Friday, July 28, 2017

अध्याय ९: स्थानीय यातायात र आफ्नो गाडी (Chapter 9 : Local Transportation & Own Car)

स्थानीय यातायात
तपाईं बस्ने अपार्टमेन्ट शहरको एकातिर हुनसक्छ । लत्ताकपडा तथा खाद्यान्न खरिददारी गर्ने दोकान, डाक्टरको कार्यालय, अंग्रेजी भाषा कक्षा र काम गर्ने ठाउँ शहरकै अर्कातिर हुनसक्छन् । एक ठाउँबाट अर्को ठाउँ सजिलै पुग्न तपाईंले बाटो थाहा पाउनुपर्छ । हिंडेरै पुगिन्छ भने त निकै राम्रो हुन्छ, तपाईको अहोभाग्य । पैदलबाहेक आवतजावत गर्ने साधनहरूमा बस, ट्याक्सी र साइकल हुन् । ठूला शहरहरूमा द्रुत गतिमा सेवा दिने रेल र लोकल रेलहरू हुन सक्छन् ।
ठूला शहरहरूमा बाहेक अन्यत्र अधिकांश अमेरिकीहरू कारमा एक ठाउँबाट अर्को ठाउँ जान्छन् ।
Local Transportation
Your apartment, stores where you shop for food and clothing, doctor’s offices, English language classes, and work locations may all be in very different locations in the city or town where you live. You will need to learn how to get from one location to another as efficiently as possible. Sometimes, if you are lucky, it will be possible to walk. Other means of transport include buses, taxis, and bicycles. The largest cities may also have subways and commuter trains.
Except in the big cities, however, most Americans drive cars to move from one place to another.
――― ―――
पैदल
निकै जाडो र निकै गर्मीबाहेक पैदल हिंड्नु स्वास्थ्यका लागि फाइदाजनक हुनुका साथै एक ठाउँबाट अर्को ठाउँमा पुग्नु सबभन्दा किफायती पनि हुन्छ । पैदल हिंड्दा सडकमा नहिंड्नुहोस् । सधैं पक्कि सडकपेंटी, सडकछेउको खाली ठाउँ वा घाँसमा हिड्नुहोस् । शहरी सडकका चौबाटाहरूमा पैदलयात्रुलाई बाटो काट्न वा हिंड्न सजिलो होस् भनी विशेष खालका नियन्त्रण उपायहरू राखिएका हुन्छन् । त्यस्ता नियन्त्रणका सहायताले गुडिरहेका गाडीहरूले संकेत पाउँछन्, गाडीहरू रोकिन्छन् र तपाईंलाई बाटो काट्न समय मिल्छ । तपाईंले बाटो काटी सकेपछि मात्र गाडीहरू हिंड्छन् । त्यस्ता नियन्त्रणका उपायहरू प्रयोग गर्ने तरिका सिक्नुहोस् । यदि कतै त्यस्ता विशेष उपायहरू छैनन् भने रातो बत्तीमा बाटो नकाट्नुहोस् । त्यस्ता उपाय भएका ठाउँ वा अन्य ठाउँमा बाटो काट्दा गाडी आउँदै छन् कि भनी बाटोका दुवैतर्फ हेर्नुहोस् । दुर्घटनाबाट बच्नुहोस् ।
Walking
Except in the very coldest and very hottest weather, walking can be healthy exercise as well the least expensive way to go from one place to another. Never walk in the street. Always walk on a paved sidewalk or on the dirt or grass that is near the road. At some intersections of city roads there are special controls that let pedestrians stop the cars so they can cross the streets. Learn how to use those controls. If there are no special controls, never walk across a street in the direction of a red stop light. When crossing any street, even those with special controls, always look both ways to make sure that there are no vehicles that could injure you.
――― ―――
साइकलहरू
कुनै शहर र नगरहरूमा साइकल लिंदा र चढ्दा यात्रा सजिलो र सस्तो हुनाका साथै एक ठाउँबाट अर्को ठाउँमा पुग्न सुविधाजनक तथा किफायती साधन पनि हो । सडकमा गाडीहरू बढी गुड्ने भएकाले साइकल चलाउँदा निकै होशियार हुनुपर्छ र ट्राफिकनियमको पालना गर्नुपर्छ । व्यस्त सडकमा साइकल हाँक्नु निकै जोखिमपूर्ण हुन्छ । बालबालिकाले व्यस्त सडकहरूमा कहिल्यै साइकल चढ्नु हुँदैन ।
Bicycles
In some towns and cities, owning and riding a bicycle, can be an efficient and low cost method to get from one place to another. Because of the automobile traffic, however, you must be very careful and obey all traffic laws. Riding a bicycle on a busy street can be very dangerous. Children should never ride bicycles on busy streets.
