Friday, August 4, 2017

अध्याय ४: सामाजिक सेवाहरू र सार्वजनिक सहायता (Chapter 4 : Social Services & Public Assistance)

कम आय भएका परिवारलाई मद्दत
तपाईंको बसोबास भएको शहर वा नगरमा धेरै सामाजिक सेवाका लागि नियोग (संस्था) हरू हुन्छन्, जसले तपाईं आत्मनिर्भर बन्ने प्रयास गरिरहेका बेला सहायता उपलब्ध गराउन सक्छन् । केहि सामाजिक सेवा कार्यक्रमहरू स्वयंसेवी संस्थाहरूद्वारा र अरू केहि स्थानीय, राज्य वा संघीय सरकारहरूद्वारा सञ्चालित हुन्छन् ।
Help for Low Income Families
Your city or town has many social service agencies that may provide you with assistance while you are striving to become self-sufficient. Some social service programs are operated by voluntary organizations and others are operated by local, state, or federal governments.
――― ―――
निजी सहायता
अमेरिकीहरू आफ्नो समय र पैसालाई स्वयंसेवामा खर्चन्छन् । उनीहरू सामाजिक सेवा गर्ने निजी संस्थाहरूमार्फत् यस्तो सेवा गर्नुमा गौरव ठान्छन् । उदाहरणका लागि तपाईंको पुनर्वास संस्था एउटा निजी संस्था हो, जसले तपाईंको समुदायमा शरणार्थीलाई पुनस्र्थापना गर्ने निर्णय गरेको हुन्छ । त्यसैगरी तपाईंको शहरमा अन्य निजी संस्थाहरू पनि हुन सक्छन्, जसले विभिन्न किसिमका सहायता उपलब्ध गराउँछन् । यस्ता संस्थाले फर्निचर, लत्ताकपडा, वयस्कका लागि अंग्रेजी कक्षा, जागिरका लागि परामर्श, अनुवाद (दोभाषे) सहायता, वा आपत्कालिन आवासको व्यवस्था गर्छन् । तपाईंको पुनर्वास संस्थाले त्यस्ता निजी संस्थाहरूबारे बताउँछन् र त्यस्ता संस्थासँग सम्पर्क गर्न सहयोग गर्छन् ।
Private Assistance
Americans are proud of volunteer time and money they give to private social service organizations. Your resettlement agency, for example, is a private organization that has decided to help refugees settle in your community. There are other private organizations in your town that may provide other kinds of assistance. They may provide furniture, clothing, English language classes for adults, job counseling, translation assistance, or emergency housing. Your resettlement agency can tell you about them and may help you contact them.
――― ―――
फुड स्ट्याम्प
अमेरिकी सरकारले न्युन आय भएका परिवारहरूलाई खाद्यान्न खरिदमा सहायता गर्छ । यो कार्यक्रमलाई बोलीचालीको भाषामा फुड स्ट्याम्पभनिन्छ, यद्यपि यसको औपचारिक नाम पूरक पोषण सहायता कार्यक्रम (स्नाप)हो । यो कार्यक्रमलाई राज्यले सञ्चालन गर्छ र यसका नियम राज्यपिच्छे फरक हुन्छन् ।
पुनर्वास संस्थाले तपाईं अमेरिका आएलगत्तै फुड स्ट्याम्प कार्यक्रमको सहायता पाउनका लागि आवेदन दिन मद्दत गर्नेछ । तपाई उक्त कार्यक्रममार्फत पाइने सहायताका लागि योग्य हुनुहुन्छ वा हुनुहुन्न र प्रत्येक महिना कति सहायता पाउने चाहिं तपाईंको परिवारको आकार, तपाईंको आम्दानी, तपाईंको खर्च, र तपाईंसँग कति नगद छ भन्नेमा भर पर्छ । ६० वर्षभन्दा बढी उमेरका व्यक्ति र अपांगहरू भने यो सुविधाका लागि विशेष योग्य मानिन्छ ।
फुड स्ट्याम्पका लागि तपाईंले दिएको आवेदन स्विकृत भयो भने तपाईंले इलेक्ट्रोनिक बेनेफिट्स ट्रान्सफर’ (इबिटी) नामक प्लास्टिकको कार्ड पाउनुहुन्छ । फुड स्ट्याम्पवापत तपाईंको मासिक हिस्सा रकम महिनापिच्छे कार्डमा स्वचालित रूपमा राखिदिइन्छ । तपाईंले यो कार्ड खाद्यान्न खरिदका लागि स्टोरहरू र अन्य ठाउँमा प्रयोग गर्नु पर्छ । तर यो कार्ड अन्य घरायसी सामान, रक्सी, सूर्तीजन्य वस्तु वा तत्काल खानमिल्ने खानेकुरा किन्नुपर्दा प्रयोग गर्न मिल्दैन ।
Food Stamps
The U.S. government provides low income families with assistance in purchasing food. This program is usually referred to as “Food Stamps” although its official name is Supplemental Nutrition Assistance Program (SNAP). The program is run by the states and some rules are different in each state.
