Sunday, July 2, 2017

अध्याय १९: अमेरिकाबारे जानकारी (Chapter 19: About the United States)

केही तथ्य
तपाईं अमेरिका आइपुग्नु भएको छ र यहाँ पुनर्स्थापित हुनुभएको छ, त्यसैले तपाईंले हाम्रो देशबारे केही जान्नुपर्छ । यो देश कति ठूलो छ ? यहाँ कस्तो सरकार हुन्छ ? यसको इतिहास कस्तो छ ? त्यसैगरी तपाईंले यहाँको नागरिकता लिन दिइने नागरिक-शास्त्रको परिक्षाका लागि यस्ता धेरै तथ्यहरू जान्न आवश्यक हुन्छ । त्यसो भए किन अहिले नै सुरु नगर्ने ?
Some Facts
Now that you have arrived and have been resettled in the United States, you should know a few things about our country. How big is the country? What is its government like? What is its history? You will need to know many facts when you take the civics test for citizenship. Now is the time to begin learning.
――― ―――
अमेरिकाको क्षेत्रफल
क्षेत्रफलका आधार अमेरिका विश्वका चौथो ठूलो देश हो । अमेरिकाभन्दा रुस, क्यानडा र चीन ठूला छन् । अमेरिकाको क्षेत्रफल करिब ३७ लाख १७ हजार वर्ग माइल छ । नेपालको क्षेत्रफल करिब ५७ हजार वर्ग माइल र भूटानको १५ हजार वर्ग माइल छ । त्यस हिसाबले नेपालभन्दा अमेरिका करिब ६५ गुणा ठूलो र भूटानभन्दा करिब २ सय ५० गुणा ठूलो छ ।
सँगैको नक्सामा एउटै नापका अमेरिका, नेपाल र भूटान देखाइएका छन् । नक्सा हेरेर नेपाल र भूटान कति साना रहेछन् भन्ने स्पष्ट हुन्छ ।
The Size of the United States
The United States is the fourth largest country in the world in land area. Only Russia, Canada, and China are larger. The U.S. has about 3,717,000 square miles of land. Nepal has about 57,000 square miles of land and Bhutan has only 15,000. The U.S. is 65 times the size of Nepal and is almost 250 times bigger than Bhutan.
The map shows the U.S., Nepal, and Bhutan at the same scale. You can easily see how much smaller Nepal and Bhutan are.
――― ―――
जनसंख्या
सन् २०१० को जनगणनाअनुसार अमेरिकामा ३० करोड ८७ लाख ४५ हजार ५ सय ३८ जना मानिस बस्छन् । विश्वका अरू दुई देश चीन र भारतमा मात्र अमेरिकाभन्दा बढी मानिस छन् । नेपालमा करिब २ करोड ७० लाख मानिस बस्छन् भने भूटानमा ७ लाख मानिस बस्छन् । भूटानका प्रत्येक मानिसबराबर अमेरिकामा ४ सय ५० मानिस हुन्छन् ।
Population
According to census of 2010 the United States is the home of 308,745,538 people. Of the world’s many countries, only China and India have more people. Nepal is home to about 27,000,000 people. Bhutan is home to about 700,000. For each person living in Bhutan, there are about 450 people living in the U.S.
――― ―――
शरणार्थी पुनर्स्थापना
तपाईंका छिमेकी वा अंग्रेजी कक्षाका साथीहरू अरू देशबाट आएका शरणार्थी हुन सक्छन् । अमेरिकाले वर्षौदेखि शरणार्थीहरू पुनर्स्थापित गर्दै आएको छ । अमेरिकाले शरणार्थी पुनर्स्थापित गर्ने नीति लिएको छ । सन् २०१० मा ७३ हजार १ सय ३१ शरणार्थीलाई अमेरिका ल्याइयो । उनीहरू विभिन्न ७८ मुलुकबाट आएका हुन् । सन् २०१० मा अमेरिका आएका कूल शरणार्थीमध्ये भूटानी शरणार्थीको संख्या १२ हजार ३ सय ९ रह्यो । त्यस्तै अठार हजारभन्दा बढी इराकबाट र १६ हजारभन्दा बढी बर्माबाट शरणार्थी आएका थिए । अरू हजारौं शरणार्थी कंगो, इरान, सोमालिया, इरिट्रिया आदि देशबाट आए । आउँदा वर्षहरूमा विश्वका विभिन्न मुलुकबाट वर्षेनि ७० हजारभन्दा बढी शरणार्थीलाई पुनर्स्थापना गर्ने अनुमान गरिन्छ ।
Resettling Refugees
You may now have neighbors or students in your English classes who are refugees from other countries. The United States has had a policy of accepting refugees for resettlement in our country for many years. In 2010 there were 73,131 refugees admitted to the U.S. They came from 78 different countries. Of these, 12,309 were Bhutanese refugees. More than 18,000 came from Iraq and 16,000 from Burma. Thousands more came from Congo, Iran, Somalia, and Eritrea. More than 70,000 refugees from all around the world are expected to be resettled in the U.S. in each of the coming years.
――― ―――
पचास राज्यहरू
अमेरिकामा ५० राज्यहरू छन् । सबै राज्यका राजधानी छन् । पत्राचारका लागि खाममा ठेगाना लेख्दा र अन्य प्रयोजनका लागि आफू बसेको राज्यको दुई अक्षरको छोटकरी प्रयोग गरिन्छ ।
The 50 States
There are fifty states in the United States. Each state has a capital city. For mailing addresses on envelopes and for other uses state names are often written as a two letter abbreviation.