――― ―――
ट्याक्सीहरू
धेरै शहर र नगरहरूका ट्याक्सीले भाडा लिएर यात्रुहरू ओसारपसार गर्छन् । ट्याक्सी चाहिएको छ भने ट्याक्सी कम्पनिमा फोन गरेर बोलाउन सकिन्छ । ट्याक्सी बोलाउँदा कति बेला, कुन ठाउँमा र, कहाँ जाने भन्नु पर्छ । ट्याक्सीमा मिटर जडान गरिएको हुन्छ । यो मिटरले ट्याक्सी गुडेको दूरीका आधारमा भाडाको हिसाब गर्छ । ट्याक्सी चढ्नु भयो भने मिटरमा उठेको भाडा दिनुहोस् र बकस (टिप) थपिदिनुहोस् । टिप दिंदा सामान्यतः जम्मा भाडाको १५ देखि २० प्रतिशत दिनु पर्ने हुन्छ ।
Taxis
Most cities and towns have taxi services that will take you from one location to another for a fee. You may have to make a telephone call to a taxi company and tell them when and where you want a taxi and where you are going. Taxis have meters that calculate the distance of your trip and its cost. If you take a taxi, you must pay the fee and should also pay the driver a “tip”, usually 15%-20% of the fee.
――― ―――
बसहरू
सबैजसो अमेरिकी शहरहरूमा स्थानीय सार्वजनिक बसहरू चल्छन् । ती बसहरू चल्ने बाटो निश्चित हुन्छ । साना शहर र नगरका बसहरू सबै ठाउँमा नपुग्न सक्छन् । कुनै क्षेत्रहरूमा बस नै चल्दैनन् । आफू बस्ने शहरमा चल्ने बसको व्यवस्थाबारे पुनर्वास संस्थालाई सोध्नुहोस् ।
Buses
Almost all American cities have local public buses that travel fixed routes. In smaller cities and towns the system of routes may not be very complete and some parts of the community may have no buses at all. Ask your resettlement agency for information about the bus system in your town.
――― ―――
बस बिसौनी
बसहरू तोकिएको ठाउँमा मात्र रोकिन्छन् र त्यस्ता ठाउँहरू बसबिसौनी हुन् । बसबिसौनीहरूमा सामान्यतः बस हिंड्ने बाटोको नम्बर वा त्यो बाटोका बस कहाँ कहाँ पुग्छ र रोकिन्छ भनेर लेखिएको हुन्छ । त्यहाँ बसको समयतालिका हुन सक्छ, जसमा कुन ठाउँमा कति बजे बस पुग्छ भनेर लेखिएको हुन्छ । त्यसैले आफ्नो घर वा अपार्टमेन्टनजिक कहाँ बस रोकिन्छ भनेर थाहा पाउनुहोस् ।
Bus Stops
Buses stop only at specific locations called bus stops. Bus stops usually have signs that indicate the route number or route name of the buses that stop at that location. They may also have schedules that tell what time a bus is expected to stop there. You should learn the location of the bus stops that are closest to your home.
――― ―――
बस चल्ने समयतालिका र नक्शा
शहरमा बस चल्ने बाटोको नक्शा र समयतालिका भएको एउटा कागज निःशुल्क पाइन्छ । यस्तो कागजको एक प्रति आफ्नो अपार्टमेन्टमा राख्दा निकै फाइदा हुन्छ । बसका चालकसँग त्यस्तो कागज कहाँ पाइन्छ ? भनेर सोध्न सकिन्छ । यस्तो कागज भएपछि आफू जानुपर्ने ठाउँको बस कुन हो ? बस कति बेला आउँछ ? कति बजे पुर्‍याउँछ ? कति समय लगाउँछ ? जस्ता जानकारी सजिलै पाइन्छ ।
Bus Schedules and Maps
It is useful in your apartment to have a copy of the map and schedule of your town’s bus system. Ask the driver of a bus where you can get a copy of the schedule of buses and a map of the entire system. When you have a map and schedule you can determine which buses will take you to the locations where you need to go and what time buses will arrive at the bus stops.
――― ―――
बस टिकट र निःशुल्क यात्रा सुविधा
बसको टिकटदर शहरपिच्छे फरक हुन्छ । कुनै शहरमा बस चढ्दा भाडा लाग्दैन, तर धेरैजसोमा प्रत्येक व्यक्तिलाई एक डलर, दुई डलर वा त्योभन्दा अलि बढी पनि हुन सक्छ । शहरभित्र निकै टाढासम्म जानुपर्‍यो भने त्यसबेला ३ डलर वा कम/बढी पनि तिर्नु पर्ने हुन सक्छ । कुनै शहरमा बस चढ्नुअघि टिकट काट्नु पर्ने हुन्छ । कुनैमा चालकसँग वा बसभित्रको मशिनबाट टिकट पाइन्छ ।
अधिकांश शहरहरूमा धेरै बसयात्रा गर्ने मान्छेलाई सहुलियत दरको भाडा तिर्ने व्यवस्था मिलाइएको हुन्छ । त्यस्तो अवस्थामा चढेपिच्छे टिकट किन्नुभन्दा दिनभर, एक हप्ता वा एक महिनाका लागि एकमुष्ट टिकट किन्दा सस्तो हुन्छ । सहुलियत दरको टिकट कहाँ पाइन्छ भनेर बसचालक वा छिमेकीलाई सोध्नुहोस् ।
Bus Tickets and Passes
The price of a ticket to ride on a bus is different in different cities. In a few places it may be free, but usually it will cost $1.00, $2.00 or a little less/more for each person. The cost to go a long distance on a city bus system may be $3.00 or more. Some city buses require you to have a ticket before you get on the bus. Other buses may allow you to buy a ticket from the driver or a machine on the bus.
