Tuesday, July 4, 2017

अध्याय १८: स्थायी बसोबास र नागरिकता (Chapter 18 : Permanent Residency & Citizenship)

तपाईंको अध्यागमन अवस्था
शरणार्थीका रूपमा जब तपाईंले अमेरिका टेक्नुहुन्छ, त्यसबेला तपाईंलाई यहाँ बस्ने अधिकार दिइएको हुन्छ । तर तपाईंलाई यहाँको स्थायी वासिन्दामानिएको हुँदैन । शुरुमा तपाईंले यहाँको स्थायी वासिन्दार पछि आफूले चाहेमा यहाँको नागरिक बन्न पाउनुहुन्छ, जसका लागि तपाईंले केहि काम गर्नुपर्छ । अस्थायी वासिन्दा, स्थायी वासिन्दा र नागरिक जस्ता अध्यागमन अवस्थालाई अंग्रेजीमा इमिग्रेसन स्ट्याटस्भनिन्छ । स्थायी वासिन्दा बन्न तपाईंले अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (युएस सिटिजनशिप एन्ड इमिग्रेसन सर्भिसेज, युएससिआइएस) नामक कार्यालयसँग मिलेर काम गर्नुपर्छ । युएससिआइएसले अरू देशबाट आएर अमेरिकामा बसोबास गर्ने नयाँ वासिन्दाका विवरण राख्छ र स्ट्याटस् फेर्न मद्दत गर्छ ।
Your Immigration Status
When you first arrive in the United States as a refugee, you are authorized to live here but you are not considered a “permanent resident.” There are steps you must take, first to become a permanent resident and then, if you choose, to become a citizen. In order to become a permanent resident you must change your status with U.S. Citizenship and Immigration Services (USCIS).
――― ―――
स्थायी वासिन्दा बन्नु
स्थायी वासिन्दा भनेको त्यो व्यक्ति हो, जसलाई युएससिआइएसले स्थायी रूपमा अमेरिकामा बस्न र काम गर्न अधिकार दिएको हुन्छ । स्थायी वासिन्दाको स्ट्याटस् जनाउन एउटा स्थायी वासिन्दा कार्ड दिइन्छ, जसलाई बोलीचालीको भाषामा ग्रिन कार्डभनिन्छ । अमेरिका आउँदा अध्यागमनले दिएको स्ट्याटसका आधारमा ग्रिन कार्ड पाउने तरिका फरक छन् । शरणार्थीका रूपमा तपाईंलाई अमेरिकाले ल्याएको हो भने कानुनअनुसार यहाँ आएको एक वर्षमा ग्रिन कार्डका लागि आवेदन दिनुपर्छ ।
Becoming a Permanent Resident
A permanent resident is someone who has been granted authorization by USCIS to live and work in the United States on a permanent basis. As proof of that status, a person is given a Permanent Resident Card, commonly called a "Green Card." Depending on the status you had when you arrived in the United States, there are different ways to obtain a Green Card. Refugees are required by law to apply for a Green Card one year after they arrived in the United States.
