Wednesday, August 2, 2017

अध्याय ६: खाद्य सुरक्षा तथा पोषण (Chapter 6 : Food Safety and Nutrition)

स्वस्थ परिवार
खानेकुरा बाहिर खुला राख्नुभयो भने यसका कारण किरा, मुसा, र छुचुन्द्रा घरभित्र आउन सक्छन् । यस्ता किट र जीवहरूले रोग पनि ल्याउँछन् । खाना तयार पार्दा सफासुग्घरको याद गर्नाले र खाना थन्काउँदा जतन साथ राख्नाले दूषित खानाबाट हुने बिरामीबाट तपाईंको परिवार सुरक्षित रहन्छ । दूषित खानाबाट हुने बिमारहरूमा पखाला, ज्वरो, पेट दुखाई, दिगमिग, वान्ता पर्छन् ।
Keeping Your Family Healthy
If you leave food out, it may attract insects, rats, and mice into your home, all of which can bring diseases. Good hygiene in food preparation and storing your food correctly helps keep your family from getting sick from spoiled food. Sickness from spoiled food may include diarrhea, fever, abdominal cramps, nausea, or vomiting.
――― ―――
खाना तयारी
खाना तयार पार्नु वा पकाउनुअघि साबुनपानीले हात धुनुहोस् । चुल्हो वा सिंकछेउको सतह (भान्साको डिल) वा टेबुलमा खानेकुरा राखेर सिधैं चक्कुले नकाट्नुहोस् वा नटुक्य्राउनुहोस् । काट्कुट गर्ने बोर्ड, प्लेट वा अन्य केहि तह राखेर डिलको रक्षा गर्नुहोस् । तला/भुईंमा राखेर खानेकुरा नकाट्नुहोस् । खानेकुरा तयार भएपछि डिल र काट्ने (टुक्य्राउने) बोर्डलाई साबुनपानीले सफा गर्नुहोस् । यसो गर्दा डिल सफा हुन्छ र बिरामी पार्ने ब्याक्टेरिया रोकिन्छन् ।
Food Preparation
Before beginning any meal preparation, wash your hands with soap and water. Do not chop or slice food with a knife directly on a countertop. Use a cutting board, plate, or other surface to prevent damaging the countertop. Never cut food on the floor. After preparing food, wash the counters and cutting boards with soap and water to keep counters clean and to prevent bacteria that may cause sickness.
――― ―――
खानाको सुरक्षा
पकाएको खानालाई प्लास्टिकले नढाकी, पन्नी वा कपडाले नछोपी लामो समयसम्म त्यसै नछाड्नुहोस् । खानेकुरालाई छोप्नु र रेफ्रिजिरेटर वा फ्रिजरमा राख्नु उत्तम हुन्छ ।
Keeping Food Safe
Never leave cooked food out on the counter for long without covering it with plastic wrap, foil, or a cloth. It is better to cover food and keep it in the refrigerator or freezer.
――― ―――
काँचो र पकाएका खानाको प्रयोग
काँचै खाने खाना, जस्तै: फलफूल र तरकारीहरूलाई खानुभन्दा पहिले पखाल्नुपर्छ । काँचो मासुलाई पकाउनु र खानुभन्दा पहिले पोको पारेर वा बन्द बट्टामा हाली केहि निश्चित समयका लागि रेफ्रिजिरेटरमा राख्नुपर्छ । मासु, अण्डा, र तरकारी पकाउन तयार पार्नुअघि हात धुनुहोस् । पाकेको खाना, विशेष गरी मासु, खानका लागि तातो हुनुपर्छ भने रेफ्रिजिरेटरमा थन्काउन सेलाएको, पोको पारिएको वा बट्टामा राखिएको हुनुपर्छ । बिहान पकाएको खाना बेलुकाको खाना खाने बेलासम्म कोठाको तापक्रममा राख्नुहुन्न ।
Handling of Raw and Cooked Food
Foods that are meant to be eaten raw, like fruits and some vegetables, should be rinsed in water first. Raw meat should be covered and kept in the refrigerator only a limited time before cooking and eating. Wash your hands before beginning to prepare meat, eggs, and vegetables for cooking. Cooked foods, especially meat, should be kept hot for eating or should be cooled, covered, and then be placed in the refrigerator. Food cooked in the morning should not be left at room temperature until an evening meal.