Most city bus systems also have special fees for people who use the buses a lot. You may be able to buy tickets that let you ride for a day, a week, or a month at less cost than buying a new ticket for each ride. Ask a bus driver or a neighbor where you can buy these kinds of tickets.
――― ―――
रेल
सिकागो, न्युयोर्क, सानफ्रान्सिस्को, अटलान्टा, र मायामी जस्ता ठूला अमेरिकी शहरमा रेल सेवाहरू छन् । यस्ता रेलहरूलाई सबवेकम्युटररेल भनिन्छ । यी रेल सेवाहरूमा यात्रा गर्दा बसभन्दा चाँडो हुन्छ र सडकमा हुने भिडभाडमा परिदैन । बस जस्तै रेल पनि तोकिएका ठाउँहरूमा रोकिन्छन् र निश्चित समयमा चल्छन् । त्यसैगरी एक दिन, एक हप्ता वा एक महिनाभर रेल चढ्न एकमुष्ट सस्तोमा टिकट खरिद गर्न सकिन्छ ।
Subways and Commuter Rail
The biggest American cities, like Chicago, New York, San Francisco, Atlanta, and Miami, have subways or commuter trains that move people from one part of town to another faster than buses because they avoid crowded city streets. Like bus systems, these have designated stops and schedules and may have special passes that allow you to ride for a day, a week, or a month.
――― ―――
आफ्नो गाडी
गाडी (कार) किन्नु र आफू गाडीधनी हुनु भनेको मुख्य र विचारणीय लगानी गर्नु हो । यति ठूलो लगानी गर्ने निर्णय गर्नुअघि के गर्दा कसो हुन्छ ? विकल्प र तथ्यहरूमाथि सोचविचार गर्नुहोस् । गाडी किन्ने निर्णयअघि गाडीधनीका रूपमा तपाईंका धेरै जिम्मेवारीहरू हुन्छन् । ती जिम्मेवारी पूरा गर्नुपर्छ । त्यसैले गाडी किन्नुअघि लाइसेन्स लिन, गाडीको बिमा गर्न र सुरक्षित रूपमा गाडी हाँक्ने जस्ता जिम्मेवारीबारे मनन गर्नुपर्छ ।
Buying and Owning a Car
Buying and owning your own car is a major investment. Before making this financial commitment, learn about the options and factors to consider. Before deciding to buy a car, know what your responsibilities will be as a car owner, including being a licensed, insured, and safe driver.
――― ―――
नयाँ वा पुरानो
नयाँ गाडी (कार) हरू सिधैं कारखानाबाट आएका हुन्छन्, जो चलाइएका हुँदैनन् । अमेरिकामा बेचिने ठिकैको राम्रो नयाँ गाडीको औसत मूल्य करिब २८ हजार डलर पर्छ । नयाँ गाडीहरू डिलरहरूमा बेचिन्छन् । गाडीको दोकानलाई डिलरशिप भनिन्छ ।
पुरानो गाडी भनेको अरू कसैले चलाइरहेको वा चलाएको र बेच्न चाहेको गाडी हो । पाँच वर्ष चलाएको गाडीभन्दा दश वर्ष चलाएको गाडी सस्तो हुन्छ । पुरानो गाडीले धेरै माइल दूरी पुरा गरेको हुन्छ, त्यसैले त्यसको मूल्य कम हुन्छ । पुरानो गाडी छ, किन्दा सस्तो भयो भनेर पनि हुँदैन । यस्तो गाडीलाई चाँडै र धेरैपटक मर्मत गर्नुपर्ने हुन सक्छ । मर्मतमा धेरै खर्च लाग्न सक्छ । पुराना गाडीहरू पनि डिलरमा बेचिन्छन् । पुरानो गाडी बेच्न चाहनेले आफ्नो गाडीबारे सूचना इन्टरनेट वा पत्रिकामा दिन्छन् । डिलरमा बेच्न राखिने पुरानो गाडीलाई मर्मत गर्न जान्ने प्राविधिकले जाँच्छन् । उनले गाडीको अवस्था कस्तो छ ? बताउन सक्छन् । डिलरबाट बेचिने केहि पुराना गाडीको पनि ग्यारेन्टी हुन्छ, भत्केबिग्रेमा निश्चित दिनभित्र केहि मर्मत पनि गरिदिइन्छ । सामान्यतः यस्तो ग्यारेन्टी एक महिनाको हुन्छ ।
New or Used
New cars come from the factory and have never been used before. The average price of a new car sold in the United States is around $28,000. New cars are sold at dealerships, which are car stores.
