Tuesday, August 1, 2017

अध्याय ७: जागिर र रोजगारी (Chapter 7 : Jobs & Employment)

कामका लागि तयार
तपाई अमेरिका आएपछि नयाँ घरमा बस्न थाल्नु हुन्छ । अनि तपाईं काममा जान तयार हुनुपर्छ । तपाईले अमेरिकामा काम गर्नु जरूरी हुन्छ । काम भयो भने सरकारी सहायता वा नातेदारको भरबिना तपाईं आफैं र तपाईंको आफ्नो परिवारको हेरचाह गर्न सक्नु हुन्छ ।
Ready for Work
After you arrive in the United States and start to adjust to your new home, it is time for you to get ready to go to work. Having a job in the United States is very important because it allows you to take care of yourself and your family without having to rely on assistance from the government or relatives.
――― ―――
काम गर्नुको महत्त्व
काम गरेर तपाईंका हातमा पैसा परेपछि घरभाडा र बिलहरू तिर्नुहुन्छ, खानेकुरा र लत्ताकपडा किन्न पाउनुहुन्छ । यसलाई आत्मनिर्भर हुनुभनिन्छ । अमेरिकामा काम गर्नु भनेको विकल्प होइन, उमेर पुगेका प्रत्येक व्यक्तिका लागि काम अनिवार्य हो ।
Importance of Working
Having a job provides you with money to pay your rent and bills, and buy food and clothes. This is called being self-sufficient. Working is not a choice in the United States, but a necessity for almost every adult.
――― ―――
कामका प्रकार
यहाँ सामान्य तीन खालका मुख्य रोजगारीहरू हुन्छन्: अकुशल जागिर, कुशल जागिर र व्यावसायिक जागिर । बेग्लाबेग्लै जागिरका लागि भिन्नाभिन्नै तहको क्षमता र तालिम चाहिन्छ ।
अदक्ष वा सुरूवाती जागिरलाई थोरै तालिम वा अनुभव चाहिन्छ । यस्ता कामका उदाहरणहरूमा होटलको भण्डारे, चमेनागृहमा सेवक, चौकिदार, खाद्यदोकानमा भण्डारण गर्ने मानिस पर्छन् । यस्ता कामका लागि राम्रो स्तरको अंग्रेजी चाहिन्न । अंग्रेजी पढिरहेका र अन्य शिप सिकिरहेको अवस्थामा धेरै शरणार्थीले यस्तै काम गर्छन् ।
कुशल जागिरका लागि तालिम र उच्च स्तरको अंग्रेजी चाहिन्छ । यस्ता कामका उदाहरणहरूमा गाडी मर्मत गर्ने कालिगड, श्रृंगार गर्ने, कम्प्युटरप्राविधिक, नर्सिङसहायक पर्छन् । कुनै कुशल काम गर्नका लागि अनुमतिपत्र आवश्यक पर्न सक्छ । तपाईंले आफ्नो देशमा पाएको अनुमतिपत्रलाई यहाँ मान्य हुँदैन । तपाईंले अंग्रेजी अध्ययन गरी अमेरिकामै तालिम पाएपछि आफू बसेको राज्यबाट अनुमति प्राप्त गर्न सक्नुहुन्छ ।
व्यावसायिक जागिरका लागि कलेजको शिक्षा प्राप्त गरेको, धेरै राम्रो अंग्रेजी भएको र उच्च तहको शिप भएको हुनुपर्छ । यसका उदाहरण: शिक्षक, परिचारिका (नर्स), इन्जिनियर, वैज्ञानिक, लेखापाल (अकाउन्टेन्ट), लाइब्रेरियन हुन् । तपाईं आफ्नो देशमा यस्तै काम गरेको र यस क्षेत्रको अनुमतिपत्र (लाइसेन्स) भएको व्यक्ति भए पनि यहाँ थप अध्ययन गर्नुपर्ने र यहाँ त्यस्तै कामका लागि यहाँ परीक्षामा सामेल भएर अर्को अनुमतिपत्र लिनु पर्ने हुन सक्छ ।
Types of Jobs
There are three general types of employment: unskilled jobs, skilled jobs, and professional jobs. Each type of job requires a different level of skill and training.
