Monday, July 10, 2017

अध्याय १५: बुबा-आमा र बालबालिका (Chapter 15 : Parents and Children)

राम्रो सम्बन्ध बनाउनु
बालबालिकाका लागि बाबुआमाले गर्नुपर्ने धेरै जिम्मेवारीहरू हुन्छन् । बाबुआमाले बालबालिकालाई पोषण तथा माया दिनुपर्छ, शारिरीक तथा भावनात्मक विकासमा योगदान पुर्‍याउनुपर्छ, उनीहरूको सुरक्षाको निधो गर्नुपर्छ । बाबुआमा र नानीहरूबीच प्रगाढ सम्बन्ध रह्यो भने उनीहरूले राम्रो महसुस गर्छन् र अनि प्रगति गर्छन् । त्यसैले यस्तो सम्बन्ध कायम राख्न उनीहरूसँग पढ्ने, खेल्ने, स्कूलका बारेमा कुराकानी गर्ने वा इष्टमित्रहरूलाई भेट्न जाने गर्नुपर्छ । नानीहरूले राम्रो महसुस गरून् र आत्मविश्वास बढाउन भन्ने चाहने हो भने प्रोत्साहन दिनुपर्छ ।
Building Good Relationships
Parents have many responsibilities to their children, including nurturing and loving them, supporting their physical and emotional development, and making sure they are safe. Children feel and do better when they have a strong relationship with their parents, so it is important to develop this bond by reading together, playing games, talking about school, or visiting relatives. Encourage your children to feel good and confident.
――― ―――
संलग्नता
बालबालिकाको विकासका लागि अभिभावकले थप यस्ता काम गर्न सकिन्छ:
तपाईंका नानीहरूले टेलिभिजनमा के हेर्दैछन र इन्टरनेटमा के गर्छन् भन्ने चासो लिनुहोस् ।
कति समय टेलिभिजन हेर्ने तोकिदिनुहोस् ।
नानीहरू पढ्ने स्कूलमा स्वयंसेवा गर्नुहोस् र शिक्षकशिक्षिकालाई भेट्नुहोस् ।
स्कूलबाट फर्केपछि र हप्ताको अन्तका दुई दिन (शनिबार र आइतबार) नानीहरू के गर्छन् भन्ने ख्याल गर्नुहोस् ।
नानीहरूलाई बेलुका सुत्ने एउटै समय तय गर्नुहोस् ।
ओछ्यान, भाडावर्तन वा लत्ताकपडा सरसफाई जस्ता घरायसी काम नियमित गर्न लगाउनुहोस् ।
हप्ताभरमा सक्दो धेरैपटक नानीहरूसँग बसेर खाना खानुहोस् ।
परिवारका सबै सदस्यसँगै बसेर गफगाफ गर्ने समय चयन गर्नुहोस् ।
Be Involved
Some other ways you can guide your child's development include:
• Know what your children watch on television and do on the internet.
• Limit how much time they can watch television.
• Volunteer in their schools and meet with their teachers.
• Know what they do after school and on the weekends.
• Set a time at which they need to go to sleep.
• Assign regular chores, like cleaning bedrooms, washing dishes, or doing laundry.
• Eat meals together several times a week.
• Choose a time for family to talk regularly.
――― ―――
बाल पर्यवेक्षण
बालबालिका सुरक्षित छन् भन्ने चाहिं अभिभावकलाई पक्को हुनुपर्छ । उनीहरूको सुरक्षाको जिम्मेवारी अभिभावकमा हुन्छ । बाह्र वर्षभन्दा कम उमेरका नानीहरूलाई घरमा एक्लै छाड्नुहुन्न । घरमा आफू नहुने वा जिम्मेवार छिमेकीले हेर्न सक्ने अवस्था छैन भने नानी हेर्ने मानिस हुनुपर्छ । यस्ता नानी हेर्ने मानिसलाई अंग्रेजीमा 'बेबी-सिटर' भनिन्छ । बेबी-सिटरको उमेर कम्तीमा १५ वर्षको हुनुपर्छ । घरमा एक्लै छाड्ने नानीहरू तयार छन् वा छैनन्, यसरी बुझ्न सकिन्छ :
कति वर्षका भए र कति परिपक्व छन् ?
उनीहरू परिस्थिति बुझेर सहि/गलत छुट्याउन सक्ने र नियम पालना गर्न सक्ने भएका छन् वा छैनन् ?
आपतकालिन अवस्थामा नानीहरूले तपाईंलाई, अरू ठूला मानिसलाई वा छरछिमेकी, र आपतकालिन अवस्थामा सहायता गर्ने निकायमा कसरी सम्पर्क गर्ने जानेका छन् ?
