शिक्षा
अमेरिकामा बालबालिका
र वयस्क दुवैका लागि शिक्षा निकै महत्त्वपूर्ण हुन्छ । यो अध्यायमा भएका जानकारीले
अमेरिकाको शिक्षा पद्धति र स्कूलको वातावरण कस्तो हुन्छ भनेर बुझ्न मद्दत गर्नेछन्
। यो अध्यायले बालबालिकाको शिक्षामा अभिभावकको भूमिकाको महत्त्वबारे स्पष्ट पार्नुका
साथै वयस्कहरूको शिक्षाबारे जानकारी पनि दिनेछ ।
Education
Education
is very important in the United States for both children and adults. The
information in this topic will help you understand the educational system in the
United States and the school environment for children. It will also explain the
important role parents play in their children’s education and provide
information on adult education.
――― ᴥ ᴥ
―――
बालशिक्षा
राज्यको कानुनअनुसार
सबै बालबालिका प्रायःजसो पाँचदेखि १६ वर्षको उमेरसम्म स्कूल जानै पर्छ । पाँचदेखि १८
वर्षका बालबालिकाले निःशुल्क सार्वजनिक शिक्षा पाउँछन् । प्रत्येक राज्यले कति उमेर
पुगेका बालबालिकाले स्कूल शुरू गर्नुपर्छ र हाइस्कूल जानका लागि कति उमेर चाहिं बढी
हुन्छ भन्ने व्याख्या गरेका छन् । केहि राज्यले एक्काइस वर्षको हुन्जेल सार्वजनिक स्कूल
जाने नियम बनाएका छन् । पढ्न समस्या भएका वा शारीरिक अपांग बालबालिका अनिवार्य रूपमा
स्कूल जानु पर्छ । स्थानिय स्कूलले तपाईंसँग मिलेर बालबालिकाका आवश्यकताअनुसार सबै
प्रवन्ध मिलाउँछन् ।
आफ्ना नानीलाई कस्तो
स्कूलमा पढाउने भनेर तपाईं छान्न सक्नुहुन्छ । सरकारी स्कूलहरू निःशुल्क हुन्छन् ।
केहि आर्थिक सहायता उपलब्ध भए पनि नीजि स्कूलहरूमा शुल्क तिर्नुपर्छ । केहि नीजि स्कूलहरू
धार्मिक हुन्छन् ।
पुनर्वास संस्थाले
तपाईंका नानीलाई स्थानिय सरकारी स्कूल भर्ना गर्न मद्दत गर्नेछन् ।
Child
Education
State
laws require that all children go to school, usually between the ages of five
and sixteen. Free public education is available for children ages five to
eighteen. Each state decides how old children must be to start school and when
they are too old to be in high school. Some states allow students to attend
public school until age twenty-one. Children with learning or physical
disabilities must go to school. The local school will work with you to address
your child’s needs.
You
can choose what kind of school you want your child to attend. Public schools
are free. Private schools cost money, although some financial assistance may be
available. Some private schools are religious
Your resettlement agency will assist you
register your children with your local public school.
――― ᴥ ᴥ
―――
सरकारी स्कूलहरू
सरकारी स्कूलहरूको
व्यवस्थापन ‘स्कूल डिस्ट्रिक्टस्’
ले गर्छन् । ग्रामिण क्षेत्रहरूमा स्कूल डिस्ट्रिक्ट धेरै साना
हुनसक्छन् र एउटा मात्र स्कूल हेरेका हुन सक्छन् । ठूला शहरमा स्कूल डिस्ट्रिक्टले
सयौं भिन्नाभिन्नै स्कूलहरूको व्यवस्थापन गरेका हुनसक्छन् । अमेरिकाका सरकारी स्कूलहरूमा
विभिन्न जाति र धर्मका नानीहरू एउटै कक्षामा हुन्छन्, सँगै पढ्छन् र साथै खेल्छन् । सबैजसो सरकारी स्कूलहरूमा छात्र र छात्रालाई एउटै
कक्षामा राखेर पढाइन्छ ।
Public Schools
Public schools are managed by “school districts.”
In rural areas, a school district may be very small and operate only one
school. In a large city the school district may operate hundreds of different
schools. In American public schools, children from different races and
religions attend class, study, and play sports together. Boys and girls are
taught together in almost all public schools.
――― ᴥ ᴥ
―――
खोपहरू (इम्युनाइजेसन्स्)
नानीहरूले स्कूलमा
हाजिर हुन थाल्नुअघि केहि रोगहरूविरूद्ध खोप लगाइएको हुनुपर्छ । स्कूलले नानीहरूलाई
खोप लगाएको प्रमाणपत्र वा चिकित्सकले लेखेको कागज माग्छन् । स्कूललाई नानीको स्वास्थ्यसम्बन्धी
सबै पुराना जानकारी पनि चाहिन सक्छ । पुनर्वास संस्थाले तपाईंका नानीलाई खोप दिलाउन
र स्कूललाई दिनुपर्ने कागज–पत्रको बन्दोबस्त गर्न मद्दत गर्छन् ।
Immunizations
Schools require children to be immunized
against certain diseases before they can attend classes. Your child’s school
will require a copy of your child’s immunization records or a doctor’s written
statement. The school may also require other medical history information. Your
resettlement agency will help you arrange the necessary immunizations and
papers to give to the school.