――― ―――
रेफ्रिजिरेटर र फ्रिजर
यदि पकाएको खाना पछि खानका लागि राख्नुहुन्छ भने यसलाई छोपेर वा बिर्को भएको प्लास्टिकको बट्टामा बन्द गरेर मात्र रेफ्रिजिरेटरमा राखिएको हुनुपर्छ । जब तपाईको खाने बेला हुन्छ, तब स्टोभमा तताउन सक्नुहुन्छ । रेफ्रिजिरेटरका खण्डहरू कहिलेकाहि साबुनपानीले सफा गर्नुहोस् ।
Refrigerator and Freezer
If you are saving cooked food to eat at a later time you should always cover it or place it in a plastic container with a cover and then put it in your refrigerator. When you are ready to eat the food, you can re-heat it on your stove. Once in a while clean the shelves in the refrigerator with soap and water.
――― ―――
भाँडावर्तनको सफाई
खाना खाएपछि भाँडा माझ्ने साबुनले सबै भाँडावर्तन मस्काउनु पर्छ । मस्काएपछि सबै भाँडावर्तन पानीले पखाल्नुपर्छ । अर्काेपटक चलाउनका लागि भाँडावर्तन सुख्खा भएको हुनुपर्छ । यदि तपाईंको अपार्टमेन्टमा भाँडा माझ्ने (डिस वासर) छ भने तपाईंले त्यसको प्रयोग गर्न सक्नुहन्छ । डिस वासरमा छुट्टै किसिमको भाँडा माझ्ने साबुन चाहिन्छ । सिङ्क र डिलमा जुठा भाँडा रातभर त्यसै नछाड्नुहोस् । साङ्ला, मुसा र किराहरू आउन सक्छन् र बिमार पार्न सक्छन् ।
Cleaning of Dishes and Cookware
After a meal, all dishes, cookware, and utensils that have been used should be cleaned with dish soap. After washing, rinse everything with water and dry before storing away for the next use. If your apartment has a dishwasher, you may use it and will need special dishwasher soap. Do not leave any dirty dishes and cookware in the sink or on counters over night. Roaches, mice, or insects may be attracted and could cause illness.
――― ―――
फोहोरको विसर्जन
नखाएका ठोस खानालाई सधैं सहि तरिकाले थान्को लगाउनुहोस् । फोहोर हाल्ने भाँडोभित्र प्लास्टिकको थैलो राख्नुहोस् र त्यहि प्लास्टिक थैलोमा पर्ने गरी फोहोर हाल्नुहोस् । फोहोर हाल्ने भाँडोमा किरा नपरून्, ध्यान दिनुहोला । घरबेटीले देखाएको ठाउँमा फोहोर भरिएको प्लास्टिकको थैलो मिल्काउनु होस् ।
Disposal of Garbage
Always dispose of solid uneaten food correctly. Line garbage bins in your apartment with plastic garbage bags and place garbage in those plastic bags. Make sure that insects cannot get into the garbage bins. Dispose of the garbage bags as instructed by your landlord.
――― ―――
स्वस्थ भोजन
तपाईले खाएको खाना स्वास्थ्यका लागि राम्रो भयो भने तपाईंलाई आनन्द लाग्छ । अमेरिकाको कृषि विभागले कस्तो स्वस्थ खाना खाने भनेर सुझाव दिने गरेको छ । उक्त विभागले दिएको ज्यादै साधारण सुझावको नाम मेरो थाल’ (माई प्लेट) हो । उक्त विभागले दिएको उक्त सुझावमा खानालाई विभिन्न पाँच वर्गमा बाँढिएको छ, ती वर्ग अन्न, तरकारी, फलफूल, दूध वा दूधबाट बनेका अन्य परिकार र प्रोटिन हुन् । उक्त विभागले ती पाँच किसिमका खानाहरू मिलाएर सधैंजसो खाने सुझाव गरेको छ ।

Eating Healthy
When you eat food that is good for your body, you feel better. The United States Department of Agriculture (USDA) gives advice to Americans on healthy eating. Their most general advice is called “My Plate.” They divide nutritious foods into five categories: grains, vegetables, fruit, dairy, and protein. They recommend an appropriate mix of these five groups to be eaten regularly.