तपाईंको घर र छरछिमेक सुरक्षित छ । अपराध हुने गरेको छ/छैन ?
तपाईं कति समय घरबाहिर रहनुहुन्छ ?
Child Supervision
It is also the parent's responsibility to make sure their children are safe. Children under 12 years old should not be at home alone. If no family members or neighbors can watch your children when you are away, find a babysitter (usually at least 15 years old) to watch them. Some things to consider when deciding if your children are ready to be left home alone include:
• How old and how mature they are.
• If they have shown good judgment and followed rules well.
• If they know how to reach you, other adults or neighbors, and the authorities in case of an emergency.
• If your house and neighborhood are safe from crime or not.
• How long you will be away.
――― ―――
बालदुर्व्यवहार र बालउपेक्षा
कहिलेकाहिं अभिभावकले बालबालिकालाई उचित स्याहार गर्दैनन् । बालबालिकाको स्याहार गर्दा हुने दुई असफलताहरू बालदुर्व्यवहार र बालउपेक्षा हुन् । उपेक्षित बालबालिकाका आधारभूत आवश्यकता समेत पाउँदैन् । बालबालिकाको निगरानी नगर्नु, पोषिला खानेकुरा नदिनु वा स्वास्थ्योपचार नगर्नु, स्कूल गए/नगएको अत्तोपत्तो नहुनु जस्ता उदाहरणहरूलाई उपेक्षा गरेको मानिन्छ ।
बालदुर्व्यवहार भनेको बालबालिकालाई कुनै हानी गर्नु वा हानी हुने अवस्थामा छाड्नु हो । बालदुव्यर्वहार शारिरीक, यौन वा भावनात्मक हुन्छन् । शारीरिक दुव्यर्वहार भन्नाले हिर्काउनु, लात हान्नु, समातेर हल्लाउनु वा अरू कुनै तरिकाबाट बालबालिकालाई घात हुनु हो । बालबालिकाको यौन-दुव्यर्वहार भन्नाले वयस्कले बालबालिकालाई अनुचित रूपमा छुनु, यौन गतिविधि वा यस्ता चित्र/दृश्य देखाउनु जस्ता वयस्क व्यक्ति र बालबालिकाबीच यौन क्रियाकलाप हुन् । भावनात्मक दुव्यर्वहार भन्नाले नियमित आक्रोस पोख्दा, त्रास देखाउँदा वा होच्याएर नाम बिगारि दिने पाराका आनीबानीले बालबालिकाको विकास वा आत्मसम्मानको सुझबुझमा चोट लाग्नु हो ।
Child Abuse and Child Neglect
Sometimes parents do not take appropriate care of their children. Child abuse and child neglect are serious failures to properly care for a child. Neglect is not providing for a child's basic needs. Examples of neglect are not supervising a child, not providing needed nutrition or medical care, not making sure they go to school.
Child abuse is doing something that harms a child or puts the child at risk of harm. Child abuse can be physical, sexual, or emotional. Examples of physical abuse are striking, kicking, shaking, or otherwise harming a child. Child sexual abuse is any sexual activity between a child and an adult, and includes inappropriate touching and showing a child sexual activity or images. Emotional abuse is a pattern of behavior that hurts a child's development or sense of self-worth and can occur through constant screaming, threats, or name calling.
