Thursday, July 20, 2017

अध्याय ११: सांस्कृतिक समायोजन र एकिकरण (Chapter 11: Cultural Adjustment & Integration)

समायोजन
अमेरिकालाई 'अवसरको भूमी' भनिन्छ । यहाँ असीमित अवसरहरू छन् । त्यसैले तपाईंलाई अमेरिका आउनु रोमाञ्चक हुन्छ । नयाँ देश र संस्कृतिमा बसोबास गर्नु र काम गर्नु तपाईं र परिवारका लागि चुनौतिपूर्ण पनि हुन्छ । यो अध्यायमा तपाईंले के के आशा गर्न सक्नुहुन्छ र यहाँको परिस्थितिसँग मिलजुल गर्दै जाँदा आइपर्ने समस्या कसरी समाधान गर्नुपर्छ भन्ने बताइएको छ ।
Adjustment
Coming to the United States is an exciting time with many possible opportunities available to you. It is also a challenging time for you and your family as you must learn to live and work in a new country and new culture. This chapter will talk about what you can expect and ways to overcome problems as you adjust.
――― ―――
समायोजन भनेको हो ?
नयाँ देशमा बसोबास र काम गर्न सिक्ने प्रक्रिया नै समायोजन हो । समायोजन हुँदा शुरूमा देखिन्छ, जानिन्छ र विस्तारै अचम्म मान्न छाडिन्छ । समायोजनका लागि परिवर्तन हुनुपर्छ र नयाँ कुरा सिक्नुपर्छ । जस्तै:
नयाँ मान्छेहरूसँग भेटघाट हुन्छ ।
नयाँ भाषा सिकिन्छ ।
परिवारको भूमिकामा परिवर्तन हुन्छ ।
चिरपरिचित ठाउँबाहेकमा पनि बाँच्न सिकिन्छ ।
What Is Adjustment?
Adjustment is the process of learning to live and work in a new country. It involves making changes and learning new things. For example:
• Meeting new people.
• Learning a new language.
• Taking on different family roles.
• Learning to live without familiar places and people.
――― ―――
संस्कृति भनेको हो ?
संस्कृति भनेको कुनै एक समूहका मानिसका साझा मूल्य, मान्यता र परम्पराहरूको एउटा संग्रह हो । संस्कृतिमा कुनै एक समूहको भाषा, कला र मनोभावहरू समेटिएका हुन्छन् । मानिसहरूको बोलीचाली र व्यवहारले उनीहरूका मूल्य र मान्यता झल्काउँछ । नयाँ संस्कृतिबारे सिक्नु भनेको नयाँ देशमा बसोबास गर्न सिक्नुको एक हिस्सा हो । तपाईंले आफ्नो सांस्कृतिक चिनारीका सबै पक्षहरू त्यागेर पूरै अमेरिकी संस्कृति अगाल्नु पर्दैन, तपाईंले यो समाजभित्र बस्न र काम गर्न सिक्नु पर्छ ।
What Is Culture?
Culture is a set of beliefs, values, and traditions that a group of people share. Culture can include a group’s language, art, and attitudes. These beliefs and values influence what people say and do. Learning a new culture is part of learning to live in your new country. You do not have to change completely and follow American culture, you just have to learn to live and work within it.
――― ―――
समायोजनका चरणहरू
नयाँ देश र रहनसहनमा सबैलाई उस्तै अनुभव हुँदैन, धेरैजसो मानिसको गुज्रने परिस्थिति भने एकै ढाँचाको हुन्छ । सबैले बुˇने कुरा चाहिं के हो भने बालबालिकासहित बेग्लाबेग्लै मानिसले छोटो वा लामो समयका लागि थोरै वा धेरै यस्ता अनुभव गर्छन् ।
The Stages of Adjustment
Not everyone’s experience is exactly the same, but there is a general pattern most people follow as they adjust to a new country and culture. Remember that different people may feel these things more or less intensely and for different lengths of time, including children.
――― ―――
पहिलो चरण: आगमन
जब तपाईं विमानबाट उत्रनुहुन्छ, त्यसपछिका केहि हप्तासम्म त प्रत्येक चिज अद्भुत र रोमाञ्चक लाग्छन् । मानिसहरू दयालु लाग्छन्, अवसरहरू अनगिन्ती हुन्छन्, र सबै समस्याहरू समाधान भएजस्तो लाग्छ । तपाईंले आनन्द, सुरक्षित र राहत महसुस गर्न सक्नुहुन्छ ।
Stage One – Arrival
When you get off the plane and several weeks after that everything seems wonderful and exciting. The people seem kind, opportunities are endless, and you feel like all of your problems are over. You may feel happy, safe, and relieved.