――― ―――
ग्रिन कार्डका लागि आवेदन
तपाईंलाई अंग्रेजी कम आउँछ भने ग्रिन कार्डका लागि आवेदन दिने तरिका अप्ठ्यारो हुन्छ । त्यसैले साथी, छरछिमेकी, वा नातागोतामध्ये जसले पहिले नै ग्रिन कार्ड लिएको छ, उसैलाई फारमहरू र प्रक्रियाबारे सोध्नुहोस् । ग्रिन कार्डको आवेदनमा प्रत्येक शरणार्थीले आइ-४८५ नामक फारम भर्नुपर्छ । यो फारम युएससिआइएसको वेबसाइट (www.uscis.gov) मा पाइन्छ वा यसको एक प्रतिका लागि पुनर्वास संस्था वा अन्य सामुदायिक संस्थालाई भन्नुहोस् । आइ-४८५ फारमसहित आइ-९४ को फोटोकपि र पासपोर्ट आकारका दुई प्रति फोटाहरू बुझाउनुहोस् । चौधदेखि ७९ वर्षबीचका प्रत्येक शरणार्थीले जी-३२५ए नामक फारम पनि भर्नुपर्छ ।
तपाईंले आइ-६९३ फारम पनि बुझाउनुपर्छ । यो फारममा तपाईंले लगाएका सबै खोपहरूको जानकारी हुन्छ । यो फारममा चिकित्सक (सिभिल सर्जन) को हस्ताक्षर हुन्छ र फारम हालिएको खामलाई बाहिरबाट टाँचा लगाइएको हुन्छ । यो फारम तयार पारेवापत चिकित्सकले तपाईंसँग शुल्क लिनसक्छन् ।
फारमहरूमा साना-साना तथ्यहरू राख्ने खाली ठाउँहरू हुन्छन् । कुन खाली ठाउँमा के भर्नुपर्ने हो राम्ररी बुझ्नुपर्छ । अनि ध्यान दिएर भर्नुपर्छ । युएससिआइएस पठाउनुअघि दोहोर्‍याएर जाँच्नुपर्छ ।
Applying for a Green Card
Applying for a Green Card is a difficult process, especially if you read and understand only a little English. Ask your friends, neighbors, or relatives who already have a Green Card if they could help you understand the forms and procedures. To apply for a Green Card, each refugee must complete an I-485 form. This form can be obtained from the USCIS website on the internet (www.uscis.gov) or you can ask your resettlement agency or other community agency to give you a copy. Together with the I-485, you must provide a photocopy of your I-94 and two color photographs of correct size. Each refugee between ages 14 and 79 must also complete a Form G-325A.
You must also provide an I-693 form signed and sealed in an envelope by a Civil Surgeon that lists all of your immunizations. The Civil Surgeon may charge a fee for this service.
There are many details that must be done correctly, so make sure you understand and have completed everything correctly before sending your application to USCIS.
――― ―――
बायोमेट्रिक्स्
ग्रिन कार्ड पाउँ भनी दिएको तपाईंको आवेदनलाई युएससिआइएसले समीक्षा गर्छ । त्यसपछि उक्त कार्यालयले तपाईंलाई एउटा पत्र पठाउँछ । उक्त पत्रमा तपाईंको बसोबासनजिकैको युएससिआइएसको कार्यालयमा जान समय तोकिएको हुन्छ । पत्रमा लेखिएको समयमा तपाईं उक्त कार्यालयमा जानुपर्छ । त्यहाँ तपाईंका औंलाका छापहरू लिइन्छ । औंलाका छापहरूले तपाईं कुनै आपराधिक गतिविधिमा सामेल भए/नभएको जाँच गरिन्छ । उक्त कार्यालयमा तपाईंका आँखाको तस्बिर पनि लिइन्छ, जसलाई 'रेटिनल स्क्यान' भनिन्छ । तपाईंको अन्तर्वार्ता पनि लिन सकिन्छ ।
Biometrics
After USCIS has reviewed your application for a Green Card, they will send you a letter that tells you when you have an appointment to go to a local USCIS office. At that appointment they will take finger prints so they can do a criminal background check. They may also take a special photo of your eyes, called a retinal scan, or may want to conduct an interview with you.
――― ―――
स्थायी बसोबासका लागि अनुमोदन
ग्रिन कार्ड पाउँ भनी दिएको तपाईंको आवेदनलाई युएससिआइएसले समीक्षा गर्छ । तपाईंको आवेदन स्विकृत भयो भने उक्त कार्यालयले तपाईंलाई ग्रिन कार्ड पठाउँछ । ग्रिन कार्ड हुनु भनेको तपाईको स्ट्याट्स स्थायी वासिन्दामा बदलिएको हो । स्थायी वासिन्दाका स्ट्याटस् प्रत्येक दश वर्षमा सकिन्छ र नवीकरण गर्नुपर्छ । ग्रिन कार्डलाई सुरक्षित राख्नुहोस् । तपाईंले ग्रिन कार्ड हराउनु भयो भने अर्को कार्ड बनाउनका लागि युएससिआइएसमा आवेदन दिनुपर्छ ।
Approval of Permanent Residency
USCIS will review your application. If they approve, they will send you a special letter with your Green Card that gives you permanent resident status. You must renew that status every ten years. Always keep your Green Card safe. If you do lose it, you can apply to USCIS for another card.