Used cars are vehicles that someone has owned before, and wants to sell. A ten year old used car will generally cost less than a 5 year old used car. The older a used car is and the more miles it has already been driven, the less it costs to buy. But older, less expensive cars may need more repairs sooner and repairs can cost hundreds of dollars. Used cars are sold at dealerships or through people who advertise on the internet or in newspapers. Used cars sold by dealerships are usually tested by a service technician who decides if the car is in good condition. Some used cars sold by dealers will have a “warranty” that guarantees that the dealer will fix certain kinds of problems in a certain time period, often 30 days.
――― ―――
तेल (ग्यास) खर्च
गाडी (कार) ले कति ग्यास प्रयोग गरेर कति माइल दौडन सक्छ, त्यसलाई ग्यास माइलेज भनिन्छ । इन्धनकिफायत गर्ने गाडीहरूले औसत गाडीहरूभन्दा थोरै ग्यास प्रयोग गर्छन् र यस्ता गाडीमा बारम्बार ग्यास हालिरहनु पर्दैन । इन्धन फारू गर्ने गाडीलाई शहरबजारमा हाँक्दा एक ग्यालन ग्यासले २०२५ माइलसम्म कुद्छन् भने राजमार्गमा हाँक्दा ३०४० माइलसम्म कुद्छन् । इन्धनकिफायती गाडी किन्दा धेरै लगानी गर्न सक्नुहुन्छ र समय बित्दै जाँदा कम ग्यास खर्चनाले तपाईंको पैसा बचत हुन्छ ।
Gas Mileage
Gas mileage is the number of miles a car will travel based on the amount of gasoline it uses. Fuel-efficient cars use less fuel than the average car, and need to be refilled with gas less often. A car with good gas mileage gets around 20-25 miles per gallon (MPG) of gas when driving in the city, and 30-40 MPG when driving on the highway. You may spend more money to buy a fuel efficient car, but save money over time by purchasing less gas.
――― ―――
गाडी खरिद
आफूलाई मनपरेको गाडी किन्दा फरक डिलरहरूमा वा फरक विज्ञापनहरूमा उल्लेख गरिएका मूल्य दाँज्नुहोस् । नयाँ गाडी हेर्ने हो भने त्यसमा विभिन्न खालका ग्यारेन्टीहरू दिइएका हुन्छन् । त्यस्तो ग्यारेन्टीहरू के केमा छन् राम्ररी पढ्नुहोस् । गाडी किनेको निश्चित समयभित्र गाडीउत्पादकले निश्चित सेवा वा सरसामान दिने शर्त लेखिएको कागज ग्यारन्टीहो । गाडी किन्नुअघि यसको अवस्था ठिक छ भनेर थाहा पाउन हाँकेर हेर्नुहोस् । यसलाई टेस्ट ड्राइभगर्नु भनिन्छ । पुरानो गाडी किन्नु हुन्छ भने मेकानिकलाई जाँच्न लगाउनुहोस् । कुशल मेकानिक कहाँ भेट्न सकिन्छ भनेर साथीभाई वा इष्टमित्रलाई सोधे हुन्छ । अनुभवी मेकानिकले गाडी राम्रो अवस्थामा छ वा छैन भन्छन् । त्यसपछि तपाईं त्यो गाडी किन्ने वा नकिन्ने निर्णय गर्न सक्नुहुन्छ ।
Buying a Car
Compare prices of cars that you like at different dealerships or in advertisements. For new cars, read about the different types of warranties with each car, and ask if there are extended warranties offered. A warranty is a written promise that the car maker will provide certain services or products for your car for a limited amount of time. Always test drive cars to make sure they work well. Have a mechanic inspect the car if you are buying a used car. Ask friends or community members for a good mechanic in your neighborhood. An experienced mechanic will tell you if the car is in good condition or not, then you can decide if you want to buy it.