State Name (राज्यको नाम)
Abbr. (छोटकरी)
Capital City (राजधानी)
Alabama (अलाबामा)
AL
Montgomery (मोन्टेगोमरी)
Alaska (अलास्का)
AK
Juneau (जुनो)
Arizona (एरिजोना)
AZ
Phoenix (फिनिक्स)
Arkansas (आर्कन्स)
AR
Little Rock (लिटल रक)
California (क्यालिफोर्निया)
 CA
Sacramento (स्याक्रम्यान्टो)
Colorado (कोलोराडो)
 CO
Denver (डेनभर)
Connecticut (कनेटिकट)
CT
Hartford (हार्टफोर्ड)
Delaware (डेलावर)
DE
Dover (डोभर)
Florida (फ्लोरिडा)
FL
Tallahassee (टल्लाहासी)
Georgia (जर्जिया)
GA
Atlanta (अट्लान्टा)
Hawaii (हवाई)
HI
Honolulu (होनुलुलु)
Idaho (आइडाहो)
ID
Boise (बोइजी)
Illinois (इलिनोय)
IL
Springfield (स्प्रिङ्गफिल्ड)
Indiana (इन्डियाना)
IN
Indianapolis (इन्डियानापोलिस)
Iowa (आयोवा)
IA
Des Moines (ड मोइन)
Kansas (कन्सास)
KS
Topeka (टपिका)
Kentucky (केन्टकी)
KY
Frankfort (फ्र्याङ्कफर्ट)
Louisiana (लुइजियाना)
LA
Baton Rouge (ब्याटन रूज)
Maine (मेन)
ME
Augusta (अगस्डा)
Maryland (मेरिल्याण्ड)
MD
Annapolis (अन्नापोलिस)
Massachusetts (म्यासच्युसेट्स)
MA
Boston (बोस्टन)
Michigan (मिसिगन)
MI
Lansing (ल्यान्सिङ)
Minnesota (मिनेसोटा)
MN
Saint Paul (सेन्ट पल)
Mississippi (मिसिसिपी)
MS
Jackson (ज्याक्सन)
Missouri (मिजुरी)
MO
Jefferson City (जेफरसन सिटी)
Montana (मोन्टाना)
MT
Helena (हेलेना)
Nebraska (नेब्रास्का)
NE
Lincoln (लिङ्कन)
Nevada (नेभाडा)
NV
Carson City (कार्सन सिटी)
New Hampshire (न्यु ह्याम्सर)
NH
Concord (कंकर्ड)
New Jersey (न्यु जर्सी)
NJ
Trenton (ट्रेन्टन)
New Mexico (न्यु मेक्सिको)
NM
Santa Fe (सान्ता फे)
New York (न्यु योर्क)
NY
Albany (अल्बानी)
North Carolina (नर्थ क्यारोलाइना)
NC
Raleigh (र्‍याली)
North Dakota (नर्थ डकोटा)
ND
Bismarck (बिज्मार्क)
Ohio (ओहायो)
OH
Columbus (कोलम्बस)
Oklahoma (ओक्लोहमा)
OK
Oklahoma City (ओक्लोहमा सिटी)
Oregon (ओरेगन)
OR
Salem (सेलम)
Pennsylvania (पेन्सलभेनिया)
PA
Harrisburg (ह्यारिसवर्ग)
Rhode Island (रोड आइल्याण्ड)
RI
Providence (प्रोभिडेन्स)
South Carolina (साउथ क्यारोलाइना)
SC
Columbia (कोलम्बिया)
South Dakota (साउथ डकोटा)
SD
Pierre (पियर्र)
Tennessee (टेनेसी)
TN
Nashville (न्याशभिल)
Texas (टेक्सस)
TX
Austin (अस्टिन)
Utah (युटा)
UT
Salt Lake City (साल्ट लेक सिटी)
Vermont (भर्मन्ट)
VT
Montpelier (मोन्टपिलियर)
Virginia (भर्जिनिया)
VA
Richmond (रिचमन्ड)
Washington (वासिंगटन)
WA
Olympia (ओलिम्पिया)
West Virginia (वेस्ट भर्जिनिया)
WV
Charleston (चार्ल्सटन)
Wisconsin (विस्कान्सन)
WI
Madison (म्याडिसन)
Wyoming (वायोमिङ्ग)
WY
Cheyenne (शायन)
अमेरिकाको राजधानी वासिंगटन डि.सी. (डिस्ट्रिक्ट अफ कोलम्बिया) हो । वासिंगटन राज्य र राजधानी वासिंगटन डि.सी. एउटै होइनन् । यी दुई नामले कहिलेकाहीँ झुक्याउँछन् । यदि कसैले 'म वासिंगटनबाट आएको हुँ' भन्नुभयो भने तपाईंले उहाँ वासिंगटन राज्य वा वासिंगटन डि.सी. कहाँबाट आउनुभएको हो भनेर सोध्नुपर्छ ।
अमेरिकाका केही अधीनस्थ भू-भागहरू पनि छन्, तर ती भू-भागहरू राज्य होइनन् । ती भागहरू: पुअर्टो रिको, गुआम, युएस भर्जिन आइल्यान्डस्, अमेरिकन समोआ, नर्दर्न म्यारिआना आइल्यान्डस् र अन्य हुन् । यी द्विपहरू आन्ध्र महासागर र प्रशान्त महासागरमा छन् ।
The capital of the country is Washington D.C. (District of Columbia). The state of Washington and the capital Washington D.C. are not the same. That can be confusing sometimes. If someone tells you “I am from Washington.”, You should ask if they mean the state of Washington or Washington D.C.
The United States also has possessions that are not states. They are islands in the Atlantic and Pacific Oceans and include Puerto Rico, Guam, U.S. Virgin Islands, American Samoa, Northern Mariana Islands, and others.
