बारेमा (About)

This is a blog for a bilingual (Nepali, and English) book 'Handbook for Living in the United States', prepared by translator (Eng < > Nepali) / Journalist Rajesh Koirala, and former Peace Corps volunteer for Nepal Douglas Hall, and published in 2012 to assist Nepali-speaking Bhutanese who resettled in the US. The 19 chapters have more than 340 topics. These resources contain advises and information relating to self-help. It is not intended to substitute any serious advises. Since every situation is different, you should consult professionals for concerning issues. If you want to read this book as a flip book, you can get this here. If you need PDF file of this book, or any chapter, please email us.
कोइराला, तथा हल (Koirala, and Hall)
□□□□
यो ब्लग एउटा दुई भाषा (नेपाली, र अंग्रेजी) मा लेखिएको 'अमेरिकामा बसोबास' (सहयोगी पुस्तक) को पाठको हो । उक्त पुस्तक अनुवादक (अंग्रेजी <> नेपाली) / भाषासम्बन्धी पेशाकर्मी (नेपाली) / पत्रकार राजेश कोइराला तथा नेपालका लागि पूर्व पिसकर्प स्वयंसेवक डगलस हलले तयार पार्नुभएको हो । यो पुस्तक अमेरिकामा पुनर्स्थापित नेपाली-भाषी भूटानी शरणार्थीको सहयोगका लागि सन् २०१२ मा छापिएको थियो । यो पुस्तकका सामग्री न्यु ह्याम्सर च्यारिटेबल फाउन्डेसनको सहयोगमा लुथरन सोसल सर्भिसज अफ न्यु इङ्गल्याण्डका लागि तयार पारिएको हो । यस पुस्तकका १९ अध्यायमा ३४० उपयोगी विषय समावेश छन् । यसमा अमेरिकामा बस्ने नेपाली-भाषीलाई आत्मनिर्भर बनाउन सक्ने सल्लाह र जानकारी छन् । यी सामग्री कुनै पनि गम्भीर सल्लाहको विकल्पका रूपमा लक्षित गरी प्रकाशित गरिएका होइनन् । हरेक अवस्था फरक हुने भएकाले तपाईंलाई आइपर्ने समस्या वा कुनै विषयमा तपाईंले व्यावसायिक व्यक्तिको परामर्श लिनुहोला । तपाईं पल्टाएर पढ्ने किताबका रूपमा चाहनुहुन्छ भने यहाँ उपलब्ध छ । यदि तपाईंलाई कुनै पाठ वा पूरै पुस्तकको पिडिएफ चाहिए, इमेल गर्नुहोस् ।

No comments:

Post a Comment