――― ᴥ ᴥ
―――
स्कूलका संरचना
नानीहरूलाई उनीहरूको
उमेर र उनीहरूले पाइसकेको शिक्षाका आधारमा एउटा निश्चित कक्षा (ग्रेड) मा भर्ना गरिन्छ
। केहि स्कूलले नानी कुन कक्षामा पढ्न सक्छ भन्ने निर्धारणका लागि परीक्षा पनि लिन
सक्छन् । कम अंग्रेजी बोल्ने साना नानीहरूलाई शुरूमा अलि तल्लो कक्षामा राख्न पनि सकिन्छ
। सामान्यतः अमेरिकी स्कूलका तहअनुसार कक्षा र नानीहरूको उमेर यसप्रकार हुन्छन् :
• प्रि–स्कूल (ऐच्छिक) –
३ देखि ४ वर्षको ।
• किन्डरगार्टन
–
५ वर्षको ।
• एलिमेन्टरी
स्कूल,
सामान्यतः कक्षा १ देखि ५ सम्म र नानीहरूको उमेर ६ देखि ११ वर्ष
।
• मिडल स्कूल, सामान्यतः कक्षा ६ देखि ८ सम्म र नानीहरूको उमेर ११ देखि १४ वर्ष ।
• हाइ स्कूल, सामान्यतः कक्षा ९ देखि १२ सम्म र नानीहरूको उमेर १४ देखि १८ वर्ष ।
ठ्याक्कै उमेर र कक्षाहरू
तपाईंको स्कूल डिस्ट्रिक्टमा फरक पर्न सक्छन् ।
School
Structure
Children
are placed in a certain grade level depending on their age and how much
education they have already received. Some schools may test a student to
determine what grade level is best. Younger children who speak little English
may be placed in a lower grade level at first. Usually, the different grade
levels and ages are:
•
Pre-school (optional) – 3 to 4 years old
•
Kindergarten – 5 years old
•
Elementary School, usually grades 1 to 5; students are usually 6 to 11 years
old
•
Middle School, usually grades 6 to 8; students are usually 11 to 14 years old
•
High School, usually grades 9 to 12; students are usually 14 to 18 years old
The exact ages and grades may be different in
your school district.
――― ᴥ ᴥ
―――
शैक्षिक वर्ष
शैक्षिक वर्ष अगस्त
महिनाको अन्त्यतिर वा सेप्टेम्बर महिना लागे लगत्तै शुरू हुन्छ र मे महिनाको अन्त्य
वा जून महिनामा सकिन्छ । नानीहरू सोमबारदेखि शुक्रबारसम्म स्कूल जान्छन् । स्कूलमा
पढ्ने समय साढे पाँच घण्टादेखि सात घण्टासम्मको हुन्छ । यो समय नानी कुन तहको स्कूलमा
गइरहेको छ,
त्यसैमा भर पर्छ । सार्वजनिक बिदाहरू, गर्मी बिदा (वसन्त ऋतुको बिदा) र जाँडोको छुट्टि, र शिक्षकको तालिमका लागि छुट्याइएका दिनमा नानीहरू स्कूल जाँदैनन् । अंग्रेजी विषयमा
निपुणता हासिल गर्न वा कक्षामा कमजोर मानिएका विद्यार्थीले आफ्नो प्रगतिका लागि गर्मीको
छुट्टिमा पनि स्कूल जानुपर्ने हुनसक्छ । अभिभावकले कक्षा–शिक्षक/कक्षा–शिक्षिका वा स्कूलसँग स्कूलको वार्षिक पात्रो (क्यालेन्डर) माग्नुपर्छ ।
School
Year
School
years typically begin in late August or early September and end in late May or June.
Children are in school Monday to Friday. The school day is between five and a
half to seven hours long, depending on what school the child attends. Students
do not attend school on national holidays, during spring and winter breaks, and
on days reserved for teacher training. Students who need to improve their
English or catch up academically may have to attend summer school as well. Parents
should ask their child’s teacher or school for a school calendar.
――― ᴥ ᴥ
―――
स्कूलमा खाना
नानीहरूले दिउँसोको
खाना (लन्च) स्कूलमा खान्छन् । बुबाआमाले बनाइदिने भए नानीहरूले लन्च घरबाट लान सक्छन्
वा स्कूलमा किन्न सक्छन् । आफ्नो आम्दानी कम भए निःशुल्क वा सहुलियत दरमा स्कूलको लन्च
पाउन निवेदन दिनुपर्छ । लन्च निःशुल्क वा सहुलियत दरमा दिलाउने विषयमा थप बुझ्नु परे
स्कूलमा सम्पर्क राख्नुपर्छ । कुनै–कुनै स्कूलले नानीहरूलाई
बिहानको खाजा (ब्रेकफास्ट) पनि ख्वाउँछन् ।
School
Meals
Children
eat lunch at school. Children can bring a lunch from home that parents prepare
for them, or buy lunch at school. Parents can apply for children to receive
free or reduced price school lunches, depending on the household income.
Parents should contact their child’s school for information on how to apply.
Some schools also offer morning breakfast for students.
――― ᴥ ᴥ
―――
हाजिरी
स्कूलको हाजिरी महत्त्वपूर्ण
हुन्छ । विद्यार्थीले समयमा स्कूल पुग्नुपर्छ । आफ्नो नानी स्कूल पुग्न ढिलो हुने भए
वा गयल हुने भए फोन गरेर उ किन ढिलो वा गयल हुँदैछ भन्ने जानकारी दिनुपर्छ । धेरै स्कूलहरूलाई
नानी गयल हुने वा भएको जानकारी लिखित रूपमा चाहिन्छ । आफू गयल भएका दिन छुटेको पढाई
विद्यार्थीले पूरा गर्छन् भन्ने आशा गरिन्छ ।
Attendance
School
attendance is very important. Students must arrive at school on time. You
should always call the school to explain if your child is going to be late or
absent for any reason. Many schools also require a written explanation for any
absence. Students are expected to make up any school work they missed when they
were absent.