――― ―――
सरकार
अमेरिकामा विभिन्न चार तहमा सरकारहरू हुन्छन् : राष्ट्रिय, राज्य, काउन्टी र स्थानीय सरकार । राष्ट्रिय सरकारलाई देशको संविधानले व्याख्या गरेको हुन्छ । सरकारका तीन अंगहरू छन्: कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका । कार्यपालिकाको नेतृत्व अमेरिकाका राष्ट्रपतिले गर्नुहुन्छ । प्रत्येक चार वर्षमा जनताको मतबाट राष्ट्रपति चुनिन्छ । कार्यपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्छ र मुलुकमा कानुन लागु गर्छ । अमेरिकाको व्यवस्थापिकालाई कंग्रेस भनिन्छ । कंग्रेसले कानुन बनाउँछ । कंग्रेसका दुई सभा छन्, एउटा सिनेट हो भने अर्को प्रतिनिधि-सभा हो । सिनेटमा प्रत्येक राज्यबाट दुई जनाका दरले एक सय सिनेटर (सिनेट-सदस्य) रहन्छन् । प्रतिनिधि-सभामा ४ सय ३५ सदस्य रहन्छन् । प्रतिनिधि-सभाका सदस्य जनसंख्याका आधारमा तीनै राज्यबाट निर्वाचित हुन्छन् । सिनेटरहरू र प्रतिनिधि-सभा सदस्यहरूलाई जनताले आरू बस्ने राज्य वा जिल्लाबाट मत दिएर चुन्छन् । न्यायपालिकाको नेतृत्व सर्वोच्च अदालतले गर्छ र सरकारको यस अंगमा ९४ जिल्ला अदालतका साथै पुनरावेदन अदालत हुन्छन् । अदालतमा सुनुवाई हुन्छ र रौजदारी तथा देवानी मुद्दामा फैसला हुन्छ । अदालती कार्वाहीहरू संघीय कानुनमा आधारित हुन्छन् । न्यायाधीशहरूको नियुक्ति राष्ट्रपतिले गर्नुहुन्छ । कानुनले संविधान मिच्यो वा मिचेन भन्ने निर्णय सर्वोच्च अदालतले गर्छ । यदि मिचेको ठहर भयो भने कानुन कार्यान्वयन हुँदैन ।
प्रत्येक राज्य सरकारको बनोट राष्ट्रिय सरकारसँग मिल्छ । प्रत्येक राज्यको आफ्नो संविधान हुन्छ । राज्यको कार्यपालिकाको नेतृत्व निर्वाचित गभर्नरले गर्नुहुन्छ । राज्यको व्यवस्थापिकाका सदस्यहरू त्यही राज्यका जनताले दिएको मतबाट चुनिन्छन् । राज्यको अदालतले आफ्नो कानुनअनुसार फौजदारी र देवानी मुद्दा फैसला गर्छ । एउटा राज्यको सरकारको बनोट अर्को राज्यको सरकारको बनोटसँग मिल्दैन । त्यसैले अरू बसेको राज्यबारे जान्ने प्रयास गर्नुहोस् ।
राज्यहरू साना भौगोलिक एकाइहरू मिलेर बनेका हुन्छन् । यी साना एकाइलाई प्रदेश (काउन्टी) भनिन्छ । काउन्टीमा पनि सानो सरकार हुन्छ । काउन्टी सरकारका काम र जिम्मेवारी राज्यपिच्छे फरक हुन्छन् । धेरैजसो राज्य (सबैमा होइन) का काउन्टी सरकारका कार्यालयमा तपाईंले केही निश्चित सेवा र सुविधाका लागि आवेदन दिनुपर्छ । अमेरिकामा ३ हजार १ सयभन्दा बढी काउन्टीहरू छन् । (लुजियाना राज्यमा काउन्टीलाई पारिस भनिन्छ, जसको अर्थ 'टोल', 'इलाका' वा 'बस्ती' हुन्छ । अलास्कामा काउन्टीलाई बरो भनिन्छ, जसको अर्थ 'नगर' हुन्छ ।)
सरकारको सबभन्दा सानो एकाइ स्थानीय सरकार हो । प्रत्येक शहर, नगर वा गाउँमा आफ्नै प्रकारको सरकार हुन्छ । स्थानीय सरकारको नेतृत्व प्रायःजसो शहर वा नगरका जनताले चुनिएका व्यक्तिले गर्छन् । स्थानीय सरकारको मातहतमा प्रहरी र अग्नि-नियन्त्रण विभाग हुन्छन् । स्थानीय सरकारले स्कूलहरू सञ्चालन, बाटो मर्मत, खेलकुद-मैदान तथा पार्कहरू व्यवस्थापन गर्छन् । कहीँकहीँ स्थानीय सरकार हुँदैनन्, जसको काम काउन्टी सरकारहरूले गर्छन् । अमेरिकाभर ७० हजारभन्दा बढी स्थानीय सरकारहरू छन् ।
देशका विभिन्न राज्य र क्षेत्रका काउन्टी तथा स्थानीय सरकारहरू विभिन्न तरिकाले फरक हुने भएकाले तपाईंले अरू बसेको क्षेत्रका सरकारबारे जान्न जरुरी हुन्छ ।
Government
There four levels of government in the United States: national, state, county, and local. The national government of the United States is defined by its Constitution. There are three branches of government: executive, legislative, and judicial. The Executive Branch is headed by the President of the United States who is elected by the people every four years. The Executive Branch is responsible for running the programs and enforcing the laws of the country. The Legislative Branch, or Congress, is where the laws are made. Congress has two chambers, the Senate and the House of Representatives. Each state has two Senators but the 435 Representatives are divided among the states on the basis of population.
Senators and Representatives are elected by the people of their state or district. The Judicial Branch is headed by the Supreme Court and consists of 94 district courts as well as appellate courts. The courts hear and decide criminal and civil cases involving federal laws. The judges are appointed by the President. The Supreme Court can decide whether a law violates the Constitution. If so, that law cannot be enforced.