Your resettlement agency will help you apply for the food stamp program soon after you arrive in the U.S. Whether you are eligible to receive food stamp assistance and how much you might receive each month depends on the size of your family, your income, your expenses, and how much money you have. There are special eligibility considerations for people over 60 years old and for those who are disabled.
If you are approved, you will receive a plastic Electronic Benefits Transfer (EBT) card. Your monthly allotment of food stamp money will be automatically added to that card each month. You can use the card to purchase food at grocery stores and other locations. You cannot use this food stamp money to buy household supplies, alcohol, tobacco, or ready-to-eat hot foods.
――― ―――
महिला, शिशु तथा बालबालिका पोषण कार्यक्रम (विक)
डब्लुआइसी (विक) संघीय वा राज्यस्तरको महिला, शिशु तथा बालबालिका पोषण कार्यक्रमको छोटकरी नाम हो । विकले गर्भवती र चार वर्षभन्दा कम उमेरका शिशुको हेरचाह गर्ने न्युन आय भएका महिलालाई सहायता गर्छ । यो कार्यक्रमले पोषणसम्बन्धी शिक्षा र गर्भवती महिला, भर्खर आमा भएकी महिला, शिशुहरू र प्रिस्कूल जाने नानीहरूलाई स्वस्थ राख्न पौष्टिक खाद्यान्न उपलब्ध गराउँछ । ठूला शहर र नगरमा यस्तो सुविधा पाउनका लागि निवेदन दिने कार्यालयहरू हुन्छन् । तपाईं बसेनजिकै यस्तो कार्यालय कहाँ छ भनेर पुनर्वास संस्थासँग सोध्नपर्छ । यस्तो सुविधाका लागि निवेदन दिंदा परिवारको आम्दानी, बच्चाहरूको उमेर, तपाईंले फुड स्ट्याम्पवापतको सुविधा पाए/नपाएको, र अन्य जानकारी दिनुपर्छ ।
WIC
WIC is the short name for the federal/state Women, Infants, and Children Nutrition Program. WIC assists low-income pregnant women and women with children up through age 4. It provides nutrition education and nutritious foods to help keep pregnant women, new mothers, infants and preschool children healthy. There are offices where you can apply for WIC in larger towns and cities. You should ask your resettlement agency for the closest location to your home. You will need to indicate your family income, age of your children, whether you are receiving food stamps, and other information when you apply.