――― ―――
दोस्रो चरण: वास्तविकता
अमेरिकामा आएको केहि हप्तापछि तपाईंलाई आफूले बुझेभन्दा फरक अनुभव हुन थाल्छ । तपाईले अमेरिकामा अन्तरहरू फेला पार्नुहुन्छ । घर फर्किन पाए हुन्थ्यो भन्ने कामना गर्न थाल्नुहुन्छ । सबथोक साह्रोगाह्रो भएको अनुभव गर्न सक्नुहुन्छ । दुःखी हुनुहुन्छ, रिस उठ्छ, हिस्स पर्नुहुन्छ र हारेजस्ता अनुभव भएर थकथक हुन थाल्छ ।
Stage Two – Reality
After several weeks in the United States, your feelings may begin to change as reality starts to sink in. You see how different things are in the United States. You may wish to go home. You may feel like things are too hard. You may feel sad, angry, disappointed, and overwhelmed.
――― ―――
तेस्रो चरण: समायोजन
यी अनुभवहरू सामान्य हुन् र समय बित्दै जाँदा सबै हटेर जान्छन् । समायोजन विस्तारै हुने प्रक्रिया हो । अन्ततः चिजबिजहरू बिरानो र असजिला हुँदैनन् । तपाईंले नयाँ साथीहरू फेला पार्नुहुन्छ र साथै आफूलाई व्यस्त पार्ने कामकाज पनि पाउनुहुनेछ । अनि देश छाडेर आएकोमा ग्लानी हुन छाड्छ । अमेरिका नै आफ्नो घर हो भन्ने अनुभूत गर्न थाल्नुहुन्छ ।
Stage Three – Adjustment
These feelings are normal and in time, they will go away. Adjusting is a slow process, but eventually things will not feel as strange and difficult. You will find new friends and things to do. You will not miss your home country as much. You will start to think of the United States as your home.
――― ―――
तपाईंले के गर्न सक्नु हुन्छ ?
समायोजन प्रक्रियामा आफैं हुने होइन्, तपाईंले आफ्नातर्फबाट पनि गर्नुपर्ने केहि महत्त्वपूर्ण प्रयत्नहरू छन्:
आफ्नो वातावरणलाई सकारात्मक रूपमा हेर्नुहोस् । चुनौतिहरूलाई उन्नति र शिक्षा हासिल गर्ने अवसर सम्झनुहोस् ।
सिक्न र अनुकूल हुन समय लाग्छ भन्ने बुझ्नुहोस् । कहिलेकाहिं आफू हारेजस्तो हुनु वा दुःखी हुनु स्वभाविक हो ।
समय लिएर आफूलाई रमाइलो लाग्ने कामकाज गर्नुहोस् ।
घरभित्र मात्रै नबस्नुहोस् । नलुक्नुहोस् । नयाँ मानिसहरूसम्म पुग्नुहोस् र नयाँ वस्तुहरूसँग परिचित हुने आँट गर्नुहोस् ।
अमेरिकीहरूलाई साथीभाई बनाउन थाल्नुहोस् ।
नयाँ देशका बारेमा जान्नुहोस् । बुझ्नुहोस् । जति धेरै सिक्ने कोशिश गर्नुहुन्छ, आफू वरपरका मानिसबारे त्यति नै बुझ्नुहुन्छ ।
परिवार र साथीभाईसँग समय बिताउनुहोस् । उनीहरूसँग अनुभव बाँड्नुहोस् ।
What Can You Do?
Adjusting requires some important efforts on your part.
• Look for the good around you. See challenges as a way to grow and learn.
• Accept that it takes time to learn and adapt. It is okay to feel overwhelmed and sad sometimes.
• Take time to do things you enjoy.
• Do not hide at home. Find the courage to do things with new people and to try new things.
• Make friends with Americans.
• Learn about your new country. The more you learn, the better you will understand the people around you.
• Spend time with your family and friends. Share your experience with them.
――― ―――
तनाव के हो ?
अप्ठ्यारो परिस्थितिहरूमा तपाईंले कस्तो व्यवहार गर्नुहुन्छ, त्यहि नै तनाव हो । तनाव जीवनको एक सामान्य अंश हो, तर यो स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । कुनै समय, ठाउँ वा परिस्थिति एकजनाका लागि तनावपूर्ण भए, अर्का व्यक्तिका लागि त्यस्तै नहुनसक्छ । तनाव हुनुको कारण परिवारमा कसैको मृत्यु, विवाह, गर्भावस्था, नयाँ जागिर, नयाँ घरमा सर्दा, बिरामी र पैसाका समस्या हुन् । नयाँ देश र नयाँ रहनसहनमा आफू बसाई सर्नाले अवश्य तनाव हुन्छ ।
What Is Stress?
Stress is how you react to difficult situations. Stress is a natural part of life, but it can be harmful to your health. What is stressful for one person may not be for another. Many things can cause stress, such as death of a loved one, marriage, pregnancy, a new job, moving to a new home, illness, and money problems. Moving to a new country and a new culture can definitely cause stress.