Each state government is similar in form to the national government. Each state has its own constitution. Each state’s Executive Branch is headed
by an elected Governor. The members of each state’s legislature are elected by the people of that state. State courts decide criminal and civil cases under state law. The details of each state’s government structure can be quite different. You should try to learn about the state that you are living in States are made up of smaller geographical units called counties. County government functions and responsibilities can be quite different in different states. In many states (but not all) county government offices are the places where you must apply for certain social service programs and benefits. There are more than 3,100 counties in the U.S. (In Louisiana a county is called “parish”. In Alaska a county is called “Borough”.)
The smallest unit of government is local government. Each city, town, and village has its own form of local government. Generally, however, they are headed by officials who are elected by the people in their city or town. Local governments generally have police and fire departments, run the public schools, clean and repair the streets, and manage playgrounds and parks. In some places there is no local government and these functions are the responsibility of county governments. There are more than 70,000 different local governments in the U.S.
Because of the many ways that county and local governments can be very different in different states and regions of the country, you should learn about their responsibilities and functions in your own community.
――― ―――
इतिहास
युरोपेलीहरू आउन सुरु गर्नु र उपनिवेश स्थापना गर्न थाल्नुअघि अहिलेको अमेरिकामा रैथाने अमेरिकीहरूको बसोबास थियो । ती रैथाने अमेरिकीलाई कहिलेकाहीँ 'अमेरिकन इन्डियन' पनि भनेको/लेखेको पाइन्छ । प्लिमथ गाउँ (अहिलेको मासाचुसेट्स राज्यमा) सन् १६२० मा स्थापना भयो, जुन बेलायतीहरूको पहिलो बस्ती थियो । त्यसपछि स्पेन, फ्रान्स र अन्य युरोपेली मुलुकहरूबाट बासिन्दाहरू पनि आए र अन्य विभिन्न स्थानमा बस्न थाले ।
सन् १७७० सम्ममा आन्ध्र महासागरको किनाराको क्षेत्रको जनसंख्या २ लाख पुगिसकेको थियो । यी २ लाखमा धेरैजसो इङ्गल्याण्डबाट आएका थिए । इङ्गल्याण्डकै उपनिवेश थियो र इङ्गल्याण्डको शासन थियो ।
केही उपनिवेशहरूले अंग्रेज (इङ्गल्याण्डको) सरकारका काम-कार्वाहीको विरोध गरे । यी उपनिवेशहरू एकजुट भए र इङ्गल्याण्डबाट स्वतन्त्र भएको घोषणा गरे, जसको परिणाम युद्ध भयो । अमेरिकी युद्ध सन् १७७५ देखि १७८३ सम्म लडियो । इङ्गल्याण्डलाई अमेरिकीहरूले हराएपछि सुरुका १३ राज्यहरू एक भएर नै रहिरहे र सन् १७८७ मा वर्तमान संविधानको आधारमा संयुक्त राज्य अमेरिका स्थापना भयो ।
सुरुका बासिन्दाहरू (जसलाई संस्थापकहरू पनि भनिन्छ) पूर्वी शहरहरूबाट पश्चिमतर्फका कृषि क्षेत्रमा बसाइँ सरे र नयाँ बस्तीहरू बनाए । अमेरिकाले फ्रान्स र रुससँग थप भूमि किन्यो । युद्धमा स्पेनबाट अरू भूमि जित्यो । यसरी अमेरिकाको क्षेत्रफल बढ्दै गयो ।
अफ्रिकीहरूलाई दासका रुपमा अमेरिका ल्याएको दुई शताब्दी भइसक्यो । दक्षिणी राज्यहरूको अर्थतन्त्र दासहरूको श्रममा निर्भर थियो । पातलो बस्ती भएको पश्चिमी क्षेत्रमा दासप्रथा जारी राख्ने वा नराख्ने भन्ने एउटा प्रश्न उब्जेको थियो । दासप्रथा र अन्य विषयले गर्दा दक्षिण तर्फका राज्यहरूले अमेरिकाबाट छुट्टएिर बेग्लै राष्ट्र बनाउन चाहे । यो निर्णयका कारण अमेरिकामा गृहयुद्ध भयो । यो युद्ध उत्तर र दक्षिणका राज्यहरूबीच सन् १८६१ देखि सन् १८६५ सम्म भएको थियो । युद्धमा करिब ६ लाख मानिसले जीवन गुमाए । उत्तरतर्फका राज्यहरूले युद्ध जिते र दासप्रथाको अन्त्य भयो ।
अमेरिकी बासिन्दाहरू पश्चिमतर्फ बसाइँ सर्ने क्रम जारी राखे । यसबाट रैथाने अमेरिकीहरू आफ्नो भूमिबाट विस्थापित भए । पश्चिमी भू-भागहरूमा जनसंख्या बढ्दै गयो, आखिरीमा ती क्षेत्रहरूलाई नयाँ राज्यका रुपमा समावेश गरिए । रैथाने अमेरिकीहरूका लागि अलग केही भूमि (जसलाई संरक्षित भनिन्छ) तयार पारियो ।
एरिजोना सन् १९१२ मा अमेरिकाको ४८ औं राज्य बन्यो । सन् १९५९ मा दुई राज्यहरू थपिए, एउटा सुदूर उत्तरमा 'अलास्का' र प्रशान्त महासागरस्थित टापुहरूको समूह 'हवाई'
पहिलो विश्वयुद्ध (सन् १९१४-१९१८) मा अमेरिका विश्वशक्तिका चिनियो र दोस्रो विश्वयुद्ध (सन् १९३९-१९४५) का बेला र त्यसपछि अझ बढी शक्तिशाली बन्यो ।
History
The land that is now the United States was populated by indigenous Native Americans (sometimes called American Indians) before Europeans began to arrive and establish colonies. The village of Plymouth (in what is now the state of Massachusetts) was established in 1620 and was the first British settlement to survive. Settlers from Spain, France, and other European countries also arrived and settled in various locations.