Unskilled or entry-level jobs require little training or experience. Examples include hotel housekeeper, restaurant server, janitor, stocker in food store. These jobs usually do not require a high level of English. Many refugees work in these jobs while they study English and learn other skills.
Skilled labor jobs require training, and a higher level of English. Examples include auto mechanic, beautician, computer technician, nursing assistant. Some skilled jobs may require licenses. Licenses from your homeland may not be accepted. You can study English and seek training in the United State to receive a license in your state.
Professional jobs usually require at least a college education, very good English, and a high level of skill. Examples include teacher, nurse, engineer, scientist, accountant, and librarian. Even if you were licensed and did this kind of job in your homeland, additional study and recertification tests may be required before you can do the same kind of job in the United States.
――― ―――
कामको खोजी
तपाईंको पुनस्र्थापनामा संलग्न संस्था वा रोजगारी दिने संस्थाले तपाईंलाई जागिर (काम) खोज्न मद्दत गर्नेछ । तपाईंले ती संस्थालाई आफ्नाबारेमा बताउनुहोला । तपाईंले आफ्नो विगत, कामको अनुभव, शिपहरू र रूचिबारे बताउनु पर्नेछ । तपाईंले आफ्नो धार्मिकविश्वासका आधारमा नगर्ने कामका बारे पनि खुलस्त पार्नुहोला । यस्ता कुराले तपाईंले गर्नसक्ने कामबारे बुझ्न उहाँहरूलाई मद्दत पुग्छ ।
Finding a Job
Your resettlement agency or an employment agency will work with you to help you find a job. Talk to them about your background, work experience, skills, and interests. Mention any jobs you cannot take because of religious beliefs. They will help you understand what type of job you can find.
 ――― ―――
काम खोज्ने तरिका
धेरै कामको जानकारी चिनजानका मानिसहरूकै माध्यमबाट थाहा हुन्छ । त्यसैले साथीहरू, नातागोता र वरपरका सबैसँग जागिर खुलेको र अवसरहरूबारे कुरा गर्नुहोस् ।
अंग्रेजीको कक्षा लियो र अमेरिकी चालचलनबारे सिक्यो भने तपाईंलाई यहाँ काममा जान तयार हुन मद्दत हुन्छ ।
अमेरिका आउने बित्तिकैका केहि महिना काम पाउन सजिलो छैन । लगनशिल भएर काम खोजिरहनुहोस् र हिम्मत नहार्नुहोस् ।
Tips to Finding a Job
• Many jobs are found through people you know. Talk with friends, relatives, and others in the community about job openings and opportunities.
• Taking English classes and learning about American culture will help you to prepare for working in the United States.
• Finding a job in your first months in the United States is not always easy. Be persistent and do not give up.
――― ―――
जागिरका लागि निवेदन
धेरैजसो रोजगारदाताले तपाईलाई जागिरका लागि निवेदन पूरा गर्न लगाउँछन् । केहि यस्ता ठाउँमा तपाईले दिने निवेदन फारम कागजी हुन्छ । अन्य केहि निवेदन इन्टरनेटबाट दिने खालको हुन्छ र इन्टरनेटमा भर्नु पर्ने हुन्छ । दुईमध्ये कुनै तरिका निवेदन दिए पनि त्यसमा तपाईंको शैक्षिकयोग्यता र कामको अनुभवबारे जानकारी मागिन्छ । एउटै जागिरका लागि धेरै मानिसले निवेदन दिन्छन् । रोजगारदाताले तपाईंको निवेदनका आधारमा बोलाउने भन्ने निर्णय गर्छन् । त्यसैले निवेदन दिंदा वा फारमका रूपमा निवेदन भर्दा सफा र शुद्ध हुनु निकै महत्त्वपूर्ण हुन्छ ।
Job Application
Many potential employers will ask you to complete a job application. For some businesses, the application form is on paper. For other businesses the application is on the internet and you will need to complete it online. In either case, the application will ask for information about your education and your prior work experience. More people may apply for the same job and the employer will use their applications to decide whom to ask for an interview, so it is important that you complete the application neatly and accurately.