――― ―――
जब तपाई बसाईं सर्नुहुन्छ
तपाईं नयाँ अपार्टमेन्ट वा घरमा बसाईं सर्नुभयो भने आफू सरेको दश दिनभित्र युएससिआइएसलाई ठेगाना फेरिएको जानकारी दिनुपर्छ । बसाईं सरेको परिवारका सबै सदस्यको नयाँ ठेगाना पठाउनुहोस् । सबै सदस्यका नाममा एआर-११ नामक फारम भरेर युएससिआइएसको कार्यालयमा पठाउनुहोस् वा कम्प्युटर प्रयोग गरेर युएससिआइएसको वेबसाइटमा यो फारम भर्न सकिन्छ ।
When You Move
If you move to a different apartment or home, you must inform USCIS in writing within ten days of moving. This must be done for each family member who has moved. You must do this by mailing a completed form AR-11 for each family member to the USCIS or may do it by computer at the USCIS website.
――― ―――
सुविधाको सीमा
नागरिक नबनुन्जेल केहि सरकारी सुविधा निश्चित समयका लागि मात्र दिइन्छ । जस्तो: नागरिक नबनेको वासिन्दालाई एसएसआइ (सप्लिमेन्टल सेक्युरिटी इन्कम) नामको सुविधा सात वर्षका लागि मात्र उपलब्ध हुन्छ । एसएसआइसुविधा कहिल्यै रोकिदैन भन्ने ठान्दा पाको उमेरको अपांग शरणार्थीले अभाव झेल्नुपर्ने हुन्छ ।
Limits on Benefits
Some government programs have limits on the length of time non-citizens are able to receive benefits. For example, SSI (Supplemental Security Income), has a 7 year limit for non-citizens. This limit can cause a crisis for older refugee immigrants who are disabled and did not realize that their SSI might be ended.
――― ―――
नागरिक बन्ने निर्णय
अमेरिकाको नागरिकता लिने निर्णय एउटा व्यक्तिको जीवनका लागि निकै महत्त्वपूर्ण हुन्छ । अमेरिकाको नागरिक बन्न आवेदन दिने निर्णय गर्नुभयो भने तपाईंले अमेरिकाप्रति बचनवद्धता जाहेर गर्नु हो र अमेरिकी संविधानमाथि तपाईंले बफादारी देखाउनु हो । त्यसको सट्टा धेरै अधिकारहरू र सहुलियतहरू पाउनुहुन्छ, ती अमेरिकी नागरिकताको अंश हुन् ।
Deciding to Become a Citizen
Deciding to become a U.S. citizen is a very important decision in an individual’s life. If you decide to apply to become a U.S. citizen, you will be showing your commitment to the United States and your loyalty to its Constitution. In return, you are rewarded with all the rights and privileges that are part of U.S. citizenship. 