――― ―――
समायोजनका लागि आफ्नो समय दिनुहोस्
अमेरिकाले धेरै नयाँ अवसरहरू प्रदान गर्छ । तर पनि समायाजनको शुरूवात निकै कठिन हुनसक्छ । शरणार्थीहरूले झेल्नुपर्ने विभिन्न चुनौतिले तनाव हुन सक्छ । तनाव हुँदा के गर्ने र नयाँ संस्कृतिमा कसरी घुलमिल हुने जान्नु निकै फाइदाजनक हुन्छ । आफूले कस्तो अनुभव गर्नुभएको छ भनेर सुनाउन र साह्रोगाह्रोमा मद्दत माग्न धक नमान्नुहोस् ।
Give Yourself Time to Adjust
The United States offers many new opportunities. However, initial adjustment can be difficult. Refugees face many new challenges that can cause stress. It is important to understand how to deal with stress and how to adjust to a new culture. Do not be afraid to talk about how you are feeling and to ask for help.
――― ―――
तनावका लक्षणहरू
मानिसहरूले विभिन्न तरिकाले तनाव महसुस गर्छन्, ती मानसिक, शारीरिक, भावनात्मक वा सामाजिक तनाव हुन्छन् । तनावका लक्षणहरू: टाउको दुख्नु, निद्रा नलाग्नु, रक्सी पिउनु, बेकामे भएको अनुभव गर्नु, चिच्याउनु, रिस उठ्नु वा साथीभाईइष्टमित्रलाई छल्नु हुन् ।
Signs of Stress
People feel stress in many ways, including mentally, physically, emotionally, or socially. Some of the signs of stress are: headaches, trouble sleeping, drinking alcohol, not feeling like doing anything, crying, feeling angry, or avoiding friends and family.
――― ―――
तनाव व्यवस्थापन गर्ने उपायहरू
आफूलाई के गर्दा तनाव हुन्छ र यसबाट मुक्ति पाउने उपाय के के हुन सक्छन् भनेर जान्नु निकै फाइदाजनक हुन्छ । ध्यान गरेर, परिवार वा साथीभाईसँग गफ गरेर, पर्याप्त समय सुतेर, पोषिलो खाना खाएर, हाँसेर, हिंडेर, व्यायाम गरेर वा कसैसँग मद्दत लिएर तनाव कम वा नियन्त्रण गर्न सकिन्छ ।
Ways to Manage Stress
It is important to learn what makes you stressed and how to manage stress. To manage stress you can meditate, talk to family and friends, get enough sleep, eat healthy, laugh, take a walk, exercise, or ask for help.
――― ―――
छिमेकीहरूसँग भेटघाट
अमेरिकनहरूको आनीबानी र मान्यताहरूबारे जान्नु अनि तिनलाई सुहाउँदो तरिकाले व्यवहारमा उतार्दै जानु सांस्कृतिक समायोजनको एक अंश हो । अमेरिकन र अमेरिकन संस्कृतिबारे जान्न शुरू गर्ने एउटा उपाय यहिं जन्मेको अमेरिकनलाई भेट्नु हो । तपाईंका छिमेकी अमेरिकनहरू हुन सक्छन् । तपाईंले उहाँहरूलाई अपार्टमेन्ट बिल्डिङको ढोका, लुगाधुने ठाउँ (लौन्ड्रोम्याट) वा स्टोरमा भेट्न सक्नुहुन्छ । भेट्दा चिनेजाने जस्तो गर्नुहोस्, धेरै अंग्रेजी नबुझे पनि 'हेलो' भन्नुहोस् ।
Meeting Neighbors
Learning about American behaviors and values and coping with them is part of cultural adjustment. One way to begin to understand Americans and American culture is to meet native-born Americans. You may have American neighbors. You may meet them at the door to your apartment building, at a Laundromat, or store. Be friendly and say “Hello” even if you do not understand much more English.
――― ―――
असल छिमेकी बन्नुहोस्
अपार्टमेन्टमा बस्ने अधिकांश मानिसहरू राती दश वा एघार बजेसम्ममा सुत्छन् । राती दश बजेदेखि बिहान ८ बजेसम्म छरछिमेकीलाई बाधा पुग्ने गतिविधि रोक्नुहोस्, जस्तै: नानीहरूलाई हल्ला गर्न नदिनुहोस्, सानो स्वरमा कुराकानी गर्नुहोस्, बाजा नबजाउनुहोस् वा सानो पार्नुहोस् । छरछिमेकीसँग केहि असहमतिहरू भए, हल गर्ने कोशिश गर्नुहोस् । आफूले समाधान गर्न सक्दिँन जस्तो लाग्छ भने घरबेटीसँग मद्दत लिनुहोस् ।
Being a Good Neighbor
Most people living in apartments go to sleep around 10 p.m. or 11 p.m. Please keep children quiet, keep conversations at a low level, and do not play music or make noise that neighbors can hear between 10 p.m. and 8 a.m. If you have disagreements with your neighbors, try to resolve them together. If you cannot, ask your landlord to help.
