Thursday, July 13, 2017

अध्याय १२: अधिकार, जिम्मेवारी, र कानुन (Chapter 12: Rights, Responsibilities, and Laws)

अमेरिकाको कानूनव्यवस्था
अमेरिकाको कानूनव्यवस्थाका केहि महत्त्ववपूर्ण तथ्यहरू यहाँ छन्:
कानून त्यस्तो नियम हो, जो सबैले पालना गर्नैपर्छ । अमेरिकामा राष्ट्रिय (संघीय), राज्य र स्थानिय स्रतरका कानुनहरू हुन्छन् ।
प्रहरीको काम रक्षा र सहयोग गर्नु हो । उनीहरूले कानुन कार्यान्वयन (लागू) गर्छन् ।
अदालतले कानुनको व्याख्या गर्छ र कोहि दोषी वा निर्दोष भएको फैसला गर्छ ।
यहाँ अध्यागमन अदालत, परिवार अदालत र ट्राफिक अदालतसहित विभिन्न प्रकारका अदालतहरू हुन्छन् । यहाँको कानूनव्यवस्था बुझ्नु भयो भने यसले तपाईं र तपाईंको परिवार सुरक्षित रहन मद्दत गर्छ र कानुनीअप्ठ्याराहरूमा परिदैन ।
Legal System in the United States
Here are a few important facts about the legal system in the United States:
• Laws are rules everyone must follow. There are national, state, and local laws.
• Police protect and help people and enforce laws.
• Courts interpret laws and decide if people are innocent or guilty.
There are different types of courts, including immigration court, family court, and traffic court. Understanding the legal system will help keep you and your family safe and out of trouble.
――― ―――
तपाईंका अधिकार
अमेरिकाको एक कानूनी वासिन्दाका निम्न अधिकारहरू हुन्छन्:
मनमा लागेको बोल्न पाउने (वाक स्वतन्त्रता) ।
आफ्नो धर्म मान्न पाउने (धार्मिक स्वतन्त्रता) ।
रंग, धर्म वा जात जे भए पनि समान व्यवहार पाउने ।
पुर्जाबिना तपाईंका सरसामानको खानतलासी गर्न खोजेमा अस्विकार गर्न पाउने ।
प्रहरी वा अध्यागमन अधिकारीले केहि सोधेमा चुप रहन पाउने ।
मुलुकका कुनै स्थानमा पनि बस्न र काम गर्न पाउने ।
सार्वजनिक स्कूल वा कलेजमा पढ्न पाउने ।
घर र बाटोमा हिंसाबाट सुरक्षित रहन पाउने ।
अदालतले दोषी प्रमाणित नगरून्जेल निर्दोषका रूपमा मान्न पाउने ।
आफ्नो सम्पत्ति राख्न पाउने ।
कानुनी रूपमा योग्य भएपछि स्थायी वासिन्दा (ग्रिनकार्ड) र नागरिकताका लागि आवेदन दिन पाउने ।
Your Rights
As a legal resident in the United States, you have the right to:
• Speak freely.
• Practice your religion.
• Be treated equally regardless of race, religion, or ethnic background.
• Refuse to allow someone to search through your belongings without a warrant.
• Remain silent when questioned by police or immigration authorities.
• Live and work anywhere in the country.
• Attend public schools and colleges.
• Be safe from violence in your home and on the streets.
• Be considered innocent of any crime until proven guilty in a court.
• Own property.
• Apply for permanent residency (green card) and citizenship when you are eligible.
――― ―――
तपाईंका जिम्मेवारी
तपाईंका तल उल्लेख गरिएलगायत केहि जिम्मेवारीहरू पनि हुन्छन्:
कानुनको पालना गर्नुहोस् । कहिलेकाहिं थाहा नपाई कानुन मिच्नुभयो भने पनि तपाईंले सजायको भागिदार हुनुपर्ने हुनसक्छ ।
संघीय (राष्ट्रिय), राज्य स्तर र स्थानिय स्तरका करहरू तिर्नुहास् ।
नयाँ ठाउँमा बस्न थालेको दश दिनभित्र ठेगाना फेरिएकोजानकारी दिन एआर ११नामको फारम भर्नुहोस र युएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेज’ (अमेरिकी नागरिकता तथा अध्यागमन सेवा) कार्यालयमा पठाउनुहोस् ।
तपाईं १८ वर्षदेखि २५ वर्षसम्मको पुरूष हुनुहुन्छ भने आफ्नो नाम सेलेक्टिभ सर्भिसनामक कार्यालयमा दर्ता गराउनुहोस् ।
Your Responsibilities
You also have responsibilities to do certain things, including:
• Obey all laws. You can be punished if you break a law, even when you did not know about it.
