten years in jobs and paid Medicare taxes as part of that employment.
Because of the ten year employment requirement, elderly refugees are not
generally able to receive Medicare benefits.
――― ᴥ ᴥ ―――
मेडिकेड
मेडिकेड स्वास्थ्यसम्बन्धी सरकारी बिमा कार्यक्रम हो, जसले न्युन आय भएका परिवारलाई केहि वा पुरै स्वास्थ्य सेवाहरू लिएवापत तिर्ने रकममा
सहायता गर्छ । बालबच्चासहितको शरणार्थी परिवारले अमेरिका आएपछि यो सुविधा पाउँछ । यदि
तपाईंले 'सप्लिमेन्टल सेक्युरिटी इन्कम' (एसएसआइ) सुविधा पाइरहनुभएको छ भने पनि मेडिकेड पाउनुहुन्छ । मेडिकेड सुविधा कसले
पाउँछ भन्ने सम्बन्धमा प्रत्येक राज्यका नियमहरू फरक छन् ।
Medicaid
Medicaid is a government health insurance
program that helps low-income families pay for some or all of their medical
bills. Refugee families with children can get Medicaid when they come to the U.S.
You can also get Medicaid if you are receiving Supplemental Security Income (SSI).
Every state has different requirements for who can get Medicaid.
――― ᴥ ᴥ ―――
मेडिकेड सुविधाका लागि आवेदन
तपाई अमेरिका आएपछि पुनर्वास संस्थाले मेडिकेड सुविधा पाउन आवेदन दिन मद्दत गर्छ
। मेडिकेड सुविधा पाउने नियम राज्यपिच्छे फरक छन्, त्यसैले तपाईंको राज्यमा के कस्ता जानकारी चाहिन्छ भनेर बुझ्न आवश्यक हुन्छ । सामान्यतः
तपाईंले परिवारका सबै सदस्यको जानकारी दिनुपर्छ, सबैको सोसल सेक्युरिटी कार्ड देखाउनुपर्छ, र तपाईं कानुनी रूपमा
अमेरिका भित्रिएको प्रमाण पेश गर्नुपर्छ । तपाईंले आफ्नो आयस्रोत खुलाउनुपर्छ, तपाईंको बैंकखातामा भएको रकमबारे बताउनुपर्छ तथा घरभाडा, बिजुली,
ताप आदिमा हुने खर्चको जानकारी दिनुपर्छ । तपाईं अपांग हो भने
अपांगताका मेडिकल प्रमाणहरू पेश गर्नुपर्छ । तपाईं यो सुविधाका लागि योग्य हो वा होइन
हेरिन्छ र सुविधाको नियमितताका लागि केहि महिनाको अन्तरमा यस्ता प्रमाणहरू देखाइरहनु
पर्छ ।
Applying for Medicaid
Your resettlement
agency will help you apply for Medicaid after you first arrive in the U.S. The
exact rules are different in each state, so you will need to learn what
information is required in your state. Generally you will need to provide
information about everyone in your family, show their social security cards,
and show that you have been legally admitted to the U.S. You will also need to
show proof of your income, how much money you have in a bank, the rent you pay
for your apartment, electricity, heat, etc. If you are disabled, you will be
required to provide medical records that show your disability. Your eligibility
will be checked and you will need to prove that you are still eligible every
few months.
――― ᴥ ᴥ ―――
मेडिकेडको प्रयोग
तपाईंले मेडिकेड सुविधा पाउनु भयो भने तपाईंलाई एउटा सानो कार्ड दिइन्छ । तपाईंले
उक्त कार्ड आफ्नो औषधोपचारमा संलग्न डाक्टर, क्लिनिक वा अस्पतालमा
देखाउनुपर्छ । उक्त कार्डले तपाईंलाई स्वास्थ्य सुविधा दिलाउँछ । कुनै अस्पताल र डाक्टरले
मेडिकेड चलाउँदैनन् । त्यसरी कहिं मेडिकेड चलेन भने औषधोपचारको बिल आफैंले चुक्ता गर्नुपर्छ
।
Using Medicaid
If you are eligible for Medicaid, you will
be given a small card that you must show at the doctor’s office, clinic, or
hospital. That card will allow you to receive health care services. Some
hospitals and doctors do not accept Medicaid. If they do not accept Medicaid,
you will be responsible for paying your bill.
――― ᴥ ᴥ ―――
मेडिकेड सुविधाको सिमा
शरणार्थीका रूपमा अमेरिका आएको सात वर्षसम्म तपाईंले मेडिकेड सुविधा पाउनुहुन्छ
। कुनै राज्यमा सात वर्षभन्दा बढी हुने चाहिं राज्यमा भर पर्छ । बालबच्चा नभएका वा
आम्दानी राम्रो भएका शरणार्थी मेडिकेडका लागि योग्य नहुन सक्छन् ।
Limits on Receiving Medicaid
As a refugee, you can receive Medicaid for
up to seven years after you arrive to the United States. It is optional for
states’ Medicaid programs to cover you more than seven years. Refugees who do
not have children or who make too much money may not qualify for Medicaid.
――― ᴥ ᴥ ―――
शरणार्थी मेडिकल सहायता
यदि तपाई मेडिकेड सुविधा पाउन अयोग्य ठहर्नु भयो भने तपाईंको औषधोपचार खर्च अमेरिका
आएको पहिलो आठ महिना शरणार्थी मेडिकल सहायता (रेफ्युजी मेडिकल एसिस्टेन्स) नामक कार्यक्रमले
बेहोर्छ । यो पहिलो आठ महिनापछि तपाईंले यो सुविधा पाउनुहुन्न ।
Refugee Medical
Assistance
If you are not eligible for regular Medicaid,
a program called Refugee Medical Assistance can pay for your medical bills for
the first eight months after you arrive in the United States. After those eight
months, you will no longer be eligible for this program.
――― ᴥ ᴥ ―――
स्वास्थ्य सुरक्षा
यदि तपाईंको निजी स्वास्थ्य बिमा, रेफ्युजी मेडिकल एसिस्टेन्स, वा मेडिकेड छैन र तपाईं उपचारका लागि डाक्टरकहाँ वा अस्पताल जानुभयो भने सबै मेडिकल
बिलहरू आफैं चुक्ता गर्नुपर्छ ।
Health Coverage
If you do not have private health insurance,
Refugee Medical Assistance, or Medicaid and you need to go to the hospital or
see a doctor, you will have to pay all the medical bills yourself.