――― ―――
समयको ख्याल गर्नु
अमेरिकामा समयनिष्ठ हुनु निकै महत्त्वपूर्ण हुन्छ । स्कूल, काम, डाक्टरसँग परीक्षण गर्न, गाडी सिक्न, पुनर्वास संस्थाका कर्मचारीहरूसँग तोकिएको बैठक वा साथीभाईसँगका भेटघाटमा जाँदा समयमा पुग्नुपर्छ । तपाईं पूर्वनिर्धारित समयभन्दा १० मिनेटभन्दा ढिलो हुने हुनु भयो भने फोन गरेर आफू ढिलो हुने बताउनु पर्छ र क्षमा माग्नु पर्छ । डाक्टरलाई भेट्ने समयमा ढिला पुग्नुभयो भने उहाँले तपाईं नजाँच्न सक्नुहुन्छ र नजाँचे पनि जाँचेवापत तिर्नुपर्ने शुल्क भने लिन सक्नुहुन्छ ।
Being on Time
In America, it is always important to be on time for everything: for school, for work, for doctors’ appointments, for driving tests, for scheduled meetings with staff of your resettlement agency, for meeting friends. If you are ever going to be more than 10 minutes late for an appointment, it is important to telephone and let the person know that you will be late and apologize. If you late for a doctor’s appointment, the doctor may not even see you but may still charge you a fee.
――― ―――
गोपनीयता
अमेरिकीहरू व्यक्तिगत गोपनीयतालाई महत्त्व दिन्छन् । मानिसहरू अरूको घरमा जानुअघि निम्तो नपाई, फोन नगरी, वा त्यस्तो केहि बन्दोबस्त नगरी विरलै जान्छन् । अमेरिकीहरूले तपाईंलाई पहिलोपटक उनीहरूको घरमा बोलाएका बेला तपाईंले कुनै कोठाको ढोका बन्द भएको पाउनु हुन्छ र भित्र कोहि बसेका पनि हुनसक्छन् । घरका सबैजना बाहिर नआउन सक्छन् । यो उनीहरूको व्यक्तिगत इच्छा हो । परिवारका कुनै सदस्य आफ्ना कोठामा गोप्य रहन चाहन्छन् ।
Privacy
Americans value their privacy. People usually do not visit the homes of other people unless they have been invited, have telephoned, or have made arrangements ahead of time. When an American invites you to her home for the first time, you may find that some inside doors are closed. This may be because some family members want to remain private in their own rooms.
――― ―――
अनौपचारिकता र नामहरू
अमेरिकीहरू धेरै अनौपचारिक हुन खोज्छन् । एकपटक परिचय भएपछि उनीहरू कुराकानी गर्दा वा बोलाउँदा प्रायः पहिलो नाम प्रयोग गर्छन् । डाक्टर वा शिक्षकशिक्षिका जस्ता व्यवसायिक मान्छेहरूलाई सम्बोधन गर्दा उपयुक्त दर्जामा थर राख्नुपर्छ । शिक्षकका लागि 'मिस्टर जोन्स' उपयुक्त हुन्छ भने शिक्षिकाका लागि 'मिस जोन्स' सहि हुन्छ । तर महिला वा पुरूष जे भए पनि 'डा. जोन्स' ठिक हुन्छ । त्यसैगरी धेरै अमेरिकीहरू नामका छोटो रूप 'उपनाम' प्रयोग गर्छन् । शुरूमा यस्ता उपनामले अलमल पार्छन् । एकजना लोग्नेमान्छेको नाम 'रबर्ट' हुन्छ, उसले परिचय दिंदा आफ्नो नाम 'बब' बताउँछन् । त्यस्तै एकजना महिला वा युवतीको नाम 'एलिजावेथ' हुन्छ, उनले परिचय दिंदा आफ्नो नाम 'बेट्टी' बताउँछिन् । यस्ता अनौपचारिक उपनामहरू बोलीचालीमा मात्र प्रयोग गरिन्छन् र औपचारिक नाम कागजपत्रमा लेख्नुपर्दा वा हस्ताक्षर गर्नुपर्दा पुरा नाम लेखिन्छन् । यस्ता उपनाममा पनि अपवाद छन् ।
Informality & Names
Americans tend to be very informal. Once they are introduced, they mostly use first names when speaking with each other. Use family names with an appropriate title when, for example, when speaking to a professional such as a doctor or a teacher. “Mr. Jones” would be an appropriate way to address a male teacher, “Ms. Jones” would be appropriate for a female teacher. And “Dr. Jones” would be appropriate for either a male or female doctor. Many American names also have short versions called “nicknames.” This may be confusing at first. But a man with the first name “Robert” may introduce himself by his nickname “Bob” and a woman with the first name “Elizabeth” may introduce herself as “Betty.” You may find that informal nicknames are usually used in conversation and more formal, full names are used in written lists and signing papers. There are exceptions.
――― ―――
सोध्न नहुने केहि प्रश्नहरू
अमेरिकीहरू आफ्ना केहि निजी विषयहरू गोप्य राख्छन् । आफ्ना एकदम नजिकैका साथीहरूबाहेक अरू कसैलाई तपाईंले त्यस्ता विषयसम्बन्धी प्रश्न सोध्न वा छलफल गर्न खोज्नुभयो भने केहि अमेरिकीहरू रिसाउँछन् । कुराकानी गर्दा यस्ता विषय छल्ने कोशिश गर्नुहोस्: कति वर्षको हुनुभयो ? कति पैसा कमाउनुहुन्छ वा तलब कति छ ? तपाईं कुन धर्म मान्नुहुन्छ ? तपाईं किन यति मोटाउनु भएको छ ? के तपाईंसँग प्रशस्त पैसा छ ? घर किन्दा कति पैसा हाल्नुभयो ?