――― ―――
मौलिक नेपाली खाना
ठेट अमेरिकी खानाभन्दा ठेट भूटानी वा नेपाली खाना निकै पोषिला हुनसक्छन् । ठिक मात्रामा दालभात, सागसब्जी, दहि, भट्मास वा अन्य गेडागुडी, खिर, मोमो आदि जस्ता अन्य नेपाली खानाहरू निकै स्वस्थ्यकर खाना हुन् । जो शाकाहारी हुनुहुन्न, उहाँहरूका लागि कुखुरा, भेडाको मासु र माछाले दालमा पाउने प्रोटिनको काम गर्छन् । खसीको मासु अमेरिकीका आमखाद्यान्न स्टोरहरूमा नपाउन सक्छ । खसीको मासु एशियाली वा भारतीय खाद्यान्न पाउने स्टोरहरू र स्थानिय पशुपालकहरूका गोठमा पाइन सक्छ । धार्मिक आधारमा छेकथुन नहुने व्यक्तिले पाउने मासुमा गाई, बंगुर, सुँगुरका मासु हुन् ।
Basic Nepali Foods
The typical Bhutanese or Nepali diet may be more nutritious than the typical American diet. Eaten in appropriate combination, dal bhat, sag, sabji , dahi, bhatmas, khir, momos, and other Nepali foods are a very healthy diet. For those who are not vegetarian, chicken, lamb, and fish are common meats that are available to supplement protein found in dal. Goat meat, however, is not normally available in American stores although it may be available in special Asian or Indian markets and from local farmers' farm. For those who do not have religious objections, beef, pork, and ham are also available meats.
――― ―――
फलफूल र तरकारीहरू
फलफूल र तरकारी खानु निकै महत्त्वपूर्ण हुन्छ किनभने शरीरलाई स्वस्थ्य राख्ने धेरै प्राकृतिक भिटामिनहरू यीनीहरूमै पाइन्छन् । शरीरलाई चाहिने भिटामिनहरूका लागि विभिन्न रंगका फलफूल र तरकारी खाने गर्नुहोस् । सर्वत्र पाइने फलफूलहरू: स्याउ, सुन्तला, नासपाती, अंगुर, आरू, आलुबखडा, ऐंसेलु र खरबुजा हुन् । सर्वत्र पाइने तरकारीहरू: पालुंगो, फूलकोबी, ब्रोकाउली (हरियो फूलकोबी), सेलेरी, सिमीबोडी, गाजर, केराउ, टमाटर, फर्सी, मकै र बन्दा हुन् । तरकारीको मूल्य र स्टोरहरूमा पाउनेनपाउने वा कम पाउने भन्ने चाहिं मौसमअनुसार फरक हुन्छ ।
Fruit and Vegetables
It is important to eat fruit and vegetables because they provide you with many natural vitamins that your body needs to be healthy. To get the vitamins your body needs, eat different colored fruit and vegetables. Common fruits include apples, oranges, pears, grapes, peaches, plums, berries, and melons. Common vegetables include spinach, cauliflower, broccoli, celery, beans, carrots, peas, tomatoes, squash, corn, and cabbage. The price and availability of vegetables in stores will vary by season.
――― ―――
तरकारीको तयारी
कुनै तरकारी काँचै खान सकिन्छ, जस्तोः सलाद बनाएर साग, टमाटर, गाजर र काँक्रो । तरकारी पकाएर खाइन्छ । पकाउने तरिका विभिन्न खालका हुन सक्छन्, जस्तैः पानीमा उमालेर, बफ्याएर वा तारेर पनि खान सकिन्छ ।
Preparing Vegetables
You can eat vegetables uncooked - like in salads with lettuce, tomatoes, carrots, and cucumbers. You can also eat vegetables by cooking them in boiling water, steaming, or frying them.
――― ―――
सग्लो अन्न
सग्लो अन्नलाई रेशा (केस्रा) को महत्त्वपूर्ण स्रोत मानिन्छ । खानामा हुने रेशाले पाचन प्रणालीलाई सहि अवस्थामा राख्छ, केहि रोगहरूको रोकथाम गर्छ र मोटोपन रोक्छ । सग्लो अन्नका उदाहरणहरू: खैरो चामल (ब्राउन राइस), सग्लो गहुँको पाउरोटी, सग्लो गहुँको चाउचाउ, र जौंबाट बनेको सिरिअल हुन् । सेतो चामल, जस्तोः बासमती चामल सग्लो अन्न होइन । सग्लो अन्न खानका लागि तपाईं खैरो (उसिन्याको) चामल पकाएर भात खान सक्नुहुन्छ ।
Whole Grains
Whole grains are an important source of fiber. Fiber can help keep your digestive system regular, prevent certain diseases, and control your weight. Some examples of whole grains are brown rice, whole wheat bread, whole wheat noodles, and cereals such as oatmeal. White rice such as basmati rice, is not whole grain. You might try to cook some brown rice bhat to eat more whole grains.