――― ᴥ ᴥ
―――
यातायात
तपाईंको बसोबास स्कूलनजिकै
छ भने नानीहरू हिंडेर स्कूल जान–आउन सक्छन् । स्कूल टाढा
छ भने स्कूल–डिस्ट्रिक्टले निःशुल्क बस उपलब्ध गराउँछ । उक्त बसले नानीहरूलाई तोकिएको ठाउँबाट
लैजान्छ र स्कूलपछि ल्याएर छाड्छ । साना नानीका अभिभावकले बिहान बस चढ्ने ठाउँमा बस
नआउन्जेल बस्नुपर्छ । नानीहरूलाई बस चढाउनुपर्छ । बेलुका सुरक्षित रूपमा घरसम्म ल्याउन
नानीहरू ओर्लने ठाउँमा अभिभावक पुग्नुपर्छ ।
Transportation
If
the school is near to where you live, children can walk to and from school. If
the school is far away, the school district will provide a free bus that will
pick your child up at a designated location and time and then drop your child off
after school. Parents of young children should always wait with them at the bus
stop in the morning and be at the stop to greet them and take them home safely
in the afternoon.
――― ᴥ ᴥ
―――
स्कूलमा पढाइने विषय
प्रत्येक राज्य र
स्कूल डिस्ट्रिक्टले आफ्नो क्षेत्रका स्कूलहरूमा कुन कुन विषय पढाउने भनी निर्णय गर्छन्
। सामान्य रूपमा सबैजसो विद्यार्थीले गणित, सामाजिक शिक्षा, अंग्रेजी,
विज्ञान र शारीरिक शिक्षा पढ्नुपर्छ । पढ्न चाहनेले कला, संगीत र विदेशी भाषाहरू पनि पाउँछन् । हाइस्कूल र केहि मिडल स्कूलहरूले विद्यार्थीहरूलाई
कुनै खास विषयको गहन अध्ययन गर्न चाहे धेरै विकल्पहरू दिन्छन् । तपाईंले आफ्ना छोराछोरीसँग
यस्ता विकल्पहरूबारे छलफल गर्नुपर्छ र उनीहरूलाई विषयहरू छान्न मद्दत गर्नुपर्छ । धेरैजसो
स्कूलमा स्कूल–समयपछि खेलकुद र क्लबहरू बनाएर गर्ने जस्ता गैर–शैक्षिक क्रियाकलाप हुन्छन् ।
Subjects Taught
Each state and school district decides what
subjects will be taught in its schools. In general, most students study
mathematics, social studies, English, science, and physical education. Classes
in art, music, and foreign languages are also usually offered. High schools and
some middle schools give students many choices about what classes they will
take within the broad subject areas. You should discuss those choices with your
children and help them decide what subjects to select. Most schools also have
non-academic activities such as sports and clubs after school hours.
――― ᴥ ᴥ
―――
अंग्रेजी भाषा सिकाइ
आप्रवासी बालबालिकालाई
राम्रो अंग्रेजी आउँदैन । उनीहरूका मुख्य चुनौतिहरूमध्ये अंग्रेजीको पर्याप्त ज्ञान
एउटा हो । अंग्रेजी कमजोर हुनाले पढाईमा उनीहरू सफलता मिल्दैन । साना बालबालिकाहरूले
ठूला बालबालिका र वयस्कहरूभन्दा चाँडो भाषा सिक्छन् । धेरै स्कूलहरूमा अमेरिकाका नयाँ
वासिन्दाका लागि भाषाका विशेष कक्षाहरू चलाइन्छन् । यस्ता कक्षाहरूलाई इएलएल (इंगलिश
ल्याङ्वेज लर्निङ,
अंग्रेजी भाषा सिकाइ) वा इएसएल (इंगलिश इज अ सेकेन्ड ल्याङ्वेज, दोस्रो भाषाका रूपमा अंग्रेजी) पनि भनिन्छ । यस्ता कक्षाहरू भएका बेला तपाईंले
छोराछोरीलाई पठाउनुभयो भने उनीहरूले भाषा सिक्न सक्छन् ।
English Language Learning
One of the biggest challenges for immigrant
children is learning sufficient English to be successful in all of their school
work. Younger children usually learn more quickly than older children and
adults. Many schools have special classes for new arrivals. These classes may
be called ELL (English Language Learning) or ESL (English as a Second
Language). Your child can benefit from these classes when they are provided.
――― ᴥ ᴥ
―――
गृहकार्य (होमवर्क)
शिक्षकशिक्षिकाले
स्कूलका काम प्रायःजसो घरमा पूरा गर्न दिन्छन् । ‘गृहकार्य’
(होमवर्क) गर्नाले नानीहरूलाई स्कूलमा पढाइएका पाठहरू बुझ्न सजिलो
हुन्छ । तपाईंले उनीहरूलाई गृहकार्यहरू के कस्ता हुन् भनेर बुझ्न मद्दत गर्न सक्नुहुन्छ
। तर उनीहरूको गृहकार्य आफैंले उनीहरूका लागि भने पटक्कै गरिदिनु हुँदैन ।
Homework
Teachers
often assign school work to be completed at home. Doing “homework” helps your
children understand what they are learning in school. You can help your
children understand the assignment, but you should never do their homework for
them.