――― ᴥ ᴥ ―――
डाक्टर वा स्वास्थ्यसम्बन्धी क्लिनिकहरू
तपाईं बिरामी हुनुभयो भने डाक्टरको अफिस (कार्यालय) वा हेल्थ क्लिनिक जानुहुन्छ
। तपाईंलाई खोप लिनुपर्यो वा रगत जाँच्नुपर्यो वा आफ्नो स्वास्थ्य ठिक भए/नभएको जाँच्न जस्ता स्वास्थ्य
सुविधा चाहिए पनि त्यहाँ जानुहुन्छ । एकपटक त्यहाँ गएर सेवा लिएवापत तपाईंले ५० देखि
एक सय ५० डलरसम्म तिर्नुपर्ने हुनसक्छ । तपाईंको निजी स्वास्थ्य बिमा वा मेडिकेड छैन
भने स्वास्थ्य सेवावापतको बिल आफैं चुक्ता गर्नुपर्छ ।
Doctors and Health Clinics
A doctor’s office or health clinic is where
you go if you feel sick, if you need health services like vaccinations or blood
tests, or for check-ups to make sure your health is good. One visit to a doctor
may cost $50 to $150. Without private health insurance or Medicaid you will be
responsible for payment.
――― ᴥ ᴥ ―――
जाँच्ने समय
धेरैजसो डाक्टरको अफिस र क्लिनिकबाट केहि सेवा पाउनु छ भने पहिले नै फोन गरेर समय
लिनुपर्छ । तपाईंलाई जाँच्न वा परीक्षण गर्न मिलाइने समय केहि दिन वा हप्तापछि हुन
सक्छ । यसरी समय मिलाइएको छ भने बिर्सनु हुन्न । ढिलो हुनुहुन्न । दिइएको समयभन्दा
पहिले नै डाक्टरको अफिस र क्लिनिकमा पुग्नुहोस् । १८ वर्षभन्दा सानो उमेरका बालबच्चाको
परीक्षण गर्न जाँदा बुबा वा आमा साथै हुनुपर्छ ।
Appointments
Most doctor’s
offices and clinics require you call to make an appointment. Appointments may
be a few days or even weeks after you call. When you have made an appointment
for you or a member of your family, it is important that you keep the
appointment. Do not be late. Arrive at the doctor’s office or clinic before
your appointed time. Children under the age of 18 must have their mother or
father with them at all appointments.
――― ᴥ ᴥ ―――
नियमित स्वास्थ्य परिक्षण
तपाईं र परिवारका सदस्यलाई वर्षको एक पटक डाक्टरले जाँच्नुपर्छ । तपाईं स्वस्थ
नै भए पनि डाक्टरले तपाईंको परीक्षण गर्नुहुन्छ । तपाईं सिकिस्त हुनुभन्दा पहिले नै
यस्तो परीक्षणबाट तपाईंलाई बिमार पार्ने कुनै रोग छ भने फेला पर्नसक्छ ।
Routine Medical Exams
It is important that you and your family go
to the doctor once a year for a “check-up.” The doctor will examine you even if
you feel healthy. By having a check-up, some diseases can be found before they
become serious.
――― ᴥ ᴥ ―――
डाक्टरलाई भेट्दा
डाक्टरकहाँ जाँदा आफूलाई कस्तो भइरहेको छ भनेर भन्नुपर्छ । डाक्टरले भनेको तपाईंले
बुझिरहनु भएको छ/छैन पनि भन्नुपर्छ । तपाईंलाई थोरै मात्र अंग्रेजी आउँछ भने डाक्टर, क्लिनिक वा अस्पतालले दोभाषे सेवा उपलब्ध गराउनुपर्छ । डाक्टरसँग कुरा गर्न आफूलाई
दोभाषे माग्नु तपाईंको अधिकार हो । दोभाषेको काम गर्ने व्यक्ति तपाईं र डाक्टरको भेटेकै
ठाउँमा आउनसक्छन् वा दोभाषेले टेलिफोनबाट सहायता गर्न सक्छन् ।
Seeing a Doctor
When you visit a doctor, it is very important
to tell the doctor how you feel and that you understand what the doctor is
saying. If you have limited English skills, the doctor, clinic, or hospital
should provide interpretation services. It is your right to ask for an
interpreter to help you communicate with the doctor. The interpreter may be a
person who will join you at your appointment or may be on the telephone.
――― ᴥ ᴥ ―――
दोभाषेको प्रयोग
स्वास्थ्य सेवामा काम गर्ने दोभाषेहरूले स्वास्थ्यसम्बन्धी जानकारी अनुवाद गर्ने
तालिम लिएका हुन्छन् । उनीहरूले नेपालीमा बुझाउँछन् र तपाईंले भनेको अंग्रेजीमा बदलेर
डाक्टरलाई सुनाउँछन् । यदि तपाईंले बुझ्नुभएन भने डाक्टर वा दोभाषेलाई दोहोर्याइदिन अनुरोध गर्नुहोस् । प्रश्न सोध्न नडराउनुहोस् !
दोभाषेहरूले सबै जानकारी नितान्त र गोप्य राख्नुपर्छ । त्यसको अर्थ उनीहरूले तपाईंको
स्वास्थ्य,
औषधोपचार वा परीक्षणका लागि दिइएका समयसम्बन्धी जानकारी कसैलाई
भन्न मिल्दैन । तपाईं डाक्टरसँग राम्ररी अंग्रेजी बोल्न जान्ने नभएसम्म स्वास्थ्योपचारको
समयका लागि दोभाषेको सेवा माग्नुहोस् । बालबालिकाको अंग्रेजी राम्रै भए पनि उनीहरूलाई
दोभाषेका रूपमा प्रयोग नगर्नुहोस् ।
Using an Interpreter
A health care interpreter has been trained
to interpret medical information so you can understand it in Nepali and to make
sure that your doctor understands what you are saying. If you do not understand
the doctor, you should ask the doctor or interpreter to repeat what they are
saying. Do not be afraid to ask questions!