――― ―――
बाल सुरक्षा सेवाहरू
प्रत्येक राज्यमा बाल दुर्व्यवहार वा बाल-उपेक्षासम्बन्धी काम-कार्वाही गर्ने सरकारी निकाय हुन्छन् । प्रत्येक राज्यले यस्ता विषयमा आ-आफ्ना व्याख्या गरेका हुन्छन् । यस्ता निकायको नाम 'बाल-रक्षण सेवा' (चाइल्ड प्रोटेक्टिभ सर्भिसेजहरू) वा 'बालबालिका तथा परिवार शाखा' (डिभिजन अफ चिल्ड्रेन एन्ड फेमिलिजहरू) वा यस्तै विषय-मिल्दो हुन सक्छ । कुनै परिवारमा बाल-दुव्यर्वहार वा बाल-उपेक्षा भएको उजुरी परे उक्त निकायका केस-वर्कर (मामिला हेर्ने कर्मचारी) ले बालक वा बालिका सुरक्षित भए/नभएको टुंगो लगाउन उक्त परिवार बस्ने घरमा आउनसक्छन् । धेरैजसो परिवार बस्ने घरमा उक्त निकायका कर्मचारी आउँदैनन्, तर आए भने साँचो बोल्नुहोस् र शान्त भएर सहयोग गर्नु राम्रो हुन्छ । तपाईं अंग्रेजी बोल्नुहुन्न भने कोहि दोभाषेको बन्दोबस्त हुनुपर्छ । बालबालिकालाई नै दोभाषेका रूपमा प्रयोग नगर्नुहोस् ।
उक्त निकायले यस्ता अवस्थाहरूमा परिवारलाई कसरी परिस्थितिमाथि काबु पाउन सकिन्छ भनेर वैकल्पिक उपायहरू दिएर सहयाग गर्छन् । त्यस्तै निकायसँग भएका संभावित सेवा र स्रोतबाट मद्दत दिलाउन निकाय र परिवारबीच सम्बन्ध कायम गर्छन् । उक्त निकायले परिवारमा बालबालिका असुरक्षित भएको ठहर गरे भने बालक वा बालिकालाई नातेदार, पाल्ने अभिभावक वा कुनै आवासमा लगेर राख्छन् र घरको अवस्था सुधार्ने काम गर्छन् । बालक वा बालिका घरमा असुरक्षित रहेको फेला परे उसको भविष्यबारे निर्णय न्यायाधीशले गर्नुपर्ने पनि हुन सक्छ ।
Child Protective Services
In each state there is a governmental agency that responds to reports of child abuse or neglect. Each state sets its own definition of these terms. The name of the agency may be “Child Protective Services” or “Division of Children and Families” or something similar. If a family is reported for possible child abuse or neglect, a caseworker from that agency may visit the family to make sure the child is safe. Most families are not visited by a CPS worker, but if they visit you, it is important that you are honest and co-operate calmly. Make sure there is an interpreter if you do not speak English well. Do not use your children as interpreters.
The agency can provide help and support to families by teaching them alternative methods to handle situations and connecting families with services or resources that may help them. The agency will place children with relatives, foster parents, or in shelters if it is determined that the home is not safe for the child and then work with the family to improve conditions. If this happens, the decision about the child's future may be up to a judge.
――― ―――
भरण-पोषण
घरका ठूला-बडालाई पैसा कमाउने, परिवारका लागि गाँस र बासको बन्दोबस्त गर्ने, बिल तिर्ने र विभिन्न कार्यालयसम्बन्धी कागजातहरू दुरूस्त राख्ने जस्ता धेरै काममा सहायता चाहिन सक्छ । बालबालिकालाई स्कूलमा सहज हुन र उमेर बढ्दै जाँदा दबाव बढ्ने परिस्थितिमा पनि सहायता आवश्यक हुन्छ । एक-अर्काका काम पूरा गर्न, लक्ष्य हासिल गर्न र तनावको सामना गर्न आपसमा सहायता गर्नुपर्छ ।
Support
Adults have many things they may need support with, including earning money, providing food and a home for their families, and managing bills and official paperwork. Children also need support as they adjust to school and deal with the pressures of getting older. Support one another by helping each other accomplish tasks, reach goals, and cope with stress.
――― ―――
छोराछोरीसँग कुराकानी
छोराछोरीसँग कुराकानी गर्दा उनीहरूलाई बुझ्नुका साथै उनीहरूले अरूसँग कसरी संवाद गर्नु पर्ने रहेछ भन्ने सिक्न मद्दत पुग्छ । सरल, स्पष्ट र प्रत्यक्ष कुरा गर्नुहोस् । तपाईंले आफ्ना छोराछोरीलाई भनेको कुरा दोहोर्‍याउन सक्ने क्षमता उनीहरूमा हुनुपर्छ । उनीहरूका इच्छामा विकल्पहरू दिनुहोस् र ती विकल्पहरूमध्ये कुनै पनि आफू सजिलै मान्न तयार भएको बुझाउनुहोस् । आवश्यकता परे कुनै विकल्प किन तपाईंलाई मान्य छैन भन्ने स्पष्ट पारिदिनुहोस् । छोराछोरी अशान्त भए भने उनीहरूलाई साम्य पार्न नम्र र शान्त भएर बोल्नुहोस् । उनीहरू जंगिएका बेला उनीहरूले हाम्रा कुरा सुन्न निकै गाह्रो हुन्छ ।
Talking to Children
Communicate with children in a way that will help them understand and learn how to communicate well with others. Be simple, clear, and direct. Your child should be able to repeat what you said back to you. Give them choices that you are comfortable with and accept their decisions from those options. If needed, explain clearly why some choices are unacceptable. If children become upset, speak patiently and quietly to calm them down. It is difficult for them to listen when they experience intense emotion.

No comments:

Post a Comment