――― ᴥ ᴥ
―――
लब्धाङ्क–पत्र (रिपोर्ट–कार्ड)
तपाईंका नानीले स्कूलमा
के कस्तो गरिरहेका छन् भन्ने लेखिएको कागज रिपोर्ट–कार्ड हो । स्कूलहरूले प्रायजसो वर्षको चारपटक रिपोर्ट–कार्ड पठाउँछन् । कुनै रिपोर्ट–कार्डमा शिक्षकशिक्षिकाले
नानीको प्रगतिबारे लेखेको टीप्पणी हुन्छ । कार्डमा नानीले हासिल गरेको प्रगति र सिकिरहेका
विशेष शिपहरू तथा ज्ञानको मूल्याङ्कन अंकमा दिइएको हुन्छ । रिपोर्ट–कार्डमा अक्षर लेखेर उनीहरूको
प्रगतिको स्तर दिइएको हुनसक्छ । भिन्न स्तरका लागि भिन्न अक्षर हुन्छन् । यदि अक्षरमा
स्तर तोकिएको छ भने ती अक्षरहरूको अर्थ धेरैजसो यस्तो हुन्छ :
• ए – उत्कृष्ट काम ।
• बी – राम्रो काम ।
• सी – औसत काम । उनलाई पढाईमा सहायता आवश्यक पर्न सक्छ ।
• डी – कमसल काम । उनलाई अतिरिक्त सहायता दिन जरूरी छ वा उनी फेल हुन सक्छन् ।
• एफ – अनुतीर्ण (फेल),
उनले अर्को साल पनि त्यहि कक्षा पढ्नुपर्छ ।)
आजकल केहि स्कूलहरूले
नानीहरूको रिपोर्ट–कार्ड इन्टरनेटमा हेर्न सकिने गरी पनि उपलब्ध गराउँछन् ।
Report
Cards
Report
card
is a piece of paper that tells you how well your child is doing in school. Schools
usually send home report cards four times each year. Some report cards have
written comments from teachers. Others provide a score that evaluates the
child’s progress and success in gaining specific skills and knowledge. Your
child’s report card may have letters on it. If so, the letters usually mean:
•
A – Excellent work
•
B – Good work
•
C – Average work; child may need help with studies
•
D – Poor work; child needs extra help or will fail
• F – Fail; child will have to take the
class again
Some schools now also provide report cards
for parents to see on the internet.
――― ᴥ ᴥ
―――
आचरण
स्कूलमा नानीहरू आफ्ना
साथीहरूसँग मिलनशार हुनुपर्छ । शिक्षकशिक्षिका तथा प्रिन्सिपलसँग आज्ञाकारी हुनुपर्छ
। प्रिन्सिपल भनेको स्कूलमा प्रमुख हुन् । स्कूलहरूमा नानीहरूले पालना गर्नुपर्ने महत्त्वपूर्ण
नियमहरू हुन्छन् । यस्ता नियमहरूको पालना गर्नाले साह्रो–गाह्रोबाट टाढै रहिन्छ र पढाई राम्रो हुन्छ । विद्यार्थीले पालना गर्ने केहि नियमहरू
यस्ता छन् :
• समयमा कक्षामा
पुग्नु ।
• कक्षामा
केहि सोध्नु वा बोल्नुअघि हात उठाउनु ।
• कक्षाकोठाबाहिर
जान अनुमति लिनु ।
• गृहकार्य
समयमा पुरा गर्नु ।
• झगडा नगर्नु
।
तपाईंका नानीले स्कूलको
नियमहरू पालना गरेनन भने उनीहरूले स्कूल–समयपछि पनि त्यहिं बस्नु
पर्ने हुन सक्छ । उनीहरूले स्कूलको नियम तोडे भने उनीहरूलाई केहि समयका लागि घर पठाउन
सकिन्छ वा उनीहरू सधैंका लागि स्कूल जान नपाउने पनि हुन सक्छन् ।
Behavior
At
school, your child should be respectful to his classmates and obey his teacher
and principal. The principal is the head of the school. Schools have important
rules that children need to obey to stay out of trouble and do well in class.
Some classroom rules for students are:
•
Arrive to class on time.
•
Raise your hand before you speak in class.
•
Ask permission to leave the classroom.
•
Complete homework on time.
•
Don’t fight.
If
your children break a rule, they may have to stay after school. If they behave
very badly, they may be sent home from school for a period of time or not be
allowed to attend that school anymore.
――― ᴥ ᴥ
―――
अभिभावकको संग्लनता
आफ्ना सन्तानको शैक्षिक–गतिविधिमा अभिभावक सहभागी हुनुपर्छ भन्नेमा अमेरिकीहरू विश्वास गर्छन् । अभिभावकको
यस्तो सहभागिताले नानीहरूलाई स्कूलमा सफल हुन मद्दत पुग्छ । नानीहरूको पढाईबारे बाबुआमालाई
बुझाउने कोशिश गर्नुका साथै अंग्रेजी नबुझ्ने अभिभावकहरूलाई अझ बढी सहयोग गर्न स्कूलहरू
अघि सर्छन् । नानीहरूको प्रगतिबारे एक शैक्षिक वर्षमा कम्तिमा दुई पटक अभिभावक र शिक्षकशिक्षिकाबीच
छलफल हुन्छ । यसका लागि स्कूलले अभिभावकलाई बोलाउँछन् । यसबाहेक प्रश्न वा चासो भए, शिक्षकशिक्षिकासँग समय मिलाएर कुनै पनि बेला भेट्न सक्नुहुन्छ । संभव भएसम्म स्कूलका
संगीत, नाटक वा खेलकुद आदि हुने विशेष कार्यक्रममा पनि अभिभावक उपस्थित हुनुपर्छ ।
Parent
Involvement
Americans
believe that parents should be involved in their children’s education because
this helps their children succeed in school. Schools try to help parents
understand their children’s education and many offer information specifically
for parents who do not speak English. At least twice each year the school will
ask you to meet with teachers to discuss your child’s progress. In addition,
you can ask to meet with your child’s teachers any time that you have questions
or concerns. When possible, parents should also attend special school events
such as music concerts, plays, or sports.