――― ―――
रेज्युमे
केहि जागिरका लागि रोजगारदातासँग सबै खाले तथ्य राख्न मिल्ने वा माग्ने खालको निवेदन नहुन सक्छ । त्यसको सट्टा उहाँहरूले तपाईंलाई रेज्युमेदिनुहोस भन्नु हुनेछ । रेज्युमेले तपाईंको शैक्षिकयोग्यता, कामको अनुभव र तपाईंले चाहेको कामबारेमा स्पष्ट पारेको हुनुपर्छ । रेज्युमेहातले लेखिएको हुनुहुन्न । टाइप गरिएको हुनुपर्छ । आफूलाई राम्रो रेज्युमेतयार पार्न आउँदैन भने पहिले रेज्युमेबनाइसकेका साथीसँग मद्दत लिनुहोस् ।
Resume
For some jobs, employers will not have a standard application. Instead, they will ask you to give them your resume. Your resume should highlight your education, work experience, and type of job that you are seeking. It should be typed, not hand written. If you are unfamiliar with how to write a good resume, you should ask a friend who has done this to help.
――― ―――
अन्तर्वार्ताको तयारी
अन्तर्वार्तामा जाँदा यस्ता तयारी गर्नुहोस्:
जानुपर्ने ठाउँ, समय, मिति र भेट्नुपर्ने व्यक्तिको नाम जान्नुहोस ।
समयभन्दा अघि पुग्ने व्यवस्था मिलाउनुहोस् ।
कपाल काट्नु होस् । सफा र सुकिलो लुगा तयार पार्नुहोस् ।
पेस गर्नुपर्ने महत्त्वपूर्ण कागजात, जस्तै: सोसल सेक्युरिटी कार्ड, परिचयपत्र (आइडी कार्ड) वा अन्य ल्याउनु भनिएका आदि तयार पार्नुहोस् ।
आफूले काम गर्ने संस्था, कार्यालय आदिका बारेमा प्रशस्त जानकारी खोज्नुहोस र पढ्नुहोस् ।
रेज्युमेमा लेखिएका सबै तथ्य याद पार्नुहोस् ।
आफूले सोध्ने प्रश्नहरू तयार पार्नुहास् ।
आराम गर्नुहोस् । थकित अवस्थामा अन्तर्वार्तामा जानु नपरोस् ।
आफूले हासिल गरेका शिप र अनुभवबारे भन्न तयार हुनुहोस् ।
खाना ठिक्क खानुहोस् । अन्तर्वार्तामा जानुअघि चुरोट वा रक्सी खाएको राम्रो हुन्न ।
How to Prepare for a Job Interview
Make these preparations for your interview
• Know the place, time, date, and name of the person who will interview you.
• Arrange to arrive before the time of the interview.
• Have clean hair and wear neat, clean clothes.
• Bring your social security card, photo ID, and other papers that have been requested.
• Find and review information about the business.
• Review the information in your resume.
• Prepare questions to ask the interviewer.
• Be rested. Don’t be tired at the time of the interview.
• Be ready to talk about your work experience and skills.
• Don't each much and don’t smoke or drink alcohol before the interview.