――― ―――
मेडिकेड
मेडिकेड स्वास्थ्यसम्बन्धी संघीय र राज्य स्तरको एक कार्यक्रम हो । यसले न्युन आय भएका परिवारले डाक्टर, अस्पताल र अन्य स्वास्थ्य सेवाहरू लिएवापत तिर्ने रकममा सहायता गर्छ । यो सुविधा पाउन चाहिने योग्यता र सेवाहरूका नियम राज्यपिच्छे फरक हुन्छन् । तपाईं अमेरिका आएलगत्तै पुनर्वास संस्थाले बसोबास भएको राज्यमा मेडिकेड सुविधा पाउनका लागि आवेदन दिन सहयोग गर्छ । मेडिकेडबारे थप जानकारी यसै पुस्तकको अध्याय ५ मा छ ।
Medicaid
Medicaid is a federal and state program to help pay the bills of low income families for doctors, hospitals, and other health care services. Each state has different rules for eligibility and services that it will pay for. Your resettlement agency will help you apply for the Medicaid program in your state soon after you arrive in the U.S. More information about Medicaid can be found in Chapter 5 of this book.
――― ―――
मेडिकेयर
मेडिकेयर संघीय स्वास्थ्य बिमा सुविधा हो । यसले बुढापाका र अपांगलाई स्वास्थ्योपचारमा सहायता गर्छ । यो सुविधा पाउने व्यक्ति ६५ वर्ष वा सोभन्दा बढी उमेरको हुनुपर्छ । तर सबै ६५ वर्ष वा सोभन्दा बढीको व्यक्ति यो सुविधाका लागि योग्य हुँदैन । अमेरिकामा कम्तिमा दश वर्ष काम गरेको र रोजगार भएका बेला मेडिकेयर कर बुझाएको हुनुपर्छ । दश वर्ष रोजगार भएकै हुनुपर्ने भएकाले ६५ वर्ष वा सोभन्दा बढी उमेरका शरणार्थीले प्रायःजसो मेडिकेयर सुविधा पाउँदैनन् ।
Medicare
Medicare is a federal health insurance program for elderly and disabled individuals. Persons who are 65 years old or older are eligible for Medicare if they have worked at least ten years in jobs and paid Medicare taxes as part of that employment. Because of the ten year employment requirement, elderly refugees are not generally able to receive Medicare benefits.
――― ―――
एसएसआइ
एसएसआइको पूरा अर्थ सप्लिमेन्टल सेक्युरिटी इन्कमहो । यो दृष्टिविहिन, अपांग, ६५ वर्ष कटेका र थोरै आम्दानी भएका व्यक्तिलाई नगद सहायता दिने संघीय कार्यक्रम हो । यो कार्यक्रम युएस सोसल सेक्युरिटी एडमिनिस्ट्रसननामक कार्यालयले चलाउँछ । तपाईंले जुन कार्यालयमा आफ्नो सोसल सेक्युरिटी कार्ड लिनुहुन्छ, त्यहि कार्यालयमा यो सुविधाका लागि आवेदन दिनुपर्छ । यो सुविधा पाउने आधारहरू तपाईंको आम्दानी र जम्मा स्रोतहरूमा भर पर्छ । अपांगताको स्थिति ज्यादै कठिनाई हुन भएका आधारमा एसएसआइ पाउनका लागि प्रमाणित गर्न त्यति सजिलो छैन । तपाईले आफू अपांग भएको प्रमाणित गर्ने मेडिकल कागजातहरू संकलन गरेर बुझाउनुपर्छ । पुनर्वास संस्था वा अन्य सामाजिक सेवासम्बन्धी कार्यालयले एसएसआइसुविधा पाउन आवेदन दिने प्रक्रियाबारे जानकारी दिन मद्दत गर्न सक्छन् । तपाईंलाई यो सुविधा पाउन योग्य ठहर्‍याइयो र एसएसआइ सुविधा पाउनुभयो भने सोसल सेक्युरिटी एड्मिनिस्ट्रेसन कार्यालयले तपाईंको अवस्थाको नियमित जानकारी माग्नेछ ।
शरणार्थीहरूले एसएसआइनगद सहायता बढीमा ७ वर्षका लागि मात्र पाउँछन् । अमेरिका आएको पाँच वर्षपछि नागरिकता लिन सकिन्छ र नागरिक भएपछि यो सहायताको म्याद थपिन सक्छ । शुरूमा आउँदा आफूलाई सात वर्ष पाउने यो सुविधा निकै लामो जस्तो लाग्छ । तर आफू स्थायी वासिन्दा मात्र भएका खण्डमा ७ वर्षमा यो सुविधा सकिन्छ भने नागरिक भएका खण्डमा म्याद बढ्न सक्छ भन्ने बुझ्न आवश्यक छ ।
SSI
SSI is the short name for Supplemental Security Income, a federal cash assistance program for people who are blind, disabled, over age 65 and have little income. This program is operated by the U.S. Social Security Administration. You apply for this program at the same office where you applied for your Social Security card. Eligibility will be determined based on your income and total resources. Proving that a disability is serious enough to be eligible for SSI is not easy. You will need to collect and provide copies of your medical records relating to your disability. Your resettlement agency or another social service agency in your community may be able to help you understand the application process. If you are eligible and receive SSI benefits, the Social Security Administration will ask you to verify and update information about your situation regularly.