Some Questions Not to Ask
There are some subjects that Americans keep very private. If you ask questions or try to discuss these subjects, some Americans will be offended, especially if you are not very, very close friends. Try to avoid these subjects when talking: How old are you? How much money do you make at your work? What is your religion? Why are you so fat? Do you have a lot of money? How much did you pay for your house?
――― ―――
दुई व्यक्तिबीचको दूरी
काम गर्ने ठाउँमा सहकर्मी, छरछिमेकीहरूसँग र सार्वजनिक स्थलहरूमा खास गरी धेरैजसो अमेरिकीहरू अर्को व्यक्तिसँग कुरा गर्दा ३ वा ४ फिट टाढा उभिन चाहन्छन् । यति टाढा रहेर कुरा गर्दा उनीहरूले सुविस्ता ठान्छन् । आफ्नो परिवारका सदस्यहरू र घनिष्ठ मित्रहरू भने निकै नजिक उभिन सक्छन् । यदि अमेरिकीसँग कुरा गर्दा नजिक जान कोशिश गर्नुभयो भने उनीहरूले तपाईंलाई मिचाहा भएको ठान्छन् र पछि हट्छन् । यस्तो बानीप्रति सचेत हुने प्रयास गर्नुहोस् । कसैसँग कुराकानी गरिरहँदा उहाँ थोरै पछाडी हट्नुहुन्छ, त्यसैले आपसबीचको खाली नघटाउनुहोस् । बस, रेल, हवाइजहाज र एलिभेटर (आफैं माथितल गर्ने भर्‍याङ) मानिसहरू अरूसँग नजिक नभई टाढै उभिने वा बस्ने कोशिश गर्छन् । उदाहरणका लागि बसमा चढेपछि धेरै खाली सिटहरू हुँदाहुँदै त्यो छाडेर कुनै अपरिचित व्यक्तिको छेउमा गएर बस्नुभयो भने उनलाई अप्ठ्यारो महसुस हुन सक्छ, उनी त्यहाँबाट उठेर अर्को सिट गएर बस्न सक्छन् ।
Personal Space
Most Americans tend to stand about 3 or 4 feet apart when they are talking to another person, especially with colleagues at work, neighbors, and in public places. This distance makes them feel comfortable. They may stand closer together if they are members of the same family or are very close friends. If you try to get too close to an American during a conversation, he or she will feel that you are being aggressive and will try to back away. Try to be aware of this, so if the person to whom you are speaking backs away a little, don't try to close the gap.
In buses, trains, airplanes, and elevators, people will try to stand or sit in locations where they will not be too close to others. For example, if you take a seat right next to a stranger when there are many other empty seats on a bus, the stranger may feel uncomfortable and get up and take another seat.
――― ―――
शरीरको भाषा
मानिसहरू आपसमा संवाद गर्दा अंगको प्रयोगका साथै बोलीबाट गर्छन् । जीउको सञ्चालनबाट प्रकट गरिने संवाद पनि भाषा जस्तै आफ्नै संस्कृतिबाट सिकिन्छ । उदाहरणका लागि धेरैजसो अमेरिकीहरू 'होइन' भन्न उनीहरू आफ्नो टाउको दायाँबायाँ गर्छन् र 'हो' भन्न उनीहरू टाउको तलमाथि गर्छन् । उता नेपालीहरू भने 'हो' भन्न टाउको यस्सो एकातिर घुमाउँछन् । अमेरिकी कुरा गर्दा आँखामा आँखा जुधाएर कुरा गर्न मन पराउँछन् । अरू संस्कृतिबाट आएका मानिसहरू आँखामा आँखा जुधाएर कुरा गर्दैनन्, त्यसमा पनि खासगरी महिला र पुरूषबीचमा कुरा हुँदा । कुरा गर्दा आफूले अन्यत्र हेरियो भने यसलाई छल्न खोजेको संकेतका रूपमा लिइन्छ । अमेरिकीहरू भेट हुँदा हात मिलाएर अभिवादन गर्छन् । तपाईंले यस्तो बेलामा हात मिलाउनु भएन भने अमेरिकी सहकर्मी वा हाकिम (प्रवन्धक) ले तपाईंसँग आदर गर्ने बानी नभएको ठान्छ । नयाँ रहनसहनका मानिसले कसो गर्छन् ध्यान दिएर अवलोकन गर्नु र कस्तो व्यवहार गर्छन् हेर्नु नै शरीर वा अंगका संवाद सिक्ने सबभन्दा गतिलो तरिका हो ।
Body Language
People communicate by using their bodies as well as by speaking. Most body movements are a learned part of a culture, just like a language. For example, most Americans typically signal “no” by moving their head left and right but signal “yes” by nodding their head up and down. Nepalese, however, might signal “yes” by tilting their head to one side. Americans like to make eye contact when talking with each other. People from other cultures, may avoid eye contact, especially between men and women. If you look away, it may be taken as a sign of evasiveness. Americans shake hands when greeting each other. If you do not shake hands at the appropriate time an American worker or manager may view this as lack of respect. An important way to learn appropriate body language in this new culture is to observe people closely and see how they behave.