Interpreters are required to keep all
information private and confidential. This means they cannot speak to anyone
else about your health, medical treatment, or medical appointments. When you
make an appointment you should always ask for a Nepali interpreter until your
English is good enough to talk with the doctor. Never use children as
interpreters, even if their English is very good.
――― ᴥ ᴥ ―――
अग्रिम सहमति
जब तपाईंले डाक्टरको अफिस, क्लिनिक वा अस्पतालमा स्वास्थ्य
सेवा चाहनुभयो भने उपचार गर्न स्विकृति दिएको एउटा कागजमा तपाईंले हस्ताक्षर गर्नुपर्छ
। अठार वर्षमुनिका नानीहरूको उपचार गर्नुपर्दा त्यस्तो कागजमा पनि तपाईंले हस्ताक्षर
गर्नुपर्छ । यसरी अगाडी नै लिइने सहमतिलाई 'इन्फम्र्ड कन्सेन्ट'(अग्रिम सहमति) भनिन्छ । यदि तपाईं अग्रेजी बुझ्नुहुन्न भने त्यो कागजमा के लेखिएको
छ भनेर सोध्न वा बुझ्न पाउने तपाईंको अधिकार छ ।
Informed Consent
When you seek
certain health care services, at a doctor’s office, clinic, or hospital, you
may be asked to sign a paper to give them permission to treat you. You will
also need to sign a paper for them to treat your children who are less than 18
years old. This is known as “informed consent.” You have the right to be told
what the paper says if you cannot read English.
――― ᴥ ᴥ ―――
गोपनियता
तपाईंलाई अर्को एउटा कागजमा पनि हस्ताक्षर गर्न लगाइन्छ, त्यसमा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यक्तिले तपाईंको स्वास्थ्य तथा व्यक्तिगत
जानकारी कसैलाई दिने छैनन भनेर लेखिएको हुन्छ । तपाईंले उक्त कागजमा हस्ताक्षर गर्नुको
अर्थ तपाईंले उक्त कागजमा लेखेको सबै कुरा बुझ्नु भएको छ भन्ने ठहर्छ । तपाईंले त्यसमा
केहि व्यक्तिको नाम लेख्न सक्नुहुन्छ, जसलाई तपाईंको अवस्था
वा उपचारबारे कुराकानी गर्न मिल्छ । यस्ता नाममा तपाईंको श्रीमान, तपाईंकी श्रीमती,
उमेर पुगेको सन्तान, वा तपाईंले भरोशा
गर्ने कोहि व्यक्ति हुनसक्छ । तपाईंले उक्त कागजमा कसैको नाम उल्लेख गर्नुभएन भने स्वास्थ्यसेवकले
कसैसँग पनि तपाईंको अवस्था वा उपचारबारे छलफल गर्न मिल्दैन । यतिसम्मकी श्रीमान वा
श्रीमतीसँग पनि छलफल गर्न मिल्दैन ।
Confidentiality
You will also be
asked to sign another paper, one that states that the health care provider will
not share any of your health and personal information with anyone else. When
you sign the paper, it means that you understand and agree. You may list names
of people on the form that you give the provider permission to discuss your
condition or treatment with. This might include your husband, wife, adult
child, or other person that you trust. If you do not list anyone, then the
provider will not be able to discuss your condition or treatment with anyone,
not even your husband or wife.
――― ᴥ ᴥ ―――
अस्पतालहरू
अमेरिकाका ठूला शहरहरूमा धेरै अस्पतालहरू हुन्छन् । साना शहरमा एउटामात्र अस्पताल
हुन सक्छ । तपाईं बिरामी हुनुहुन्छ भने डाक्टरले तपाईंलाई अस्पताल पठाउँछन् । तपाईं
अस्पताल भर्ना भएपछि तपाईंलाई स्याहार गर्न एउटा कोठा, नर्सहरू र डाक्टर दिइन्छ । विशेष परीक्षण गर्न सकिन्छ र औषधीहरू पनि दिन सकिन्छ
। बिरामी भएर अस्पताल भर्ना हुनु महँगो हुन्छ । तपाईंको के के परीक्षण गर्नुपर्छ र
तपाईंलाई कस्तो औषधी चाहिन्छ आधारमा अस्पताल खर्च दिनको एक हजार डलर वा सोभन्दा बढी
लाग्न सक्छ । निजी स्वास्थ्य बिमा वा मेडिकेड छैन भने स्वास्थ्य सेवावापतको बिल आफैंले
चुक्ता गर्नुपर्छ ।
Hospitals
Large cities in the U.S.
have many hospitals. Smaller towns may have only one hospital. Your doctor may
send you to a hospital if you are very sick. If you are “admitted” at a
hospital, you will be given bed in a room, nurses and doctors will care for
you, special tests may be done, and you may be given medicines. Staying in a
hospital is very expensive. It may cost $1,000 per day or more, depending on
what tests and medicines are required. Without private health insurance or
Medicaid you will be responsible for payment.
――― ᴥ ᴥ ―――
आपतकालिन स्याहार
धेरैजसो आपतकालिन स्वास्थ्य सेवाहरू स्थानिय अस्पतालको 'इमरजेन्सी रूम'वा 'अर्जेन्ट केयर सेन्टर'
मा उपलब्ध हुन्छ । अचानक हुने स्वास्थ्य समस्या, ज्यान जोखिममा पर्ने अवस्था र चरम स्वास्थ्य समस्याहरू भएमा मात्र आपतकालिन स्वास्थ्य
सेवा लिनुपर्छ,
जस्तै:
• हाड भाँचिए वा खुन बहने जस्ता गंभीर घाइते भएमा ।
• सास फेर्न कठिनाई भएमा ।
• चेतना गुमाए वा बेहोश भएमा ।
• विषाक्तताको शंका भएमा ।
• आत्महत्याको प्रयास गरेमा ।
• मुर्छा भए वा काँपेमा ।
• अचानक लाटिए वा हात-गोडा चलाउन असमर्थ भएमा ।
• अचानक गर्धनसहित अचाक्ली टाउको दुखेमा वा चेतना गुमाएमा ।
• सास फेर्न गाह्रो, हातहरू चिसा हुनु
र पसिना आई छाती,
काँध, वा पाखुरा दुखेमा ।
आपतकालिन अवस्थाबाहेक उपचारका लागि इमरजेन्सी रूममा कहिल्यै नजानुहोस् । डाक्टरको
अफिसमा फोन गर्नुहोस् र जाँच्नका लागि समय मिलाएर मात्र जानुहोस् ।
इमरजेन्सी रूममा उपचार गर्न जानुपर्यो भने तपाईंको रोग थाहा पाउन गरिने टेस्टहरू र रोग निको पार्न दिइने औषधीअनुसार कम्तिमा
५०० सय डलर वा बढीमा १० हजार डलरभन्दा माथि पुग्न सक्छ । निजी स्वास्थ्य बिमा वा मेडिकेड
छैन भने आपतकालिन कक्षमा पाएको सेवाको बिल चुक्ता गर्ने जिम्मेवारी तपाईंको हुन्छ ।
Emergency Care
Most emergency
health services are provided at local hospital “emergency room” or “urgent care
center.” Using emergency care is only for sudden, life threatening, and extreme
health problems. Examples include:
• Severe injuries
including possible broken bones or bleeding.