By 1770 the eastern region near the coast of the Atlantic Ocean was populated by nearly 2,000,000 people, mostly settlers from England living in a number of colonies under rule by England.
The colonies resented some of the actions taken by the English government. They banded together and declared their independence from England, resulting in war. The American Revolution was fought from 1775 to 1783. After the Americans had defeated England, the 13 original colonies continued to band together and formed the United States of America under the current constitution in 1787.
Settlers (also called pioneers) moved from the eastern cities and farms westward and established new settlements. The United States purchased more land from France and Russia and took land from Spain as a result of war.
Africans had been brought to America as slaves for two centuries. The southern states had an economy that depended on using slaves for labor.
There was a question whether slavery would be allowed in the sparsely populated lands to the west. This and other issues resulted in the southern states trying to secede from the U.S. and form their own separate country. The result was the American Civil War. This war between the northern states and the southern states lasted from 1861 to 1865 and resulted in more than 600,000 deaths. The north won the war and slavery was abolished everywhere in the country.
American settlers continued to move westward and displace the Native Americans from their land. As the population increased in western territories, they were eventually admitted as new states. Some land (called reservations) was set aside for Native Americans.
Arizona became the 48th state in 1912. Two more states were admitted in 1959: Alaska in the far north and Hawaii, a group of islands in the Pacific Ocean.
The U.S. emerged as an international power following World War I (1914-1918) and even more so during and after World War II (1939-1945).
――― ―――
थप महत्त्वपूर्ण तथ्यहरू
आधिकारिक नाम : संयुक्त राज्य अमेरिका
राजधानी : वासिंगटन, डि.सी.
राष्ट्रिय स्वतन्त्रता : सन् १७७६ जुलाई ४
आदर्श वाक्य : ईश्वरमा हाम्रो आस्था छ (इन गड वी ट्रस्ट)
ठूला शहरहरू : न्यु योर्क, लस एन्जलस, सिकागो, हृयुस्टन, फिलाडेल्फिया, फिनिनक्स, सान एन्टोनियो, सान डियागो, डल्लास, सान होजे
अग्लो भाग : माउन्ट म्याककिन्ले, अलास्का, समुद्र सतहभन्दा २०,३२० फिट (६,१९४ मिटर) माथि
होचो भाग : डेथ भ्याली, क्यालिफोर्निया, समुद्र सतहभन्दा २८२ फिट (८६ मिटर) तल
ठूलो राज्य : अलास्का
सानो राज्य : रोड आइल्याण्ड
मुख्य पर्वत श्रृंखलाहरू : रकी पर्वत, अप्पालाचियान पर्वत
मुख्य नदीहरू : मिसिसिपी, मिजुरी, कोलोराडो
मुख्य भाषा : अंग्रेजी, स्पेनिस
मुद्रा : यु.एस. डलर
राष्ट्रिय चरा : मुडुलो चिल
राष्ट्रिय फूल : गुलाफ
राष्ट्रिय गान : द स्टार-स्पेङ्गल्ड ब्यानर
Other Important Facts
Official Name: United States of America
Capital City: Washington, D.C.
National Independence: July 4, 1776
Motto: In God We Trust
Largest Cities: New York, Los Angeles, Chicago, Houston, Philadelphia,
Phoenix, San Antonio, San Diego, Dallas, San Jose
Highest Point: Mt. McKinley, Alaska, 20,320 ft. (6194 m.) above sea level
Lowest Point: Death Valley, California, 282 ft (86 m.) below sea level
Largest State: Alaska
Smallest State: Rhode Island
Major Mountain Ranges: Rocky Mountains, Appalachian Mountains
Major Rivers: Mississippi, Missouri, Colorado
Language: English, Spanish
Currency: U.S. Dollar
National Bird: Bald Eagle
National Flower: Rose
National Anthem: The Star-Spangled Banner
――― ―――
पात्रो
अमेरिकामा प्रयोग गरिने पात्रो विश्वका अरू धेरै देशहरू र संयुक्त राष्ट्रसंघले प्रयोग गर्ने जस्तै पात्रो हो । यो पात्रो औपचारिक भूटानी र नेपाली पात्रोभन्दा फरक हुन्छ । यो पश्चिमी पात्रोको पहिलो महिना जनवरी हो । अमेरिकामा जनवरी महिनामा हिउँद हुन्छ र यो वर्षको सबभन्दा ठन्डी महिना हो ।
The Calendar
The Western Calendar in use in the U.S. is the same calendar that is used in many countries and by the United Nations. It is different from the official Bhutanese and Nepali calendars. The first month of the year in the Western Calendar is January. In the U. S. January is in the winter, the coldest time of the year.

Month (महिना)
Days in month (महिनामा दिन)
January (जनवरी)
31 (३१)
February (फेब्रुअरी)
28 (२८)
March (मार्च)
31 (३१)
April (अप्रिल)
30 (३०)
May (मे)
31 (३१)
June (जून)
30 (३०)
July (जुलाई)
31 (३१)
August (अगस्त)
31 (३१)
September (सेप्टेम्बर)
30 (३०)
October (अक्टोबर)
31 (३१)
November (नोभेम्बर)
30 (३०)
December (डिसेम्बर)
31 (३१)

प्रत्येक चार वर्षमा फेब्रुअरीमा एक दिन थपिन्छ र उक्त विशेष वर्षमा फेब्रुअरी महिना २९ दिनको हुन्छ ।
Every fourth year, the month of February has an extra day making 29 in those special years.