――― ―――
मूल्यमा मोलतोल
अमेरिकामा अरू सामान किन्नुभन्दा गाडी किन्नु फरक हुन्छ । गाडीविक्रेताहरूको भाउमा तपाईंले सक्दो मोलतोल गर्न सक्नुहुन्छ । गाडी किन्न जाँदा अलि धौधौ हुन्छ र निकै अलमलमा परिन्छ । त्यसैले गाडी किन्न जाँदा गाडी किनिसकेको साथीभाई वा इष्टमित्रलाई साथै लानुहोस्, जो राम्ररी अंग्रेजी बोल्ने, बुझ्ने र पढ्ने हुन् । फुर्सद लिएर जानुहोस् । गाडीविक्रेताहरूले लटपट पारेर गाडीका समस्या छलेको वा बढी मूल्य लिएको तपाईंले पत्तो नपाउन सक्नुहुन्छ । धेरै प्रश्नहरू सोध्नुहोस् र हतार नगर्नुहोस् । गाडी किन्ने टुंगो हुन्छ । सहमतिका लागि एउटा कागज तयार हुन्छ । त्यसमा तपाईंले सहि गर्नुपर्छ । तर सहि गर्नुअघि उक्त कागज राम्ररी पढ्नुहोस् । सहि गरेपछि करारमा उल्लेख भएका शर्त तपाईंले मान्नुपर्छ । ती शर्तहरू फिर्ता हुँदैनन् । फेर्न मिल्दैनन् ।
Negotiating the Price
Buying a car in the United States is different from making other purchases. You can bargain with sellers to pay less money than they ask for. Because buying a car can be stressful and confusing, take someone with you who speaks, understands, and reads English fluently and has purchased a car in the United States. Take your time. Car salesmen will often try to rush you so that you don’t notice any problems with the car or don’t understand extra costs. Ask lots of questions, and go slowly. Once you have reached a deal with the seller, read the papers you sign very carefully. Once you sign these papers, you cannot change your contract.
――― ―――
गाडीको भुक्तानी
गाडी महँगा हुन्छन् । धेरै मानिसले गाडी किन्न आफ्ना साथीभाईइष्टमित्र वा बैंकसँग ऋण लिन्छन् । कुनैकुनै गाडीका डिलरले पनि ऋणको प्रवन्ध गर्छन् । यदि तपाईंले बैंक वा गाडी डिलरबाट ऋण लिनुभयो भने कूल मूल्यको केहि भाग शुरूमै तिर्नुपर्छ र बाँकी रकम ऋणका रूपमा रहन्छ । तपाईले बैंक वा डिलरलाई महिनापिच्छे निश्चित रकम तिर्नुपर्छ । उक्त रकममा गाडीको मूल्य र ब्याज दुवै हुन्छ ।
बैंकले आफ्ना ग्राहकलाई ऋणका योग्य वा अयोग्य भनेर छुट्याउँछ । त्यसैले गाडी किन्नुभन्दा अघि तपाईंलाई बैंकले ऋण दिन्छ वा दिंदैन भन्ने बुझ्न बैंक जान सक्नुहुन्छ । बैंकऋण पाउन योग्य हुन तपाईंले बैंकसँग कारोवार राम्रो गरेको क्रेडिट हिस्ट्रीहुनुपर्छ । तपाईंको क्रेडिट हिस्ट्रीराम्रो हुनुपर्छ या क्रेडिट हिस्ट्रीराम्रो भएको अरू कसैले ऋण लिने कागजमा हस्ताक्षर गरिदिनुपर्छ । यस्तो अवस्थामा गाडी किन्दाको ऋण तपाईंले तिर्नुभएन भने उक्त कागजमा हस्ताक्षर व्यक्तिले तिर्नुपर्छ । बैंकले तपार्ईलाई ऋण दिने वा नदिने र बढीमा कति रकम दिने भन्ने निर्णय गर्छ ।
Paying for a Car
Cars are expensive and some people must get a loan from a family members or a bank to pay for them. Some car dealers will also make loans. If you get a loan from a bank or car dealer, you will have to pay a certain portion of the price in cash and the loan will pay the remainder. You will then have to pay the bank or car dealer a fixed amount each month for an agreed number of months to pay back the loan plus interest.
You can go to a bank before you shop for a car to learn if you “prequalify”, or are eligible, for a car loan. To prequalify for a loan, you need to have a good credit history or you must have a co-signer who has good credit. A co-signer is someone who is responsible for paying the car loan if you do not pay it back. The bank decides whether to give you a loan, and the maximum amount that they will loan to you.
――― ―――
सवारीको नाम
तपाईंले नयाँ वा पुरानो गाडी किनेपछि विक्रेताले तपाईंलाई एउटा कागज उपलब्ध गराउनुपर्छ, जसलाई गाडीको लालपूर्जा’ (भेइक्ल टाइटल) भनिन्छ । उक्त कागज नै तपाईं गाडीधनी हो भन्ने खुलाउने सरकारी दस्तावेज हो । उक्त कागजमा गाडीको प्रकार र बनेको वर्ष, विशेष गाडी परिचय नम्बर (भेइक्ल आइडेन्टिफिकेसन नम्बर, भीआइएन) र अन्य जानकारी हुन्छ ।
Vehicle Title
When you buy a new or used car, the seller must provide you with a paper called a “vehicle title.” This is an official document that states that you are the owner of the car. It will state the type and year of the car, its special vehicle identification number (VIN), and other information.