――― ―――
चिल्लोको मात्रामा कमी
दिनहुँ खाने खानामा चिल्लोको मात्रा ठिक्क गर्नुहोस् । खाना पकाउँदा ध्यू र ताडीको तेल (पाम आयल) को साटो बदामको तेल, मकैंको तेल, क्यानोला (तोरीकै एक प्रजाति) को तेल, जैतुन (अलिभ) को तेल चलाउनुहोस् । चिल्लोको मात्रा कम गर्नाले तपाईंले आफ्नो वजन ठिक्क राख्न सक्नुहन्छ, हृदयाघात र केहि खालका क्यान्सर हुनबाट बच्नुहुन्छ ।
खानामा पनि प्राकृतिक रूपमा चिल्लो कम भएका खानेकुरा, जस्तै: कुखुरा, माछा, फलफूल र तरकारी छान्नुहोस् । बट्टामा बन्द गरिएका खानाभन्दा ताजा खानेकुरा निकै तागतिला हुन्छन् । चिल्लो बढी हालिएका खानेकुराहरू: चिप्स, बिस्कुट, केक, तारेको आलु, तारेको कुखुराको मासु र पिजा हुन् । चिल्लोको मात्रा बढी भएका खाना स्वास्थ्यका लागि हानीकारक मानिन्छन् किनभने यस्ता खाना मधुमेह (चिनीरोग/बहुमुत्र रोग), मुटुको रोग र मोटोपनका कारण हुन् ।
Lower the Amount of Fat
Limit the amount of fat you eat every day. When you cook, choose liquid vegetable oils, such as peanut oil, corn oil, canola oil, and olive oil, instead of butter and palm oil. Limiting the amount of fat you eat will help you maintain your weight and may help lower your risk of heart disease and certain cancers.
Chose foods that are naturally low in fat, like chicken, fish, fruit, and vegetables. Fresh food is better than packaged food. Examples of foods that have high fat are chips, cookies, cakes, French fries, fried chicken, and pizza. Foods with high fat are bad for your health because they can cause diabetes, heart disease, and weight gain.
――― ―――
नुनको मात्रा कम गर्नु
नुनको बढी मात्रा तपाईको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । खाना पकाउँदा नुनको मात्रा कम गर्नुहोस् । नुनको मात्रा कम भएका खाना खानाले तपाईले आफ्नो रक्तचाप (ब्लड प्रेसर) नियन्त्रण गर्न सक्नुहन्छ । नुनको अर्को नाम सोडियमपनि हो ।
Reduce the Amount of Salt
Too much salt can be bad for your health. Reduce the amount of salt you use when cooking. Eating foods low in salt helps to control your blood pressure. Sodium is another word for salt.
――― ―――
चिनीको मात्रा सिमित गर्नु
चिनीको बढी मात्रा पनि तपाईंको स्वास्थ्यका लागि हानिकारक हो । चिनीको मात्रा बढी भएका पेय पदार्थ जस्तै: सोडा र फलफूलका रस ठिक्क मात्रामा पिउनुहोस् । यस्ता पेय बालबालिकालाई कम दिनुहोस् र कम गर्न सिकाउनुहोस् । परिवारमा सबैले खाने चकलेट र खानापछि खाने गुलियो जस्ता मिठाई पनि कम खाने गर्नुहोस् । कम गुलियो खानाले मोटाईंदैन र दाँत किराले खाँदैन ।
Limit the Amount of Sugar
Too much sugar is harmful to your health. Limit drinks that contain a lot of sugar, such as soda and fruit drinks, especially for children. Limit sweets, such as candy and dessert, that you and your family eat. Eating less sugar will help you maintain your weight and control tooth decay.