――― ―――
परिवारमा बदलिंदो भूमिका
अमेरिका आउँदा र यसको नयाँ रहनसहन तथा नयाँ भाषा सिक्दा यसले आमा, बुबा, हजुरआमाहजुरबुबा, कलिलो उमेरका केटाकेटीहरू र सानो उमेरका बालबालिकालाई फरक तरिकाले प्रभाव पार्छ । यसले एक अर्कासितको सम्बन्धहरूमा पनि प्रभाव पार्छ । यो सामान्य पक्ष हो, तर यसले अप्ठ्यारा परिस्थिति पनि ल्याउन सक्छ ।
Changing Roles in the Family
Moving to America and its new culture and new language will affect mothers, fathers, grandparents, teenagers, and young children differently. It can also affect their relationships with each other. This is all normal, but it can cause difficulties.
――― ―――
पुरूष र महिला
अमेरिकामा श्रीमान् र श्रीमती दुवैले काम गर्छन् भन्ने आशा गरिन्छ । यदि श्रीमतीले पहिला जागिर पाइन भने आफूले जागिर नपाउन्जेल श्रीमानले बालबच्चाको स्याहार गर्छन् । श्रीमान् र श्रीमती दुवै काम गर्छन् भने बच्चा हेर्ने जिम्मेवारी बाँड्छन् । कहिलेकाहिं श्रीमतीले श्रीमान्को भन्दा बढी कमाउँछिन् । आफ्नो देशमा रहँदा परिवारको शिर्ष स्थानमा रहेका पुरूषले नेतृत्व गुमाएको अनुभूति गर्छन् र उनीहरूलाई नयाँ जीवनशैलीमा मिल्न कठिनाई हुन सक्छ ।
Men and Women
Men and women are both expected to work in America. If the wife finds a job first, the husband may care for children at home until he also finds a job. When they are both working they will need to share child care responsibilities. Sometimes the wife will earn more money than the husband. Men who are comfortable in the traditional role as sole leaders of their families may find it difficult to adjust to their changed role.
――― ―――
स्कूल जाने उमेरका नानीहरू
स्कूल जाने उमेरका नानीहरूले प्रायःजसो आफ्ना आमाबुबा र हजुरबुबाहजुरआमाभन्दा चाँडो अंग्रेजी सिक्छन् । अभिभावकले आफ्ना नानीहरूबाट दोभाषेका रूपमा सहयोग लिन्छन् । नानीहरूले टेलिफोनमा जवाफ फर्काउने, डाक्टरसँग जाँच्ने समय मिलाइदिने, चिट्ठीपत्रहरू पढिदिने, छिमेकी वा घरबेटीसँग कुरा गरिदिने गर्छन् । त्यसैले शरणार्थीका नानीहरूले त्यहि उमेरका अमेरिकी नानीहरूभन्दा आफ्ना अभिभावकको जिम्मेवारीहरू बढी लिन सक्छन् ।
School Age Children
School age children will often learn English faster that their parents and grandparents. Parents may ask their children to act as interpreters, to answer the telephone, to make appointments with doctors, to read the mail, to talk with neighbors or landlords. Refugee children, therefore, may take on more adult responsibilities than American children of the same age.
――― ―――
किशोरकिशोरी
खासगरी कलिलो उमेरका केटाकेटीलाई अमेरिकामा पुनर्वास गर्दा निकै अप्ठ्यारो हुन्छ । उनीहरूको धेरै घण्टा स्कूलमा बित्छ, जहाँ उनीहरूलाई आफ्ना अमेरिकी किशोरकिशोरीका लवाईखवाई र आनीबानी हेर्छन्, अनि सजिलै त्यसको सिको गर्न शुरू गर्छन् । उता घरमा भने उनीहरूले आफ्नो परम्परागत जीवनशैली नै अपनाउँछन् भन्ने आशा गरिन्छ, कि त लगाउने लुगा होस्, खानेकुरा होस् या व्यवहारमा होस् । केहि अभिभावकहरूले उनीहरूले नयाँ जीवनशैली अपनाएकोमा आपत्ती जनाउँछन् र यसले परिवारमा द्वन्द्व हुन सक्छ । कलिलो उमेरका केटाकेटीहरूलाई यी दुवै फरकफरक सांस्कृतिक चालचलन अपनाउँदा भएको तनाव आफ्ना अभिभावकलाई व्यक्त गर्न सक्छौं भन्ने नलाग्न सक्छ । केटा र केटीबीचको मित्रता र उनीहरू दुवै सँगै हुँदाको व्यवहारले तनावपूर्ण अवस्था ल्याउँछ ।
Teenagers
Resettlement in America can be especially difficult for teenagers. They spend many hours in school where they observe closely the clothing, food, and behavior of American teenagers and they begin quickly to adopt similar clothing and behavior. At the same time, in their home they are expected to maintain the traditional way of life, including clothing, food, and behavior. Some parents may object to the assimilation changes they see in their teenagers and family conflict may result. Teenagers may not feel they can communicate the stress of being part of two different cultures with their parents. This may be especially true regarding relationships between boys and girls and their behavior together.