――― ―――
नागरिक हुनु
अमेरिका आएको मितिले पाँच वर्ष पुग्दा तपाईं यहाँको नागरिकताका लागि आवेदन दिन योग्य हुनुहुन्छ । अमेरिकाको नागरिकता पाउने प्रक्रियालाई अंग्रेजीमा नेचुरलाइजेसनभनिन्छ । नागरिक बन्नु भनेको थप अधिकार र सहुलियत पाउनु तथा जिम्मेवारी बढ्नु पनि हो । अरू देशको नागरिकता त्यागेर यहाँको नागरिक बन्दा अमेरिकाप्रति तपाईं बफादार पनि हुन आवश्यक छ । नागरिक बन्न गर्नु पर्ने प्रक्रिया फरक मानिसका फरक हुन्छन् । नागरिक बन्नका लागि आवेदन दिनुअघि हुनुपर्ने आवश्यक आधार:
बितेको पाँच वर्षमध्ये कम्तिमा ३० महिना अमेरिकामा बसेको हुनुपर्छ ।
नागरिकताका लागि आवेदन जुन युएससिआइएसको जिल्लाबाट दिने हो, त्यस जिल्लामा आवेदन दिनुअघि ३ महिना बसेको हुनुपर्छ ।
साधारण अंग्रेजीमा बोलचाल गर्न सक्ने हुनुपर्छ । (यसमा केहि अपवाद छन् ।)
अमेरिकी इतिहास र सरकारबारे साधारण जानकारी लिएको हुनुपर्छ । (यसलाई नागरिक-शास्त्र भनिन्छ ।)
अमेरिकी संविधानको सिद्धान्त जानेको र स्विकारेको हुनुपर्छ ।
देश निकाला (आफ्नो देश फिर्ता) वा बर्खास्त आदेश कार्वाही हुन बाँकी भएको हुनुहुँदैन ।
असल आचरण भएको हुनुपर्छ ।
Becoming a Citizen
Five years after your arrival date, you are eligible to apply to become a citizen of the United States. "Naturalization" is the process of becoming a U.S. citizen and comes with rights, privileges, and responsibilities. It requires loyalty to the United States and, usually, giving up citizenship to other countries. Rules and processes can be different for different people. Before applying, individuals must:
• Have been in the United States for at least 30 months of the last five years.
• Have lived in the USCIS district where you plan to file for citizenship for at least three months before filing.
• Be able to communicate in basic English (there are exceptions).
• Know basic information about U.S. history and government (called civics).
• Know and accept the principles of the Constitution.
• Have no outstanding deportation or removal orders pending.
• Be of good moral character.
――― ―――
आवेदन प्रक्रियाका लागि तयारी
नागरिकताका लागि आवेदन दिनुअघि तपाईंले गर्नुपर्ने तयारी यी हुन्:
अंग्रेजी जान्नुपर्छ ।
अमेरिकी इतिहास र सरकारबारे अध्ययन गर्नुपर्छ ।
नागरिक भएपछिका अधिकार र जिम्मेवारीहरूबारे जान्नुपर्छ ।
Preparing for the Application Process
Before you apply for citizenship, you should prepare by:
• Studying English.
• Learning about U.S. history and government.
• Learning about the rights and responsibilities of citizenship.
――― ―――
नागरिकताका लागि आवेदन
नागरिकताका लागि एन- ४०० (नेचुरलाइजेसनका लागि दिइने आवेदन-फारम) पुरै भरेर युएससिआइएसमा बुझाउनुपर्छ । उक्त फारमका साथमा तपाईंको ग्रिन कार्डको फोटोकपि, पासपोर्ट आकारका दुई प्रति फोटाहरू, र नागरिकता शुल्कको चेक वा मनि-अर्डर पठाउनुपर्छ । यसबाहेक थप जानकारी चाहिए युएससिआइएसका वेबसाइटमा हेर्न सकिन्छ वा युएससिआइएसको कार्यालयमा फोन गर्न सकिन्छ:
अहिले लाग्ने आवेदन-शुल्क कति हो ?
के मेरो नागरिकताका लागि दिएको आवेदन-शुल्कमा मिनाहा हुन्छ ?
के मैले अतिरिक्त फारमहरू पनि बुझाउनुपर्छ ?
Applying for Citizenship
Submit to USCIS a completed form N-400 (Application for Naturalization). With the form you must also send a photocopy of your Green Card, two standard passport-style photographs, and a check or money order for the fee amount. Contact USCIS (www.uscis.gov) for information about
• the current fee
• if you can be excused from paying the fee
• if you must submit extra forms.