――― ―――
स्वस्थ बालबालिका
तपाईंका छोराछोरीलाई पोषिलो खाना दिनु महत्त्वपूर्ण हो । ठूलालाई जस्तै सानालाई पनि पोषिला खाना चाहिन्छन्, तर मात्रा भने आकार र उमेरअनुसार फरक हुन्छ । नानीहरूका दाँत र हाडहरू बलिया बनाउन उनीहरूले दूध खानुपर्छ । बालबालिकाले चिल्लो बढी भएका खानेकुरा जस्तैः चिप्स, कुकिज (बिस्कुट) र तयारी खाना (फास्ट फुड) खानु हुन्न । बालबालिकाले खाने सोडाको मात्रा पनि ठिक्क हुनुपर्छ । जति धेरै सोडा खायो, त्यति धेरै चिनी खाइन्छ । नानीहरूले स्वस्थ खाना खाए भने उनीहरूले स्कूलको पढाई, खेलकूद आदिमा राम्रो गर्छन् र उनीहरू अनावश्यक मोटाउँदैनन् ।
Healthy Children
It is important to give your children healthy food. Children need the same healthy food as adults, but in amounts appropriate to their size and age. Make sure children drink enough milk to build strong bones and teeth. Children should not eat a lot of high fat foods, such as cookies, chips, and fast food. The number of sodas children drink should be limited as most sodas have high amounts of sugar. When children eat healthy, they do better in school and avoid becoming overweight.
――― ―――
साना नानीलाई ठोस खाना
साना नानीलाई ठोस खाना खुवाउने समय भनेको पास्नी गर्ने बेलाहो । साना नानीलाई ठोस खाना खुवाउन तब थाल्ने, जब उ
१. पाँचदेखि छ महिनाको हुन्छ ।
२. अडेस नलागी बस्न थाल्छ ।
३. टाउको र घाँटी सजिलै घुमाउन वा अडाउन सक्ने हुन्छ ।
४. खान चासो दिन्छ र चम्चा नजिक लैजाँदा मुख खोल्छ ।
तर बच्चा एक वर्षको नहुन्जेल फलफूलको रस खुवाउन जरूरी छैन । खुवाउने विचार गर्नु भयो भने एक दिनमा ४ देखि ८ औन्स खुवाउनुहोस् । बोतलबाट नखुवाउनुहोस् । सुन्तला र टमाटरको जुस नखुवाउनु राम्रो हुन्छ ।
Solid Foods for Babies
The traditional “Rice-feeding ceremony” marks the time when a baby is first fed solid food. You can begin to feed a baby solid food when the baby:
• is five to six months old.
• no longer needs support to sit up.
• can turn his/her neck and head.
• is hungry and can open his/her mouth if spoon is offered.
It is not urgent to feed fruit juice to a baby that has not reached the age of one year. Feed only four to eight ounces of juice in a day. Don’t feed juice from a bottle. Don’t feed orange or tomato juice.
――― ―――
खाना खाने निश्चित समय
छोराछोरी र आफू साथै खाना खाने समयमा बच्चाबच्चीको दिनभरिका कार्यक्रमबारे जान्ने मौका हुन्छ । त्यसैले सबै साथै बसेर खाना खाने गर्नुहोस् । यस्तो बेलामा आफ्ना संस्कृति, परम्परा र मूल्यमान्यताका कुरा पनि गर्नुपर्छ । परिवारका सबै एकैसाथ बसेर खानाले नानीहरू निरोगी हुन्छन् र स्कूलमा उनीहरूले राम्रो गर्छन् । साथ बसेर खानाले परिवारका सबै एकआपसमा निकट रहिन्छ ।
Healthy Meal Time
Use family meal time to find out about your children’s day and to share your culture and values with them. Children who eat with their family on a regular basis are healthier and do better in school. Eating together also helps families stay more connected to each other.
――― ―――
स्वस्थ खानेकुरा पाउने दोकान
खानामा के के खाने भनेर योजना बनाउनुहोस् र खाद्यान्न खरिदमा जानुअघि किन्नुपर्ने खाद्यान्नको सूची बनाउनुहोस् । तरकारी र फलफूल महँगा पाइए भने जमाइएका वा बट्टाबन्द तरकारी र फलफूल किन्नुहोस् । दुई कम्पनीले बनाएका एउटै खाद्यान्नको मूल्य दाँजेर हेर्नुहास् । सस्तो किन्नुहोस्, पैसा बचत गर्नुहोस् । आफूलाई चाहिने खाद्यान्नमध्ये मूल्यघटाइएका वा छुटमा राखिएका हेर्नुहोस् । आफूलाई नियमित चाहिने खाद्यान्न किन्ने स्टोर पाएपछि पहिलो त पैसा बचत हुन्छ, दोस्रो तपाईं र तपाईंको परिवारका लागि स्वस्थ खाना किन्न सजिलो हुन्छ ।
Shop for Healthy Foods
Plan your meals and make a list before going food shopping. If fresh fruit and vegetables cost too much, buy frozen or canned ones. Compare brands and buy the lowest cost brand to save money. Look for sales or discounts on food you need. By knowing your food store, you can save money and buy healthy foods for you and your family.