• Difficulty
breathing.
• Loss of
consciousness, fainting.
• Suspected
poisoning.
• Attempted suicide.
• Seizures or
convulsions.
• Sudden numbness or
inability to move an arm or leg.
• Sudden severe
headache with neck pain or change in consciousness.
• Pain in chest,
shoulder, or arm with shortness of breath, cold hands, sweating.
Do not go to an
emergency room for treatment for something that is not an emergency. Call your
doctor’s office and make an appointment to see your doctor.
An emergency room
visit may cost as little as $500 or more than $10,000 depending on the tests
and medicines that they provide you. Without private health insurance or
Medicaid you will be responsible for payment.
――― ᴥ ᴥ ―――
एम्बुलेन्स
उपचार आवश्यक हुने आपतकालिन अवस्थामा बिरामीलाई सुरक्षित र चाँडो अस्पतालको इमरजेन्सी
रूमका पुर्याउन कठिन हुनसक्छ । यस्तो
अवस्थामा ९११ मा फोन गर्नुहोस् । फोन उठाउने व्यक्तिलाई के समस्या परेको छ बताउनुहोस्
र एम्बुलेन्स पठाइदिनु भन्नुहोस् । एउटा एम्बुलेन्स र आपतकालिन मेडिकल समूह तपाईं भएका
ठाउँमा आउँछ । उनीहरूले बिरामीको अवस्था र कसरी यस्तो भयो भनेर सोध्नुहुन्छ । यस्ता
प्रश्नको उत्तर चाँडो र पूरा दिनुहोस् । उक्त समूहले बिरामीलाई 'एस्ट्रेचर'
मा राखेर एम्बुलेन्समा राख्नुहुन्छ । उहाँहरूले बिरामीलाई अस्पतालको
आपतकालिन-कक्ष (इमरजेन्सी रूम) लैजानुहुन्छ । उक्त टोलीले कहिलेकाहिं परिवारको एक सदस्यलाई
लान सक्नुहुन्छ । तर सामान्यतः बिरामी लगेपछि परिवारका सदस्य र अन्य सहयोगीले गाडीको
बन्दोबस्त गरी अस्पतालको आपतकालिन-कक्ष पुग्नुपर्छ । एम्बुलेन्सका
लागि तपाईंले ५ सय डलर वा त्योभन्दा बढी तिनुपर्ने हुनसक्छ । एम्बुलेन्स खर्च बिरामीलाई
अस्पताल पुर्याउँदा लाग्ने समयमा भर पर्छ
। निजी स्वास्थ्य बिमा वा मेडिकेड छैन भने एम्बुलन्स सेवावापतको बिल आफैंले चुक्ता
गर्नुपर्छ ।
Ambulances
In a medical emergency, getting safely and
quickly to an emergency room at a hospital can be difficult. Telephone 911.
Tell the operator the problem and ask for an ambulance. An ambulance and
emergency medical team will be sent to your location. They will ask questions
about the condition of the patient and the cause of the emergency. Try to
answer them quickly and fully. They may place the patient on a stretcher and
then into the ambulance. They will take the patient to the emergency room at
the hospital. Sometimes they may also be able to take one family member, but
usually family members and others will have to find their own transportation to
the hospital emergency room. A trip in an ambulance may cost $500 or more
depending on the time it takes. Without private health insurance or Medicaid
you will be responsible for payment.
――― ᴥ ᴥ ―――
खोपहरू
एक व्यक्तिबाट अर्कोमा सर्नेहरूलाई संक्रामक रोग भनिन्छ । खोपहरूले तीनै रोगहरू
नियन्त्रण गर्छन् । स्कूल जाने नानीहरूलाई उनीहरूको उमेरसम्ममा लगाउने सबै खोप लगाएको
हुनुपर्छ । ग्रिनकार्ड पाउनका लागि आवेदन दिंदा नै तपाईंले सबै खालका खोप लगाएको हुनुपर्छ
। डाक्टर वा क्लिनिकमा तपाईंले कुन कुन खोप लगाइसकेको छ भनेर हेरिन्छ र आवश्यक खोप
लगाइन्छ । तपाईले परिवारका प्रत्येक सदस्यको लिखित खोप-विवरण लिनुपर्छ । उक्त विवरणमा कुन खोप कहिले लगाइएको हो भनेर लेखिएको हुन्छ ।
परिवारका सबैको खोप-विवरण सुरक्षित राख्नुहोस् । कुनै-कुनै बेला यी विवरणका प्रतिलिपिहरू
तपाईं वा बालबच्चालाई चाहिन सक्छ ।
Immunizations
Immunizations are
responsible for the control of many infectious diseases, diseases that can be
given from one person to another. Your children must have up-to-date
immunizations in order to attend school. You will need up-to-date immunizations
when you apply for your Green Card. Your doctor or clinic can check your
immunization history and give you any needed immunizations. You should get a
written report for each family member that shows when and what immunizations
they have received. Keep those reports in a safe place as you or your children
may need copies of them.