――― ―――
कामका लागि अन्तर्वार्ता
यो अन्तर्वार्ता भनको तपाई र तपाईका राजगारदाताबीच हुन बैठक हो, जसमा उहाँले तपाईलाई हेरेर वा तपाईका बारेमा जानेर काम गर्न योग्य भए/नभएको ठहर गर्नु हुनेछ । धरैजसो रोजगारदाताले तपाईलाई काममा लगाउनुअघि अन्तर्वार्ता लिनु अनिवार्य ठान्छन् र लिन्छन् । अन्तर्वार्तामा जाँदा तपाईंले यस्ता बुँदा ख्याल गर्न जरूरी छः
समयमा अन्तर्वार्तास्थलमा पुग्नुहोस् ।
आफ्ना कामका अनुभव र शिपबारे भन्न तयार हुनुहोस् ।
सुहाउँदो (उचित) लुगा लगाउनुहोस् । सफासुग्घर रहने आचरण देखाउनुहोस् ।
आँखामा आखा हेरेर कुरा गर्नुहास् । मुस्कुराउनुहास । अन्तर्वार्ताकारसँग हात मिलाउनुहास् ।
आफूले जागिर पाएमा के काम गर्नुपर्छ भन्ने सोध्नुहोस् ।
अन्तर्वार्ताकारले तपाईको अंग्रेजी बोल्न र बुझ्ने तपाईको क्षमता जाँचिरहेका हुन्छन् भन्ने ख्याल गर्नुहोस् ।
Job Interview
A job interview is a meeting between you and an employer to see if you are a good fit for the job. Most employers require a job interview before they decide to hire you. For the job interview, it is important that you:
• Arrive to the job interview on time.
• Prepare to talk about your work experience and skills.
• Dress appropriately and practice good hygiene.
• Make eye contact, smile, and shake hands with the employer.
• Ask questions about what you will do on the job.
• Remember that the interviewer will be evaluating your ability to speak and understand English.
――― ―――
अन्तर्वार्तापछिका शिष्टाचार
अन्तर्वार्तापछि पनि केहि काम बाँकी रहेका हुन्छन्, ती यस्ता हुन्छन्:
अन्तर्वार्ता सकिएको जानकारी पाएपछि सबै अन्तर्वार्ताकारलाई धन्यवाद भन्नुहोस् ।
अन्तर्वार्ताको परिणाम आफूले कसरी थाहा पाउने भन्ने सोध्नुहोस् ।
अन्तर्वार्ता सकिएको १३ दिनभित्र पत्रमार्फत वा इमेलमार्फत धन्यवादपत्र लेख्नुहोस् । यस्तो इमेल वा पत्रमा अन्तर्वार्तामा भन्न बिर्सेका विषयमा पनि लेख्न सकिन्छ ।
अन्तर्वार्तापछि पनि तपाईलाई फोनमार्फत कुरा गर्न खोज्ने संभावना हुने भएकाले कम्पनीबारे थप जानकारी लिएर बस्नुहोस ।
Post Interview Courtesy
After the interview you should do these things:
• Thank the interviewer at the end of the interview.
• Ask how you will know the result of the interview.
• Send a thank you letter or email to the interviewer 1-3 days after the interview. You can also write about anything you forgot to discuss during the interview.
• After interview's day they may contact you on phone. So collect some more information about the company & be ready.
――― ―――
काम थाल्नुअघि
जब रोजगारदाताले तपाईलाई जागिर दिन्छन्, उनीहरूले तपाई यस्ता कुरा बताउनेछन्:
तपाईको ज्याला वा तलब कति हुन्छ ?
तपाईको ज्याला वा तलब कहिले दिइन्छ ?
तपाईको काम गर्ने समयतालिका कस्तो हुनेछ ?
तपाईले हप्तामा कति घण्टा काम गर्नुपर्नेछ ?
काम गर्दा स्वास्थ्य सुरक्षा, घरायसी बिदा र बिरामी बिदा जस्ता सुविधा छन् भने तपाईले के कति पाउनुहुन्छ ?
Starting A Job
When an employer offers you a job, they should tell you:
• How much the wage or salary will be?
• When you will be paid?
• Your work schedule
• How many hours a week you will need to work?