Refugees are only eligible to receive SSI cash assistance for a maximum of 7 years. An extension may be possible for those who have been naturalized and have become U.S. citizens. Seven years may seem like a long time at first, but it is important to understand that this assistance will end for those who are Permanent Residents and not citizens.
――― ―――
ट्यानफ
ट्यानफको पूरा अर्थ टेम्पोररी असिस्टेन्स फर निडी फेमिलिजहो । यो बालबच्चा भएको परिवारका लागि संघीय/राज्य स्तरबाट दिइने नगद सहायता कार्यक्रम हो । यो कार्यक्रमबाट सहायता पाउन विभिन्न आवश्यकता पुरा भएको हुनुपर्छ, सुविधा पनि बेग्लाबेग्लै छन् भने यस कार्यक्रमका नाम राज्यपिच्छे फरक छन् । तपाईं आफ्ना १८ वर्षमुनिका बालबच्चासहित अमेरिका आउनुभएको छ भने यो कार्यक्रमको सहायताका लागि निवेदन दिन पुनर्वास संस्थाले सहयोग गर्छन् । तपाईं अमेरिका आएपछि पहिलो बच्चा जन्मियो भने ट्यानफ सहायता पाउन तपाईं बसेनजिकै कहाँ र कसरी आवेदन दिने भनेर पत्तालगाउनुपर्छ । केहि अपवादबाहेक यो सुविधा जीवनभर बढीमा कूल ६० महिनाका लागि हुन्छ ।
TANF
TANF is the short name for Temporary Assistance for Needy Families, a federal/state cash assistance program for families with children. This program has different requirements, different cash benefits, and even different names in different states. If you arrive in the U.S. with minor children under the age of 18, your resettlement agency will assist you in applying for this program. If you have a first child after you resettled in the U.S., you will need to determine where and how to apply for this program in your community. With few exceptions, there is a lifetime limit of 60 months that you can receive benefits from this program.
――― ―――
शरणार्थी नगद सहायता
ट्यानफ वा एसएसआइ पाउन अयोग्य शरणाथीहरूले शरणार्थी नगद सहायताकार्यक्रममार्फत् नगद सहायता पाउन सक्छन् । यो कार्यक्रम तपाईंको राज्य, पुनर्वास संस्था वा अन्य निजी स्वयंसेवी संस्थाले चलाएका हुन सक्छन् । तपाईं ट्यानफ वा एसएसआइ पाउन अयोग्य ठहरे पुनर्वास संस्थाले यो सुविधाका लागि आवेदन दिन सहयोग गर्छ । यो सुविधा तपाईं अमेरिका आएको शुरूको ८ महिनाका लागि मात्र हुन्छ ।
Refugee Cash Assistance
Refugees who are not eligible for TANF or SSI may receive cash assistance under the Refugee Cash Assistance program. This program may be operated by your state, by your resettlement agency, or by another private voluntary agency. Your resettlement agency will help you apply if you are not eligible for TANF or SSI. This program lasts for only the first 8 months after arrival in the U.S.