• Pay federal, state, and local taxes.
• Fill out an AR-11 form and send to US Citizenship and Immigration Services within 10 days every time you move to a new address.
• Register for Selective Service if you are a male between 18 and 25 years old.
――― ―――
हिंसात्मक अपराध
आफ्नो श्रीमान/श्रीमती, बालबच्चा, साथीभाई वा अपरिचित व्यक्ति कसैलाई शारीरिक रूपमा घाइते बनाउनु अपराध हो । हिंसात्मक अपराधको सजाय पक्राउ र थुना हुनसक्छ ।
Violent Crime
It is a crime to physically hurt someone, including a spouse, children, friends, or strangers. Acts of violence may result in arrest and imprisonment.
――― ―――
चालकसम्बन्धी कानून
चालकसम्बन्धी नियम राज्यपिच्छे फरक हुन सक्छन् । गाडी चलाउन तपाईंको उमेर पुगेको छ र गाडी चलाउन चाहनुहुन्छ भने तपाईंले आफू बस्ने राज्यको मोटरवाहन विभाग (डिपार्टमेन्ट अफ मोटर भीइकल, डिएमभी) मा जानुपर्छ र अनुमतिपत्र (लाइसन्स) पाउन आवेदन दिनुपर्छ । लाइसेन्स पाउनुअघि मुख्य तीन परीक्षामा उत्तीर्ण हुनुपर्छ, ती हुन् तपाईंको आँखाको क्षमता जाँच्ने परीक्षा, व्यावहारिक सडक परीक्षा (सडकमा गाडी चलाउन सक्ने/नसक्ने भन्ने क्षमतासम्बन्धी परीक्षा) र राज्यको गाडी चलाउने नियम कानुनको परीक्षा ।
अमेरिकाको गाडी चलाउनेले बुझ्नुपर्ने केहि महत्त्ववपूर्ण तथ्यहरू यहाँ छन्:
चालक अनुमतिपत्र (लाइसेन्स) बिना गाडी चलाउनु गैरकानुनी हो ।
रक्सी वा अन्य लागूपदार्थ खाएर गाडी चलाउनु गैरकानुनी हो ।
साना नानीहरूलाई उनीहरूका लागि बनाइएका विशेष प्रकारका सिटमा राखेर मात्र गाडीमा लिएर हिड्नुपर्छ ।
धेरैजसो राज्यहरूमा चालक र यात्रु सबैले सिटबेल्ट लगाएको हुनुपर्छ ।
धेरैजसो राज्यहरूमा गाडी चलाउने अनुमतिपत्र पाउन १६ वर्ष पुगेको हुनुपर्छ भने केहि राज्यमा साढे चौध, पन्ध्र वा सत्र वर्ष पुगेको हुनुपर्छ ।
धेरैजसो राज्यहरूमा गाडी हाँक्दा फोनमा कुरा गर्न वा मोबाइलबाट टेक्स्ट म्यासेज (सन्देश) पठाउनुलाई गैरकानुनी मानिन्छ ।
नियम उल्लघंन गर्दा जरिवाना तिर्नुपर्ने, थुनामा पर्नु पर्ने वा आफू वा अरूलाई चोटपटक लाग्न सक्छ ।
Driving Laws
Driving laws can differ in each state. If you are an adult and want to drive a car, you must go to an office of your state’s Department of Motor Vehicles (DMV) and apply for a driver’s license. You will have to pass a vision test, a test about your state’s driving laws, and a practical road test.
Here are a few important facts about driving in the United States:
• It is illegal to drive without a driver’s license.
• It is illegal to drive while under the influence of alcohol or other drugs.
• Young children must be in a special child car seat while riding in a car.
• In most states, the driver and passengers must wear seat belts.
• In most states 16 year olds are able to obtain a license; in other states in may be 14½ , 15, or 17.
• In many states, it is illegal to talk or text on a phone while driving.
Breaking driving laws could result in paying a fine, going to jail, or causing injury to yourself or others.