――― ᴥ ᴥ
―――
घरमा अभिभावकको भूमिका
घरमा नानीहरूलाई पढ्ने
राम्रा वातावरण बनाइदिन अभिभावकहरूले पनि धेरैथोक गर्न सक्नुहुन्छ । नानीहरूलाई पढ्न
वा होमवर्क गर्न शान्त ठाउँको बन्दोबस्त गरिदिनुहोस् । यस्ता शान्त ठाउँ भनेको सुत्ने
कोठामा एउटा टबुल वा सानो डस्क हुनसक्छ वा खाना खाने टबुल पनि हुनसक्छ । एउटा नियमित
समयमा उनीहरू ध्यान दिएर पढ्ने व्यवस्था गरिदिनुहोस् । पढ्ने बेलामा टेलिभिजन वा भिडियो
गेम्सहरू नखोलिदिनुहोस् । बेलाबेला नानीहरूलाई कक्षाका बारेमा सोध्नुहोस् र उनीहरूले
होमवर्क चाहिं नियमित गरेको हुनुपर्छ । स्कूल जाने नानीहरूले पर्याप्त समय सुत्नुपर्छ, नुहाउनुपर्छ,
बिहानको खाजा खाएको हुनुपर्छ, मौसमअनुसार लुगा लगाउनुपर्छ, र होमवर्क सकेको हुनुपर्छ ।
Parents’
Responsibilities at Home
Parents
can also do several things to make the home a better place for children to
study and learn. Provide a quiet place for your child to read or do homework.
This can be a table or small desk in a bedroom or even the dining table. Create
a regular quiet time when no television or video games are allowed and your
child can concentrate and study. Ask your children often about their classes
and make sure that they do their homework. Before your children go to school
make sure they get enough sleep, shower, eat breakfast, wear clean clothing
appropriate for the weather, and have their homework done.
――― ᴥ ᴥ
―――
वयस्कका लागि शिक्षा
नानीहरूका लागि स्कूल
अनिवार्य हो भने वयस्कका लागि ऐच्छिक हो । तापनि वयस्कका लागि यहाँ शिक्षा पाउने धेरै
अवसरहरू छन् । वयस्कहरूले साँझमा लिइने कक्षाहरू, व्यावसायिक स्कूल,
कलेजहरू र विश्वविद्यालयमा भर्ना भएर पढ्न सक्नुहुन्छ । धेरै
पढेर प्रायः राम्रो जागिर पाउन मद्दत पुग्छ र बढी आम्दानी गर्न सकिन्छ । पुनर्वास संस्थाले
तपाईंको समुदायमा शैक्षिक अवसर खोज्न सहायता गर्न सक्छ ।
Adult
Education
While
school is required for children, it is optional for adults. However, there are
many educational opportunities for adults. Adults can attend evening classes,
vocational school, colleges, and universities. Getting more education can often
help you get a better job and make more money. Your resettlement agency can
help you find educational opportunities in your community.
――― ᴥ ᴥ
―――
अंग्रेजी भाषा सिकाइ र साक्षरता कक्षाहरू
धेरै समुदायहरूले
वयस्कहरूका लागि अंग्रेजी कक्षाहरू दिन्छन् । यसरी धेरैजसो अंग्रेजी कक्षा चलाउने संस्थाहरू
– कम्युनिटी कलेजहरू,
चर्चहरू वा विशेष स्कूलहरू हुन् । केहि त निःशुल्क हुन सक्छन्
। अरूहरूले भने शुल्क लिन्छन् । एउटै कक्षामा प्रायःजसो विभिन्न उमेर र जातिका पुरूष
र महिलाहरूसँगै बसेर पढ्छन् । शुरूका कक्षाहरूमा दैनिक बोलीचालीमा चाहिने अंग्रेजी
सिकाइनुका साथै साधारण अंग्रेजी पढ्न र लेख्नमा जोड दिइन्छ । अलि माथिल्लो स्तरको अंग्रेजी
कक्षामा शुद्ध अंग्रेजी व्याकरण, विस्तृत शब्दहरू सिक्न तथा
अलि उच्चस्तरिय पढाई र लेखाईमा जोड दिइन्छ ।
ESL and Literacy Classes
Most communities offer English classes for
adults, often at community colleges, churches, or special schools. Some may be
free. Others will charge a fee. Usually men and women of different ages and
ethnic backgrounds will attend these classes together. In beginning level
classes, emphasis will be on daily English conversation and reading and writing
simple English. In more advanced classes the emphasis will be on correct
English grammar, learning a larger vocabulary, and more advanced reading and
writing.