――― ―――
अनुदान मिलान
कुनै पुनर्वास संस्थाहरूले शरणार्थी नगद सहायताको सट्टा अनुदान मिलान कार्यक्रममा सहभागी गराउँछन् । यसमा सहभागी हुने शरणार्थीलाई सकेसम्म चाँडो जागिरमा लगाउने कोशिश गरिन्छ । त्यसको सट्टामा कार्यक्रममार्फत् थप नगद सहायता र जागिर बन्दोबस्त तथा परामर्श दिन्छन् । यो कार्यक्रम अमेरिका आएको पहिलो चार महिनाका लागि मात्र हो ।
Matching Grants
Some resettlement agencies offer this program instead of Refugee Cash Assistance. Refugees who enroll in this program promise to get a job as soon as possible. In exchange they are provided increased cash assistance and job placement and counseling. This program lasts for only the first 4 months after arrival in the U.S.
――― ―――
आवास सहायता
अपार्टमेन्ट भाडामा लिएर बस्नु महँगो पनि हुनसक्छ । तपाईंको पुनर्वास संस्थाले पहिलो अपार्टमेन्टको बन्दोबस्त र त्यसको अत्यावश्यक साजसज्जा गर्न मद्दत गर्छ । अमेरिकी सरकारले न्युन आय भएका परिवारलाई वासस्थानको व्यवस्थाका लागि दुईटा ठूला कार्यक्रमहरूमा सहायता गरेको छ । एउटा सार्वजनिक आवास (पब्लिक हाउजिङ) हो । यो आवास व्यवस्था विशेष रूपमा न्युन आय भएका परिवारका लागि संरक्षित हो र यसलाई स्थानिय आवास नियोगले सञ्चालन गरेका हुन्छन् । दोस्रो आवास विकल्प भौचर कार्यक्रम (हाउजिङ च्वाइस भाउचर प्रोग्राम) हो । कहिलेकाहिं यो कार्यक्रमलाई शाखा ८’ (सेक्सन ८) पनि भनिन्छ । यो दोस्रो कार्यक्रमअन्तर्गत न्युन आय भएका परिवारलाई आफ्नो अपार्टमेन्ट दिलाउन अनुदान प्रदान गरिन्छ । दुवै कार्यक्रमअन्तर्गतको सहायता पाउन तपाईंले स्थानिय आवास नियोगमा आवेदन दिनुपर्छ । आवेदनमा आफ्नो आम्दानी, खर्च र स्रोत उल्लेख गर्नुपर्छ । यस कार्यक्रममा सहभागी हुन शरणार्थीहरू र अमेरिकी नागरिकहरूलाई बराबरकै योग्यता प्राप्त हुन्छ । अनुदान निश्चित भएकाले यस्तो कार्यक्रममा आफ्नो पालो तुरून्त नआउन सक्छ । केहि समय कुर्नुपर्ने पनि हुन सक्छ । तपाईंले सार्वजनिक आवास वा शाखा ८ भौचर पाउन ३ वर्ष वा त्योभन्दा बढी समय कुर्नुपर्ने हुन सक्छ ।
Housing Assistance
Renting an apartment can be very expensive. Your resettlement agency helps locate and provided basic furnishings for your first apartment. The U.S. government funds two large programs for housing assistance for low-income households. Public housing is typically special housing developments reserved for low-income households and operated by local housing authorities. The Housing Choice Voucher Program, sometimes called “Section 8” provides a subsidy to low income households who find their own apartment owned by private landlords. Both programs require you to apply at your local housing authority and provide information on your income, expenses, and resources. Refugees are eligible on the same basis as U.S. citizens. Because of funding limitations, there may be a waiting list. You may need to wait 3 years or more before you can obtain public housing or a Section 8 voucher.