――― ―――
यौनसम्बन्धसम्बन्धी कानून
धेरैजसो राज्यमा यौनसम्बन्ध राख्न पैसा तिर्नु र मन्जुरी भएरै पनि अठार वर्षमुनिका व्यक्तिसँग यौनसम्बन्ध राख्नु गैरकानुनी हो । आफ्नो काम गर्ने ठाउँमा यौनसम्बन्धसँग सम्बन्धित टिकाटिप्पणी, अनुरोध र गतिविधि गर्नु पनि गैरकानुनी मानिन्छ । यस्ता कार्यलाई यौनउत्पीडन गरेको भनिन्छ र यसैका कारण तपाईंको जागिर जान सक्छ ।
Laws Related to Sex
It is illegal in most states to pay someone for sex and for adults to have sex with someone less than eighteen years old, even if the child agrees. In the work place, it is illegal to make offensive comments, requests, or actions relating to sex. This is called sexual harassment and you could lose your job.
――― ―――
घरेलुहिंसा
अमेरिकामा घरेलुहिंसा एक प्रकारको अपराध हो । सबैको हिंसारहित जीवन जिउने अधिकार छ । घरेलुहिंसा श्रीमानश्रीमती, प्रेमीप्रेमिका र परिवारको वयस्क सदस्यबीच हुने अभद्र व्यवहार हो । हुन त परिवारमा श्रीमान या श्रीमती दुवै घरेलुहिंसाको पिडित हुन्छन्, तर ८५ प्रतिशत महिला यस्तो व्यवहारका पिडित भएको पाइन्छ ।
Domestic Violence
In the United States, domestic violence is a crime. Everyone has the right to live a life free of violence. Domestic violence is abusive behavior between a husband and wife, boyfriend and girlfriend, one adult family member against another. While both men and women can be victims of domestic violence, eighty-five percent of domestic violence victims are women.
――― ―――
दुर्व्यवहारका प्रकार
घरेलुहिंसा भन्नाले शारीरिक, यौन, भावनात्मक वा आर्थिक दुर्व्यवहारहरू हुन् । शारीरिक दुर्व्यवहारका उदाहरणहरू: कसैलाई धकेल्नु, समात्नु, हिर्काउनु, चड्काउनु, लात हान्नु, र पिल्साउनु/पोल्नु हुन् । यौन दुव्यर्वहार भनेको विवाहित श्रीमान वा श्रीमतीलगायत कसैको इच्छाविपरित यौनसम्बन्धका लागि बलजफती गर्नु हो । भावनात्मक दुव्यर्वहारका उदाहरणहरू: नाम बिगारेर बोलाउनु, हेला गर्नु, सताउने नियतले कसैसँग सम्पर्क गर्नु वा कसैलाई पछ्याउनु, आफन्तबाट कसैलाई छुटाएर लैजानु, धम्क्याउनु, तर्साउनु, कसैलाई अंग्रेजीकक्षा लिनबाट रोक्नु, अरूको फोन सुन्नु वा अरूको इमेल हेर्नु आदि हुन् । आर्थिक दुर्व्यवहारका उदाहरणहरू: कसैलाई जागिर खान नदिनु वा खाएको जागिरमा रहन नदिनु, अरूको हरहिसाब आफूले नियन्त्रणमा लिनु, पैसा लुकाइदिनु र साथीभाई वा श्रीमानश्रीमतीले काम गरेवापत आएको चेक अनुमति बिना लिनु आदि हुन् ।
Types of Abuse
Domestic violence can include physical, sexual, emotional, or economic abuse. Examples of physical abuse are pushing, grabbing, hitting, slapping, kicking, and burning someone. Sexual abuse is forcing sexual activity against someone’s will, including between married partners. Examples of emotional abuse are name-calling, insulting, obsessively contacting or following someone, keeping someone from their family or friends, making threats, intimidating another person, not allowing someone to take English classes, and monitoring another person’s phone calls or mail. Examples of economic abuse are not allowing someone to get or keep a job, maintaining control over financial resources, hiding money, and taking a partner or spouse’s paycheck without permission.
