Wednesday, July 12, 2017

अध्याय १४: सञ्चार (Chapter 14: Communications)

घरको फोन
पुनर्वास संस्थाले तपाईंको अपार्टमेन्टमा एउटा फोनको बन्दोबस्त गरिदिन्छ । यस्तो फोनलाई बोलीचालीमा ल्यान्डलाइनभनिन्छ, किनभने यसका तारहरू कम्पनिसँग जोडिएका हुन्छन् । कुनै एक वस्तीका घरहरू र व्यवसायहरूमा सामान्यतः एउटामात्र टेलिफोन कम्पनिको सेवा हुन्छ ।
घरबाहिर जाँदा खास गरी अंग्रेजी बोल्न नजान्नेका साथै शुरुशुरुमा अरू सबैले घरको टेलिफोन नम्बर र आफू बसेको सडकको नामसहित घरनम्बर लेखेर बोक्नुपर्छ । यदि तपाईं हराउनु भयो वा घरमा फोन गर्नुपर्‍यो भने आफ्नो जानकारी अरूलाई देखाएर मद्दत पाउन सक्नुहुन्छ ।
Home Telephone
Your resettlement agency may help arrange a telephone for you in your apartment. This kind of telephone is sometimes called a “landline” because it is connected by wires to the telephone company. In each community there is generally only one company that installs land lines in homes and businesses.
Everyone in your family, especially anyone who does not speak English, should carry a small piece of paper with your apartment phone number and street address when you go out of your apartment. If you get lost or need to call your home, you will be able to show the information to someone who might be able to help.
――― ―――
सेलफोन/मोबाइल फोन
बोकेर हिंड्न मिल्ने सेलफोन (मोबाइल फोन) चाहनुहुन्छ । अमेरिकामा सेलफोन सेवा दिने मुख्य छ/सात वटा कम्पनिहरू छन् । तिनै कम्पनिहरूमध्ये कुनै एउटाबाट सेलफोन लिन सक्नुहुन्छ । सामान्यतः यस्ता कम्पनिले तपाईंसँग एउटा सम्झौता गर्छन् । सम्झौतामा सेवा, सुविधा र शर्तहरू लेखिएका हुन्छन् । महिनामहिनामा न्युनतम सेवा शुल्कवापतको बिल भुक्तान गर्ने शर्त राखिएको उक्त सम्झौता दुई वर्षसम्मका लागि हुन्छ । तपाईंले उक्त सम्झौतामा हस्ताक्षर गर्नुपर्छ । कुनै सेलफोन सस्ता हुन्छन् र टेलिफोन सेवामात्र दिन्छन् । अरू सेलफोनले लेखेर सन्देश (टेक्स्ट) पठाउन र इन्टरनेट हेर्न मिल्ने सुविधा दिन्छन्, तर निकै महँगा हुन्छन् । त्यसैले यस्ता सेलफोन कम्पनिसँगको सम्झौतामा हस्ताक्षर गर्नुअघि त्यसमा लेखिएका सबै बुँदा आफूले बुझेको हुनुपर्छ । तपाईंको अंग्रेजी राम्रो छैन भने भाषा बुझ्ने र दोभाषे हुन सक्ने नातेदार वा इष्टमित्रसँग मद्दत माग्नुहोस् ।
आफूसँग सेलफोन भएपछि घरको फोन नचाहिन सक्छ । घरको फोन कुन कम्पनिको हो त्यसको कार्यालयमा खबर गरेर ल्यान्डलाइन काट्न अनुरोध गर्न सक्नुहुन्छ । घरमा अरूसँग सेलफोन छैन वा घरमा पाको उमेरका परिवारका सदस्यहरू हुनुहुन्छ भने ल्यान्डलाइन काट्ने निर्णय ठिक नहुनसक्छ ।
Cell Phone
You may want a cell phone that you can carry with you. In the U.S. there are six or seven major companies that provide cell phone services. You can buy a cell phone from one of them. Usually they require that you sign a contract that commits you to paying a minimum monthly amount for each month for two years. Some cell phones are very cheap and provide only telephone service. Others include text messaging and internet access and are more expensive. Before you sign a contract with a cell phone company, make sure you understand everything. If your English is not very good, take someone with you who can interpret and help you understand.
When you have a cell phone you may decide that you do not need a home phone also. You can request the company that provides your land line to disconnect the land line. But it would be unsafe to do this if there may be someone living in your home, such as an elderly relative, who does not have a cell phone.