――― ―――
खाद्यस्टोरहरू
खाद्यान्न किन्नका लागि यहाँ विभिन्न खालका दोकानहरू हुन्छन् । सुपरमार्केटलाई रसद दोकान पनि भन्ने गरिन्छ । यी दोकान ठूला हुन्छन् । सुपरमार्केटमा धेरै प्रकारका खाद्यान्न पाइन्छन् । तपाईं बसेको अपार्टमेन्टबाट यस्ता दोकान टाढा हुनसक्छन्, त्यहाँ पुग्न तपाईंले आफ्नो गाडी लिएर जानुपर्छ वा बस चढ्नु पर्ने हुनसक्छ । आफू बसेनजिकै साना दोकान हुन्छन्, जसलाई सुविधा दोकानभनिन्छ । यस्ता दोकानमा तयारी खाना र पेय पदार्थ जस्ता सिमित खानेकुरा मात्र बेचिन्छन् । कुन खाद्यान्नको मोल सहि हो भन्ने पत्तालगाउन बेग्लाबेग्लै दोकानमा पाइने एउटै खानेकुराको मोल दाँजेर हेर्नुपर्छ । ठूला दोकानमा भन्दा साना दोकानमा त्यहि कुरा कहिलेकाहिं महँगो हुन्छ ।
Food Stores
There are different kinds of stores where you can buy food. Supermarkets, also called grocery stores, are large and have many, many kinds of foods. They may be a long distance from your apartment and you may need to drive or take a bus to them. In some neighborhoods there are smaller stores, called “convenience stores,” that sell a limited number of foods, especially snack foods and drinks. You should compare the prices for the same foods among different stores to determine which ones generally have the best prices. Often, but not always, you will discover that the prices at small stores are higher than at larger supermarkets.
――― ―――
कृषकको बजार
शहरनजिकै फलाइएका कृषिउत्पादनहरू कृषकहरूले शहरमा बेच्न ल्याउँछन्, यस्ता बजार कृषकको बजारहुन् । यस्ता बजार खुला ठाउँमा वा घरभित्र जहाँ पनि हुनसक्छन् । यस्ता बजार दिनहुँ वा हप्ताको कुनै निश्चित दिन वा दिनहरूमा लाग्न सक्छन् । यस्ता बजारका फलफूल र तरकारी ताजा हुन्छन् । कृषकको बजारमा गएर कृषिउत्पादन किन्नु नेपाल वा भूटानमा किनेजस्तै हो । यस्ता बजारका कृषिउत्पादन किनिदिंदा स्थानिय कृषक परिवारहरूलाई मद्दत हुन्छ ।
Farmers' Markets
A "Farmer’s Market" is a location where farmers who live near your city bring their produce to sell. It may be indoors or outdoors. It may be every day or only certain days of the week. The fruits and vegetables are generally very freshly picked. Shopping at a farmer’s market is more like food shopping in Bhutan or Nepal. When you buy food at a farmer’s market you are also helping local farm families.
――― ―――
खानामा विवरण
अमेरिकामा कानुनतः पोका वा बट्टामा राखेर बेचिने धेरैजसो खानेकुराको बाहिर कागज (पर्ची/बोधपत्र) टाँसिएको वा राखिएको हुन्छ । पर्चीमा उक्त पोका वा बट्टामा राखिएको खानाबारे जानकारी दिइएको हुनुपर्छ । पर्चीमा उक्त खानेकुरा तयार पार्दा मिसाइएका खाद्यसामग्रीहरूको सूची समावेश हुन्छ । त्यसैगरी उक्त खानेकुरामा हाम्रो शरीरका लागि आवश्यक चिनी, नुन, प्रोटिन, चिल्लो र अन्य पोषक तङ्खवको मात्रा पनि लेखिएको हुन्छ । तपाई राम्ररी अंग्रेजी पढ्न जान्नुहुन्छ भने पनि पर्चीमा लेखिएको पोषणसम्बन्धी जानकारीको अर्थ अरूबाट बुझ्न सक्नुहुन्छ ।
Food Labeling
By law, most packaged and processed foods sold in the United States must have information about the contents printed on the package or container. This will include a list of the ingredients in the prepared food. It will also include information about how much sugar, salt, protein, fat, and other nutrients the product contains. Even if you can read the English well, you may want someone to explain the meaning of the nutritional information.

No comments:

Post a Comment