――― ―――
दुर्व्यवहार हुँदा पाइने सहायता
अमेरिकामा तपाईंको श्रीमान वा श्रीमतीले तपाईंलाई दुव्यर्वहार गरेमा अपराध गरेको ठहर्छ । यस्तो अवस्थामा तपाईंको सुरक्षित रहने हक हुन्छ । यसका लागि प्रहरीलाई फोन गर्नुहोस् । उहाँहरू तपाईंको घर आउनुहुन्छ । यदि तपाईं अंग्रेजी बोल्नुहुन्न भने नेपाली र अंग्रेजी बोल्ने दोभाषे खोज्नुहोस् । दोभाषेका रूपमा बालबालिकाको प्रयोग नगर्नुहोस् । प्रहरीले फोनका माध्यमबाट दोभाषेसँग सहायता पनि लिन सक्छन् ।
तपाईको श्रीमान वा श्रीमतीले अपराध गरेको ठहर भए प्रहरीले पक्राउ गर्न पनि सक्नुहुन्छ । पक्राउ गर्दा प्रहरीलाई घटनादर्ताका कागजात पूरा गर्न र दर्ता नम्बर दिन अनुराध गर्नुहोस् । घटनादर्ता गर्ने प्रहरीको नाम र उहाँको ब्याचनम्बर पनि लिनुहोस् । यस्ता तथ्यहरू लिंदा घटनादर्ताबारे पछि के के भइरहेछ भन्ने जान्न सजिलो हुन्छ ।
अदालतले एउटा आदेश जारी गर्छ, जसलाई सुरक्षा आदेशभनिन्छ । यो आदेश तपाईं र तपाईंको छोराछोरीलाई दुर्व्यवहार गर्ने व्यक्तिबाट सुरक्षित राख्ने अर्को उपाय हो । यस आदेशमार्फत् न्यायाधीशले दुर्व्यवहार गर्ने व्यक्तिलाई घर छाड्न र श्रीमान, श्रीमती वा साथै बस्दै आएको व्यक्ति तथा छोराछोरीबाट टाढा बस्न आदेश दिन सक्नु हुन्छ ।
Getting Help from Abuse
If your partner is abusing you, he or she is committing a crime in the United States. You have the right to be protected. Call the police. They will come to your home. If you do not speak English, find someone who can interpret for you – but do not use a child. The police can also use an interpreter who speaks Nepali through a telephone phone service.
If the police believe your partner has committed a crime, they can arrest him. If this happens, ask the police to complete an incident report and get the report number. Also, get the name and badge number of the police officer making the report. This information will help you follow up on the status of the case.
A “protection order” issued by the court is another way to keep you and your kids safe from an abusive partner. With a “protection order” a judge can order an abusive person to leave his home and stay away from his spouse or partner, and children.
――― ―――
धूमपान र रक्सी
सबै राज्यमा २१ वर्षभन्दा कम उमेरका व्यक्तिले बियर, वाइन वा अन्य कुनै खालका रक्सी खरिद गर्नु गैरकानुनी हो । तोकिएको स्थान, जस्तै: मधुशाला (बार, रक्सी खाने ठाउँ) वा चमेनागृह (रेष्टुँरा) बाहेक सडक वा सार्वजनिक स्थलमा रक्सी पिउनु सामान्यतः गैरकानुनी हो । रक्सीसम्बन्धी अन्य कानुन राज्यपिच्छे फरक हुनसक्छन् । सबैजसो राज्यमा १८ वर्ष नपुगेका व्यक्तिले सिगरेट वा सूर्तीबाट बनेका अन्य उत्पादन खरिद गर्नु पनि गैरकानुनी हो । केहि राज्यले सार्वजनिक स्थलहरू जस्तै: चमेनागृह, स्कूल, नाटकघर र अन्य स्थानमा धूमपान गर्न प्रतिवन्ध गरेका छन् ।
Smoking and Alcohol
It is illegal in every state for someone under the age of 21 to purchase beer, wine or other alcoholic beverages. It is usually illegal to drink alcoholic beverages on the street or in public places except designated bars or restaurants. Other laws regarding alcohol may vary by state. It is illegal in every state for someone under the age of 18 to purchase cigarettes or other tobacco products. Some states and communities prohibit smoking in public places, such as restaurants, schools, theaters, and other locations.