――― ―――
मिति लेख्ने तरिका
कहिलेकाहीँ अमेरिकीहरू मिति 'मे ११, २०११' लेख्छन् । उनीहरू ज्यादाजसो मिति लेख्ने छोटो तरिका अपनाउँछन्: '५/११/११' वा '०५/११/२०११' । यो भनेको 'महिना/दिन/वर्ष' हो । यसमा पहिलो अंक महिना, दोस्रो दिन र तेस्रो वर्ष हो । तपाईंले सरकारी वा कुनै आधिकारिक कागज-पत्रमा हस्ताक्षर गर्नुभयो भने त्यसमा सधैाजसो मिति लेख्नुपर्छ । त्यस्तोमा मिति छोटकरीमा लेख्न सक्नुहुन्छ ।
Writing a Date
Sometimes Americans write dates like “May 11, 2011”. But they also often use a short way to write a date: “5/11/11” or “05/11/2011” This means “Month/Day/Year". You can understand these by noting that the first number
is the number of the month, the second number is the day in that month, and the third number is the year. When you sign official documents you will usually need to include a date. You can use the short form.
――― ―――
राष्ट्रिय पर्व/बिदाहरू
अमेरिकीहरू वर्षका विभिन्न दिनमा राष्ट्रिय पर्व मनाउँछन् । ती दिनहरूमा सार्वजनिक बिदा हुन्छन् । यी चाडपर्व/दिवसहरू धर्मनिरपेक्ष, धार्मिक वा अमेरिकाका आफ्ना विशेष छन् । राष्ट्रिय चाडपर्व/दिवसका यी दश दिन राष्ट्रिय (संघीय) सरकारका कार्यालयहरू बिदा हुन्छन् । ती कार्यालयका कर्मचारीलाई तलब पाउने गरी बिदा दिइन्छ । धेरै निजी व्यवसाय, बैंक, राज्य तथा स्थानीय सरकारका कार्यालय, र स्कूलहरू पनि यी दिन प्रायःजसो बन्द हुन्छन् ।
नयाँ वर्षको पहिलो दिन भनेको जनवरी १ हो । नयाँ वर्षको स्वागत जनवरी १ को अघिल्लो रात नै सुरु हुन्छ, जब अमेरिकीहरू एकै ठाउँमा भेला हुन्छन् र आउँदो वर्ष खुसी एवं समुन्नत रहोस् भन्ने कामना गर्छन् । धेरै अमेरिकीहरूले नयाँ वर्षभरमा पूरा गर्न संकल्पहरू गर्छन् ।
मार्टिन लुथर किङ जुनियर दिवस बिदाको दिन हो । यो जनवरीको तेस्रो सोमबार पर्छ । यो दिवस अफ्रिकन-अमेरिकन पादरी रेभरेन्ड मार्टिन लुथर किङ जुनियरको स्मृतिमा मनाइन्छ । उहाँलाई अहिंसात्मक बाटोबाट आमजनताको नागरिक अधिकार पाउन अथक प्रयास गर्ने व्यक्तिका रुपमा चिनिन्छ ।
वासिंगटनको जन्मदिन संघीय बिदाको दिन हो । अमेरिकाको पहिलो राष्ट्रपति जर्ज वासिंगटनको सम्मानमा मनाइने यो दिवस फेब्रुअरीको तेस्रो सोमबार पर्छ । यो दिवसलाई राष्ट्रपति दिवसका रुपमा पनि चिनिन्छ । धेरै समूहले यस दिन विगतका सबै राष्ट्रपतिको योगदानलाई संस्मरण गर्छन् ।
स्मारक दिवस (ममोरियल डे) मे महिनाको अन्तिम सोमबार पर्ने संघीय बिदाको दिन हो । सुरुमा यो दिवस अमेरिकी गृहयुद्धमा मारिएकाहरूको संस्मरणमा मनाउन आयोजना गरियो । पछि यो दिवस सबै युद्धमा मारिएका अमेरिकीहरूको संस्मरण दिवस बन्यो र अनि सबै मृत अमेरिकीहरूको सम्झनामा मनाउन थालियो । यो दिवस चिहान (कब्रस्तान), चर्च र अन्य सार्वजनिक सभास्थलमा मनाइन्छ । सबैको संस्मरणमा अमेरिकी झण्डा फहराउने व्यापक चलन छ ।
स्वतन्त्रता दिवस जुलाई ४ (जुलाई फोर्थ) मा पर्छ । यो दिन राष्ट्रको जन्मदिन हो । सन् १७७६ जुलाई ४ मा अमेरिकाले 'स्वतन्त्रताको घोषणापत्र' ग्रहण गरेको हो । यसै दिनको संस्मरणमा जुलाई ४ मा स्वतन्त्रता दिवस मनाइन्छ । यस दिन वनभोज र देशभक्ति कवाज, साँझमा सङ्गीत कार्यक्रम तथा आतसबाजी गरिन्छ । यस दिवसमा पनि व्यापक रुपमा अमेरिकी झण्डा गाडिन्छन्, टाँगिन्छन् ।
श्रमिक दिवस (लेबर डे) सेप्टेम्बरको पहिलो सोमबार पर्छ । संघीय बिदाको यो दिवस खासगरी श्रम गर्ने जनताको सम्मानमा मनाइन्छ । श्रमिक दिवसमा प्रायःजसो कवाज गरिन्छ । धेरै अमेरिकीहरूका लागि यो दिनले गर्मी बिदा सकिएर स्कूलहरू खुल्ने समय आएको संकेत गर्छ ।
कोलम्बस दिवस अक्टोबरको दोस्रो सोमबार पर्ने संघीय बिदाको दिन हो । सन् १४९२ अक्टोबर १२ मा इटालेली समुद्रयात्री क्रिस्टोफर कोलम्बस नयाँ भूमि (अहिलेको अमेरिका) आइपुगेका थिए ।
भूतपूर्व सैनिक दिवस (भेटेरन्स डे) नोभेम्बर ११ मा मनाइन्छ । सुरुमा यो दिवस पहिलो विश्वयुद्ध लडेका अमेरिकीहरूको सम्मानमा मनाउन थालिएको थियो । पछि सबै युद्धमा लडेकाहरूका लागि यो दिवस समर्पित गरियो । यस दिवसमा भूतपूर्व सैनिकहरूका विभिन्न संस्थाले कवाज आयोजना गर्छन् ।
थ्याङ्कस् गिभिङ् डे संघीय बिदाको दिन हो र यो नोभेम्बर महिनाको चौथो बिहिबार मनाइन्छ । सन् १६२१ को हेमन्त ऋतुमा प्लिमथ गाउँ, मासाचुसेट्समा बस्न थालेका नयाँ बासिन्दाले राम्रो फसलका लागि तीन-दिने उत्सव मनाए । यही उत्सव नै मुलुकको पहिलो थ्याङ्कस् गिभिङ् थियो भन्ने धेरैको मान्यता छ । थ्याङ्कस् गिभिङ् उत्सव राष्ट्रिय परम्परा बन्यो र यो दिवस मनाउने दिन अहिले पनि पहिलो उत्सवमा पस्किएका परम्परागत खानाहरू: चुलोभित्र पकाएको टर्की, क्रेनबेरीको छोप सधैँ पस्किने गरिन्छ । टर्की एक प्रकारको चरा हो भने क्रेनबेरी एउटा फल हो ।