――― ―――
गाडी दर्ता
सडकमा गाडी हाँक्न निकाल्नुभन्दा पहिले आफू बस्ने राज्यमा तपाईंले आफ्नो गाडी दर्ता गर्नुपर्छ । जब तपाईंले गाडी किन्नुहुन्छ, प्रायःजसो त्यहि बेला डिलरले तपाईंलाई अस्थायी गाडी दर्ता दिएका हुन्छन् । यो अस्थायी दर्ताले एक वा दुई हप्ता काम गर्छ । यहि समयमा तपाईंले आफ्नो गाडी डिपार्टमेन्ट अफ मोटर भीकल्स’ (डिएमभी) मा दर्ता गर्नुहोस् । गाडी दर्ता गर्दा शुल्क तिर्नुपर्छ । गाडी दर्ता गरेपछि उक्त कार्यालयले तपाईंलाई धातुका एक वा दुई लाइसेन्स पाता (प्लेट) हरू दिन्छ । ती पाताहरू गाडीमा टाँस्नुपर्छ ।
Car Registration
In order to drive a car on the roads, you must register your car with the state where you live. When you buy a car, the dealer will usually give you a temporary car registration that is good for a week or two. During that time you must register your car with your state’s Department of Motor Vehicles (DMV) and pay a registration fee. When you have registered your car and paid the fee, the DMV will give you one or two metal license plates that must be attached to the car.
――― ―――
गाडी बिमा
कानुनी रूपमा गाडी हाँक्न तपाईंले बिमा गराएको हुनुपर्छ । तपाईंका लागि आवश्यक न्युनतम बिमा कति हुनुपर्छ भनेर बुझ्न राज्यको डिएमभीमा जानुहोस् । कुनै राज्यमा बिमा गरे वा नगरेको नखोजे पनि ऋण दिने बैंकका लागि बिमा आवश्यक हुन्छ । दुर्घटनामा आफ्नो गाडीमा वा अरूलाई क्षति पुगे बिमाले केहि आर्थिक संरक्षण प्रदान गर्छ । बिमा नीतिअनुसार तपाईंले नियमित रूपमा निश्चित केहि रकम बुझाउनु पर्छ । यस्तो रकमलाई बिमाको किस्ता (इन्सुरन्स प्रिमिअम) भनिन्छ । तपाईंको दुर्घटना भयो भने बिमाले आवश्यक केहि रकमको हिस्सा बेहोर्छ । गाडी मर्मतको सिलसिलामा तपाईंले कटौती रकम तिर्नुपर्छ र अरू बाँकी रकम बिमा कम्पनीले बेहोर्छ । बिमा भएन भने सबै खर्च तपाईंले बेहोर्नुपर्छ । त्यो खर्च हजारौं डलर हुन सक्छ र ऋणमा डुबिन्छ । अरूले तपाईंको गाडी वा तपाईंले अरूको गाडीमा वा अरूको गाडी चलाएर क्षति पुर्‍याए, बिमा कम्पनीले खर्च नबेहोर्न पनि सक्छ ।
Car Insurance
Almost all states require you to have insurance to drive legally. You should check with your state’s DMV to learn what the minimum insurance requirements are in your state. Even if your state does not require insurance, banks will require you to have insurance if you buy your car with a loan. Car insurance gives you some financial protection if your car is damaged or someone is hurt in an accident. You must pay a certain amount of money, called the “insurance premium,” periodically for the insurance policy. If you are in an accident, insurance may cover some of the related costs. There is a “deductible” amount that you will have to pay before the insurance will cover the remaining costs. Without insurance, you have to pay all of the costs on your own, which could be many thousands of dollars and put you into debt. Insurance may not cover other people who drive your car or you when you drive someone else’s car.
――― ―――
गाडी निरिक्षण
सुरक्षाका लागि केहि राज्यहरूमा सबै गाडीहरू एक वा दुई वर्षमा एक पटक निरिक्षण गराउनुपर्छ । अन्य राज्यहरूमा पुराना गाडीहरूको मात्र निरिक्षण गरिन्छ । केहि राज्यमा यस्तो निरिक्षण गर्दा गाडीले फ्याँक्ने धुँवाले हावामा प्रदूषण फैलाएको छ वा छैन भन्ने जाँचिन्छ । धुँवाले राज्यमा तोकिएको वायुको गुणस्तर मापदण्डबिगार्नु हुँदैन । आफ्नो राज्यको सवारी निरिक्षणका आवश्यकताहरू आफूले पालना गरिएको छ भन्ने सुनिश्चित हुनुपर्छ । त्यसका लागि डिएमभीका नियम हेर्नुहोस् ।
Vehicle Inspection
Some states require all cars to be inspected for safety every year or every two years. Other states require safety inspections only for older cars. Some states also require cars to be inspected to be sure they meet air quality standards. Check with your state’s DMV and make sure that you have complied with your state’s vehicle inspection requirements.