――― ―――
सेलेक्टिभ सर्भिस
तपाईं १८ वर्षदेखि २५ वर्षसम्मको पुरूष हुनुहुन्छ भने तपाईंले आफ्नो नाम सेलेक्टिभ सर्भिसमा दर्ता गराउनैपर्छ । यसरी नाम दर्ता गर्नुपर्नेमा शरणार्थीहरू, स्थायी वासिन्दाहरू र नागरिकहरू पर्छन् । अमेरिका आउनेबित्तिकै वा १८ औं जन्मदिन मनाएको ३० दिनभित्र यस सेवामा आफ्नो नाम दर्ता गराउनुपर्छ । सेलेक्टिभ सर्भिसएउटा सरकारी निकाय हो । खाँचो परेका बेला सरकारले यस सेवामा दर्ता भएका युवालाई अमेरिका सेनामा काम गर्न बोलाउँछ । अहिलेको अवस्थामा सेनाका सबै सदस्य स्वयंसेवक हुन् र भर्ति हुन अनिवार्य छैन । यस सेवामा नाम दर्ता गराउन हुलाक कार्यालय जान सकिन्छ वा इन्टरनेटको माध्यमबाट पनि गर्न सकिन्छ । तपाईंले यस सेवामा आफ्नो नाम दर्ता गर्न चुक्नु भयो भने तपाईं अमेरिकाको नागरिकता पाउनबाट बञ्चित हुन सक्नुहुन्छ ।
Selective Service
If you are a man ages 18 through 25 and living in the U.S., then you must register with the Selective Service System. This includes refugees, permanent residents, and citizens. Registration must be done by men soon after arriving in the US or within 30 days after a boy has his 18th birthday. Selective Service is the government agency that can call people to serve in the U.S. military if necessary. Presently, all members of the military are volunteers and no one is required to serve. Registration can be done at any post office or on the internet. If you fail to register you may not be able to become an American citizen.
――― ―――
आयकर
परिवारको कोहि सदस्यले काम गरेर वा अन्य कुनै स्रोतबाट पैसा कमायो भने वर्षका अन्त्यमा तपाईंले आयकर तिर्नुपर्छ । यसका लागि अमेरिकी आन्तरिक राजस्व सेवा (युएस इन्टरनल रेभेन्यु सर्भिस, आइआरएस) नामक कार्यालयमा आयकरदाखिला (इन्कम ट्याक्स रिटर्न) का लागि १०४० फारम भरेर पठाउनुपर्छ । केहि राज्य र केहि शहरमा वर्षभर कमाएको कूल आम्दानीको विवरण पनि पेश गर्नु पर्छ । यो विवरणपत्र भरेपछि तपाईंले सरकारलाई बुझाउनुपर्ने रकम कति हो या सरकारबाट तपाईंले कति रकम फिर्ता पाइन्छ भन्ने थाहा हुन्छ । तोकिएको समयमा करसम्बन्धी यस्ता फारम भरेर बुझाउनु तपाईंको जिम्मेवारी हो । यस्ता फारममा धेरै विवरण भर्नुपर्ने भएकाले अलि गाह्रो लाग्न सक्छ । केहि सामुदायिक संस्थाहरूमा यस्ता फारम भर्र्न स्वयंसेवक हुन सक्छन् । ती स्वयंसेवकले निःशुल्क फारम भरिदिन्छन् । तोकिएको समयमा करसम्बन्धी फारम नभर्नु वा कर नतिर्नु गैरकानुनी काम हो ।
Income Taxes
If someone in your immediate family earns money from a job or other sources during a year, at the end of that year you must file a report, called an income tax return of 1040 form, with the U.S. Internal Revenue Service (IRS). Many states and some cities also require you to submit an annual report of income earned. When you complete the reports, you will determine how much money you must pay the government in income taxes or how much money the government owes you. It is your responsibility to submit the necessary forms before the date they are due. Some community agencies may have volunteers who can provide free assistance in completing the complicated forms. It is illegal to not file a tax return when it is due or to not pay the taxes owed.