• If you will receive benefits, like health coverage, vacation days, and sick days
――― ―――
काममा सफल रहने केहि जुक्तिहरू
रोजगारदाताले दिएको समयतालिकाअनुसार काम गर्नुहोस् ।
ठिक समयमा काममा पुग्नुहोस् ।
काममा पुग्न ढिलो हुने भए सुपरभाइजरलाई खबर गर्नुहोस् ।
बिरामी भए मात्र बिरामीबिदा लिनुहोस् ।
काममा दिन बिराउने नगर्नुहोस् । बिरामी हुँदा वा घरपरिवारमा अपर्झट काम पर्दा जान नसके सुपरभाइजरलाई खबर गर्नुहोस् ।
भरपर्दो, आदरार्थी, जिम्मेवार र हितैषी हुनुहोस् ।
तोकिएको पोशाक लगाउनुहोस् र स्वास्थ्य आचारणको पालना गर्नुहोस् ।
सुरक्षित रहन बनाइएका नियम पालना गर्नुहोस् । तपाईलाई चोटपटक नलागोस् ।
काममा फोन गर्ने वा आएको फोन उठाउने नगर्नुहोस् ।
नयाँ जिम्मेवारीहरू र कामहरू लिनुहोस् । मेहनत गर्नुभयो भने पदोन्नती हुन वा तलब बढ्न सक्छ ।
यदि तपाईं गरिरहेको काम छाड्न चाहनुहुन्छ भने काम छाड्ने मितिले कम्तिमा दुई हप्ताअघि सुपरभाइजरलाई जानकारी दिनुहोस् ।
सुपरभाइजरसँग राम्रो सम्बन्ध राख्नुहोस् । जब तपाई नयाँ जागिर खान जानुहुन्छ, उहाँले नयाँ ठाउँको रोजगारदातालाई तपाईंको आचरणबारे बताउनु परे राम्रा कुरा भनिदिनुहुन्छ ।
Tips for Success on the Job
• Follow the work schedule your employer gives you.
• Always arrive to work on time.
• If you are going to be late, call your supervisor.
• Take time off for illness only when you are very sick.
• Try not to miss a day of work. If you have to miss a day of work because you are sick or you have a family emergency, call your supervisor to let them know.
• Be reliable, respectful, responsible, and friendly.
• Follow the dress code and maintain good hygiene.
• Follow safety guidelines so you do not get hurt.
• Do not make or receive personal phone calls during work time.
• Take on new responsibilities and tasks. Working hard may help you get a promotion or pay increase.
• If you decide to quit your job, tell your supervisor at least two weeks before you are going to leave.
• Keep a good relationship with your supervisor. When you move to another job, the supervisor can say nice things about you to your next employer.
――― ―――
काममा पुरूष र महिला
परिवारमा दोहोरो आम्दानी घर भित्रिएर आत्मनिर्भर हुने भएकाले अमेरिकामा सामान्यतः पतिपत्नी दुवै काम गर्छन् । महिला र पुरूष एकै ठाउँमा काम गर्छन् । महिलाले पनि पुरूषले गरेजस्तै काम गर्छन् । महिलाको हाकिम पुरूष र पुरूषको हाकिम महिला हुनसक्छन् ।
Men and Women in the Workplace
In the United States, both husband and wife often work because having two incomes helps families become self-sufficient. It is also common for women to do the same jobs as men and for women to supervise male employees.
――― ―――
कामको समयतालिका
काम गर्ने सामान्य समय एक हप्तामा चालिस घण्टा हुन्छ । यदि तपाईंले चालिस घण्टाभन्दा बढी समय काम गर्नुभयो भने अतिरिक्तसमय काम गरेवापत पारिश्रमिकको हकदार हुनुहुन्छ ।
Work Schedule
A normal work week is forty hours a week. If you work more than forty hours a week, you may be entitled to receive overtime pay.