――― ―――
जिम्मेवारीहरू
इन्जिनको तेल फेर्ने र टायरमा हावा कमबेसी भएको जाँच्ने जस्ता नियमित रेखदेख गर्नाले तपाईको गाडीले राम्रो र धेरै समय काम गर्छ । गाडीसँगै दिइएको सानू पुस्तक पढ्नुहोस् । यस पुस्तकलाई म्यानुअलभनिन्छ । उक्त पुस्तकमा गाडीको कुन भाग र कहिले कस्तो मर्मत गर्नुपर्छ भनेर लेखिएको हुन्छ । सिपालु मेकानिकलाई आफ्नो गाडी देखाउनुहोस् । उनले राज्यको आवश्यकताअनुसार निरिक्षण र अन्य कुनै पनि आवश्यक मर्मत गर्छन् ।
Responsibilities
Regular maintenance, such as changing the oil and checking tire air pressure, will keep your car working for better and longer. Read the owner’s manual to learn about your car’s maintenance needs and schedule. Take your car to a good auto mechanic to have them perform state required inspections and any necessary maintenance.
――― ―――
चालक अनुमतिपत्र
सार्वजनिक बाटोमा गाडि चलाउन तपाईंसँग राज्यले दिएको मान्यताप्राप्त चालक अनुमतिपत्र हुनुपर्छ । अनुमतिपत्रसम्बन्धी नियम र विनियम राज्यपिच्छे फरक हुन्छन् । तपाईंले आफ्नो राज्यको डिएमभीबाट पहिलो चालक अनुमतिपत्र प्राप्त गर्न के के गर्नुपर्छ भन्ने थाहा पाउनुहोस् । साधारणतयाः आँखाको क्षमता जाँच्ने परीक्षा, चालकसम्बन्धी नियमबारे परीक्षा र प्रहरी वा डिएभीका कर्मचारीसँग सडकमा गाडी हाँक्ने परीक्षा पास गर्नुपर्छ । तपाईंको राज्यले प्रदान गरेको उक्त अनुमतिपत्र भएपछि तपाईंले अरू सबै राज्यमा गाडी चलाउन पाउनुहुन्छ ।
Driver’s License
You must have a valid driver’s license issued by your state to legally drive on public roads. The laws and regulations regarding licenses differ in different states. You should check with your state’s DMV (Department of Motor Vehicles) about what you must do to obtain your first driving license. Generally, however, you must be able to pass an eye test, a written test on driving laws, and a practical road test given by a police officer or DMV official. The license issued by your state allows you to drive in all other states as well.
――― ―――
सवारी चालकका नियम
सम्झनुपर्ने कहि महत्त्वपूर्ण नियमकानुन यस्ता छन्:
गाडी चलाउन तपाईंसँग मान्यताप्राप्त चालक अनुमतिपत्र (लाइसेन्स) हुनुपर्छ ।
धेरैजसो राज्यमा गाडी चलाउँदा वा गाडीमा यात्रा गर्दा तपाईंले सिटबेल्ट लगाउनुपर्छ ।
सामान्यतः कुनै निश्चित उमेर वा तौलका नानीहरूलाई गाडीमा हिडाउँदा उनीहरूका लागि बनाइएका कारसिटमा राख्नैपर्छ ।
धेरैजसो राज्यमा मोबाइल फोनमा कुरा गर्दै वा टेक्स्ट (म्यासेज) पठाउँदै गाडी चलाउन मिल्दैन ।
रक्सी वा लागू पदार्थ सेवन गरेको अवस्थामा कहिल्यै गाडी नचलाउनु होस् ।
Driving Laws
Some important laws to remember are:
• You must have a valid driver’s license to drive a car.
• In most states, you must wear a seat belt while driving or riding in a car.
• Generally, children under a certain age or weight must ride in a special car seat.
• In many states, you may not drive while texting or talking on a phone.
• NEVER DRIVE WHILE UNDER THE INFLUENCE OF ALCOHOL OR DRUGS.
――― ―――
गाडी दुर्घटना
तपाईंका कारण सवारी दुर्घटना भयो भने छाडेर भाग्नु गैरकानुनी हुन्छ । तपाई थुनामा पर्न सक्नुहुन्छ र शरणार्थीको परिचय खोसिन सक्छ । यदि तपाईं वा अरू कसैबाट दुर्घटना भयो भने सहयागका लागि ९११ मा फोन गर्नुहोस् । ९११ मा फोन गर्दा प्रहरीलाई पनि दुर्घटनाको जानकारी लिन बोलाउनुहोस् । दुर्घटनामा परेको अर्का गाडीका चालकलाई आफ्नो नाम, ठेगाना, टेलिफान नम्बर र बिमासम्बन्धी जानकारी दिनुहोस् । त्यसैगरी अर्का गाडीका चालकसँग उनको नाम, ठेगाना, टेलिफान नम्बर र बिमासम्बन्धी जानकारी लिनुहोस् । कतै रोकिराखेको गाडीमा तपाईंको गाडीले ठक्कर दियो भने उक्त गाडीधनीले तपाईंलाई सम्पर्क गर्न सजिलो होस् भन्नका लागि एउटा कागजमा सम्पर्क जानकारी (तपाईंको नाम, ठेगाना, फोन नम्बर) छाड्नुहोस् । आफ्नो बिमा कम्पनिलाई दुर्घटनाबारे बताउन पटक्कै ढिला नगर्नुहोस् ।
Car Accidents
If you are in an automobile accident, it is illegal to leave an accident that you caused; you could go to jail and possibly lose your refugee status. If you or anyone else is hurt, call 911 for an ambulance. Also call 911 and have the police officer come to document the accident. Give your name, address, telephone number and insurance information to other drivers. Get their names, addresses, telephone numbers, and insurance information. If you hit a parked car, leave a note with your contact information so the other driver can contact you. Call your insurance company as soon as possible to let them know what happened.