――― ―――
टेलिफोन नम्बरहरू
एउटा टेलिफोन नम्बरमा तीन भाग हुन्छन् । उदाहरणका लागि: (८८८)५५५१००१ मा पहिलो भाग ८८८ क्षेत्र जनाउने संकेत (एरिया कोड) हो । देशका शहरहरू र क्षेत्रहरूका आफ्नै एरिया कोडहरू हुन्छन् । उदाहरणको दोस्रो भाग ५५५ लाई एक्स्चेन्ज भनिन्छ । प्रत्येक शहर वा नगरमा धेरै एक्स्चेन्जहरू हुन सक्छन् । उदाहरणको तेस्रो भाग १००१ चाहिं एउटा एक्स्चेन्जबाट वितरित फोन नम्बर हो ।
Telephone Numbers
A telephone number has three parts. For example: (888)-555-1001. The first part (888 in the example) is the Area Code. Cities and regions of the country have their own area codes. The second part of the number (555 in the example) is the Exchange. Each town or city may have many exchanges. The third part of the number (1001 in the example) is the phone number in the exchange.
――― ―――
टेलिफोनका शिष्टाचार
तपाईंले अरू कसैलाई फोन गर्नुहुन्छ भने उहाँले हेल्लोवा हायभनेर जवाफ फर्काउनुहुन्छ । त्यसपछि तत्काल तपाईंले आफ्नो नाम भन्नुपर्छ । यदि तपाईंले आफ्नो नाम भन्नुभएन भने उहाँलाई आफू कोसँग बोलिरहेको छु भन्ने थाहा हुँदैन र उहाँले तपाईंको नाम सोध्नुपर्ने हुन्छ । जब अरू कसैले तपाईंको घरमा फोन ग¥यो भने तपाईंले हेल्लोभन्नुपर्छ र म........ हुँ’ (वा आफ्नो नाम भन्नुहोस्) । त्यसरी फोन गर्ने वा फोन उठाउने व्यक्तिले आफू कोसँग कुरा गरिरहेको छु भन्ने थाहा पाउँछ । तर फोन गर्ने वा उठाउने व्यक्ति आफ्नो साथी वा नातेदार हो भने उहाँले तपाईंको आवाज चिन्नुहुन्छ, नाम भन्नै परेन । नाम भनेर कुरा गर्न थाल्नु सबभन्दा राम्रो तरिका हो । फोनमा कुराकानी सकिने बेलामा बाईभन्नुहोस् ।
Telephone Etiquette
When you call someone’s telephone, they will answer by saying “Hello” or “Hi.” You should then tell them your name. If you do not state your name, they may not know who is calling them and will have to ask you. When someone telephones your home phone, you should say “Hello” and then say “This is …….” (or whatever your name is). That way the caller will know who has answered the phone. If the other person is a very close friend or relative who will recognize your voice, you will not have to state your name. Usually, however, it is the best way to start a conversation. You end a telephone call by saying “Bye” to the other person.
――― ―――
नेपाल वा भूटान फोन गर्न
घरको फोन वा मोबाइल फोनबाट सिधै नेपाल वा भूटान फोन गर्दा महँगो पर्छ । नजिकै भएर पनि क्यानडामा कसैलाई फोन गर्नुप¥यो भने पनि महँगो हुन्छ । त्यसैगरी भूटान वा नेपाल फोन गर्नु निकै महँगो हुन्छ । तर यो फोन खर्च घटाउने एउटा उपाय छ । अमेरिकामा धेरै त्यस्ता कम्पनिहरू छन्, जसले इन्टरनेसनल कलिङ् कार्डहरू बेच्छन् । यस्तो कार्ड प्रयोग गरेर तपाईंले प्रति मिनेट निश्चित पैसामा कुनै खास देशहरूमा सस्तोमा फोन गर्न सक्नुहुन्छ । नेपाल, भूटान वा एसिया फोन गर्नका लागि छुट्टै कलिङ कार्ड पनि हुन्छ । तपाईंले निश्चित रकमको कार्ड किन्न हुन्छ, जस्तै २० डलरको किन्नुभयो भने त्यसबाट निश्चित मिनेट फोन गर्न सक्नुहुन्छ । यस्तो कार्डमा विशेष संकेत (कोड) दिइएको हुन्छ । तपाईंले कलिङ् कार्डमा लेखिएको टेलिफोन नम्बरमा फोन गरेपछि उक्त संकेत पनि हाल्नुपर्छ । त्यसपछि आफूले फोन गर्न चाहेको अर्को देशको नम्बर डायल गरेर कुरा गर्न सक्नुहुन्छ ।
यस्ता इन्टरनेसनल कलिङ् कार्डहरू विभिन्न स्टोरहरूमा किन्न सकिन्छ । भारतीय वा नेपाली खाना बेच्ने स्टोरहरूले पनि यस्ता कार्डहरू बेच्छन् । तपाईंसँग क्रेडिट कार्ड छ भने इन्टरनेटमा पनि यस्ता कार्ड वा कम्पनिसँग समय किन्न सकिन्छ ।
नेपाल, भूटान वा अन्यत्र भएका तपाईंका नातेदार वा साथीसँग कम्प्युटर र इन्टरनेट सुविधा छ भने भिडियोच्याटबाट कुराकानी गर्न सकिन्छ ।
Calling Nepal or Bhutan
It is very expensive to telephone anyone outside of the U.S. from you home phone or cell phone. Even calling someone in Canada can be expensive. Telephoning a number in Bhutan or Nepal is very expensive but there is a way to minimize that cost. There are many companies that sell international calling cards. These cards allow you to call numbers in certain foreign countries for a fixed amount per minute. There are specific cards to calling Nepal or Bhutan or Asia. You buy a card by paying a certain amount of money, say $20, and that gives you a fixed number of minutes that you can use. You are given a special personal account code. When you telephone the calling card’s special telephone number, you then must enter your account code, and then enter the telephone number you are trying to call in another country.