――― ―――
हजुरबाहजुरआमा
पाको उमेरका परिवारका सदस्यलाई अंग्रेजी सिक्न सबभन्दा धेरै कठिनाई हुन्छ । यसै कारणले जागिर पाउन झनै गाह्रो हुन्छ । उनीहरूले परिवारका तन्नेरी सदस्यहरूको आम्दानीमा भर पर्नु पर्ने हुन्छ । बूढापाका सदस्यहरू जो परिवारका लागि ज्ञान र अनुभवको स्रोत थिए हाल त्यो स्थान गुमेको महसुस गर्न सक्छन् । नयाँ रहनसहनमा सार्थक काम वा विशिष्ट भूमिकाको अभाव र नेपाली भाषामा मात्र कुराकानी गर्न सक्ने क्षमताका कारण हजुरबाहजुरआमाहरूले आफूलाई एक्लो ठान्न सक्नुहुन्छ । यसले उहाँहरूलाई उदास बनाउन सक्छ र आफ्नै पुरानो रहनसहनमा फर्कने इच्छा जागेर आउन सक्छ ।
Grandparents
Older adults often have the most difficulty learning English. For that reason they may have greater difficulty in obtaining jobs. They may remain dependent on the income of younger members of their families. The elderly may feel that they have lost their status as the source of knowledge and experience in their families. Without meaningful work or specific role in the new culture and with the limitation of begin able to communicate only in Nepali, the elderly may feel isolated. This can lead to depression and a strong desire to return to their old culture.
――― ―――
एकिकरण
समायोजनपछि एकिकरण हुन्छ । नयाँ ठाउँ तपाईंका लागि केहि अनुकूल भएपछि तपाईं र परिवारका सदस्य अमेरिकी समुदायमा घुलमिल हुन थाल्नुहुन्छ । नयाँ ठाउँमा एक वर्ष बिताएपछि त्यो ठाउँको मौसम, ऋतुहरू, अमेरिकाका सार्वजनिक बिदाहरूको क्रम, आफूलाई मनपर्ने टेलिभिजन कार्यक्रमहरू, खेलकूद, नेपाली र भूटानी खाद्यान्न खरिद गर्ने राम्रा स्टोरहरूबारे थाहा हुन्छ । तपाईंले आफ्नो काम र छिमेकमा नयाँ अमेरिकी साथीहरू बनाउनुहुन्छ । तपाईंका नानीहरूलाई उनीहरूसँगै स्कूलमा पढ्ने अमेरिकी साथीहरूले आफ्नो जन्मदिनको पार्टीमा बोलाउन सक्छन् र तपाईंले पनि अमेरिकी साथीहरूलाई आफ्नो बच्चाको जन्मदिनको पार्टीमा बोलाउन थाल्नु हुन्छ । आउँदा वर्षहरूमा अंग्रेजी बोल्ने र बुˇने क्षमता विकास गर्नुका साथै अमेरिकामा सफल हुन चाहिने ज्ञान र आनीबानीबारे बुझेपछि तपाईंलाई अझ सजिलो हुन्छ । त्यसपछि अमेरिकी रहनसहनका कसरी सामेल हुने र आफ्नो संस्कृति कसरी बचाइराख्ने भनेर निर्णय गर्न सक्नुहुन्छ । एउटा साधारण तर महत्त्वपूर्ण उदाहरण काँटा, चम्चा र स्याँगी प्रयोग गरेर अमेरिकी तरिकाले खाना खाने वा आफ्नो समाजमा चलेको तरिकाहातले खाने भनेर निर्णय गर्न सक्नुहुन्छ । प्रत्येक व्यक्ति वा परिवारले यस्तो छनौट आफैं गर्ने हो ।
Integration
Integration follows adjustment. After your initial adjustment to your new home, you and your family members will begin to integrate into American society. After your first year in your new home, you will be familiar with the weather, the seasons, the sequence of American holidays, television programs you enjoy, sports, best places to shop for traditional Nepali and Bhutanese foods. You will have made new American friends at work and in your neighborhood. Your children may be invited to birthday parties of American school friends and you may invite their American friends to celebrate your child’s birthday. The following years will be easier as you will have gained the ability to speak and understand English, and you will have the knowledge and understand the behaviors necessary to live successfully in America. You will make choices about what parts of American culture to adopt and what parts of your traditional culture you will maintain. As a very simple but specific example of a cultural choice, you will decide between eating meals in the traditional manner with your hand or eating in the American manner with fork, spoon, and knife. Each person and each family will be making these choices for themselves.