――― ᴥ ᴥ ―――
मेडिकल परीक्षणहरू
डाक्टरले तपाईंलाई विशेष परीक्षण (टेस्ट) हरू गरेर ल्याउ भन्न सक्नुहुन्छ । त्यसबेला
तपाईं प्रयोगशाला (ल्याबोरेटरी) जानुपर्छ, त्यहाँ रगत दिनुपर्छ
वा अन्य टेस्टहरू गरिन्छन् । केहि टेस्टहरू अस्पतालमै पनि गरिन्छन्, टेस्ट गर्दा तपाईंलाई भर्ना गरिदैन । टेस्टमात्र गरिने बिरामीलाई 'आउट-पेसेन्ट'
भनिन्छ । तपाईं आउट-पेसेन्ट हो । तपाईंका विभिन्न
टेस्ट गरेर विश्लेषण गर्दा ती ल्याबोरेटरीहरूले एउटा टेस्टको एक सय डलर वा सोभन्दा
बढी लिनसक्छन् । निजी स्वास्थ्य बिमा वा मेडिकेड छैन भने यी टेस्टहरूको बिल आफैंले
चुक्ता गर्नुपर्छ ।
Medical Tests
Your doctor may
order special tests to be done. You may need to go to a laboratory to have
blood taken or to have other tests done. Sometimes the tests will be done at a
hospital but you will not be admitted. You will be an “outpatient.”
Laboratories that do the tests and analysis may charge $100 or more for each
test. Without private health insurance or Medicaid you will be responsible for
payment.
――― ᴥ ᴥ ―――
एक्स-रे,
एमआरआई र सिटि स्क्यानहरू
तपाईंका भित्री अंगमा के भइरहेको छ भनेर डाक्टरले अझ जान्न खोज्न सक्नुहुन्छ ।
यसका लागि उहाँले तपाईंलाई एक्सरे, एमआरआइ स्क्यान, वा सिटि स्क्यान जस्ता टेस्ट गरेर ल्याउनुहोस् भन्न सक्नुहुन्छ । यी आधुनिक विधिहरू
हाड, पेंट,
टाउकोको भित्री भाग, वा शरीरका अन्य भागको
फोटो खिच्ने काम हुन् । एउटा एक्स-रेको एक सय डलर वा सोभन्दा
बढी पर्नसक्छ,
प्रत्येक एमआरआई वा सिटि स्क्यानको १ हजार ५ सय डलर वा सोभन्दा
बढी पर्न सक्छ । निजी स्वास्थ्य बिमा वा मेडिकेड छैन भने यस्ता सेवावापतको बिल आफैंले
चुक्ता गर्नुपर्छ ।
X-rays, MRI And CT
scans
You doctor may want
to know more about what is happening inside your body. To do this, your doctor
may order an x-ray, an MRI scan, or a CT scan. These are all ways that a doctor
can get a photograph of your bones, stomach, inside of your head, or other part
of your body. Each x-ray may cost $100 or more, each MRI or CT scan may cost
$1,500 or more. Without private health insurance or Medicaid you will be
responsible for payment.
――― ᴥ ᴥ ―――
मिनाहा र आर्थिक सहायता
धेरै डाक्टर,
क्लिनिक, र अस्पतालमा बिमा नगरिएका
तथा न्युन आय भएका बिरामीलाई कहिं केहि मिनाहा र कहिं निःशुल्क उपचार गरिदिइन्छ । यदि
आफ्नो मेडिकेड वा निजी बिमा गरिएको छैन भने मिनाहा र निःशुल्क उपचार पाउन कहाँ, कसरी र कस्तो निवेदन दिनुपर्छ भनी डाक्टरलाई, क्लिनिक,
र अस्पतालमा सोध्नुहोस् । निवेदन दिंदा तपाईंलाई आम्दानी र अन्य
जानकारी मागिन्छ । तपाईंको निवेदन स्विकृत भयो भने उपचार-खर्चमा निकै मिनाहा हुन सक्छ ।
Discounts and Financial Assistance
Many doctors,
clinics, and hospitals provide discounts or even free care to patients who have
no insurance and very little income. If you do not have Medicaid or private
health insurance, ask your doctor, clinic, or hospital how to apply for any
discount or free care. They will ask you to provide proof of your income and
other information. If you are approved, they may make a large reduction in your
bill.
――― ᴥ ᴥ ―――
डाक्टरद्वारा औषधी सिफारिश
डाक्टरले तपाईंका लागि केहि औषधी सिफारिश गर्नुहुन्छ । उहाँले तपाईंका लागि गरिदिएको
औषधीको सिफारिशलाई प्रेस्क्रिप्सन भनिन्छ । त्यहि 'प्रेस्क्रिप्सन'
का आधारमा कुनै फार्मेसीमा तपाईंले औषधी किन्न पाउनुहुन्छ ।
फार्मेसी भनेको एउटा दोकान हो, जहाँ विभिन्न खालका
औषधी बेचिन्छ । कहिलेकाहिं डाक्टरले कागजी प्रेस्क्रिप्सन दिनुहुन्छ, जुन कागज लिएर तपाईं फार्मेसी जानुहुन्छ र औषधी किन्नुहुन्छ । त्यस्तै डाक्टरले
तपाईंले भनेको फार्मेसीमा 'प्रेस्क्रिप्सन'
पठाउनुहुन्छ वा फोनबाट तपाईंलाई दिने औषधी नाम टिपाइदिनु भएको
हुन्छ । जब तपाईं औषधी लिन फार्मेसी जानुहुन्छ, आफ्नो बिमा गरिएको
कार्ड साथै लानुपर्छ । तपाईंको बिमा वा मेडिकेड भए पनि औषधीको पैसा भने तिर्नुपर्ने
हुनसक्छ । यो शुल्कलाई 'को-पे'
(सह-भुक्तान) भनिन्छ ।
Prescriptions
Your doctor may decide that you need
prescription medicine. A prescription is what the doctor gives you that
allows you to buy special medicines at a pharmacy. A pharmacy is a
special store where many kinds of medicine can be bought. Sometimes the doctor
will give you a paper prescription that you take to a pharmacy to buy the
medicine. Or the doctor may ask you which pharmacy you will go to and will send
the prescription to that pharmacy by telephone. When you go to the pharmacy to
get your medicine, you should have your insurance card. You might have to pay a
fee for the medicine - even if you have insurance or Medicaid. This fee is
called a co-pay.