――― ᴥ ᴥ
―――
जिइडी
हाइस्कूल नसकेका वा
त्यस स्तरको पढाई पूरा नगर्नेले त्यहि तहको ज्ञान छ भनी देखाउन एउटा टेस्टमा सहभागी
हुन पाउँछन् । उक्त टेस्टलाई ‘जनरल एजुकेसनल डेभलपमन्ट
टेस्ट’ वा ‘जिइडी’
भनिन्छ । उक्त टेस्टमा पाँच विषयमा तपाईंको क्षमता जाँचिन्छ
। ती पाँच विषयहरू–
पढाई, लेखाई, इतिहास,
विज्ञान र गणित हुन् । जिइडी दिन चाहनेहरूलाई स्कूल वा सामुदायिक
संस्थाहरूले तयारीका लागि कक्षा पनि चलाउँछन् । तपाई जिइडी दिन योग्य हुनुहुन्छ भने
कति वटा कक्षा लिनुपर्छ र कति शुल्क तिर्नुपर्छ भन्ने पक्का गर्नुहोस् । शुल्कमा केहि
शुल्क पाइन्छ कि भनेर सोध्नुहोस् । जिइडी उत्तीर्ण गर्नुभयो भने राम्रो जागिर पाउन
मद्दत पुग्छ । चार वर्षे कलेज वा विश्वविद्यालय पढ्नका लागि जिइडी वा हाइस्कूल डिप्लोमा
पूरा गरेको हुनुपर्छ ।
GED
People
who did not finish high school can take a test to show that they have the same
knowledge as someone who graduated from high school. This test is called the
General Educational Development Test or GED. The GED tests your understanding
of reading, writing, history, science, and math. GED classes may be offered by
schools or community organizations to help you prepare for the test. Make sure
you find out how much the classes and the GED test cost, and see if you are
eligible for reduced prices. Passing the GED can help you get a better job. The
GED or a high school diploma is also required to attend a four year college or
university.
――― ᴥ ᴥ
―――
उच्चशिक्षा
वयस्कको शिक्षाका
लागि तपाईंले यहाँ निम्न तह पढ्न सक्नुहुन्छ (शैक्षिक संस्था र तह पूरा गर्न लाग्ने
अवधि) :
• प्रमाणपत्र
(सर्टिफिकेट) तह: कम्युनिटी कलेज, ट्रेड वा व्यावसायिक
स्कूलहरू -
छ महिनादेखि दुई वर्ष ।
• एशोसियट्स
डिग्री: कम्युनिटी कलेज - दुई वर्ष ।
• स्नातक तह
(ब्याचलर्स डिग्री): कलेजमा चार वर्ष वा विश्वविद्यालय : चार वर्ष ।
• स्नातकोत्तर
तह (मास्टर्स डिग्री): ब्याचलर्स डिग्री सकिएपछि एक वा दुई वर्ष ।
• विद्यावारिधि
(डक्टरेट): विश्वविद्यालय - मास्टर्स डिग्री सकिएपछि
दुईदेखि आठ वर्ष ।
Higher
Education
These
are the different levels of adult education you can receive (institution and
time to complete level) :
•
Certificate: Community college, trade or vocational school – six months to two
years
•
Associate’s degree: Community college - two years
•
Bachelor’s degree: Four year college or university - four years
•
Master’s degree: University – one or two years after bachelor’s degree
• Doctorate: University - two to eight more
years after master’s degree
――― ᴥ ᴥ
―――
व्यावसायिक तालिम
वयस्कहरूले व्यावसायिक
वा प्राविधिक स्कूलहरूमा कुनै विशेष पेशाका लागि तालिम लिएर प्रमाण–पत्र लिन सक्छन् । यस्ता व्यावसायिक वा प्राविधिक तालिममा धाराको पाइपको काम, सिकर्मी,
गाडी मेकानिक्स, कम्प्युटर, मेडिकल सहायक र अन्य व्यापारसम्बन्धी काम आदि पर्छन् । कुनै जागिर पाउन तपाईंले
रोजगारदातालाई कुनै विशेष क्षेत्रमा तालिम लिएर आफूसँग प्रमाण–पत्र भएको देखाउनु पर्ने हुन सक्छ । यस्ता विशेष शिपका तालिम– व्यावसायिक स्कूलहरू,
व्यापारिक स्कूलहरू, प्राविधिक कलेजहरू
वा कम्युनिटी कलेजहरूबाट पाइन्छन् ।
Vocational
Training
Adults
can earn certificates from vocational or technical schools to show they are
trained for particular skilled occupations such as plumbing, carpentry, auto mechanics,
computers, medical assisting, and other trades. For some jobs you need a certificate
to show your employer that you are trained in a specific skill. Schools that
provide training in a specific skill are vocational schools, trade schools,
technical colleges, or community colleges.
――― ᴥ ᴥ
―――
सामुदायिक (कम्युनिटी) कलेजहरू
कम्युनिटी कलेजहरू
पनि स्कूलहरू हुन्,
त्यहाँ पढेर तपाईंले एशोसियट डिग्री पाउन सक्नुहुन्छ । उक्त
डिग्री पूरा गर्न तपाईंलाई धेरैजसो दुई वर्ष लाग्छ । केहि कम्युनिटी कलेजहरूले राती
वा सप्ताहान्त (शनिबार–आइतबार) कक्षा चलाउने भएकाले आफ्नो नियमित काम गरेर विद्यार्थी कक्षामा हाजिर हुन
सक्छन् । एशोसियट डिग्रीले तपाईंको आम्दानी बढाउन मद्दत गर्न सक्छ । यो तह सकिएपछि
तपाईं चार वर्षका लागि युनिभर्सिटी (विश्वविद्यालय) पनि जान सक्नुहुन्छ ।
Community
Colleges
Community
colleges are also schools where you can earn an Associate’s degree. It usually
takes two years to earn this type of degree. Some community college courses are
offered at night or on weekends so that a student can work a regular job and
attend classes. An Associate’s degree can help you earn more money in your job.
You can also transfer to a four-year university after earning your Associate’s
degree.