क्रिसमस डे डिसेम्बर २५ मा पर्छ र यो संघीय बिदाको दिन हो । जिसस क्राइस्ट जन्मिएको दिनलाई इसाई (क्रिस्चियन) हरू क्रिसमसका रुपमा मनाउँछन् । यो चाडमा घर सजाउने र घर-आँगनमा बत्ती बाल्ने, सजाइएको सल्लोको रुख (क्रिसमस ट्री) राख्ने, उपहार दिने, र शुभकामना कार्डहरू पठाउने गरिन्छ । यस्ता गतिविधि अहिले गैर-इसाई समुदायमा पनि देखिन्छ ।
अन्य पर्व/बिदाहरू
यी चाडहरूबाहेक अमेरिकीहरूले अन्य विशेष चाडहरूलाई पहिचान दिएका छन् र ती चाडहरू मनाउन सक्छन् । ती चाडहरू ग्राउन्डहग डे, भ्यालेन्टाइन्स डे, सेन्ट प्याट्रिक्स डे, इस्टर, मदर्स डे, फ्ल्याग डे, फादर्स डे र हलोविन हुन् ।
विभिन्न जाति र धार्मिक समूहले अमेरिकामा आफ्नो महत्त्वका चाड मनाउँछन् । उदाहरणका लागि यहुदीहरू रोश हाशानाह र योम किप्पर, मुस्लिमहरूले रमजान, र मेक्सिकनहरूले सिन्को दी मायो मनाउँछन् । अमेरिकामा तपाईंले स्वतन्त्रतापूर्वक आफ्नो भूटानी, नेपाली, हिन्दू वा अन्य चाडहरू मनाउन सक्नुहुन्छ ।
National Holidays
Americans celebrate a variety of national holidays throughout the year. American holidays can be secular, religious, or uniquely American. Federal government offices are closed and workers are given days off with pay for ten holidays. Many private businesses, banks, state and local offices, and schools are usually closed on these holidays as well.
New Year's Day is January 1. The celebration of this holiday begins the night before, when Americans gather to wish each other a happy and prosperous coming year. Many Americans make New Year's resolutions.
Martin Luther King Day is a holiday celebrated on the third Monday in January. The Reverend Martin Luther King, Jr., was an African-American clergyman who is recognized for his tireless efforts to win civil rights for all people through nonviolent means.
Washington's Birthday is a holiday observed the third Monday of February to honor George Washington, the first President of the United States. This date is commonly called Presidents' Day and many groups honor the legacy of past presidents on this date.
Memorial Day is a holiday observed the last Monday of May. It originally honored the people killed in the American Civil War, but has become a day on which the American dead of all wars, and the dead generally, are remembered in special programs held in cemeteries, churches, and other public meeting places. The flying of the American flag is widespread.
Independence Day is July 4. This holiday honors the nation's birthday - the adoption of the Declaration of Independence on July 4, 1776. It is a day of picnics and patriotic parades, a night of concerts and fireworks. The flying of the American flag is widespread.
Labor Day is the first Monday of September. This federal holiday honors the nation's working people, typically with parades. For most Americans it marks the end of the summer vacation season and the start of the school year.
Columbus Day is a holiday celebrated on the second Monday in October. The day commemorates October 12, 1492, when Italian navigator Christopher Columbus landed in the New World.
Veterans’ Day is celebrated on November 11 and honors Americans who had served in World War I, but it now honors veterans of all wars in which the U.S. has fought. Veterans' organizations hold parades.
Thanksgiving Day is a federal holiday celebrated on the fourth Thursday in November. In the fall of 1621, the Pilgrim settlers in Plymouth Massachusetts held a three-day feast to celebrate a bountiful harvest. Many regard this event as the nation's first Thanksgiving. The Thanksgiving feast became a national tradition and almost always includes some of the traditional foods served at the first feast: roast turkey, cranberry sauce.
Christmas Day is a federal holiday celebrated on December 25. Christmas is a Christian holiday marking the birth of the Christ Child. Decorating houses and yards with lights, putting up Christmas trees, giving gifts, and sending greeting cards have become holiday traditions even for many non-Christian Americans.