You can buy these international calling cards at some stores. Often stores that sell Indian or Nepali foods will also sell international calling cards. You can also buy international calling cards or time on the internet but you must have a credit card to pay.
If your relatives and friends have computer & internet facility in Nepal, Bhutan or anywhere, you can talk with using video-chat technology.
――― ―――
टेलिफोन बिल
तपाईंलाई टेलिफोन सुविधा दिने कम्पनिले महिनापिच्छे फोनको बिल पठाउँछन् । सेलफोन कम्पनीले पनि महिनामहिनामा बिल पठाउँछन् । तपाईंले यस्तो बिल समयमा भुक्तान गर्ने तारतम्य मिलाउनुपर्छ । तपाईंले लगातार दुई वा तीन महिना बिल तिर्नु भएन भने कम्पनिले फोन काटिदिन्छन् । यसले परिवारलाई नै अप्ठ्यारोमा पार्छ ।
Telephone Bills
The telephone company that provides your home phone will send you a monthly bill. A cell phone company will also send you a monthly bill. You should plan to pay these bills every month. If you do not pay your telephone bills for two or three months in a row, a telephone company will disconnect your phone. That will be unsafe for your family.
――― ―――
टेलिभिजन
ब्रोडकास्ट टेलिभिजन प्रणालीबाट प्रसारित कार्यक्रमहरू टेलिभिजनमा देखिन एन्टेनाले संकेतहरू टिप्नुपर्छ । अहिले यसरी टेलिभिजनका संकेतहरू टिप्ने प्रविधि बदलिएको छ । पुनर्वास संस्थामार्फत प्राप्त टेलिभिजनहरूमा डिभिडी जोडेर फिल्महरू हेर्न मिल्ने खालका भए पनि एडाप्टर नामक उपकरण नभई नयाँ अङ्क देखिने संकेतहरू नटिप्न सक्छन् । ब्रोडकास्ट टेलिभिजन प्रणालीबाट प्रसारित कार्यक्रमहरू निशुःल्क हुन्छन् ।
TV
Broadcast television uses TVs equipped with antennas to receive the broadcast programs. Recently the technology to receive these signals has changed. Old televisions that may be donated to resettlement agencies may not be able to receive the new digital signals without an adapter, even though they can be connected to DVD players. Broadcast TV is free.
――― ―――
केबुल टिभी
केबुल टिभी कम्पनिहरूले थप टिभी सेवा दिन्छन् । यस्तो सेवामा ब्रोडकास्ट टेलिभिजन प्रणालीबाट प्रसारित कार्यक्रमहरूभन्दा कयौं धेरै च्यानलहरू र कार्यक्रमहरू हुन्छन् । तपाईंको अपार्टमेन्टमा केबुल टिभी जोडिएको छ भने केबुल टिभी कम्पनिमा फोन गरेर आफ्नो टेलिभिजनमा जोड्न सक्नुहुन्छ । केबुल टिभीको प्रसारण हेर्ने हो भने महिनामहिनामा पैसा तिर्नुपर्छ । केबुल टिभीको बिल स्थानिय कम्पनिअनुसार र तपाईंले कति च्यानल हेर्नु हुन्छ त्यसैबमोजिम धेरथोर हुन्छ ।
Cable TV
Cable companies provide additional TV services, including many more channels and programs than broadcast TV. If there is cable access in your apartment, you can telephone the cable company and have it turned on and connect it to your TV. You will need to pay a monthly bill. The amount of the bill will depend on your local cable company and the number of channels that you want to receive.