――― ᴥ ᴥ
―――
कलेज र विश्वविद्यालयहरू
कलेज वा विश्वविद्यालयमा
स्नातक तह (ब्याचलर्स डिग्री) पुरा गर्न चार वर्ष लाग्छ । यो तह शुरू गर्दा सबै विद्यार्थीले
तोकिएको/अनिवार्य खालको पाठ्यक्रम पुरा गरी आधारित ज्ञान लिनुपर्छ । त्यसपछि उनीहरूले चाहेको
क्षेत्रमा विशेषज्ञता हासिल गर्न पढ्नुपर्छ । स्नातक तहमा विशेषज्ञता हासिल गर्न सकिने
क्षेत्रहरू : व्यवसाय व्यवस्थापन, जीव विज्ञान, इतिहास,
गणित, शिक्षण वा इन्जिनियरिङ आदि
हुन् । कलेजहरू र विश्वविद्यालयहरूमा पढ्न अंग्रेजी भाषामा विशेष क्षमता हुनुपर्छ ।
कुनै पनि उमेरको वयस्क मानिस कलेज जान सक्छन् । कोहि मानिस हाइस्कूल सकिने बित्तिकै
कलेज जान्छन् भने कोहि केहि वर्ष काम गर्छन्, अलि पाको उमेरका हुन्छन्, अनि कलेज जान्छन् ।
Colleges
and Universities
At
a college or university, you can earn a Bachelor’s degree in four years. Students
are usually required to complete a general curriculum before specializing in a
field such as business management, biology, history, mathematics, teaching, or
engineering. Colleges and universities require a high level of English ability.
Adults of any age can go to college. Some people go to college right after they
graduate from high school and other people go when they are older and have
worked for some years.
――― ᴥ ᴥ
―――
कलेजमा आवेदन
कलेज वा विश्वविद्यालय
भर्नाको आवेदन दिन तपाईंले हाइस्कूल ग्याज्रुयट हुने–हुने बेला भएको वा जिइडी गरेको हुनुपर्छ । तपाईंले एउटा आवेदन–फारम भर्नुपर्छ र ‘एसएटी’
वा ‘एसिटी’
जस्ता टेस्टमध्ये कुनै एक टेस्ट दिनुपर्ने हुनसक्छ । यो टेस्ट
लिनुको अर्थ एउटा विद्यार्थीसँग विभिन्न विषयमा के, कति र कस्तो ज्ञान छ भन्ने जाँच्नु हो । कक्षा ११ मा पढ्ने विद्यार्थीले हाइस्कूलमा
भएका सल्लाहकारसँग व्यावसायिक तालिम र कलेजबारे छलफल गर्न थाल्नुपर्छ । विद्यार्थी
र अभिभावकले पनि आपसमा उच्चशिक्षा (कक्षा १२ पछिको शिक्षा) बारे छलफल गर्नुपर्छ । कलेजका
लागि आवेदन प्रायःजसो विद्यार्थी कलेज जानुभन्दा ६ देखि १२ महिनाअघि नै पेश गर्ने गरिन्छ
। कलेजले आवेदन दिने सबै विद्यार्थीलाई भर्ना गर्दैनन् । केहि कलेजले एकदमै थोरै मात्र
विद्यार्थी भर्ना लिन्छन् । जुन कलेजहरूमा आफूले भर्ना पाउन सक्छु जस्तो लाग्छ ती सबै
कलेजमा आवेदन दिनु राम्रो हुन्छ ।
Applying
to College
To
apply to a college or university you need to be close to graduating from high
school or have a GED. You will need to fill out an application and may be
required to take a standardized test such as either the “SAT” or “ACT” test.
These tests evaluate your knowledge in several different subjects. Students in
11th grade should begin to talk about vocational training and
colleges with their high school guidance counselor. Students and their parents
should discuss together the choices for higher education. College applications
must usually be submitted six to twelve months ahead of the time when the
student will enroll. Colleges do not accept all students that apply. Some
accept only a small percentage. It is important to apply to some colleges that
are most likely to accept you.
――― ᴥ ᴥ
―――
कलेजको पढाई खर्च
कलेज वा विश्वविद्यालयमा
पढ्न शुल्क तिर्नुपर्छ । कलेजमा तिर्ने शुल्कलाई ट्यूशन भनिन्छ । फरक कलेजमा ट्यूशन
फरक हुन्छ । कलेज वा विश्वविद्यालयअनुसार एक वर्षका लागि उक्त शुल्क वार्षिक ४ हजार
डलरदेखि ८० हजारसम्म हुन्छ । तपाईंले किताब र अन्य शुल्क पनि बुझाउनु पर्ने हुन्छ ।
चार वर्षे विश्वविद्यालयभन्दा व्यावसायिक तालिम वा कम्युनिटी कलेजहरू सस्ता हुन्छन्
। सरकारी विश्वविद्यालयहरू नीजिभन्दा सस्ता हुन्छन् । तपाईं आफू बसेको राज्यको सरकारी
विश्वविद्यालय जानुभयो भने तपाईंलाई सस्तो पर्छ । अन्य राज्यको विश्वविद्यालयमा पढ्न
जानुभयो भने महँगो हुन्छ । घरबाट कलेज वा विश्वविद्यालय नधाउने हो भने छात्रावासमा
बस्दा कोठा र खानाका लागि अतिरिक्त शुल्क तिर्नुपर्छ ।
Paying
for College
Most
recent immigrant families will not be able to pay the full cost of college. You
can sometimes find assistance to help pay for college. You can apply for a
grant, scholarship, or financial aid. You can also apply for a student loan, money
that you borrow to pay for school and then start repaying after you graduate. You
can also seek part-time jobs to earn money that will help pay for college. You
can talk to the financial office at the college and to your high school
guidance counselor to find out what options you have to help pay tuition.
Federal
grants, loans, and work-study opportunities are available for many students to
help pay for college. These must be applied for using the Free Application for
Federal Student Aid (FAFSA). Parents and student must complete this application
cooperatively because parents’ incomes and assets are important in determining
whether a student will be eligible for any type of aid.