――― ―――
नानीहरूका लागि कारसिट
अवश्य पनि तपाईं आफ्नो नानीलाई गाडीमा सुरक्षित यात्रा गराउन चाहनुहुन्छ । करिब ३ वर्षसम्मका नानीलाई पछाडी फर्किएको कारसिटमा राखेर मात्र यात्रा गराउनुपर्छ । त्यस्तै ४ देखि ७ वर्षका नानीलाई एक ठाउँमा टमक्क बाँधेर राख्न मिल्ने अगाडी फर्किएको कारसिटमा राख्नुपर्छ । यस्ता कारसिटबारे सल्लाह माग्नुहोस् । पुनर्वास संस्थालाई भन्नुहोस् । पुनर्वास संस्थाको सम्पर्कमा कुनै सामुदायिक संस्था हुन सक्छ, जसले सापटमा वा सस्तो मूल्यमा कारसिट दिलाउन सक्छन् ।
Child Car Seats
Of course you want to keep young children safe when they ride in your car. Infants and children up to about age 3 should ride in special rear-facing child seats. Children who are from 4 to 7 years old should ride in forward-facing child seats with special harness that holds them in place. Ask for advice about car seats. Your resettlement agency may know of a community agency that loans car seats or provides used seats at low cost.
――― ―――
सवारी र प्रहरी
गाडी चलाउँदा तपाईंले तोकिएको गतिभन्दा बढीमा हाँक्ने वा रातो बत्ती हुँदाहुँदै अटेर गरी ट्राफिक नियम उल्लघंन गर्नुभयो भने प्रहरीले तपाईको गाडी रोक्न सक्छन् । तपाईको गाडीपछाडि झिमिकझिमिक बत्ती बाल्दै वा साइरन बजाउँदै प्रहरीको गाडी आइरहेको छ भने आफ्ना गाडीलाई विस्तारै छेउ लगाएर सुरक्षित ठाउँमा रोक्नुहोस् । प्रहरीले आफ्नो गाडी तपाईंको गाडी पछाडी रोके भने तपाईं आफ्नो गाडीको इन्जिन बन्द गर्नुहोस् र आफू गाडीभित्र बस्नुहोस् । जब प्रहरी तपाईको गाडीनजिक आउँछन्, उनी आएपट्टिको शिशा खोल्नुहोस् र आफ्ना दुवै हातले स्टेयरिङको माथिल्लो भाग समातेर बस्नुहोस् । शान्त हुनुहोस् । उनले तपाईंको चालक अनुमतिपत्र (लाइसेन्स) र गाडीदर्ताको कागज मागे भने तपाईले देखाउनुपर्छ । उनले तपाईंको गाडी खानतलासी गर्नुपर्छ भने भने तपाईंलाई हुन्नभन्ने अधिकार छ । प्रहरीले तपाईंलाई ट्राफिक नियम उल्लघंन गरेको भन्न सक्छन् र टिकट दिन सक्छन् । धेरैजसो टिकटमा जरिवाना लेखिएको हुन्छ । उक्त जरिवाना तपाईंले तिर्नुपर्छ । तर जरिवानाविरूद्ध अपिल गर्न सक्नुहुन्छ, अदालत जान सक्नुहुन्छ र तपाईंको अपिलमा न्यायाधीशले फैसला गर्नुहुन्छ ।
Driving and the Police
The police may want to stop your car if they believe you have broken a law like driving faster than the speed limit or going through a red traffic light. If you see a police car behind you with flashing lights or hear sirens, steer your car to the side of the road and stop in a safe place. If the police car stops behind you, turn off your car and stay inside. When the police officer approaches your car, roll down your window and keep your hands on the steering wheel. Be calm. You must show your driver’s license and car registration if the officer asks for them. If a police officer asks to search your car, you have the right to say no. The officer may say that you violated a law and give you a “ticket.” Most tickets state a fine that you must pay. However, you can appeal a ticket, go to court, and a judge will decide your case.

No comments:

Post a Comment