――― ―――
नागरिक बन्नका लागि परीक्षा र अन्तर्वार्ता
एन-४०० फारम दर्ता भएपछि तपाईं बस्नेनजिकैको युएससिआइएस कार्यालयमा औंलाका छापहरू लिइन्छ । त्यसपछि युएससिआइएसले तपाईंको अन्तर्वार्ता लिन र नेचुरलाइजेसन टेस्ट गर्न समय तोकेर पत्र पठाउँछ । ताकिएको समयमा तपाईं जान नसक्ने हुनुभयो भने तत्काल तपाईं जानु भनिएको कार्यालयमा खबर गर्नुहोस् । अर्को समय मिलाउन धेरै महिना लाग्ने भएकाले पहिलोपटककै समयमा जान र बेलामा पुग्नु निकै राम्रो हुन्छ । अन्तर्वार्ताका क्रममा युएससिआइएसका अफिसरले तपाईंको आवदन र पृष्ठभूमिबारे सोध्नुहुन्छ । साँचो बोल्नुहोला । अन्तर्वार्ता सकिएपछि अंग्रेजी र नागरिकता दिने टेस्टहरू हुन्छन् ।
टेस्टहरू पास गर्न, तपाईंले:
अंग्रेजीका तीनमध्ये एक वाक्य शुद्ध पढ्नुपर्छ ।
अंग्रेजीका तीनमध्ये एक वाक्य शुद्ध लेख्नुपर्छ ।
नागरिक-शास्त्रका दशमध्ये छ वटा प्रश्नको सहि उत्तर दिनुपर्छ ।
अंग्रेजी-बोलाइसम्बन्धी टेस्ट अन्तर्वार्ता लिएकै बेला लिइन्छ । तपाईं यी टेस्टमध्ये कुनै एकमा फेल हुनुभयो भने ६० र ९० दिनका बीचमा फेरि टेस्ट दिन सक्नुहुन्छ । दोहोर्‍याएर दिने टेस्ट एकपटक मात्र हुन्छ । दोस्रोपटक पनि तपाईं फेल हुनुभयो भने फेरि आवेदन दिनुपर्छ र फेरि शुल्क तिर्नुपर्छ । यी टेस्टहरूमा सोधिने प्रश्न र उत्तर भएका सामग्रीहरू युएससिआइएसको वेबसाइट www.uscis.gov मा पढ्नुहोस् ।
The Naturalization Test and Interview
USCIS will send you an appointment for an interview and to take the naturalization test after you have submitted Form N-400 and have had your fingerprints taken at a local USCIS facility. If you cannot go to the appointment, contact the USCIS facility as soon as possible. Rescheduling may take several months, so it is important that you go go to your appointment and be on time. During the interview, a USCIS officer will ask about your application and background. Be honest. Once the interview is complete the English and civics tests will follow.
To pass the tests, you must be able to:
• Read one of three sentences correctly in English
• Write one of three sentences correctly in English
• Answer six of ten civics questions correctly
Spoken English is usually tested during the interview. If you fail any part of the tests, you can take them again between 60 and 90 days. You can retake the test only one more time. If you fail a second time, you will have to reapply and pay the fee again. Study materials are on www.uscis.gov.
――― ―――
विशेष परिस्थिति, मिलान र अपवाद
तपाईंलाई अंग्रेजीको टेस्ट दिन छुट दिइयो वा टेस्ट नै दिनु परेन भने तपाईंको नागरिक-शास्त्रको टेस्ट लिइन्छ । यदि तपाईं अंग्रेजी बोल्न जान्नुहुन्न भने आफ्नो मातृभाषामा टेस्ट दिन सक्नुहुन्छ । आफूलाई अंग्रेजी नआउने जानकारी युएससिआइएस कार्यालयमा सकेसम्म चाँडो दिनुपर्छ । शारीरिक वा विकासात्मक अपांगता छ भने तपाईंलाई दुवै परीक्षा दिनु नपर्ने पनि हुनसक्छ । यस्तो अवस्थामा टेस्टका लागि तोकिएको समयभन्दा पहिले नै डाक्टर वा मनोवैज्ञानिकले भरेको एन-६४८ नामको फारम युएससिआइएसमा बुझाउनुपर्छ । नेचुरलाइजेसनका सबै विधि पूरा गर्न अप्ठ्यारो पर्ने गरी तपाईंमा शारीरिक वा मानसिक खराबी छ भने युएससिआइएसले टेस्टको वातावरण बदल्छ ।
Special Circumstances, Accommodations, and Exceptions
If you are exempt from, or allowed not to take, the English test, you must take the civics test. You may take it in your native language if unable to take it in English. Speak to USCIS about this as early as possible. You may be exempted from both tests because of a physical or developmental disability. Submit Form N-648 (completed by a doctor or psychologist) to USCIS before your test date. USCIS will change the testing environment if you have physical or mental impairments that make it difficult to complete the naturalization process.