――― ―――
इन्टरनेट
अमेरिकाका सबैजसो घरमा इन्टरनेट जोडिएको हुन्छ । अपार्टमेन्टमा बस्न थालेपछि ढिलोचाँडो तपाईंलाई कम्प्युटर र इन्टरनेट सुविधा चाहिन सक्छ । स्कूले उमेरका नानीहरूलाई त अझ चाँडो कम्प्युटर र इन्टरनेट सुविधा चाहिन सक्छ । कुनै स्कूलका लागि यस्ता सुविधा अनिवार्य नै हुन्छन् । ल्यान्डलाइन फोन कम्पनि वा केबुल टिभी कम्पनिले तपाईंको घरमा इन्टरनेट सुविधा दिन सक्छन् । स्याटेलाइट टिभी कम्पनिहरूले पनि इन्टरनेट सुविधा दिन्छन् । इन्टरनेट जडान गर्ने विषयमा छरछिमेकी वा साथीभाईसँग सल्लाह गरी राम्रो र सस्तो सुविधा पत्तालगाउनुहोस् । आफूलाई इमेलका हेर्नु पर्दा इन्टरनेट कसरी जोड्ने, इन्टरनेटमा विभिन्न विषयबारे कसरी खोज्ने र अरू प्रयोग कसरी गर्ने भन्ने थाहा छैन भने इन्टरनेट जोड्न आउने प्राविधिकलाई सोध्नुहोस् ।
Internet
Most homes in the U.S. are connected to the Internet. Soon after you are settled in your apartment, you may want to obtain a computer and access the Internet. School age children, in particular, may want a computer and internet access right away. Some schools may even require it. Your local land line phone company and your local cable TV company may provide Internet access at your home. Satellite TV companies also can provide Internet access. You should discuss this with neighbors and friends to determine what the best service and price for your location. You should also ask for their help if you do not know how to set up your internet for email, web browsing, and other uses.
――― ―――
वर्ल्ड वाइड वेब (डब्लुडब्लुडब्लु)
वर्ल्ड वाइड वेब (वा बोलीचालीमा वेब) को सहायताबाट तपाईंले इन्टरनेटमा धेरै विषयका बारेमा हेर्न, पढ्न वा सिक्न पाउनुहुन्छ । वर्ल्ड वाइड वेबको छोटकरी डब्लुडब्लुडब्लु हुन्छ । उदारहणका लागि: http://aksharica.blogspot.com/, यो अमेरिकामा निस्कने नेपाली न्युजलेटर अक्षरिकाको वेबसाइट हो । नेपाली र अन्य धेरै भाषाका यस्ता असंख्य वेबसाइटहरू छन् । भूटान र नेपालका समाचारहरू भएका वेबसाइटहरू छन् । धेरै वेबसाइटहरू नेपाली भाषामा छन् । अमेरिकामा पुनस्र्थापित भूटानी शरणार्थीहरूबारे समाचार र जानकारीहरू भएका वेबसाइटहरू छन् । नेपाली चलचित्रहरू हेर्न र नेपाली गीतहरू सुन्न मिल्ने वेबसाइटहरू पनि छन् ।
World Wide Web (WWW)
The World Wide Web (or simply web) allows you to see, read, and learn about almost everything. Short form of 'World Wide Web' is WWW. One example is http://aksharica.blogspot.com/, which is the website of Nepali newsletter 'Aksharica' in the US. There are many websites in Nepali and in other languages. There are websites with news from Bhutan and Nepal and many are written in Nepali. There are websites with news and information for Bhutanese refugees who are now settled in the U.S. There are also websites where you can watch Nepali movies and listen to songs.