――― ―――
कर्मचारीका अधिकार
काम गर्ने ठाउँमा तपाईको अधिकार अमेरिकी नागरिकसरह हुन्छ । रोजगारदाताले काम गर्नेलाई शरणार्थी, उमेर, वर्ण, धर्म, जाति, लिङ वा अपांग भएका आधारमा भेदभाव गर्न मिल्दैन । असुरक्षित कार्यस्थलमा काम गरेवापत तपाईको सुरक्षाका लागि विभिन्न अमेरिकी रोजगार कानुन छन् ।
Employee Rights
You have the same rights in the workplace as a U.S. citizen. Employers cannot discriminate against employees based on refugee status, age, race, religion, ethnicity, sex, gender or disability. There are also employment laws in the United States that protect you from unsafe working conditions.
――― ―――
भुक्तानी पाउनु
काम गरेवापत तपाईंले पाएको रकम आय (आम्दानी) हो । कर वा रोक्का रकम घटाएर तपाईंले सामान्यतः निश्चित रकम पाउनु हुन्छ । आयकर भनेको तपाईले सरकारलाई बुझाउने रकम हो । तपाईंले बुझाउने कूल कर तपाईंले कति आम्दानी गर्नुहुन्छ र तपाईंको परिवारको आकार कत्रो छभन्नेमा भर पर्छ ।
Getting Paid
Income is the money you receive when you work. Your pay usually has a certain amount subtracted from it called taxes or withholding. Income tax is money you pay to the government. The amount of taxes you pay depends on how much you earn and your family size.
――― ―――
आय (आम्दानी)
तपाईंले तोकिएको अवधिभर काम गरेर कमाएको रकममा कर वा रोक्का रकम नकाटिएको कूल रकम जम्मा तलब हो । खुद तलब भनेको कर वा स्वास्थ्य बिमा काटिएपछिको कूल रकम हो । यहि खुद तलब तपाईंले भुक्तान चेकमार्फत् पाउनुहुन्छ ।
Income
Gross pay is your pay before any deductions have been subtracted from it. Net pay is your pay after deductions have been subtracted from it, such as taxes and health insurance. This is the amount you will receive on your paycheck.
――― ―――
तपाईंको तलब कसरी भुक्तान गरिन्छ ?
तपाईंले तपाईंको तलब भूक्तानी चेकका रूप, नगद वा तपाईंको बैंकखातामा जम्मा हुने गरेर पाउन सक्नुहुन्छ । तपाईलाई जहिले पनि भूक्तानी विवरण भएको भुक्तान रसिददिइन्छ । भुक्तान रसिदले तपाईंले कमाएका रकम र त्यस रकममा कुन विषयमा के कटौती गरेर कति तपाईंलाई दिइयो भन्ने स्पष्ट लखिएको हुन्छ । तपाईंको रोजगारदाताले तपाईलाई काम गरेवापत नगद दिनुभयो र भुक्तान रसिददिनुभएन भने तपाईहरू दुवैले कानुन तोडेको ठहर्छ ।
How You May Be Paid
Your pay may be given to you by check, by cash, or may be directly deposited in your bank account. You should always be given a pay stub. The pay stub is a piece of paper that tells you how much you were paid, how much was deducted and for what purpose. If your employer pays you in cash and does not give you a pay stub, both you and the employer are breaking the law.
――― ―――
करहरू
अमेरिकी सरकारले करवापतको रकम सामाजिक सुरक्षा (सोसल सेक्युरिटी), कानुन कार्यान्वयन, शिक्षा र सार्वजनिक यातायातका लागतमा प्रयोग गर्छ । जोकोहि अमेरिकामा बस्छ र आम्दानी गर्छ भन कानुनीअनुसार प्रत्यक वर्ष उसल करदाखिला भर्नु पर्छ र कर तिर्नुपर्छ ।
Taxes
The U.S. government uses taxes to help pay for things such as social security, law enforcement, education, and public transportation. Anyone who lives in the United States and earns an income is required by law to file a tax return every year and to pay any taxes they owe.