――― ―――
निर्णय प्राप्ती
तपाईंले अन्तर्वार्ता र दुवै टेस्ट पास गर्नुभयो (वा परीक्षा दिन छुट पाउनुभयो) भने तपाईंलाई बफादारीको शपथलिन बोलाइन्छ । तपाईंले एन-४४५ नामक एउटा फारम पाउनुहुन्छ । उक्त फारम नागरिकताको शपथ समाराहको सूचना (निम्तो) हो । शपथ समारोह, अन्तर्वार्ता र टेस्टहरू एकै दिन पनि हुनसक्छन् । शपथ समारोहमा जाँदा तपाईंले आफ्नो स्थायी वासिन्दाको कार्ड (ग्रिन कार्ड) फिर्ता गर्नुपर्छ । उक्त समारोहमा तपाईंले अमेरिकी नागरिकताको प्रमाणपत्रका रूपमा सर्टिफिकेट अफ नेचुरलाइजेसनपाउनुहुन्छ । त्यसपछि आफ्नो नजिकैको सोसल सेक्युरिटी कार्यालय जानुहोस् । आफ्ना व्यक्तिगत विवरणमा फेरबदल गर्नुहोस् । नागरिक भएपछि पाउने थप सरकारी सुविधाका लागि आफ्नो योग्यताहरू स्थापित गर्नुहोस् ।
Receiving a Decision
If you pass the interview and both tests (or are exempted), you will be invited to take the Oath of Allegiance. You will receive a Form N-445, Notice of Naturalization Oath Ceremony. This may take place the same day as the interview and tests. You must return your Permanent Resident Card to the USCIS at this time. In its place you will receive a Certificate of Naturalization as proof of your new U.S. citizenship. Go to the nearest Social Security office to update your information and establish eligibility for certain benefits.
――― ―――
निरन्तरता र अस्विकार
टेस्टमा फेल हुनुभयो वा युएससिआइएसको कार्यालयमा कागजपत्रहरू पुगेनन् भने पनि तपाईंलाई नागरिक बनाउने प्रक्रिया जारी नै रहन सक्छ । तपाईंलाई दोस्रो अन्तर्वार्ताका लागि, फेरि टेस्ट दिनका लागि र थप कागजपत्रहरू पेश गर्नका लागि भनिन्छ । तपाईं टेस्टमा एकपटक फेल हुनु भयो भने अर्को एकपटक मात्र दिन पाउनुहुन्छ ।
यदि तपाईंलाई युएससिआइएसले गल्ती गरेको जस्तो लाग्यो भने उक्त कार्यालयका अफिसरलाई सुनुवाइका लागि अनुरोध गर्न सक्नुहुन्छ । तपाईंको अस्विकृत भएको पत्रलाई के गर्न सकिन्छ भनेर उपाय सिकाउने जानकारी लिन सक्नुहुन्छ । अस्विकृत भएको पत्र आएको फारम भर्नुहोस् र शुल्कसहित ३० दिनभित्र पठाउनुहोस् । यदि तपाईंले गरेको अपिल गल्तीसाथ अस्विकृत गरेजस्तो लागे संघीय जिल्ला अदालत (युएस डिस्ट्रिक्ट कोर्ट) मा पुनर्विचारका लागि निवेदन गर्न सक्नुहुन्छ । प्रायजसो तपाईंको पत्रमा तोकिएको मितिअनुसार तपाईंले नागरिकताका लागि पुनः निवेदन गर्न सक्नुहुन्छ । सबै फारमहरू र शुल्क बुझाउनुहोस् । औंलाका छापहरू लिन र फोटो खिच्न अनुरोध गर्नुहोस् । दुईपटक टेस्ट पास गर्न नसकेकाले तपाईंको निवेदन अस्विकृत भएमा तपाईंले तुरन्त अर्को निवेदन दिन सक्नु हुनेछ । तर जाँच पास गर्न सक्छु भन्ने आँट नआउन्जेल पर्खेर बसेको राम्रो हुन्छ ।
Continuations and Denials
Your case may be continued if you failed a test or USCIS did not receive your documents. You may be asked to return for a second interview, to return for a retest, or to provide additional documents. You will be given only one more chance to pass a test that you failed.