――― ―――
ऊर्जा सहायता
एलआइएचइएपीको पूरा अर्थ लो इन्कम होम इनर्जी असिस्टेन्ट्स प्रोग्राम’ (न्युन आय आवास ऊर्जा सहायता कार्यक्रम) हो । यो कार्यक्रम संघीय सरकारको सहयोगमा सञ्चालन हुन्छ । यस कार्यक्रमले न्युन आय भएका परिवारलाई घर तताउन वा एयर कन्डिसन गर्न सहायता गर्छ । अमेरिकाको उत्तर भागमा मुख्यत यो सहायताले ग्यास, इन्धन तेल, दाउरा वा बिजुलीजस्ता ऊर्जा स्रोतबाट घर तताउन सघाउँछ । अमेरिकाका दक्षिणी भागमा मुख्यत गर्मीमा घर चिस्याउन एयर कन्डिसनमा सहायता गर्न सक्छ । एलआइएचइएपीका लागि आवेदन दिनका लागि शहर वा नगरमा यसका कार्यालय हुन्छन् । तपाईंको बसोबास भएनजिकै कुन ठाउँमा यसको कार्यालय छ भनेर पुनर्वास संस्थासँग सोध्नुपर्छ । ऊर्जा सहायताका लागि आवेदन दिंदा तपाईंले आफ्नो परिवारको आकार, आय, घरभाडा, घर तताउने वा एयर कन्सिडनको खर्चलगायत घरायसी सेवाहरू प्रयोग गरेवापत तिर्नुपर्ने बिलहरू, र अन्य जानकारी पेश गर्नुपर्छ ।
Energy Assistance
LIHEAP is the short name for the federally funded Low Income Home Energy Assistance Program. LIHEAP assists the lowest income households to pay for home heating or air conditioning. In the north of the U.S., the assistance is usually for gas, fuel oil, wood, or electric heat to keep a home warm in the winter. In the south of the U.S. it may be used primarily for air conditioning to keep a home cool during the hot months. There are offices where you can apply for LIHEAP in towns and cities. You should ask your resettlement agency for the closest location to your home. You will need to provide personal information such as your family size, income, rent, utility bills including heating or air conditioning costs, and other information when you apply.
――― ―――
सार्वजनिक सहायता र छलछाम
यी सबै सहायता कार्यक्रमहरूले तपाईंको निवेदनमा भरोसा गर्छन् । ती निवेदनहरूमा संख्या, नातागोता, परिवारका सदस्यको उमेर, तपाईंको आम्दानी, तपाईंको खर्च, तपाईंको कारको मूल्य, तपाईंसँग भएको कूल नगद, अपांगताको अवस्था आदि जस्ता विभिन्न जानकारी मागिएको हुन्छ । यस्तो अवस्थामा सत्य र इमान्दार भएर उत्तर दिनु ठिक हुन्छ । आवेदन र अन्तर्वार्तामा कप्ट्याईं गर्नु वा झूठो जानकारी पेश गर्नु गैरकानुनी हो । तपाईंले झूठो बोलेको वा छलछाम गरेको फेला पर्‍यो भने सुविधाहरू सबै काटिन सक्छन् र तपाईंले अपराध गरेको ठहर्न सक्छ । अन्ततः तपाईंले अमेरिकी नागरिक बन्ने मौका गुमाउन सक्नुहुन्छ ।
Public Assistance and Fraud
These public assistance programs rely on applications in which you are asked to provide information on the number, relationship, and age of people in your family, your income, your expenses, the value of your car, how much money you have, the nature of any disability, etc. It is important that you provide accurate and honest answers. It is illegal to lie on applications and in interviews, or provide fraudulent information. If you are found to have lied or committed fraud, you could lose all of your benefits and be convicted of a crime. You could be prohibited from becoming a U.S. citizen.