――― ᴥ ᴥ ―――
औषधी सेवन
लेखिए वा भनिएअनुसार गर्नुभएन भने औषधीले काम गर्दैनन् । औषधी प्रभावकारी हुँदैनन्
। डाक्टरले केहि औषधी खानु भन्नुभयो भने तपाईं निम्न कुरा बुझ्नु पर्छ:
• तपाईंले यो औषधी किन खाइरहनु भएको छ ?
• डाक्टरले दिएको औषधीलाई के गर्नुपर्छ ?
• दिनको कतिपटक खाने र कहिलेदेखि खान छाड्ने ?
• के औषधी खानासँगै खानुपर्छ ?
• औषधीको कुनै अन्य असरहरू छन् ?
औषधी खाँदै जाँदा अलि सन्चो लागे पनि डाक्टरले भनेअनुसार औषधी खाइरहनुपर्छ । औषधी
खाँदा खराबी गर्यो, अप्ठ्यारो महसुस गर्नुभयो वा एलर्जी भयो भने औषधी खान बन्द गर्नुहोस् र डाक्टरको
अफिसमा सम्पर्क गर्नुहोस् ।
Taking Medicine
Medicine is not effective if you do not
follow the directions correctly. When a doctor has told you to take certain
medicine, it is very important that you understand:
• Why you are taking medicine.
• What to do with the medicine the doctor
prescribes.
• How many times a day you need to take the
medicine and when to stop taking it.
• If you need to take the medicine with food.
• If the medicine
has any side effects.
It is important to continue taking your
medicine as instructed by your doctor even if you start to feel better. If you have
a bad reaction, feel worse, or have an allergic reaction, stop taking the
medicine and contact the doctor’s office immediately.
――― ᴥ ᴥ ―――
औषधीको भण्डारण
कुनै पनि औषधी नानीहरूबाट टाढा राख्नुपर्छ । चाबी लाग्ने वा नानीहरूले नभेट्ने
ठाउँमा औषधी राख्नुहोस् । तपाईंका लागि लेखिदिएका औषधी परिवारमा अरू कसैलाई वा साथीभाईलाई
खान नदिनुहोस् । डाक्टरले जसलाई हेरेका हुन्छन् र औषधी उनकै लागि दिएका हुन्छन् ।
Storing Medicine
Make sure you store any medicine away from
children. Keep it in a locked cabinet or in a place where children cannot get
to it. Never share prescription medicine with family or friends. Prescription
medicines are only for the person the doctor saw and gave the prescription to.
――― ᴥ ᴥ ―――
दाँतको स्वास्थ्य र दन्त-चिकित्सक
तपाईंका दाँतको हेरचाह स्वास्थ्य हेरविचारमध्ये एउटा महत्त्वपूर्ण अंश हो । अमेरिका
आएपछि तपाईं र परिवारका सदस्यलाई दन्त-चिकित्सक (डेन्टिस्ट) कहाँ
जाने समय मिलाइन्छ । डेन्टिस्टले तपाईंका दाँतमा कुनै समस्या छ/छैन र दाँत सफा गर्न जरूरी छन्/छैनन् भन्ने हेर्नुहुन्छ
। तपाईंले कुनै तातो वा चिसो खानेकुरा खाँदा वा पिउँदा दाँत दुख्छ भने डेन्टिस्टलाई
दाँत जचाउने समय मिलाउनुहोस् । पुनर्वास संस्थासँग डेन्टिस्टबारे र तपाईं बस्ने राज्यमा
मेडिकेडले दाँतको उपचार खर्च बेहोर्छ कि बेहोर्दैन भनेर सोध्नुहोस् ।
Dental Health and
Dentists
Caring for your
teeth is an important part of health care. After you arrive in the U.S. you and
each member of your family should have an appointment with a dentist to see if
you have any problems and to do a thorough cleaning. If you have pain in your
teeth when you eat or drink something hot or cold, you should get an
appointment to see a dentist. Ask your resettlement agency about dentists and
whether Medicaid in your state will pay for dental care.
――― ᴥ ᴥ ―――
मानसिक स्वास्थ्य
कुनै मानिसको मानसिक स्वास्थ्य राम्रो हुन्छ, जब उनले आफ्नो दैनिक क्रियाकलाप राम्ररी निर्वाह गर्छन्, अरूसँग सम्बन्ध राख्छन्, निर्णयहरू लिन्छन्, समुदायका लागि योगदान दिन्छन्, तनाव तथा कठिन परिस्थिति
सम्हाल्न सक्छन्,
र केहि हदसम्म खुसी हासिल गर्छन् । भावनात्मक समस्याहरू, जसलाई बोलीचालीको भाषामा मानसिक बिरामी भनिन्छ, लाई वास्तविक मडिकल अवस्थाहरू मानिन्छ । यस्तो अवस्थामा व्यक्तिको स्वास्थ्य र
खुसीमा बाधा पुग्छ ।
कसैलाई मानसिक समस्या छ भने उ सन्काहा हो भन्न मिल्दैन । यदि तपाईंलाई मानसिक समस्याहरू
छन् भने लाज नमान्नुहोस् वा अपराधवोध नगर्नुहोस् । अरू कसैलाई मानसिक समस्याहरू छन्
भने उसलाई लाजमर्दो अवस्थामा नपुर्याउनुहोस् वा अपराधीलाई जस्तो नगर्नुहोस् । मानिसको शरीरको कुनै भागमा पनि चिकित्सासम्बन्धी
समस्या हुनसक्छ । मानसिक बिमारीहरू पनि चिकित्सासम्बन्धी समस्या हुन् जो सिधैं दिमागसँग
सम्बन्धित हुन्छन् ।
Mental Health
Someone has good
mental health when he or she can function well in daily life, relate to other
people, make decisions, contribute to the community, handle stress and
difficult situations, and achieve some degree of happiness. Emotional problems,
sometimes called mental illness, are real medical conditions that disrupt a
person’s health and wellness.
Having a mental
illness does not mean someone is crazy. Do not feel shame or guilt if you have emotional
problems, and do not place shame or guilt on anyone else who may have emotional
problems. People can have medical problems with any part of the body. Mental
illnesses are simply medical problems relating to the brain.