――― ―――
सांस्कृतिक सम्पदाको संरक्षण
परम्परागत खानाहरू, संगीत, धार्मिक संस्कारहरू, राष्ट्रिय चाडपर्वहरू, पोशाक, नृत्य र भाषा तपाईंले आफूसँगै ल्याएका परम्परागत भूटानी÷नेपाली संस्कृतिका बाह्य हिस्साहरू हुन् । जब तपाईंले आफूलाई अमेरिकी संस्कृतिको अनुकूल बनाउनुहुन्छ, त्यसै बेला आफ्ना नानीहरू र आउँदो पुस्ताका लागि आफ्नो रहनसहनको संरक्षण र संवद्र्धन गर्ने विषयमा सोच्नुपर्छ । यसका अतिरिक्त तपाईंले अमेरिकीहरूलाई आफ्नो सांस्कृतिक सम्पदा परिचित गराउन मद्दत गर्न सक्नुहुन्छ ।
Protecting Cultural Heritage
Traditional foods, music, religious rites, national festivals, clothing, dance, and language are all outward parts of the traditional Bhutanese/Nepali culture you have brought with you. While you adapt to American culture, you should consider how you can help preserve and protect your traditions for your children and for future generations. In addition, you can help introduce Americans to much of your cultural heritage.
――― ―――
सामुदायिक संस्थाहरूमा सहभागिता
नेपालका शरणार्थी शिविरहरूमा बस्दै आएका भूटानीलाई अमेरिकाले केहि वर्षअघि ल्याउन थालेको हो । सन् २००८ मा यहाँ आएका परिवारहरूले केहि वर्ष बिताइसक्नुभएको छ । उहाँहरूले आफू पुनर्स्थापित शहर र राज्यमा केहि अनुभव सम्हालीसक्नुभएको छ । शुरूमा आएका आप्रवासीले धेरै शहरमा भूटानीहरूको सामुदायिक संस्था स्थापना गर्नुभएको छ । त्यस्ता संस्थाहरूले भर्खर आएका परिवारहरूलाई नयाँ परिस्थितिअनुकूल हुन मद्दत गर्ने गरेका छन् । यस्ता संस्थाहरूले सांस्कृतिक कार्यक्रमहरू र विशेष पर्वहरू, जस्तै: दशैं, तिहार, परम्परागत नयाँ वर्ष वैशाख १, मा उत्सव आयोजना गर्छन् । यस्ता गतिविधिले परम्परागत संस्कृतिको महत्त्वपूर्ण पाटोलाई कायम राख्न मद्दत गर्छ । आफू बस्ने समुदायमा भूटानी संस्था छन् वा छैनन् र थप जानकारीका लागि कोसँग सम्पर्क गर्नुपर्छ भनेर पुनर्वास संस्थालाई सोध्नुहोस् । स्वयंसेवकले स्थानिय संस्थाहरूलाई सांस्कृतिक कार्यक्रम तयार पार्न मद्दत गर्नुपर्छ ।
Participate in Community Organizations
America has been accepting Bhutanese refugees from the camps in Nepal for only a few years. Those who arrived in 2008 have now lived here for some years. They have much experience living in the city and state in which they were resettled. In many cities, the earliest immigrants created a Bhutanese community organization. These organizations often help the newest arrivals adapt to their new lives. They also help organize culture shows, and celebrations of holidays like Dashain, Tihar, and Baisakh 1, the traditional New Year. These activities help maintain important parts of the traditional culture. Ask your resettlement agency about whether there is a Bhutanese organization in your community and who you should contact to learn more about it. Volunteer to help your local organization prepare cultural activities.
――― ―――
नेपाली भाषाको पढाइलेखाइ
परिवारका सबै सदस्य अंग्रेजी सिकिरहे पनि घरमा परिवारले सधैं नेपाली बोलि रहेको हुन्छ । यसो गर्दा बालबालिका दुई भाषा सिक्दै हुर्कन्छन् । अमेरिकामा नेपाली पढ्ने र लेख्ने मौका विरलै मिल्छ । अमेरिकामा बालबालिका हुर्कदै जाँदा मौलिक संस्कृतिमध्ये चाँडो लोप हुने एउटा महत्त्वपूर्ण भाग आफ्नो भाषामा पढ्ने र लेख्ने क्षमता हो । त्यसैले परिवारका वयस्क सदस्यहरूसँग आफ्ना बालबालिकालाई नेपाली भाषामा साक्षर बनाउने अठोट छ भने कुनै एउटा कार्यक्रमको योजना बनाउनुपर्छ ।
Reading and Writing in Nepali Language
Even as each family member is learning English, families will continue to speak Nepali at home. This will ensure that children will grow up bilingual. In America, however, there are few opportunities to read Nepali and even fewer to write Nepali. One component of culture that can be lost very quickly as children grow up in America is the ability to read and write in their native language. Adults should consider whether they believe it is important to transmit literacy in Nepali to their children and, if they do, plan a means to do so.