Other Holidays
In addition to these holidays, Americans recognize and may celebrate other special days. These include Groundhog Day, Valentine’s Day, St. Patrick’s Day, Easter, Mother’s Day, Flag Day, Father’s Day, and Halloween.
Different ethnic and religious groups in America also celebrate days with special meaning to them. For example, Jews celebrate Rosh Hashanah and Yom Kippur, Muslims celebrate Ramadan, and Mexicans celebrate Cinco de Mayo. You are free to celebrate your own Bhutanese, Nepali, Hindu or other holidays here in the U.S.
――― ―――
फरक-फरक समय
अमेरिका निकै ठूलो छ । पश्चिमको एक राज्य क्यालिफोर्नियामा भन्दा तीन घण्टाअघि पूर्वको राज्य म्यासच्युसेट्समा घाम उदाउँछ । त्यसैले अमेरिकी महाद्विपका ४८ राज्यलाई विभिन्न चार समय-क्षेत्रमा बाँढीएको छ: पूर्वीय, मध्य, पहाडी र प्रशान्त समय-क्षेत्र । पूर्वी समय क्षेत्रभर एउटै समय हुन्छ । तर मध्य समय-क्षेत्रमा एक घण्टा छिटो हुन्छ, पहाडी समय-क्षेत्रमा दुई घण्टा छिटो हुन्छ भने प्रशान्त समय क्षेत्रमा तीन घण्टा छिटो हुन्छ । यो नक्शाले अलास्का र हवाई राज्यबाहेकको समय-क्षेत्र देखाएको छ । पूर्वीय समय साँझको ६ बजेको भए मध्य समयमा ५ बजे, पहाडी समयमा ४ र प्रशान्तमा ३ बजेको हुन्छ । पूर्वबाट पश्चिम जाँदा एक घन्टाका दरले घटाउँदै जानुपर्छ ।
Time Zones
The U.S. is very large. The sun rises in Massachusetts three hours before it will rise in California. For this reason the 48 states of the continental U.S. are divided into four time zones: Eastern, Central, Mountain, and Pacific. Clocks in the Eastern Time Zone will all read the same time. But clocks in the Central Time Zone will read one hour earlier, clocks in the Mountain Time Zone will read two hours earlier, and clocks in the Pacific Time Zone will read three hours earlier. This map shows the time zones for all states except Alaska and Hawaii.
अलास्का राज्य अलास्का समय-क्षेत्रमा पर्छ, जहाँको समय प्रशान्त समयभन्दा एक घण्टा छिटो छ । हवाई राज्य हवाई समय-क्षेत्रमा पर्छ, जहाँको समय प्रशान्त समयभन्दा दुई घण्टा छिटो छ ।
Almost all of Alaska is in the Alaska Time Zone where clocks are one hour earlier than clocks in the Pacific Time Zone. Hawaii is in the Hawaiian Time Zone where clocks are two hours earlier than clocks in the Pacific Time Zone.
――― ―――
डे-लाइट सेभिङ
अमेरिकीहरू वर्षको दुईपटक घडीमा समय मिलाउँछन् । मार्च महिनाको दोस्रो आइतबार सुरु भएको मध्यरातपछि २ बजे घडी घुमाएर एक घण्टा थपिन्छ । त्यसबेला २ बजेलाई ३ बजे बनाइन्छ । तपाईंले त्यो रात एक घण्टा निद्रा गुमाउनुहुन्छ । तपाईंले घडी घुमाउन बिर्सनुभयो भने अर्को दिन काम वा स्कूल पुग्न ढिलो हुनसक्छ । केही महिनापछि नोभेम्बरको पहिलो आइतबार सुरु भएको मध्यरातपछि २ बजे फेरि घडी घुमाएर एक घण्टा घटाउनुपर्छ । त्यसबेला २ बजेलाई १ बजे बनाउनुहुन्छ । त्यसो भएपछि त्यो रात एक घण्टा बढी सुत्न पाउनुहुन्छ । तपाईंले नोभेम्बरको पहिलो आइतबार घडी घुमाउन बिर्सनुभयो भने अर्को दिन काम वा स्कूल एक घण्टा चाँडो हुनुहुन्छ ।
Daylight Savings Time
Twice a year American’s change the setting on their clocks. At 2:00 a.m. on the second Sunday in March you move your clock or watch forward one hour. What was 2:00 a.m. becomes 3:00 a.m. You lose one hour of sleep. If you forget to do this, you may be late for work or school the next day. Months later, at 2:00 a.m. on the first Sunday in November, you turn your clock back one hour. So 2:00 a.m. becomes 1:00 a.m. You gain an extra hour to sleep. If you forget to set your clock backward in November, you may be an hour early for work or school the next day.
――― ―――
थप जानकारीका लागि सार्वजनिक पुस्तकालय
अमेरिकाबारे थप जानकारी चाहनुहुन्छ भने स्थानीय पुस्तकालय जानुपर्छ । प्रत्येक शहर र नगरमा कम्तीमा एउटा पुस्तकालय हुन्छन् । पुस्तकालयका कर्मचारीलाई अमेरिका र अमेरिकाको इतिहाससम्बन्धी किताब कहाँ छन् भनेर सोध्नुहोस् । धेरैजसो पुस्तकालयमा किताबहरू अंग्रेजीमा हुन्छन् भने केही शहरमा स्पेनिस भाषामा पनि हुन सक्छन् ।
Learn More at a Public Library
If you want to learn more about the United States, you should visit a local public library. Every city and town has at least one library. Ask the librarian to show you where books about the country and its history are located. The books in the library will be in English and, in some towns, maybe also in Spanish.

No comments:

Post a Comment