――― ―――
इन्टरनेटको सुरक्षित प्रयोग
आफ्ना नातागोता र साथीभाईलाई इमेल पठाउने र उहाँहरूले पठाएका इमेल पाउँदा रमाइलो हुन्छ । तर तीनै इमेलमध्ये कुनैले अप्ठ्यारो पार्छन् । तपाईंले चिन्दै नचिनेका मान्छे वा कम्पनिले पठाएका इमेललाई स्पामभनिन्छ । यस्ता इमेलले अप्ठ्यारो पार्न सक्छन् । यस्ता इमेल मेट्नुपर्छ । नचिनेका मानिसले पठाएका यस्ता इमेलमा तपाईंको सोसल सेक्युरिटी नम्बर, क्रेडिट कार्ड नम्बर, पासवर्ड वा अन्य कुनै व्यक्तिगत जानकारी पटक्कै दिनुहुन्न ।
पछाडि .जीओभीभएका इन्टरनेट साइटहरू मात्र अमेरिकी सरकारका आधिकारिक वेबसाइट हुन् । तपाईंले .सिओएम’, ‘.एनइटी’, ‘.ओआरजीमा टुङ्गिने वा ।जीओभीबाहेक अरू जेसुकैमा टुङ्गिने ठेगानाबाट इमेल प्राप्त गर्नुभएको छ भने त्यस्ता इमेल अमेरिकी सरकार वा यसका मन्त्रालयका आधिकारिक इमेल हुन सक्दैन ।
इन्टरनेटमा अश्लिल सामग्री र बालबालिकाले हेर्न नमिल्ने खालका खराब जानकारी, तस्बिर वा दृश्यहरू पनि हुन्छन् । त्यसैले बालबालिकाले कम्प्युटर वा इन्टरनेट चलाएका बेला के गरिरहेका छन्, अभिभावकले सचेत हुनुपर्छ । बालबालिकाले पनि चलाउने भएकाले कम्प्युटर सबका आँखा पर्ने ठाउँमा राख्नुपर्छ । उनीहरूले के गरिरहेका छन्, देख्न सकिन्छ ।
Safe Use of the Internet
You may enjoy sending and receiving email from friends and relatives. But there are also emails that can cause problems. Emails from people or companies that you do not know, called spam, can cause problems. They should be deleted. Don't give your social security number, credit card number, password or any personal informations to unknown person who request on such email.
Only internet sites including the ".gov" indicator are official U.S. government websites. If you receive any e-mail from an address that is from a “.com”, “.net”, “.org,” or anything other than “.gov,” please be aware that it is not a legitimate e-mail from the U.S. Government or of its any department.
There are some bad things on the internet too, including pornography and other things that you will not want your children to see. You should be aware of what your children are doing when they are using a computer and are on the Internet. The best way to do this is to keep your computer in your living area where you and everyone in the home can see what you child is viewing or doing.
――― ―――
पत्रपत्रिका
अमेरिकाका सबैजसो मुख्य शहरमा कम्तिमा एउटा दैनिक अखबार प्रकाशित हुन्छ । यस्ता अखबारले शहर र यसवरपरका, राजनीतिसम्बन्धी ताजा समाचार र फोटाहरूका साथै आउने दिन, साता वा महिनाहरूमा हुने कार्यक्रमका सूचना प्रकाशित गर्छन् । हो, यी सबै पत्रिका अंग्रेजीमा हुन्छन् ।
राष्ट्रियस्तरमा चिनिएका केहि अखबारहरू पनि छन् । यी अखबारहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरू प्रकाशित गर्छन् । यस्ता पत्रिकाहरू: न्युयोर्क टाइम्स्, युएसए टुडे, वाल स्ट्रिट जर्नल, वासिंगटन पोस्ट, र लस एन्जलस टाइम्स् हुन् । सबै अखबारका वेबसाइटहरू छन्, जहाँ तपाईंले अखबारमा छापिएका केहि समाचार पनि पढ्न सक्नुहुन्छ ।
अखबारहरूको प्रयोगले अंग्रेजी सुधार्न सकिन्छ । अंग्रेजी सुधार्नका लागि अखबार पढ्ने हो भने निःशुल्क पाउने उपाय पनि छ । अखबारको ग्राहक बनेका आफूसँग काम गर्ने साथीभाईसँग पुराना अंकहरू मागेर पढ्न सक्नुहुन्छ । तपाईंको अंग्रेजी सुधार्न मद्दत पुग्ने भए तपाईंलाई अखबार दिन उहाँ खुसी हुनुहुन्छ ।
Newspapers
All major cities in the U.S. have at least one local daily newspaper. The newspaper will provide the latest news and photos about your community, politics, and lists of upcoming events. Of course this will all be in English.
There are also a few newspapers that are recognized as national newspapers. These cover mostly national and international news. These include New York Times, USA Today, Wall Street Journal, Washington Post, and Los Angeles Times.
All newspapers now have webs sites where you can read some (but usually not all) of what they print.
You can use newspapers as a way to improve your English. You probably don’t even need to pay for the paper if you use it for this purpose. You can ask friends or co-workers who may have subscriptions to a newspaper if they would be willing to give you a paper that is a few days old. They will probably be happy to do that if you tell them that you will use it to improve your English.

No comments:

Post a Comment