――― ᴥ ᴥ
―――
कलेजका लागि भुक्तानी
भर्खर पुनर्वास गरिएको
परिवारले कलेजको पुरै शुल्क चुक्ता गर्न सक्दैन । कलेजको शुल्क तिर्न कहिलेकाहिं तपाईंले
केहि सहायता पाउन सक्नुहुन्छ । अनुदान, छात्रवृत्ति वा आर्थिक
सहायताका लागि निवेदन दिनुपर्छ । तपाईले विद्यार्थी–ऋणका लागि पनि निवेदन दिन सक्नुहुन्छ । विद्यार्थी–ऋणमा लिएको रकम आफू स्नातक (ग्य्राजुयट) भएपछि तिर्न शुरू गर्नुपर्छ । कलेज–शुल्कमा थपथाप रकम जुटाउनका लागि दिन वा हप्तामा केहि घण्टा काम गर्न सक्नुहुन्छ
। कलेजको आर्थिक शाखा र हाइस्कूलमा भएका सल्लाहकारसँग शुल्क तिर्ने के कस्ता उपायहरू
हुनसक्छन् भन्ने जान्न छलफल गर्न सक्नुहुन्छ ।
धेरै विद्यार्थीहरूलाई
कलेज शुल्क तिर्न संघीय अनुदानहरू, ऋणहरू, र ‘काम गर्दै पढ्ने’
अवसरहरू उपलब्ध छन् । ‘संघीय विद्यार्थी सहायताका
लागि निशुल्क आवेदन’
(फ्री अप्लिकेसन फर फेडेरल स्ट्यूडेन्ट एड, एफएएफएसए) मार्फत् यस्ता सुविधा पाइन्छन् । अभिभावक र विद्यार्थी मिलेर यसका लागि
निवेदन दिनुपर्छ । निवेदन दिएर मात्र पुग्दैन्, अभिभावकको आम्दानी
र जायजेथा हेरेपछि मात्र विद्यार्थीलाई पढाईका लागि आर्थिक–सहायता उपलब्ध हुने वा नहुने निर्धारण हुन्छ ।
The
Cost of College
You
must pay a fee to attend a college or university. The attendance fee is called
tuition and may be as little as $4,000 per year to as much as $80,000 per year
depending on the college. You also have to pay for books and other school fees.
Vocational training or community colleges cost less than four-year
universities. Public universities cost less than private universities. If you
attend a public university in your own state, you pay less than if you went to
a university in a different state. Students who do not live at home when going
to college will have to pay additional fees for a dormitory room and meals.
――― ᴥ ᴥ
―――
विदेशी डिग्री/प्रमाणपत्रको मान्यता
आफ्नो देशमा नर्सिङ, शिक्षण,
लेखा, व्यवसाय व्यवस्थापन, र इन्जिनियरिङ जस्ता व्यावसायिक क्षेत्रका विषयमा प्राप्त डिग्री र प्रमाणपत्रलाई
अमेरिकामा त्यहि स्तरको मानिदैन । यहाँ त्यहिअनुसारको शैक्षिक योग्यता प्राप्त गर्न
टेस्टहरू दिनुपर्छ वा कलेजमा थप पाठ्यक्रममा केहि समय पढ्नुपर्छ । आफ्नो शैक्षिक योग्यतालाई
अमेरिकी योग्यताबराबर बनाउन गरिने यी उपायहरू महँगा हुनसक्छन् र यसका लागि धेरै समय
लाग्न सक्छ । आफू आएको देशमा आफूले गरिरहेको पेशामा जान चाहनेले अमेरिकाको प्रमाणपत्र
नपाउन्जेल प्रायजसो सिकारूका रूपमा काम शुरू गर्नुपर्छ ।
Foreign Degree/Certificate Equivalency
People with degrees and certificates from
their native country in professional areas such as nursing, teaching,
accounting, business management, and engineering will find that their
credentials are not accepted in America. They may have to prove their
competency through tests or enroll in additional college courses before they
will be granted an equivalent American credential. This process can be
expensive and take a long time. Immigrants seeking to reenter their professions
must often take an entry level job while preparing for American certification.
――― ᴥ ᴥ
―――
संक्षेपमा
अमेरिकामा शिक्षा
निकै महत्त्वपूर्ण हुन्छ । बालबालिकाले विभिन्न विषय पढ्न र आवश्यक शिप सिक्न अनिवार्य
स्कूल जानैपर्छ । आफ्ना नानीहरूलाई राम्रो विद्यार्थी बनुन भन्ने अभिभावकले छाराछारीको
शिक्षामा सहभागी हुनु निकै महत्त्वपूर्ण हुन्छ । वयस्कहरूले आफ्नो पढाई नियमित गर्न
‘जिइडी’
कक्षा लिन सक्नुहुन्छ, व्यावसायिक प्रमाण–पत्र हात पार्न सक्नुहुन्छ र कलेज वा विश्वविद्यालयमा पढ्न सक्नुहुन्छ । शिक्षाका
कारण तपाईंले चाहेअनुसारको जागिर पाउन र आम्दानी बढाउन सक्नुहुन्छ । अमेरिकामा सबैलाई
धेरै शैक्षिक अवसरहरू छन् ।
Summary
In the United States, education is very important.
Children are required to go to school to learn about different subjects and
develop useful skills. It is important for parents to be involved in their
children’s education so they can help their children be better students. Adults
can continue learning by taking GED classes, earning a vocational certificate,
and attending a college or university. Education can help you get the job you
want and increase the money you can earn. There are many educational
opportunities for everyone in the United States.
No comments:
Post a Comment