――― ―――
न्युनतम ज्याला
अमेरिकामा एक कामदारको न्युनतम ज्याला उसले काम गर्ने राज्यअनुसार फरक पर्छ । तपाईको रोजगारदाताले तपाईंलाई न्युनतम ज्यालाभन्दा कम रकम दिनु कानुनविरूद्ध हो ।
Minimum Wage
In the United States, the minimum wage an employer can pay you depends on the state where you work. It is against the law for your employer to pay you less than the minimum wage.
――― ―――
आर्जित आयकर उधारो
अमेरिकी सरकारसँग काम गर्ने केहि व्यक्तिका लागि आर्थिक सुविधा दिने विशष कार्यक्रम छ । यसलाई आर्जित आयकर उधारो (अर्न्ड इन्कमट्याक्स क्रेडिट) भनिन्छ । यदि तपाईको आम्दानी कम छ र तपाईको परिवारमा पाल्नुपर्ने बालबालिका धेरै छन् भने आयकर बुझाएपछि तपाई यो सुविधा पाउन योग्य हुनुहुन्छ । यो सुविधा एक वर्षमा बढीमा ५ हजार डलरसम्म हुनसक्छ । तर यो तपाईको परिवारको आकार र आम्दानीमा भर पर्छ ।
Earned Income Tax Credit
The United States has a special program that provides financial benefits to some people who work. This is the Earned Income Tax Credit (EITC). If your family’s annual income is low and if you have children to support, when you file your income tax, you may be eligible to receive these benefits. The benefit could be as much as $5,000 for the year, but it depends on the size of your family and the amount you earn by working.
――― ―――
जागिरमा बढुवा
अमेरिकामा तपाईले गर्ने पहिलो काम तपाईले पहिले गरेको कामसँग नमिल्न सक्छ वा कामबाट थोरै आम्दानी हुनसक्छ । तर यसले राम्रो काम खोज्न अनुभव र शिप दिन्छ । तपाईले सोचेअनुसारको काम नपाए पनि काम गर्छु भनेर स्विकार्नु निकै महत्त्वपूर्ण हुन्छ ।
Job Upgrading
Your first job in the United States may not be related to your former profession or pay a lot of money, but it will give you experience and skills to find a better job. It is important to accept a job offer even if it is not what you expected.
――― ―――
जागिरबाट बञ्चित
तपाईंका रोजगारदाताले तपाईंलाई कामबाट हटाउन सक्छन् । कहिलेकाहिं उनको कामले फाइदा नकमाइरहेको हुनसक्छ । कहिलेकाहिं तपाईंको काम अस्थायी पनि हुनसक्छ । अनि कहिलेकाहिं तपाईले गल्ती गर्नुभयो वा असुरक्षित तरिकाले गर्नुभयो वा तपाईंको सुपरभाइजरले तोकेअनुसार काम नगरेको हुनसक्छ । जब तपाईंलाई रोजगारदाताले जागिरबाट बञ्चित गर्छन्, तब उनले के कारणले हटाइयो बताउनुपर्छ ।
Losing a Job
Your employer may terminate your work. Sometimes the reason is that the business is not successful. Sometimes it is because your job was only temporary. Sometimes it may be that you did something incorrectly or unsafely or did not perform up to the standards of your supervisor. When your job is being terminated, your employer should tell you why.
――― ―――
बेरोजगार सुविधाहरू
अमेरिकी सरकारसँग आफ्नो गल्तीबिना जागिरबाट बञ्चित हुने कामदारलाई निश्चित आर्थिक सहायता दिने बेरोजगार बिमा कार्यक्रम छ । यो सुविधा पाउन तपाईंले स्थानिय बेरोजगार कार्यालयमा निवेदन दिनुपर्छ । यससम्बन्धी नियम र तपाईंले पाउनसक्ने सुविधा राज्यपिच्छे फरक हुन्छ ।
Unemployment Benefits
The United States has an unemployment insurance program that provides some limited financial assistance to workers who lose their jobs through no fault of their own. To receive such assistance you must apply at a local unemployment office. The rules and amount of benefits differ in different states.

No comments:

Post a Comment