――― ―――
दोभाषेहरू
सार्वजनिक सहायताका लागि निवेदन दिने काम सजिलो छैन । यदि तपाईं अंग्रेजी बुझ्नुहुन्न भने झनै गाह्रो हुन्छ । तपाईंले यो सुविधा पाउन निवेदन दिएपछि सम्बन्धित कार्यालयमा तपाईंको अन्तर्वार्ता हुन्छ । अन्तर्वार्तामा वा तपाईंका लागि आवश्यक कागजात भेला पार्न सहायता गर्ने दोभाषे (दुई भाषा बोल्ने व्यक्ति) उपलब्ध गराउनु उक्त कार्यालयको कानुनी जिम्मेवारी हो । तपाईंले सामाजिक सेवाको कार्यालयमा आफ्ना कुरा राख्न वा यीमध्ये कुनै कार्यक्रममा आवेदन दिनका लागि समय मिलाउनुभयो भने आफूलाई नेपाली दोभाषे चाहिन्छ भनेर भन्नुपर्छ । दोभाषेले सुविधासम्बन्धी कार्यक्रमहरूबारे तपाईंलाई र तपाईंले फर्काएका जवाफहरू उक्त कार्यालयका प्रतिनिधिलाई बुझाउन सहायता गर्छन् ।
Interpreters
Applying for public assistance programs is not easy. It is especially difficult if you do not understand English. Public assistance programs have a legal duty to provide an interpreter for you at the time you meet with someone in an agency who will interview you or gather your information. When you are setting an appointment in a social service agency to discuss or apply for one of these programs, you should tell the agency that you will need a Nepali interpreter. The interpreter will help you understand the program and will help the agency understand your answers to their questions.
――― ―――
सुविधाका विवरण दुरूस्त राख्नु
यी सबै सहायताहरूको जानकारीहरू फेरिएका हुन सक्छन्, जस्तो: तपाईंको ठेगाना, तपाईंको आय वा घरभाडा, वा परिवारमा बस्ने सदस्यको संख्या । यस्ता परिवर्तनहरू भए भने तपाईंलाई सार्वजनिक सहायता दिइरहेको कार्यालयमा जानकारी दिनुपर्छ । सकभर यस्ता जानकारी फेरिएको दश दिनभित्र दिनुपर्छ ।
Keeping Program Information Current
Sometimes your information changes, such as where you live, the amount of your income or rent, or who lives in your house. You have a responsibility to inform the office of any programs that are providing you public assistance with information about these kinds of changes. Often the requirement is that you provide the new information within ten days.
――― ᴥ ᴥ ―――
आत्मनिर्भर बन्ने लक्ष्य
अमेरिकाका यी सार्वजनिक सहायता कार्यक्रमहरू सहभागी व्यक्ति आत्मनिर्भर नहुन्जेल निश्चित समयका लागि सहायता गर्न बनाइएका कार्यक्रम हुन् । अरू अमेरिकीहरू जस्तै तपाईंको लक्ष्य सकेसम्म चाँडो आत्मनिर्भर बन्ने हुनुपर्छ । लत्ताकपडा, फुड स्ट्याम्प, ट्यानफ, एसएसआइ र अन्य यस्ता कार्यक्रमहरू जीवनभरका लागि स्थायी होइनन् भन्नेमा तपाईं सधैं सचेत हुनुपर्छ । सबैजसोको निश्चित समय तोकिएको छ । अमेरिका बस्दै जाँदा तपाईंको अंग्रेजी सुध्रिन्छ र तपाईंले राम्रो काम पाउनुहुन्छ, त्यसपछि सार्वजनिक सुविधामाथिको तपाईको निर्भरता स्वतः कम हुँदै जान्छ ।
Goal of Self-sufficiency
American public assistance programs are designed to help people during limited periods when they are not self-sufficient. Your goal, like that of all Americans, must be to become self-sufficient as soon as possible. Keep in mind that donations of clothing, food stamps, TANF, SSI, and these other programs are not meant to be a permanent part of your life. In many cases, they have explicit time limits. As you gain experience living in the U.S., as you learn more English, as you find better paying jobs, your dependence on public assistance will naturally be reduced.

No comments:

Post a Comment