――― ᴥ ᴥ ―――
शरणार्थीहरू र मानसिक स्वास्थ्य
अमेरिका आउने शरणार्थीहरूलाई भावनात्मक समस्याहरू हुन्छन् । उहाँहरूका जीवनमा घटेका
तीता अनुभवहरूले पीडा र तनाव हुन्छ । भूटानी शरणार्थीहरू नेपालका विभिन्न शरणार्थी
शिविरहरूमा बीस वर्ष बस्नुभएको छ । उहाँहरूले खाना तथा सिमित शिक्षा एवं रोजगारीका
अवसरका लागि संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरू र अरू संस्थाहरूमा भर पर्नु पथ्र्यो
। अहिले नयाँ,
आफ्नो मुलुकभन्दा टाढा पुनस्र्थापित हुनुभएको छ । तपाईंलाई अंग्रेजी
नआउँदो हो,
अमेरिकी चालचलन बुझ्नु भएको छैन होला । नयाँ ठाउँमा जीवनअनुकूल
बनाउनु आफैंमा निकै गाह्रो हुन्छ । यस्ता धेरै नमिठा अनुभवहरूले भावनात्मक पीडा र तनाव
थप्छन् ।
Refugees and Mental Health
Refugees who come to
the U.S. may have emotional problems and experience distress and tension because
of traumatic experiences in their lives. Bhutanese refugees have lived in
refugee camps in Nepal for twenty years. There you were dependent on United
Nations agencies and others for food and limited educational and employment
opportunities. Now you have been resettled to this new, faraway country and may
not know much English or understand American culture. Adjusting to a new place
and way of life can itself be very difficult. These traumatic experiences can
contribute to emotional distress and tension.
――― ᴥ ᴥ ―――
दिग्दारी
दिग्दारी सबैलाई लाग्छ,
तर सामान्यतः यो आफैं हराउँछ । तर धेरै हप्तासम्म दिग्दारी लागिरह्यो
र दैनिक जीवनमा यसले प्रभाव पार्यो भने त्यसले निराशाको रूप लिन्छ । निराशाका केहि साझा लक्षणहरू यस्ता हुन्छन्:
निकै निराश अनुभव,
रिक्तता, चिन्ता, लगातार धपेडी वा थकान,
धेरै झर्कोफर्को वा अधैर्यता, अनिद्रा वा अधिक समय
सुत्नु,
कुनै क्रियाकलापप्रति जाँगर नदेखाउनु, र भोक हराउनु वा धेरै खानु । उदासिनताले शारीरिक समस्याहरू जन्माउँछन्, जस्तै: पेट वा टाउको दुख्ने समस्या । मेडिकल क्षेत्रमा कार्यरत व्यावसायिकहरूले
यस्ता समस्याहरूका उपचार गर्छन् । उनीहरूले कुराकानीका माध्यमबाट गरिने थेरेपी, औषधोपचार वा दुवै पद्धति अपनाउँछन् । कोहि उदास व्यक्तिसँग परिचित हुनुहुन्छ भने
उसप्रति चासो दिनुहोस् र मद्दत गर्नुहोस् । उसका कुरामा ध्यान दिनुहोस् । उसलाई उदासिनताबारे
डाक्टरसँग कुरा गर्न हौसला दिनुहोस् ।
Depression
Sadness is a feeling
everyone experiences, but usually it passes. If the sadness lasts for several
weeks and interferes with daily life, it may be depression. Common symptoms
include persistent feelings of hopelessness, emptiness, anxiety; constant
exhaustion or fatigue; excessive irritability or impatience, difficulty with or
excessive sleeping; loss of interest in activities; and loss of appetite or
overeating. Depression may also cause physical health problems, like
stomachaches or headaches. Medical professionals can treat and often cure it
through talk therapy, medications, or both. If you know someone who is
depressed, offer your concern and support, be willing to listen, and encourage
the person to speak with a doctor about their depression.
――― ᴥ ᴥ ―――
अरू खालका मानसिक बिरामीहरू
निराशाका अतिरिक्त मानिसलाई अन्य मानसिक बिमारीहरू पनि हुन्छन्, जसको उपचार गर्ने धेरै उपायहरू छन् । ती बिमारीमध्ये केहि प्रमुख बिमारीहरू हुन्:
• ठूला दुर्घटनापछिको हुने तनावसम्बन्धी समस्या (पोस्ट-ट्रम्याटिक स्ट्रेस डिसअर्डर, पिटिएसडी) सामान्यतः शारीरिक
हमला, प्राकृतिक विपत्तिहरू,
आतंककारी गतिविधि, वा सैन्य युद्ध जस्ता
कुनै घातक जोखिमपूर्ण अवस्था वा अत्यधिक भयभीत दुर्घटनापछि देखिन्छ । यो समस्याबाट
प्रभावित व्यक्तिलाई बितेका घटनाको संस्मरण, दुःस्वप्न वा त्यस्ता
सम्झनाहरूले दर्दनाक घटनाको बारम्बार अनुभुत गराउँछ । यसले एक्कासी झन्किने वा अपराधबोध, व्यग्रता वा डरहरू तीव्र अनुभूत पनि हुन्छन् ।
• भयभीत अवस्था (प्यानिक डिसअर्डर): फेरी फेरी आइरहने आकस्मिक त्रास
प्यानिक डिसअर्डरको मुख्य लक्षण हो । कुनै कारण बिना कुनै व्यक्तिले अपर्झट र तीव्र
डर वा व्यग्रता अनुभव गर्छ भने त्यो प्यानिक डिसअर्डरले भएको हो । यो केहि मिनेटमा
हराउँछ,
तर कहिलेकाहिं धेरैबर पनि हुन्छ र दोहोरिन्छ ।
• मनोभाजन (स्किजफ्रिनीया): यो मानसिक बिरामी भएका व्यक्तिमा वास्तविकतालाई
बुझ्ने वा व्यक्त गर्दा परिवर्तन देखिने एक खालको गुण विकास हुनु हो । यस्ता बिरामीलाई
कसैले बोलाएको जस्तो लाग्छ, मतिभ्रम हुन्छ, आफूलाई अर्कै व्यक्तिका रूपमा अनुभूत गर्छ । स्किजफ्रिनीया भएको व्यक्ति अरूलाई
शंका गर्ने प्रवृत्ति (प्यारानोया), हच्कने वा अति व्याकुल
हुने हुन्छ ।
यदि तपाईं आफैं वा अरू कसैलाई मानसिक बिरामी भए जस्तो लाग्यो भने चिकित्सा सहायता
लिनुहोस् । डाक्टरलाई भेट्नुहोस् । उहाँलाई सबै लक्षणहरू बताउनुहोस् । उहाँले मनोवैज्ञानिक, मनोचिकित्सक,
परामर्शदाता वा चिकित्सा क्षत्रको कुनै व्यावसायिक व्यक्तिसँग
जचाउनका लागि सिफारिश गर्न सक्नुहुन्छ ।
Other Types of Mental Illnesses
In addition to
depression, there are many other types of mental illness, and many ways to
treat them. Among the most common are:
• Post-traumatic
stress disorder (PTSD) can occur after intense trauma or extremely frightening
events, such as physical assault, natural disasters, acts of terrorism, or
military combat. People with PTSD usually have flashbacks, nightmares, or
memories that cause them to experience the traumatic events again and again.