――― ―――
प्रहरी
केहि देशहरूमा प्रहरी पोशाकमा आएका मान्छे अरूका लागि डरलाग्दा हुनसक्छन् वा त्यस्ता व्यक्तिले घुस लिन सक्छन् । यहाँका प्रहरी र यस्ता अन्य निकायहरूले आमनागरिकको सुरक्षा र मद्दत गर्छन् । यदि कहिं अपराध हुन लागेको वा भइरहेको देख्नुभयो, तपाईंलाई कसैले धम्क्यायो वा आफ्नो सुरक्षाका लागि के गरौं कसो गरौं भन्ने अवस्था आयो भने ९११ मा फोन गर्नुहोस् । प्रहरीले के भन्छन्, सुन्नुहोस् र भनेको मान्नुहोस् । यदि उनीहरूले तपाईसँग कुराकानी चाहे भने नतर्किनुहोस् वा नभाग्नुहोस् । सधैं नम्र हुनुहोस् । प्रहरीलाई हात नहाल्नुहोस् वा प्रहरीसँग नबाझ्नुहोस् । प्रहरीलाई घुस दिन नखोज्नुहोस् किनभने यो अपराध हो ।
The Police
In some countries, people in uniform may be dangerous or may take bribes. Here, the police and other authorities protect and help people. Call 911 if you see a crime, if you have been threatened, or if you are worried about your safety. Obey the police. If they want to talk to you, do not run away. Always be polite. Do not touch or shout at the police. Do not offer money to a police officer because that is a crime.
――― ―――
तपाईं पक्राउ पर्नुभयो भने
यदि तपाईं पक्राउ पर्नुभयो भने प्रहरीचौकी लगिन्छ वा जानुहुन्छ । त्यहाँ तर्कवितर्क वा झगडा नगर्नुहोस् । तपाईंलाई आफ्ना लागि वकिल राख्ने हक हुन्छ । तपाईंले सहयोगका लागि तुरून्त वकिलमाग्न सक्नुहुन्छ । वकिल नआउन्जेल तपाईंले कुनै प्रश्नको जवाफ दिनु पर्दैन । झुठो नबोल्नुहोस् । झुठो बोल्नुभन्दा बोल्दै नबोल्नु राम्रो हुन्छ । दोषी वा निर्दोष फैसला गर्ने काम अदालतको हो । तपाई यस्तो फैसलाका लागि अदालत जान सक्नुहुन्छ । अदालती कामका लागि तपाईंले वकिल र दोभाषेको सहायता लिन सक्नुहुन्छ । यो तपाईंको अधिकार हो । यदि तपाईं वकिल वा दोभाषेलाई लाग्ने खर्च गर्न सक्नुहुन्न भने अदालतले यस्तो सुविधा उपलब्ध गराउँछ ।
If You Are Arrested
If you are arrested, you will go to a police station. Do not argue or fight. You have the right to a lawyer. Ask for one immediately. You do not have to answer questions until your lawyer is present. Do not lie. It is better to say nothing than to lie. You may go to court to decide if you are guilty of the crime. It is your right to have a lawyer and an interpreter help you. If you cannot afford them, the court will provide them.
――― ―――
अपराध र फिर्ती (देश निकाला)
अमेरिकाको कानूनी स्थायीवासिन्दा भएर पनि तपाईंले केहि त्यस्ता अपराध गर्नुभयो भने तपाईंलाई जेलमा पार्न सक्छ, नागरिकता नपाउन सक्नुहुन्छ वा तपाईंलाई तपाईंकै देश फिर्ता पठाउन सकिन्छ । त्यस्ता अपराधहरू निम्न हुन्:
आफ्नो श्रीमान/श्रीमती, साथीसहयोगी/साझेदार वा छोराछोरीलाई धम्क्याउन वा दुर्व्यवहार गरेमा ।
कुनै व्यक्तिलाई गैरकानुनी रूपमा अमेरिका भित्रन सहयोग गरेमा ।
परिवारको खर्चबर्चमा सहयोग नगरेमा ।
गैरकानुनी लागूपदार्थको बेचबिखन वा प्रयोग गरेमा ।
बलात्कार वा हत्या जस्ता जघन्य अपराध गरेमा ।
सामुदायिक सेवासुविधाहरू पाउन सरकारलाई आग्रह गर्दा दिइने आवेदनमा झूठो विवरण भर्नु, सरकारी कर्मचारीलाई घुस वा चियाखर्च दिनु, यौनसम्बन्ध राख्नु वा यस्ता काममा मद्दत गर्नु पनि गैरकानुनी काम हुन् ।
Crime and Deportation
Even if you are a legal permanent resident, certain crimes may send you to jail, stop you from becoming a citizen, or get you deported. These include:
• Threatening or abusing your spouse, partner, or children.
• Helping someone enter the United States illegally.
• Not supporting your family financially.
• Using or selling illegal drugs.
• Committing violent crimes, such as rape or murder.
It is also illegal to provide false information on public benefits applications, to tip or bribe public officials, or to exchange sexual favors for money or help.

No comments:

Post a Comment