If you feel that USCIS was wrong, request a hearing with an immigration officer. You should receive information on how to do this with your denial letter. File the form and send the fee within 30 days of receiving the letter. If you feel your appeal is wrongly denied, file a request for review in U.S. District Court. Usually, you may reapply for citizenship after the date indicated on your letter. Resubmit all forms and fees, and have your fingerprints and photographs taken again. If denied because you failed a test two times, you may reapply immediately, but it is better to wait until you feel you can pass.
――― ―――
अधिकार तथा सहुलियत
नागरिकता पाएपछि निम्न अधिकार र सहुलियत पाइन्छन्:
परिवारका सदस्यलाई अमेरिकामा बसोबासका लागि ल्याउन आवेदन दिएको अवस्थामा प्राथमिकता ।
केहि अनुदान र छात्रवृत्तिका लागि योग्य ।
नागरिकले मात्र खान मिल्ने जागिरका लागि योग्य ।
अपांगले पाउने सुविधाका लागि योग्य (कुनै राज्यमा नागरिकता भएपछि मात्र यस्तो सुविधा पाउने भएकाले) ।
आफ्नो नाम मतदाता-सूचीमा दर्ता गर्न र चुनावहरूमा मत खसाल्न योग्य ।
अमेरिकी राहदानी (पासपोर्ट) पाउन योग्य ।
Rights and Privileges
Citizens have rights and privileges that include:
• Priority when applying to bring family members to live in the United States.
• Eligibility for certain grants and scholarships.
• Eligibility for jobs open only to citizens.
• Eligibility for disability benefits (in states where citizenship is required).
• Ability to register to vote and to vote in elections.
• Eligibility for a U.S. passport.
――― ―――
अमेरिकामा जन्मेका बालबालिका
कुनै बच्चा अमेरिकामा जन्मन्छ भने जन्मेकै समयमा उ स्वतः एक अमेरिकी नागरिक हुन्छ । त्यसैले नागरिकताका लागि जन्मदर्ताको प्रमाणपत्र जरूरी हुन्छ ।
Child(ren) Born in the U.S.
Any child who was born in the United States is automatically a citizen at the time of birth. The child’s birth certificate is therefore necessary to prove citizenship.
――― ―――
अमेरिकाबाहिर जन्मेका बालबालिका
आमा वा बाबुले अमेरिकाको नागरिकता लिएपछि अमेरिकाबाहिर जन्मेको अठार वर्षमुनिको कुनै बच्चा स्वतः नागरिक बन्छ । नागरिक बन्नका लागि एन-६०० फारम भरेर आवश्यक शुल्कसहित युएससिआइएसको कार्यालयमा पठाउनुपर्छ । फारम र शुल्क बुझाएपछि बच्चाको नागरिकताको प्रमाणपत्र पठाइन्छ ।
Child(ren) Born Outside the U.S.
A child under the age of 18 who was born outside the U.S. automatically becomes a citizen when one parent has become a citizen. To prove citizenship, however, a form N-600 must be filed with USCIS along with the necessary fee. In return the child will be sent a Certificate of Citizenship.

No comments:

Post a Comment