They may also have outbursts of anger or intense feelings of guilt, anxiety, or
fear.
• Panic disorder.
Recurring panic attacks are the main symptom of a panic disorder. A panic
attack occurs when someone experiences sudden and intense feelings of fear or
anxiety without cause. It usually lasts a few minutes, but can be longer or
repetitive.
• Schizophrenia.
This mental illness is characterized by changes in the perception or expression
of reality. People may hear voices, see hallucinations, or believe that they
are someone else. Schizophrenia can cause paranoia, withdrawal, or extreme
agitation.
If you believe you
or someone you know may have a mental illness, seek medical assistance. Begin
by speaking with your doctor, explain your symptoms, and he or she may
recommend a psychologist, psychiatrist, counselor, or other medical
professional.
――― ᴥ ᴥ ―――
आत्महत्या
कहिलेकाहिं आफ्नो परिवारका सदस्यहरूसँग टाढा बस्दा, परिवारमा तीव्र संघर्ष,
पारिवारिक हिंसा, वा गैरकानुनी लागू
औषधको प्रयोगले मानिसमा तीव्र भावुक संकष्ट उत्पन्न हुन्छ । कोहि व्यक्ति बढी उदास
भयो भने आफूले आफैंलाई चोट लगाउन वा मार्न कोशिश गर्न सक्छ । यस्तो अवस्था त्यस्ता
व्यक्तिलाई व्यावसायिकको तत्काल सहायता चाहिन्छ ।
आत्महत्याको चेतावनी दिने केहि संकेतहरू यस्ता हुन्छन्:
• सामान्य निराशा, मृत्यु वा आत्महत्याका
बारेमा कुरा गरिरहनु ।
• बिदा हुने बेला भएको जस्तो गर्नु, जस्तो: आफ्ना चिजहरू अरूलाई दिनु वा 'लौ है, बिदा'
भन्नु ।
• आफू रमाउने गरेका गतिविधिबाट पन्छिनु ।
• परिवार वा साथीहरूबाट टाढिनु । सम्पर्कमा नबस्नु ।
• आफूलाई हानी गर्ने व्यवहार गर्नु, जस्तो: नियमित लागूऔषध वा रक्सी सेवन ।
यदि कसैले आफैंलाई चोट पुर्याउन खोज्छ,
वा आत्महत्याको प्रयास गर्छ वा त्यस्तो विषयमा कुरा गर्छ भने
९११ मा फोन गर्नुहोस् । कसैले यस्तो गरेर पनि 'कसैलाई नभन्नु है' भन्छ भने पनि मेडिकल क्षेत्रका मानिसलाई यस विषयमा बताउनु निकै
राम्रो हुन्छ । तपाईं आफैंले पनि आफूलाई चोट लगाउनुभयो वा आत्महत्या गर्ने विचार आयो
भने ९११ मा फोन गर्नुपर्छ ।
Suicide
Sometimes a long
separation from loved family members, intense family conflicts, violence in the
family, or use of illegal drugs can cause very strong emotional distress. When
people are very depressed, they may try to hurt or kill themselves. They need
immediate professional help.
Some suicide warning
signs include:
• Talking about
general hopelessness, death, or suicide.
• Talking or acting
as though they plan on going away, for example giving away possessions or
saying goodbyes.
• Avoiding
activities they used to enjoy.
• Avoiding contact
with family or friends.
• Adopting more
self-destructive behaviors, like frequent use of drugs or alcohol.
If you know someone
who has tried to hurt himself or herself, or has attempted to commit suicide or
talked about doing it, call 911. It is important to tell a medical professional
about the situation, even if the person asks you not to tell anyone. If you
have tried to hurt yourself or have thoughts of committing suicide, you should
also call 911.
――― ᴥ ᴥ ―――
लागूऔषध र रक्सीको कुलत
रक्सी र केहि गैरकानुनी लागूऔषधहरू विषाद हुन्, त्यो भनेको त्यस्ता चिजले मानिसलाई दुखी, नकारात्मक वा खिन्न
बनाउँछ । कहिलेकाहिं दुःखी वा खिन्न भएको मानिसले रक्सी पिउँछ वा गैरकानुनी लागूऔषध
लिन्छ र आफ्ना दुःख भुल्न खोज्छ । यदि तपाईं वा अरू कसैलाई लागूऔषध वा रक्सीको कुलत
छ भने डाक्टरको अफिस,
अस्पताल वा पुनर्वास संस्थासँग कुलत छाड्न सहायता माग्नुहोस्
। यस्तो समस्यामा मद्दत माग्न पटक्कै नडराउनुहोस् ।
Drug and Alcohol Abuse
Alcohol and some illegal drugs are depressants, meaning they can make a
person feel sad, negative, or depressed. Sometimes people who are sad or
depressed drink alcohol or take illegal drugs to try to forget about their
problems. If you or someone you know may be abusing drugs or alcohol, you can
ask for help at a doctor’s office, hospital, or resettlement agency. Do not be
afraid to ask for help.
No comments:
Post a Comment